काठमाडौँ : पारिजात स्मृति केन्द्रले नेपाली भाषा,साहित्यको क्षेत्रमा योगदान गरेका चार स्रस्टालाई सम्मान गर्ने निर्णय गरेको छ ।
साहित्यकार पारिजातको ९१ औँ जन्मजयन्तीको अवसरमा पारिजात बालसाहित्य सम्मानबाट बालसाहित्यकार प्रा. डा. ध्रुब घिमिरे, पारिजात कला सम्मानबाट गीतकार उदय श्रेष्ठ, पारिजात सृजन सम्मानबाट शोभा दुलाल र पारिजात सङ्घर्षशील नारी सम्मानबाट निर्मलादेवी साहलाई सम्मान गर्ने निर्णय गरिएको पारिजात स्मृतिकेन्द्रले जनाएको छ। केन्द्रका महासचिव दिलसुन्दर श्रेष्ठका अनुसार आगामी वैशाख ५ गते पारिजात स्मृति दिवसका अवसरमा ती सम्मान प्रदान गरिने छ ।


