Tuesday, June 23, 2026
Homeअन्तराष्ट्रियहोर्मुज जलडमरूमध्यको अवस्था अब पहिलेजस्तो हुँदैन : इरानी संसद् अध्यक्ष

होर्मुज जलडमरूमध्यको अवस्था अब पहिलेजस्तो हुँदैन : इरानी संसद् अध्यक्ष

काठमाडौं। इरानका संसद् अध्यक्ष तथा अमेरिका–इरान वार्ताका प्रमुख वार्ताकार मोहम्मद बाघेर गालिबाफले होर्मुज जलडमरूमध्य अब युद्धअघि रहेको अवस्थामा नफर्किने बताएका छन्। उनले यस महत्वपूर्ण समुद्री मार्गको व्यवस्थापन र निगरानी अब इरानले आफ्नै ढंगले गर्ने, तर अन्तर्राष्ट्रिय नियम र दायित्वहरूको पालना भने निरन्तर रहने स्पष्ट पारे।

इरानको सरकारी समाचार संस्था प्रेस टीभीका अनुसार स्विट्जरल्याण्डमा अमेरिकासँग सम्पन्न प्राविधिक वार्ताको पहिलो चरणपछि गालिबाफले अमेरिकाप्रति इरानको अविश्वास यथावत् रहेको बताएका छन्। उनले इरानले विगतमा पनि अमेरिकामाथि विश्वास नगरेको, अहिले पनि नगरेको र भविष्यमा पनि सतर्क रहनु आवश्यक रहेको धारणा व्यक्त गरे।

यता, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान आफ्नो परमाणु कार्यक्रमसम्बन्धी स्थलहरूको अन्तर्राष्ट्रिय निरीक्षणका लागि तयार भएको दाबी गरेका छन्। तर इरानले उक्त दाबी अस्वीकार गर्दै परमाणु कार्यक्रमका विषयमा कुनै नयाँ सहमति नभएको जनाएको छ।

यसैबीच, स्विट्जरल्याण्डमा भएको वार्तापछि अमेरिकाले इरानी तेलमाथि लागू केही प्रतिबन्धमा ६० दिनको अस्थायी छुट दिएको बताइएको छ। दुवै देशबीचको वार्ता जारी रहे पनि परमाणु कार्यक्रम र क्षेत्रीय सुरक्षाका विषयमा मतभेद कायम रहेको देखिएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका