Friday, April 17, 2026
Homeस्वास्थ्य र जीवनशैलीजडोमा च्यवनप्राशका खाँदा के फाइदा ?

जडोमा च्यवनप्राशका खाँदा के फाइदा ?

सानाठूला सबै मानिसका लागि पोषणयुक्त चीज हो च्यवनप्राश । हाम्रो स्वास्थ्यको रोग प्रतिरोधी क्षमता बढाउन भूमिका खेल्ने च्यवनप्राश विभिन्न कम्पनीले उत्पादन गर्ने गरेका छन् ।

विभिन्न जडीबुटीघिउतिलको तेल र मह मिश्रण गरेर बनाइने डाबर च्यवनप्राश यसमा अग्रणी मानिन्छ । डाबर च्यवनप्राश सेवन रोगप्रतिरोधी क्षमता बढाउने एउटा अचूक अस्त्र समेत मानिँदै आएको छ । यसले शरीरका विभिन्न विकार (जस्तै, वातपित्त र कफ दोष) हटाउन भूमिका खेल्छ । त्यस्तै यो शारीरिक तन्दुरुस्तीस्मरणशक्ति, मुटुपेट र फोक्सोका लागि समेत निकै राम्रो मानिन्छ ।

प्राचीन आयुर्वेदिक सूत्रानुसार बनाइने डाबर च्यवनप्राशमा अमलापिपलाअश्वगन्धा, शतावरीसहित ४० भन्दा बढी जडीबुटी मिसाइएको हुन्छ । यसमा जडीबुटीका अतिरिक्त घिउ, मह र तिलको तेलको मात्रा पनि हुन्छ ।

कसरी सेवन गर्ने ?

 च्यवनप्राश सिधै वा पानी र दूधसँग मिसाएर खान सकिन्छ । तर मनतातो दूध वा पानीसँग खाँदा थप प्रभावकारी हुन्छ । १२ वर्षमाथिका व्यक्तिले दिनमा दुई चम्चा च्यवनप्राश सेवन गर्दा राम्रो हुन्छ । तर एकै पटकको साटो बिहान खाना खानुपूर्व खाली पेटमा १ चम्चा र बेलुका खाना खानु ३० मिनेटअघि १ चम्चा सेवन गर्दा उपयुक्त हुन्छ । र ३ देखि १२ वर्षसम्मका बालिबालिकाले यो भन्दा कम अर्थात् बिहानबेलुका गरी २ पटक आधाआधा चम्चा खान सक्छन् ।

च्यवनप्राशले रोग प्रतिरोधी क्षमता (इम्युनिटी) वृद्धि गर्छ । च्यवनप्राश नियमित सेवन गर्ने हो भने हाम्रो शरीर फूर्तिलोहृष्टपुष्ट र तन्दुरुस्ट देखिन्छ । रगतमा हेमोग्लोबिन र श्वेत रक्तकोषिका उत्पादनमा सघाउने डाबर च्यवनप्राशमा भिटामिन सी को मात्रा प्रचुर हुन्छ । अमलाको मात्रा धेरै हुने भएकाले शरीररगत, फियोकलेजो र फोक्सोको शुद्धीकरण (डिटक्सिकेशन)मा यसले ठूलो भूमिका खेल्छ ।

पोषण सप्लिमेन्टको रूपमा सेवन गरिने च्यवनप्राशबाट सबै उमेरका मानिसलाई फाइदा हुन्छ । यसमा भिटामिन सी र डिअक्सिडेन्टको मात्रा अत्याधिक हुने भएका कारण बालबालिकावयस्क र द्धववृद्धाको स्वास्थ्य थप राम्रो बन्छ ।

प्राय:जसो मानिसलाई जाडोयाममा रुघाखोकी लाग्छ । आयुर्वेदमा रुघाखोकी लाग्ने र खकार जम्ने समस्यालाई कफ डिसअर्डर‘ पनि भनिन्छ । तर च्यवनप्राश नियमित सेवन गर्दा फोक्सोले पुनर्जीवन पाउने भएकाले रुघाखोकी र श्वासप्रश्वास नलीमा खकार जम्ने सम्भावना कम हुन्छ । त्यस्तै, सास फेर्न गाह्रो हुने वा दमको समस्या पनि कम हुँदै जान्छ ।

प्रजनन् एवं यौन स्वास्थ्यका लागि समेत च्यवनप्राश निकै फाइदाजनक मानिन्छ ।

केही समयअघि कोभिड१९ को रोकथाममा डाबर च्यवनप्राशको भूमिका वा प्रभावकारिताबारे भारतमा एउटा अध्ययन भएको थियो । क्लिनिकल परीक्षण स्वरुप गरिएको उक्त अध्ययनमा ६९६ जना व्यक्तिलाई सहभागी गराइएको थियो । सहभागीमध्ये ३५१ जना च्यवनप्राश सेवन गर्ने र बाँकी सेवन नगर्ने व्यक्ति थिए ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका