Friday, June 26, 2026
Homeराजनीतिआरआर क्याम्पसको स्ववियु सचिवका उम्मेदवारमाथि आक्रमण

आरआर क्याम्पसको स्ववियु सचिवका उम्मेदवारमाथि आक्रमण

काठमाडौँ: प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसमा स्ववियु सचिव पदका उम्मेदवार दिपक देवकोटामाथि आक्रमण भएको छ। स्वतन्त्र विद्यार्थी समूहबाट उम्मेदवारी दिएका देवकोटालाई बुधबार क्याम्पसको खेल मैदानमा १०–१२ जना विद्यार्थी समूहले आक्रमण गरेका हुन्।

देवकोटा पक्षका विद्यार्थीहरूले अनेरास्ववियुमा आबद्ध निराजन भट्ट नेतृत्वको समूहलाई आक्रमणकारीका रूपमा आरोप लगाएका छन्। घटनाबारे क्याम्पस प्रमुख पदम अधिकारीलाई जानकारी गराए पनि उनले आफ्नो अधिकार क्षेत्र बाहिरको विषय भन्दै प्रतिक्रिया नजनाएको देवकोटा पक्षका विद्यार्थी नेता रेशम सापकोटाले बताए।

सापकोटाका अनुसार घटनामा संलग्नहरूमाथि ज्यान मार्ने उद्योगसम्बन्धी कसुरमा जाहेरी दिने तयारी भइरहेको छ। ‘हामी जाहेरी लिएर प्रहरी वृत्त सिंहदरबार गएका छौँ,’ उनले भने।

यस्तै, आक्रमणकारीहरूले एक महिला विद्यार्थीलाई पनि लक्षित गरी दुर्व्यवहार गरेको आरोप लागेको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका