Saturday, August 8, 2026
Homeअर्थ र ब्यापार४–५ दिनभित्र ग्यास अभावको समस्या समाधान हुन्छ : आयल निगम

४–५ दिनभित्र ग्यास अभावको समस्या समाधान हुन्छ : आयल निगम

काठमाडौँ । नेपाल आयल निगमका कार्यकारी निर्देशक नागेन्द्र शाहले आगामी ४ देखि ५ दिनभित्र खाना पकाउने ग्यासको आपूर्ति समस्या समाधान हुने बताएका छन्। उनले सर्वसाधारणलाई अहिले नै खाली सिलिन्डर बोकेर लामो लाइनमा नबस्न र ग्यासको विषयमा अनावश्यक चिन्ता नगर्न आग्रह गरेका छन्।

देशमा ग्यासको वास्तविक अभाव नरहेको स्पष्ट पार्दै शाहले पछिल्लो तथ्याङ्कअनुसार सामान्य अवस्थामा दैनिक ९० हजारदेखि १ लाख सिलिन्डर खपत हुने गरेकोमा पछिल्लो समय दैनिक १ लाखदेखि १ लाख २० हजार सिलिन्डरसम्म बिक्री भइरहेको जानकारी दिए।

उनका अनुसार इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट नेपालमा मागअनुसार ग्यासको नियमित आपूर्ति भइरहेको छ। पछिल्लो समय देखिएको समस्या ग्यासको अभाव नभई आधा सिलिन्डर वितरण गर्ने नीतिका कारण उत्पन्न भएको प्राविधिक तथा वितरणसम्बन्धी असन्तुलन भएको उनले बताए।

शाहले आपूर्ति व्यवस्थालाई सहज बनाउन निगमले आवश्यक पहल गरिरहेको जानकारी दिँदै केही दिनभित्र बजारमा ग्यासको वितरण अवस्था सामान्य हुने विश्वास व्यक्त गरे। उनले उपभोक्तालाई अनावश्यक रूपमा ग्यास सञ्चय नगर्नसमेत आग्रह गरेका छन्।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका