Thursday, September 10, 2026
Homeअन्तराष्ट्रिय१८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन राष्ट्रपति सी भारत आउँदै

१८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन राष्ट्रपति सी भारत आउँदै

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन भारत आउने भएका छन्। चीनको परराष्ट्र मन्त्रालयले राष्ट्रपति सीको भारत भ्रमणको पुष्टि गरेको हो।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा राष्ट्रपति सी सेप्टेम्बर १२ र १३ मा नयाँ दिल्लीमा आयोजना हुने १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुने चीनको परराष्ट्र मन्त्रालयले जनाएको छ।

राष्ट्रपति सीको भ्रमणलाई मध्यनजर गर्दै नयाँ दिल्लीमा सुरक्षा व्यवस्था कडा पारिएको छ। समाचार एजेन्सी एएनआईले दिल्ली प्रहरीलाई उद्धृत गर्दै तुगलक रोड क्षेत्रमा करिब ५०० वटा सीसीटीभी क्यामेरा जडान गरिएको जनाएको छ।

ब्रिक्स ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका गरी पाँच देशको समूहका रूपमा सन् २००९ मा स्थापना भएको हो। ‘ब्रिक्स’ नाम यी पाँच देशका अंग्रेजी नामका पहिलो अक्षरबाट बनेको हो।

यस समूहले उदाउँदा अर्थतन्त्र भएका मुलुकबीच आर्थिक, राजनीतिक तथा अन्य क्षेत्रमा सहकार्य बढाउने उद्देश्य राखेको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका