Friday, April 17, 2026
Homeअर्थ र ब्यापारकाँकडभिट्टाबाट रु १ अर्ब ५० करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात

काँकडभिट्टाबाट रु १ अर्ब ५० करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात

भद्रपुर (झापा)- चालु आर्थिक वर्षको पहिलो महिनामा काँकडभिट्टाबाट रु १ अर्ब ५० करोड १३ लाख ६५ हजार मूल्यबराबरको पेट्रोलियम पदार्थ आयात भएको छ।

मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार अघिल्लो वर्षको सोही अवधिको तुलनामा पेट्रोलियम आयात ३.६० प्रतिशतले बढेको छ। आयातमा वृद्धिसँगै राजस्व पनि ११.८० प्रतिशतले बढ्दै रु ७४ करोड ८३ लाख ३२ हजार पुगेको छ।

अवधिमा रु ७७ करोड तीन लाखको ८,९०४ किलोलिटर पेट्रोल, रु ४४ करोड ११ लाखको ४,६७६ किलोलिटर डिजेल, रु २० करोड तीन लाखको १,९३३ मेट्रिक टन एलपी ग्यास, रु सात करोड तीन लाखको ७९२ किलोलिटर एटीएफ र रु एक करोड १३ लाखको १२८ किलोलिटर मट्टितेल आयात भएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका