Sunday, June 7, 2026
Homeअपराध र घटनाट्रकमा बरादम भएको २५ करोडको वास्तविक मालिक पहिचान

ट्रकमा बरादम भएको २५ करोडको वास्तविक मालिक पहिचान

काठमाडौं: काठमाडौंको टोखा नगरपालिका झोरबाट बरामद गरिएको करिब २५ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा को मालिक पहिचान गरिएको छ।

प्रहरीको अनुसन्धान अनुसार, उक्त अमेरिकी डलर र युरोको स्वामित्व सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ स्थायी ठेगाना भएका र हाल टोखा नगरपालिका–१० मा बसोबास गर्ने नारायण पौडेल को रहेको खुलेको छ।

यसअघि, चैत्र ४ गते राति प्रहरीले टोखा नगरपालिका वडा नम्बर २, झोरबाट ना ७ ख १६५२ नम्बरको मालवाहक ट्रकसहित करिब २५ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा बरामद गरेको थियो।

सोही घटनामा संलग्न रहेको आरोपमा ट्रकका चालक, सिन्धुपाल्चोक भोटेकोसी गाउँपालिका–१ का ४३ वर्षीय कुसाङ लामा, पक्राउ परेका थिए।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका