Friday, April 24, 2026
Homeअन्तराष्ट्रियइस्माइल हानियाको हत्यापछि याह्या सिनवार हमासको शीर्ष नेता निर्वाचित

इस्माइल हानियाको हत्यापछि याह्या सिनवार हमासको शीर्ष नेता निर्वाचित

काठमाडौं: कतारको राजधानी दोहामा दुई दिन लामो वार्तापछि हमासले याह्या सिनवारलाई आफ्नो नयाँ शीर्ष नेतामा चयन गरेको छ ।

यसअघिका शीर्ष नेता इस्माइल हानियाको तेहरानमा हत्या भएको थियो । हानियाको मृत्युमा इजरायलको हात रहेको बताइएको छ ।

२०१७ देखि सिनवार गाजा स्ट्रिपमा समूह नेताको रूपमा काम गर्दै थिए र अब उनलाई हमासले आफ्नो शीर्ष नेताको रूपमा छानेको छ।

हमासका एक अधिकारीले बीबीसीलाई भने – हमास नेतृत्वले सर्वसम्मतिले याह्या सिनवारलाई आन्दोलनको नेतृत्व गर्न आफ्नो नेता चयन गरेको छ।

मध्यपूर्वमा बढ्दो तनावका बीच यो घोषणा आएको हो । इरान र उसका सहयोगीहरूले इस्माइल हनियाको मृत्युपछि बदला लिने बताएका छन्।

इरान र उसका सहयोगीहरूले हानियाको मृत्युको लागि इजरायललाई जिम्मेवार ठहराउँछन्। इस्माइल हानियाको मृत्युबारे इजरायलबाट कुनै प्रतिक्रिया आएको छैन।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका