Sunday, June 7, 2026
Homeअपराध र घटनाकैलालीबाट एक करोड रुपैयाँभन्दा बढीको सुन–चाँदी र नगदसहित तीनजना पक्राउ

कैलालीबाट एक करोड रुपैयाँभन्दा बढीको सुन–चाँदी र नगदसहित तीनजना पक्राउ

कैलाली: कैलालीको भजनी नगरपालिका–५, कौवाखेडा सीमा इलाकाबाट सुन, चाँदी र नगदसहित तीन जना पक्राउ परेका छन्।

शनिबार साँझ एक करोड रुपैयाँभन्दा बढीको सुन, चाँदी, नगद र अन्य सामानसहित उनीहरूलाई सशस्त्र प्रहरी बल नेपाल नं। ३४ गण कैलाली मातहतको बोर्डर आउट पोस्ट (बीओपी) पगियापसारले नियन्त्रणमा लिएको हो। सशस्त्र प्रहरीका डीएसपी तथा सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार पक्राउ परेका व्यक्तिहरूमा सुर्खेतको चौकुनी गाउँपालिका–१० का ३६ वर्षीय महेन्द्रबहादुर शाही, वीरेन्द्रनगर नगरपालिका–१ का ३१ वर्षीय हर्कबहादुर बिक, र पञ्चपुरी नगरपालिका–११ का ३२ वर्षीय महेश सुनार रहेका छन्।

भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूमाथि शङ्का लागेपछि चेकजाँच गर्दा ८० लाख ७९ हजार ५६१ रुपैयाँ बराबरको ६२० ग्राम सुन, १५ लाख २८ हजार ४६० रुपैयाँ बराबरको आठ किलो ९१४ ग्राम चाँदी, विभिन्न दरका ६ लाख ११ हजार ६२५ भारतीय रुपैयाँ, साउदी रियाल, चार थान विभिन्न प्रकारका मोबाइल सेट र चाँदीका लेपन लगाइएका भाँडाकुँडासहित नियन्त्रणमा लिइएको डीएसपी थापाले जानकारी दिए।

उल्लेखित सामानहरूको स्रोत नखुलेपछि पक्राउ परेका व्यक्तिहरूलाई बरामद सामग्रीसहित आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका