Sunday, June 7, 2026
Homeअपराध र घटनाअभिनेत्री ऋचा शर्माको चेतावनी: ‘व्यक्तिगत अपमान सहन गर्न सक्दिन’

अभिनेत्री ऋचा शर्माको चेतावनी: ‘व्यक्तिगत अपमान सहन गर्न सक्दिन’

काठमाडौँ । अभिनेत्री ऋचा शर्माले आफूलाई सामाजिक सञ्जालमा अपमानजनक र अमर्यादित टिप्पणी गर्ने फौजी शाहीविरुद्ध कानुनी कारबाही गर्ने चेतावनी दिएकी छन्।

उनले सामाजिक सञ्जालमा मंगलबार शाहीले गरेको टिप्पणी सार्वजनिक गर्दै यस्तो चेतावनी दिएकी हुन्।

ऋचाले लेखेकी छन्, ‘फौजी शाही मेरा कामलाई लिएर जस्तो सुकै प्रतिक्रिया दिन सक्नुहुन्छ, मेरो सिनेमा बहिष्कार पनि गर्न सक्नुहुन्छ। तर मेरो व्यक्तिगत अभिव्यक्तिलाई लिएर जे मन लाग्यो, त्यही गाली र अपशब्द बोल्न र लेख्न पाइँदैन।’

उनले आफूलाई जथाभावी बोलेको भिडियो स्वीकार्य नभएको बताउँदै भिडियो डिलिट नगरे कानुनी प्रक्रिया थाल्ने चेतावनीसमेत दिएकी छन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका