काठमाडौँ: त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेलाई कुटपिट गर्ने नेविसंघका नेता योगेन्द्र रावललाई प्रहरीले पक्राउ गरेको छ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का एसपी सुधीर राज शाहीले रातोपाटीलाई जानकारी दिँदै रावललाई कीर्तिपुरबाट पक्राउ गरिएको बताए। पक्राउ पछि उनलाई अदालतमा उपस्थित गराएर, अदालतको आदेश अनुसार डिल्लीबजार कारागार चलान गरिएको छ। एसपी शाहीले भने, “अदालतको आदेश अनुसार रावललाई कारागार पठाइएको छ।”
२०८१ माघ २२ मा उच्च अदालत पाटनले जिल्ला अदालतको आदेशलाई सदर गर्दै रावलसहितका प्रतिवादीलाई २ वर्ष कैद सजाय सुनाएको थियो। फैसलापछि रावल फरार थिए।
स्मरणीय छ, २०७७ सालमा नेविसंघका सदस्य रावल र उनका सहकर्मीहरूले त्रिभुवन विश्वविद्यालय परिसरमा प्रेम चलाउनेलाई मरणासन्न बनाउन कुटपिट गरेका थिए।


