Friday, April 24, 2026
Homeअन्तराष्ट्रियचीनले आफ्नो देशका ओलम्पिक फ्यानहरूलाई अनुशासनमा बस्न निर्देशन दियो

चीनले आफ्नो देशका ओलम्पिक फ्यानहरूलाई अनुशासनमा बस्न निर्देशन दियो

काठमाडौं: फ्रान्समा जारी पेरिस ओलम्पिकमा चीनले आफ्ना फ्यानहरूलाई अनुशासनमा बस्न निर्देशन दिएको छ। चिनियाँ खेलाडीको प्रदर्शनमा असर पार्ने व्यवहार फ्यानहरूले गरेपछि चीनले यस्तो निर्देशन दिएको हो।

चिनियाँ मिडिया रिपोर्टहरूले प्रशंसकहरूको अनुपयुक्त व्यवहारको बारेमा कुरा गरेका छन्। रिपोर्टहरूमा प्रशंसकहरूले खेलका बेला आवाज निकाल्ने वा रेफ्रीहरूलाई अनावश्यक रूपमा आरोप लगाउने गरेका थिए।

अगस्ट ३ मा, प्याडलर चेन मेङले महिलाको टेबलटेनिस खेलमा आफ्नो देशकी सुन यिङ्शालाई हराएपछि प्रशंसकहरूको अनुपयुक्त व्यवहार चरम सीमामा थियो।

सुनले म्याच हारेपछि चीनको इन्टरनेट सुनको समर्थनमा पोस्टहरूले भरिएको थियो। कतिपयले चेन मेङको जितको आलोचना गरिरहेका थिए । उनीहरूले चेन मेङले अन्तिम तीन खेलमा सुन यिङ्सा थकित भएकाले मात्रै जित हासिल गरेको बताए ।

चीनको सामाजिक सञ्जालले प्रतियोगिताको सन्दर्भमा घृणा फैलाउने र विवादलाई बढावा दिने १० हजारभन्दा बढी सामाजिक सञ्जाल पोस्टलाई सामूहिक रूपमा हटाएको छ र करिब ८०० एकाउन्टमा प्रतिबन्ध लगाएको पनि बताइएको छ।

सुन यिङ्साका एक फ्यानले चेन मेङ डोपिङमा फस्नु पर्छ र स्वर्ण पदक सुनलाई जानुपर्छ भनेर पनि लेखेका छन् । यो पोस्टलाई लिएर मानिसहरु आक्रोशित भएका छन् ।

खेलबारे आपत्तिजनक टिप्पणी गरेको आरोपमा २९ वर्षीया महिला फ्यानलाई पनि पक्राउ गरिएको छ ।

चीनले उठाएको यो कारबाही फ्यानहरुबाट अपनाइएको गलत रवैया बिरुद्ध चलिरहेको अभ्यासको हिस्सा हो ।

पेरिस ओलम्पिकअघि चिनियाँ अधिकारीहरूले यस फ्यान संस्कृतिको बारेमा चेतावनी पनि जारी गरेका थिए।

 

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका