Thursday, June 4, 2026
Homeस्वास्थ्य र जीवनशैलीचिकित्सकको सुझाव : कान पाक्ने समस्या जटिल बन्न सक्छ, हेलचेक्र्याइँ नगरौं

चिकित्सकको सुझाव : कान पाक्ने समस्या जटिल बन्न सक्छ, हेलचेक्र्याइँ नगरौं

जाडोयाममा स्वास्थ्यमा आउने विभिन्न समस्यासँगै नाक, कान र घाँटीमा पनि धेरै समस्या आउने गर्दछ । चिसोका कारण घाँटीमा एलर्जी हुने, खोकी लाग्ने, नाकबाट पानी बग्ने, नाक बन्द हुने र कान पाक्नेजस्ता समस्याहरु धेरै आउने चिकित्सकहरु बताउँछन् ।

नाक, कान र घाँटीको रोग एकअर्कासँग अन्तरसम्बन्धित हुने भएकाले जाडोयाममा चिसोबाट जोगिन एकदमै आवश्यक हुन्छ । नाक, कान र घाँटीमा आउने समस्या, सावधानी र उपचार पद्धतिका विषयमा वीर अस्पतालमा कार्यरत नाक-कान-घाँटीका रेजिडेन्ट डाक्टर आशिष गौतमसँग गरिएको कुराकानीको सम्पादित अंश :

नाक, कान र घाँटीमा समग्रमा कस्ता समस्या देखिन्छन् ?

नेपालमा नाक, कान र घाँटी रोगको उपचारको बारेमा आम मानिसलाई थोरै मात्र जानकारी छ । एलर्जीको समस्या धेरै मानिसमा देखिन्छ । आपतकालीन अवस्थालाई हेर्ने हो भने नाकबाट रगत बग्ने, कानको भित्री भागको सङ्क्रमणका कारण हुने जटिलता, मुख र थाइराइड ग्रन्थीको क्यान्सर जस्ता समस्या धेरै देखिन्छ ।

चिसो मौसम र पानी परेको समयमा कानमा धेरै समस्या देखिन्छ, यसको कारण के होला ?

कानको जालीभित्र रहेको भागमा भेन्टिलेसन पुर्‍याउने एउटा ट्युब हुन्छ जसलाई युस्ट्याचेन ट्युब भनिन्छ । यो ट्युब घाँटीपट्टि खुलेको हुन्छ । घाँटीको इन्फेक्सन भयो भने त्यो ट्युब हुँदै सङ्क्रमण माथि उक्लिएर कानसम्म पुग्न सक्छ । धेरैमा हुने कान पाक्ने रोगको कारण त्यो पनि हो ।

कानमा देखिने प्रायः समस्या भनेको कान पाक्ने रोग हो । कान पाक्ने रोग दुईखाले हुन्छ गर्छ, एउटा हड्डी खाने किसिमको र अर्कोमा कानको जाली फुटेर पिप बग्ने। कानको मध्य भागमा समस्या भयो भने त्यसले जालीसम्म असर गर्छ । एन्टिबायोटिक औषधिले ठीक नभएमा र हड्डी खिइने रोगको दीर्घकालीन समाधान भनेको अप्रेसन नै हो। कानको जालीको प्वाल टाल्ने अप्रेसन वा कानको पछाडिको हड्डी खुर्केर रोगलाई फाल्ने कस्तो खाले अप्रेसन गर्ने भन्ने कुरा रोगको प्रकृतिमा भर पर्छ। कहिलेकाहीं कानको पछाडिपट्टि रहेको हड्डीमा कीटाणु जम्मा भएर बस्दा बारम्बार इन्फेक्सन दोहोरिरहने हुन सक्छ ।

हड्डी खिइने खाले कानको रोगका छुट्टै लक्षण र असरहरु छन् । यो अलि बढी जटिल हुन्छ । तर हड्डी खिइने प्रकारको समस्या भयो भन्दैमा त्यसलाई त्यति सहजै लिन पनि मिल्दैन । लामो समयपछि यसमा पनि धेरै जटिलता उत्पन्न हुने सम्भावना हुन्छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका