Facebook
Sign in
  • News
  • Fashion
  • Gadgets
  • Lifestyle
  • Video
Sign in
Welcome!Log into your account
Forgot your password?
Password recovery
Recover your password
Search

Logo

Monday, May 11, 2026
Facebook

Logo

  • होमपेज
  • सामाचार
  • टृब्युन स्पेसल
  • राजनीति
  • देश र प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • प्रवास
    • अमेरिका
    • क्यानाडा
    • यूरोप
    • मध्य पूर्वी
    • अस्ट्रेलिया
    • जापान
    • कोरिया
  • अर्थ र ब्यापार
  • मनोरन्जन
  • अन्य
    • अन्तरवार्ता
    • खेलकुद
    • विचित्र संसार
    • बालसंसार
    • कला/साहित्य
    • सुन्दर नेपाल
    • सुन्दर नेपाल
    • सूचना प्रविधि
    • स्वास्थ्य र जीवनशैली
  • भिडियो
  • English
Home Blog Page 835

पुलिस क्लब राष्ट्रिय भलिबल प्रतियोगिताको फाइनलमा

By
Himalayan Tribune
-
April 26, 2024
0
काठमाडौँ: नेपाल पुलिस क्लब राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै पुलिस क्लबले फाइनलको यात्रा तय गरेको हो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा भएको खेलमा पुलिस क्लबले आर्मी क्लबलाई ३–१ सेटले पराजित गरेको हो । जितसँगै पुलिसले  ६ अङ्क बटुलेको छ । पराजित भएको आर्मी प्रतियोगिताबाट बाहिरिएको छ ।
खेलको पहिलो सेटमा पुलिस २५–१९ अङ्कले विजयी भयो । पुलिसले दोस्रो सेट १७–२५ अङ्कले गुमाउन पुग्यो । तेस्रो सेटमा पुलिस क्लब २५–१५ अङ्कले विजयी भयो । निर्णायक सेटमा पनि पुलिस क्लबले आर्मीलाई २५–१३ अङ्कले हरायो ।
शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा भएको उक्त प्रयोगिताको विजेता टोलीले रु चार लाख ९९ हजार तथा उपविजेता टोलीले रु दुई लाख ५० हजार पुरस्कार प्राप्त गर्नेछ।त्यस्तै तेस्रो हुने टोलीले रु एक लाख २५ हजार र चौथो हुने टोलीले रु ६२ हजार पुरस्कार प्राप्त गर्नेछ ।

सहकारीपीडितले गृहमन्त्री लामिछानेलाई भेटे

By
Himalayan Tribune
-
April 26, 2024
0

काठमाडौँ: सहकारीसम्बन्धी समस्या द्रुत प्रक्रियाबाट समाधान गर्ने पहल गरकोमा सहकारीपीडितले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले धन्यवाद दिएका छन् ।

आज सिंहदरबारमा गृहमन्त्री लामिछानेसँग भएको भेटमा सहकारीपीडितले सहकारीसम्बन्धी समस्या समाधान चाँडो गर्न सुझाव दिएको गृहमन्त्री लामिछानेको सचिवालय सदस्य प्रतिभा रावलले जानकारी दिनुभयो ।

गृहमन्त्री लामिछानेले सहकारीका कारण नागरिकको घरबास उठ्ने अवस्था आएकाले आफूले त्यसलाई टुलुटुलु हेरेर बस्न नसके बताउनुभयो । सरकारले सहकारी ठगका नाममा रहेको सम्पत्ति र उनीहरुले आफ्ना आफन्तका नाममा बनाएको सम्पत्ति बेचेर भए पनि बचतकर्ताको रकम फिर्ता गर्ने गरी काम गर्ने बताउनुभएको थियो ।

गृहमन्त्री लामिछानेले सहकारीको समस्या छिटो समाधान गर्न आवश्यक रहेको भन्दै बिहीबारको मन्त्रिपरिषद् बैठकमा लिखित रुपमै पत्र पेस गर्नुभएको थियो । मन्त्रिपरिषद् बैठकले उक्त समस्या द्रूत प्रक्रियाबाट समाधान गर्ने निर्णय गरेको थियो ।

रुपान्तरणका लागि ‘डिजिटल डिपार्चर’ को विकल्प छैनः मन्त्री शर्मा

By
Himalayan Tribune
-
April 26, 2024
0

काठमाडौँ: सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मुलुकको अग्रगामी रुपान्तरणका लागि ‘डिजिटल डिपार्चर’को विकल्प नभएको बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य सङ्घ काठमाडौँद्वारा आज यहाँ आयोजित ‘डिजिटल एक्स्पो’को शुभारम्भ गर्नुहँुदै उहाँले गुणस्तरीय इन्टरनेट सेवाको पहुँच देशव्यापी बनाउन सरकार क्रियाशील रहेको जानकारी दिनुभयो ।

सरकारले कृषि, ऊर्जा, पर्यटन र सूचना प्रविधि क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको जनाउँदै मन्त्री शर्माले यी उद्योगमा लगानी गर्न निजी क्षेत्रसँग आग्रह गर्नुभयो । उहाँले आसन्न लगानी सम्मेलनमा सूचना प्रविधिसम्बन्धी तीन वटा परियोजना ‘शो केस’मा राखिएको जानकारी दिनुभयो ।

सूचना प्रविधिको विकाससँगै पछिल्ला समय अनलाइन व्यापार वृद्धिहुँदै गएको दृष्टान्त दिँदै उहाँले सूचना प्रविधिको प्रयोगलाई विश्वव्यापी बनाइनुपर्ने बताउनुभयो । “डिजिटल व्यापारलाई थप व्यवस्थित बनाउँदै लैजानु आजको आवश्यकता हो, यसतर्फ सरकारले सोचिरहेको छ”, मन्त्री शर्माले भन्नुभयो ।

मन्त्री शर्माले निजी क्षेत्रले भोग्दै आएको समस्या समाधान गर्न सरकार तयार रहेको बताउनुभयो । मुलुकमा लगानीको वातावरण बनाउन र वैदेशिक लगानी भित्रयाउन सरकारले प्रक्रियागत र कानूनी सुधार थालनी गरेको जानकारी दिँदै उहाँले निजी क्षेत्रपनि उत्साहित भएर अघि आउनुपर्ने बताउनुभयो ।

“सरकारले नीतिगत सुधार थालनी गरेको छ, निजी क्षेत्र पनि अगाडि आउनुपर्छ, सरकार र निजी क्षेत्रबीच बलियो साझेदारी आवश्यक छ”, मन्त्री शर्माले भन्नुभयो ।

नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेश अग्रवालले मुलुकको आर्थिक समृद्धिमा योगदान दिँदै आएका निजी क्षेत्रलाई सरकारले समन्वय र सहजीकरण गर्नुपर्नेमा जोड दिनुभयो । प्रविधिको विकाससँगै अनलाइन व्यापारको अभ्यास बढ्दै गएको अवस्थामा अन्तरदेशीय भुक्तानीलाई सहज बनाइनुपर्ने उहाँको भनाइ थियो ।

सो अवसरमा नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष हेमराज ढकालले लगानीमैत्री वातावरण बनाउन सरकारले ध्यान केन्द्रित गर्नुपर्ने बताउनुभयो । उहाँले वर्तमान आर्थिक संरचनालाई परिवर्तन गरेर उच्च आर्थिक वृद्धिको योजना ल्याउन सरकारसँग अनुरोध गर्नुभयो । नेपाल घरेलु तथा साना उद्योग महासङ्घका अध्यक्ष उमेश सिंहले निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढ्नुपर्नेमा जोड दिँदै निजी क्षेत्रले भोग्दै आएका समस्यालाई समाधान गर्न सरकारसँग आग्रह गर्नुभयो ।

दुबई पुर्‍याई मानवबेचबिखन गरेको अभियोगमा हवारी पक्राउ

By
Himalayan Tribune
-
April 26, 2024
0

काठमाडौँ: क्यानडा पठाइदिन्छु भनी दुबई पुर्‍याएर मानवबेचबिखन गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा बारा सिम्रौनगढ नगरपालिका–३ ठेगाना भई हाल काठमाडौँ नागार्जुन नगरपालिका–१ बस्ने फिरोज खाँन भन्ने २६ वर्षीय फरमान हवारी रहेका केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिनुभयो ।

उहाँका अनुसार टिकटकको माध्यमबाट चिनजान भएका हवारीले धेरै मानिसहरुलाई क्यानडा पठाइसकेको भनी प्रलोभन देखाउँदै पीडितलाई दुबई पुर्याई बन्धक बनाई राखेको अवस्थामा पीडितको आफन्तको सहयोगमा नेपाल फिर्ता हुन सफल भएका थिए ।

घटनामा संलग्न रही फरार रहेका हवारीलाई मानवबेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनसँगको समन्वयमा काठमाडौँ नयाँ बानेश्वरबाट पक्राउ गरेको प्रवक्ता ढकालले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हवारीले क्यानडा जानका लागि रु ३० लाख लाग्ने बताएको, पीडितलाई बिहे गर्नेसम्म प्रलोभन देखाई नेपालमै पटक–पटक यौन शोषण गरेको र विभिन्न समयमा रु ११ लाख २८ हजार रकम समेत ठगी गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।”

पक्राउ परेका हवारीउपर मानवबेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौँबाट पाँच दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान गर्नुका साथै घटनामा संलग्न अन्य प्रतिवादीहरुको समेत प्रहरीले खोजी गरिरहेको प्रवक्ता ढकालको भनाइ छ ।

स्याङ्जाका शिवले फलाए लोभलाग्दो ‘ड्रागन फ्रुट’

By
Himalayan Tribune
-
April 26, 2024
0

वालिङ (स्याङ्जा): दश वर्ष कोरिया बसेर फर्कनुभएका शिव थापा व्यावसायिक रूपमा ‘ड्रागन फ्रुट’ फलाउन थाल्नुभएको छ । वालिङ नगरपालिका–४ रत्नेथुम्काका उहाँले विदेशमा सिकेको सीप आफ्नै गाउँ फर्केर उपयोग गर्नुभएको हो ।

“दक्षिण कोरियामा निर्माण क्षेत्रमा काम गरेता पनि फुर्सदमा त्यहाँका कृषि फार्ममा पनि काम गरेर अनुभव लिएको थिएँ”, उहाँले भन्नुभयो, “त्यहाँ सिकेको ज्ञान अहिले आफ्नै जन्मभूमिमा फर्केर प्रयोग गरी आम्दानीसित जोडिएको छु ।” कोरियाबाट ड्रागनखेती गर्छु भन्ने सङ््कल्पका साथ गाउँ आउनुभएका उहाँले दुई वर्षअघि तीन सय बिरुवा लगाउनुभएको थियो । बिरुवाले प्रशस्त फल दिएपछि त्यसलाई विस्तार गर्दै हाल पाँच रोपनीमा एक हजार बिरुवा लगाउनुभएको छ ।

“नयाँ फल भएकाले स्थानीय बजारमा यसको खपत भएको छ”, उहाँले भन्नुभयो, “गत वर्ष घरबाट नै डेढ क्विन्टल बिक्री गरेको थिएँ यस वर्ष पाँच क्विन्टल बिक्री गर्ने लक्ष्य छ ।” सुरुमा आफूले उत्पादन गरेको फलका बारेमा बुझाउँदै हिँड्नु परे तापनि अहिले उत्पादन हुनासाथ घरबाटै बिक्री हुने गरेकाले बजारको समस्या नभएको उहाँ बताउनुहुन्छ । प्रतिकेजी रु पाँच सयका दरले बिक्री गर्दै आउनुभएका उहाँ मागअनुसार आपूर्ति गर्न नसकको बताउनुहुन्छ ।

छ लाखको लागतमा व्यावसायिक खेती थाल्नुभएका थापालाई ‘फार्म’को सुरक्षाका लागि वालिङ नगरपालिकाले तारबार गर्न रु तीन लाख उपलब्ध गराएको छ । वडा कार्यालयले पनि सिँचाइका लागि सहयोग गरेको उहाँले बताउनुभयो ।उहाँले ड्रागन फ्रुटसँगै खाली रहेको जमिनमा कोरियाली साग (फेछु) र चिनियाँ साग पनि लगाउनुभएको छ । “ड्रागन फ्रुटका बोटका बीचमा साग लगाएको छु, त्यसको माग अत्यधिक छ”, उहाँले भन्नुभयो, “तीन–तीन महिनामा साग बेचेर रु एक लाख आम्दानी गर्दै आएको छु ।”

साग पनि स्थानीय व्यापारीले घरमै आएर किन्ने गरेका छन् । उहाँले फार्ममा सेतोपातीको समेत व्यावसायिक उत्पादन गर्दै आउनुभएको छ । काटेर सुकाएको सेतोपाती प्रतिकेजी रु एक सयका दरले बिक्री हुने गरेको छ । “अहिले उत्पादन भएको ड्रागन फ्रुटलगायत कृषिजन्य उत्पादन नजिकैको बजारमा खपत भइरहेको छ, अब व्यवसायलाई विस्तार गर्ने सोचमा छु”, उहाँले भन्नुभयो ।

आजबाट कक्षा १२ को परीक्षा सुरु

By
Himalayan Tribune
-
April 26, 2024
0

भक्तपुर: देशभर आज बिहान ८ बजेदेखि एकैसाथ कक्षा १२ को परीक्षा सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डले ७७ जिल्लाका एक हजार पाँच सय २५ परीक्षा केन्द्रमा सञ्चालन गरेको परीक्षा बिहान ८ बजेदेखि शान्तिपूर्ण रूपमा सुरु भएको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिनुभयो ।

बोर्डले देशभर एक हजार पाँच सय २५ र देशबाहिर जापानमा एक गरी कुल एक हजार पाँच सय २६ परीक्षा केन्द्रमा निर्धारण गरेको थियो । जापानको परीक्षा केन्द्रमा पनि इमेलबाट प्रश्नपत्र पठाएर परीक्षा सञ्चालन भएको छ ।

बोर्डका अध्यक्ष डा शर्माले भन्नुभयो, “कक्षा १२ को परीक्षा आज बिहान ८ बजेदेखि देशभर एकैसाथ शान्तिपूर्ण रूपमा सुरु भएको छ । विद्यार्थी उत्साहका साथ परीक्षामा सहभागी भएको जानकारी पाएका छौँ । ”

यो वर्ष परीक्षामा नियमिततर्फ एक लाख ९६ हजार नौ सय १४ छात्रा र एक लाख ९३ हजार नौ सय ३३ छात्र गरी तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी भएका छन् । त्यस्तै ग्रेडवृद्धितर्फ एक लाख छ सय ५० विद्यार्थी सहभागी भएका छन् । देशभरका पाँच हजार पाँच सय ४२ विद्यालयका विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी भएका छन् ।

कुल एक हजार पाँच सय २६ परीक्षा केन्द्रमा निर्धारण गरेकामा सबैभन्दा बढी काठमाडौँमा एक सय ४४ र मनाङ, मुस्ताङमा एक–एक परीक्षा केन्द्र निर्धारण गरेको छ ।
परीक्षा सञ्चालनका लागि केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, कर्मचारी, कार्यालय सहयोगी गरी ३४ हजार एक सय ७१ जनशक्ति र १८ हजार तीन सय प्रहरी परिचालन भएका छन् । यस वर्ष पनि प्रश्नपत्र अनलाइनबाट पठाइएको छ । इमेलबाट प्रश्नपत्र पठाउँदा ‘टाइम पासवर्ड’को व्यवस्था गरेको छ ।

बालिका बेचविखन गर्ने महिला पक्राउ

By
Himalayan Tribune
-
April 26, 2024
0

काठमाडौँ: नेपाल प्रहरीले साढे दुई वर्षकी बालिका बेचविखन गर्ने एक महिलालाई पक्राउ गरेको छ ।
प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले आर्थिक अवस्था कमजोर भएको मकवानपुरको एक परिवारको साढे दुई वर्षकी बालिकालाई बेचविखन गर्ने ललितपुर गोदावरी नगरपालिकाका ४३ वर्षीय उर्मिला भन्ने कल्पना विश्वकर्मालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

व्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयालले आर्थिक अवस्था कमजोर भएका बालिकाको बुबाआमालाई पटकपटक भेटेर तिमीहरुको आर्थिक अवस्था कमजोर रहेछ काठमाडौँको संस्थाको होस्टलमा राखिदिन्छौ भनी काठमाडौँ ल्याएर बिक्री वितरण गरेको अनुसन्धानबाट खुलेको बताउनुभयो ।

पक्राउ विश्वकर्माले ती बालिकालाई गत चैत २९ गते पीडितको घरमा गई ल्याएर चार दिन आफ्नो घरमा राखी झापाको काकरभिट्टासम्म पुर्याएर भारतको सिलगुढी माईती भएकी महिलालाई बेचेको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।

पक्राउ विश्वकर्माले संस्थाको तर्फबाट भनी पीडित बालिकाको आमाबुबालाई रु २० हजार दिएको अनुसन्धानमा खुलेको छ ।

प्रहरीले पीडित बालिकालाई बैशाख १० गते उद्दार गरि सुरक्षित आवास गृहमा राखेको छ । प्रहरीले बालिका बेचविखनमा संलग्न विश्वकर्मालाई जिल्ला अदालत काठमाडौँबाट मानव बेचविखन तथा ओसारपसार मुद्दामा सात दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रवक्ता फुयालले बताउनुभयो ।

 

जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

By
Himalayan Tribune
-
April 26, 2024
0

काठमाडौ: जनता समाजवादी पार्टी, (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दैछ।

शुक्रबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय बालकुमारी बस्ने गरी बैठक आह्वान गरिएको सो पार्टीका प्रचारप्रसार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभयो ।

बस्नेतका अनुसार पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनको तयारीका सम्बन्धमा छलफल गर्न बैठक आह्वान गरिएको हो । सो पार्टीको महाधिवेशन आगामी जेठ २८ देखि ३० गतेसम्म जनकपुरमा हुँदैछ ।

 

एकल, दलित र विपन्न महिलालाई आत्मनिर्भर बनाउन सवारी चालक तालिम

By
Himalayan Tribune
-
April 26, 2024
0

नारायणगढ (चितवन):  कालिका नगरपालिकाले एकल, दलित र विपन्न वर्गका महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले निःशुल्क सवारी चालक तालिम सञ्चालन गरेको छ । पालिकाले महिला तथा बालबालिका कार्यक्रमअन्तर्गत तालिम सञ्चालन गरेको हो ।

त्यस अवसरमा कालिकाका नगर प्रमुख बिनोद रेग्मीले ससवारी चालक (ड्राइभिङ) तालिमले महिलाहरुलाई स्वदेश तथा बिदेशमा जहाँगएपनि व्यावासयीक तथा स्वरोजगार बन्न सहयोग पुग्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सीप भएका मानिसलाई कामको दुःख छैन । ” कालिका–४ पदमपुरस्थित शहिद स्मृति क्याम्पसचौरमा पालिकाका ७० जना महिलालाई बिहीबारदेखि पन्ध्रदिने निःशुल्क हलुका चारपाङ्ग्रे सवारी साधन चालक तालिम आयोजना गरिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत चुडामणी गौतमले जानकारी दिनुभयो । व्यावसायिक चालक बन्न प्रेरित गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको उहाँले बताउनुभयो ।

पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने

By
Himalayan Tribune
-
April 26, 2024
0
काठमाडौँ : हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अहिले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहने छ ।
कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित छिटपुट वर्षाको सम्भावना छ । गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको केही स्थानका साथै कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भागका केही स्थानमा हुरीबतासको सम्भावना छ ।
त्यसैगरी, आज राति देशभर आंशिक बदली हुनेछ । गण्डकी प्रदेशका उच्च पहाडी भागका तथा हिमाली भेगका एक–दुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना छ । आगामी २४ घण्टामा कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित छिटपुट वर्षाको सम्भावना छ । गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको केही स्थानका साथै कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भागका केही स्थानमा हुरीबतासको सम्भावना रहेको जनाउँदै महाशाखाले त्यस क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।
1...834835836...1,300Page 835 of 1,300

हिमालयन ट्रिब्युनको लागि

  • सौरपानी मिडिया प्रा.लि. अन्तरगत
  • प्रकाशक: साहित्यसागर श्रोत केन्द्र
  • सम्पादक: गजे घले
  • व्यवस्थापक: आशिष पोखरेल
  • CONTACT
  • Balaju 16 Kathmandu Metropolitan City, Bagmati Province, Nepal
  • Phone No: 9851239436 US Office 4725 Fall Avenue, Richmond CA 94804, USA Phone: 1-5103236802
Copyright © 2026 Himalayan Tribune | Powered by Himalayan Tribune