Friday, June 5, 2026
Homeमुख्य समाचारजोर विजोर प्रणालीले सवारीसाधनमा भीड, कोरोना जोखिम झन् बढ्यो

जोर विजोर प्रणालीले सवारीसाधनमा भीड, कोरोना जोखिम झन् बढ्यो [फोटो फिचर]

काठमाडौंः काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले जोर विजोर प्रणाली लागू गरे पनि यसले झन् जोखिम निम्त्याएको छ। सवारीसाधनमा भीडभाड बढेपछि जोर विजोर प्रणालीको धेरैले विरोध गरिरहेका छन्।

सडकमा सवारी साधनको चाप घटेपनि सवारीभित्र यात्रुको चाप अत्यधिक छ। सरकारी तथा निजी कार्यालयहरु खुला हुँदा जोर विजोर प्रणालीले सवारीसाधनमा झन् भीडभाड बढाएको यात्रुहरुले बताएका छन्।

कीर्तिपुरदेखि दैनिक लगनखेल जाने यात्रु प्रमीला महर्जन भन्छिन्, ‘के गर्नु दैनिक अफिस जानुपर्छ। जोर विजोर लागू नगर्दा सवारी साधनमा चाप कम हुन्थ्यो। तर अहिले सधैं उभिएर यात्रा गर्नुपर्ने हुन्छ।’ उनले यसले भौतिक दूरी त टाढाको कुरा भएको बताइन्। ‘अनि यसले त झन् कोरोनाको जोखिम बढेन र?,’ उनी प्रश्न गर्छिन्।

काठमाडौं उपत्यकामा यतिबेला यात्रुहरुलाई निकै सास्ती भोग्नुपरेको छ। बल्खुबाट बानेश्वर जाँदै गरेका यात्रु विकल्प शेरचनले भने, ‘कोरोना रोकथाम गर्न जोर विजोर भनिएको छ। तर, यसरी यात्रा गर्दा कोरोना फैलिने डर भएन र। यस्तो जोखिमपूर्ण यात्रा हुँदा पनि  ट्राफिकले अनुगमन गरेको छैन।’

काठमाडौं उपत्यकाभित्र सवारी साधनमा लागू भएको जोर विजोर प्रणालीबारे समीक्षा गर्न भोलि (शुक्रबार) उपत्यकाका तीन वटै सिडिओहरुको बैठक बस्दैछ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका