Tuesday, April 21, 2026
Homeअपराध र घटनाचितवनमा स्कुटर दुर्घटनामा दुई युवाको मृत्यु

चितवनमा स्कुटर दुर्घटनामा दुई युवाको मृत्यु

भरतपुर (चितवन), ४ कात्तिक । चितवनमा स्कुटर दुर्घटनामा परी दुई युवाको मृत्यु भएको छ।

भरतपुर–१० स्थित विमानस्थल नजिकै बाप्र ०६–००३ प ०६९२ नम्बरको स्कुटर गएराति आफैं अनियन्त्रित भई दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। दुर्घटनामा भरतपुर–२१ का २५ वर्षीय सन्दीप घिमिरे र २८ वर्षीय कुशल अर्यालको ज्यान गएको हो।

प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार दुवै जनाको टाउकामा गम्भीर चोट लागेको थियो। उनीहरूलाई उपचारका लागि भरतपुर अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका