Sunday, May 10, 2026
Home Blog Page 818

खोटाङका सामुदायिक विद्यालयमा जीवनोपयोगी शिक्षा अभियान

0

खोटाङ: दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सामुदायिक विद्यालयमा ‘जीवनोपयोगी शिक्षा अभियान’ सुुरु गरेको छ । पन्ध्र वडा रहेको यो नगरपालिकाले हरेक मङ्गलबार नगरपालिका क्षेत्रमा सञ्चालित सबै सामुदायिक विद्यालयमा अभियान सुरु गरेको हो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङस्थित श्रीमाध्यमिक विद्यालयले यही वैशाख १८ गते मङ्गलबारदेखि जीवनोपयोगी शिक्षा अभियान सुरु गरे तापनि दिक्तेलको सरस्वती माविबाट वैशाख २५ गतेदेखि औपचारिक रूपमा अभियान सुरु भएको छ ।

मङ्गलबार सरस्वती माविमा स्वास्थ्य शिक्षाका बारेमा स्वास्थ्यकर्मीले कक्षा लिएका दिक्तेल नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले राससलाई बताउनुभयो । पञ्च माविमा भवन सरसफाइ र जनजागृति माविमा कृषि गतिविधिका साथ अभियान सुरु गरिएको जानकारी उहाँले दिनुभयो ।

नगरपालिकाले शैक्षिक अभियन्ता सूर्यबहादुर राईको संयोजकत्वमा गठन गरेको शैक्षिक सुधार कार्यदलको सुझावका आधारमा हरेक सामुदायिक विद्यालयमा जीवनोपयोगी शिक्षा अभियान सुरु गरिएको जनाइएको छ । सामुदायिक विद्यालयको गुणस्तर उकास्न सोही कार्यदलले दिएको सुझावका आधारमा नगर कार्यपालिकाले हरेक मङ्गलबार विद्यार्थीलाई पाठ्यपुस्तकका अतिरिक्त परियोजना कार्य (प्रजेक्ट वर्क) गराउनेगरी अभियान लागू गर्ने निर्णय गरेको थियो ।

अभियानअन्तर्गत नगरपालिकाका सबै सामुदायिक विद्यालयले वार्षिक कार्ययोजना तयार पार्ने र सो कार्ययोजनामा ३० भन्दा बढी मङ्गलबार विद्यार्थीलाई व्यवस्थित तरिकाले परियोजना कार्य तयार गरेर कार्यान्वयन गराउने योजना रहेको संयोजक राईले बताउनुभयो ।

अभियानका क्रममा नगरपालिकाले हरेक महिनाको मङ्गलबार विद्यालयको परियोजना कार्यको उपलब्धि प्रदर्शन गराउने र प्रोत्साहन गर्ने जनाएको छ । नगरपालिकाले वैशाख १९ गते नगरका ९३ विद्यालयका प्रधानाध्यापक तथा शिक्षकलाई सहभागी गराएर विद्यालयको वार्षिक कार्ययोजना निर्माण कार्यशाला आयोजना गरेको थियो ।

बाँकेको फत्तेपुरका एक सय २६ घरमा स्वच्छ पेयजलको सुविधा

0

राँझा (बाँके): बाँकेको राप्ती सोनारी गाउँपालिका–६ फत्तेपुरमा ‘एक घर, एक धारा’ कार्यक्रमअन्तर्गत एक सय २६ घरमा धारा जडान भएका छन् ।

उक्त कार्यक्रमअन्तर्गत फत्तेपुरको पदनाह, जोरैया, मोहनपुर दक्षिण हब्रहवा, उत्तर हब्रहवा र सिधनिया बस्तीका एक सय २६ घरमा जडान गरिएको फत्तेपुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष लालबहादुर थापाले जानकारी दिनुभयो । “गत वर्ष असारदेखि घरघरमा खानेपानी धारा जडान गरेर स्वच्छ पेयजलको सुविधा पुर्याएका छौं ”, अध्यक्ष थापाले भन्नुभयो, “यहाँका चार सय घरमा धारा जडान गरेर स्वच्छ पानी पुर्याउने लक्ष्य छ ।” आर्थिक वर्ष २०७६/७७ देखि उक्त कार्यक्रम लागु भएको हो ।

वि.सं २०७८ देखि फत्तेपुर खानेपानी तथा सरसफाइ उपभोक्ता समिति गठन गरी आयोजनाको काम हुँदै आएको थियो । तीन कठ्ठा जमिनमा खानेपानीको भवन, ट्याङ्की, ‘पम्पहाउस’लगायत संरचना तयार गरी पानी वितरण थालिएको अध्यक्ष थापाले बताउनुभयो ।

महिना दिनमा १० युनिटसम्म पानी उपभोग गर्ने उपभोक्तालाई रु एक सय ५० शुल्क कायम गरिएको छ भने १० युनिटभन्दा बढी उपभोग गर्नेलाई प्रतियुनिट रु २० का दरले शुल्क लिने गरिएको छ । घरघरमा खानेपानी सुविधा उपलब्ध भएपछि स्थानीयवासी खुसी भएका छन् । राप्ती सोनारी–६ कै पनेरियामा पनि खानेपानी आयोजना निर्माणाधीन छ । राप्ती सोनारी–७ निवुवाटार र नन्कौपुरमा पनि खानेपानी आयोजनाको काम जारी छ । ‘पाइप लाइन’ विस्तारको काम सम्पन्न भएसँगै चाँडै धारा जडानको काम सुरु हुने राप्ती सोनारी–७ का वडाध्यक्ष रामलखन थारूले बताउनुभयो ।

कालीकोटका किसानलाई गोठालो भत्ता !

0

मान्म (कालीकोट): जिल्लाको नरहरिनाथ गाउँपालिकाले पशुपालन गर्ने किसानलाई गोठालो भत्ता दिने भएको छ । चालु आर्थिक वर्षको स्वीकृत बजेटअनुसार ‘कृषकसँग उपाध्यक्ष कार्यक्रम’बाट पशुपालक किसानलाई गोठालो भत्ताको व्यवस्था गरिएको हो ।

पशुपालन बढाउन गाउँपालिकाले किसानलाई गोठालो भत्ताको व्यवस्था गरेको बताउँदै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज पौडेलले पशुपालक किसानलाई मासिक रु एक हजार प्रदान गरिने जानकारी दिनुभयो ।

गोठालो भत्ता कार्यविधिअनुसार चारवटा भैँसी, ३० वटा बाख्रा र ४० वटाभन्दा बढी भेडा व्यावसायिक रूपमा पाल्ने किसानलाई भत्ता दिइनेछ । युवा तथा बेरोजगारलाई कृषिकर्ममा आकर्षित गर्न कार्यक्रम अघि सारिएको गाउँपालिका प्रवक्ता प्रदीप बोहराले बताउनुभयो । “गाउँमा गोठालोलाई हेयका हेरिन्छ”, उहाँले भन्नुभयो, “यसले गोठालोको सम्मान गर्नेछ ।”

“नरहरिनाथ गाउँपालिका पशुपालनको प्रचुर सम्भावना छ । यहाँ धेरै भैँसी तथा भेडाबाख्रापालक किसान छन्, उनीहरूलाई पशुपालनमा प्रोत्साहन गर्न भत्ताको व्यवस्था गरिएको हो ”, उहाँले भन्नुभयो ।

म्याग्दीको विकट खतेन गाउँमा विद्युतीकरण

0

म्याग्दी: म्याग्दीको मालिका गाउँपालिका–३ खतेन गाउँमा विद्युत् सेवा विस्तार भएको छ । नेपाल विद्युत् प्राधिकरणले विकट खतेन गाउँमा सेवा विस्तार गरेको हो ।

प्राधिकरणको म्याग्दी वितरण केन्द्रका प्रमुख प्रताप बरालका अनुसार खतेन गाउँका ६० घरमा केन्द्रीय प्रसारण लाइनको बिजुली बलेको छ ।“घरघरमा मिटरबक्स जडान भएपछि खतेन गाउँमा विद्युत् वितरण थालिएको हो”, उहाँले भन्नुभयो, “खतेनका छिमेकी बस्तीका करिब चार सय घरमा पनि मिटरबक्स वितरणको तयारी गरेका छौँ ।”

मालिका गाउँपालिकाको २,३ र ४ नम्बर वडाका चार सय घरमा विद्युतीकरणका लागि जडान गरिएको ‘ट्रान्सफर्मर’र मुख्य लाइनको गत चैत अन्तिम साता परीक्षण गरिएको थियो । “मालिकाको वडा नं २ को रुम, बेली, जेम, घाङ्लेपानी, वडा नं ३ को लुप्सीपार, पात्ले र ४ नं वडाको ओखरबोटको मुख्य र शाखा लाइनको पोल गाड्ने, तार तान्ने र ट्रान्सफर्मर जडान र परीक्षण सफल भएको छ”, उहाँले भन्नुभयो, “विद्युत् प्राधिकरणले मिटर बक्स वितरण, हाउस वायरिङ गरेपछि चार सय घरधुरीमा केन्द्रीय लाइनको बिजुली बल्छ ।”

नेपाल विद्युत् प्राधिकरणको पूर्ण विद्युतीकरण कार्यक्रमअन्तर्गत पहिलो चरणमा मालिकाका तीनवटा वडामा बिजुली बाल्ने तयारी भएको हो । मालिकाको २, ३ र ४ नं वडाको घ्याङलेपानीबाहेकका बस्तीका बासिन्दाले हाल उज्यालोका लागि लघुजलविद्युत् परियोजनाको विद्युत् प्रयोग गर्दै आएका छन् ।

विद्युतको कुनै स्रोत नभएको घ्याङलेपानीका बासिन्दा ‘सोलार’ बत्ती र टुकी प्रयोग गर्छन् । वर्षौँको प्रयासपछि बिजुली बाल्ने तयारी भएको मालिका–३ का वडाध्यक्ष मोतिप्रसाद बुढाले बताउनुभयो । रुम गाउँमा चार वर्षअघि तार तानेर पोल गाडिएको थियो ।

म्याग्दीका १४ स्थानका दुई हजार एक सय ८३ घरमा राष्ट्रिय प्रसारणको विद्युत् सुविधा विस्तार गर्न गत वर्ष रु २० करोड बजेट विनियोजन भएको थियो ।यो योजनामार्फत म्याग्दीको दुर्गम क्षेत्रमा पर्ने धवलागिरि गाउँपालिकाको गुर्जाबाहेक सबै बस्तीमा केन्द्रीय लाइनको विद्युत् सेवा पुग्ने प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले बताउनुभयो ।

एक वर्षभित्र विद्युतीकरणसम्बन्धी सम्पूर्ण काम सम्पन्न गर्ने प्राधिकरणको लक्ष्य छ । प्राधिकरणको म्याग्दी वितरण केन्द्रअन्तर्गत २२ हजार ग्राहक छन् ।गत आर्थिक वर्षमा एक हजार दुई सय ३८ उपभोक्ता थपिएका थिए ।

सुनकोशी मरिन डाइभर्सनको बाँकी काम निर्धारित समयमै सम्पन्न होस् : प्रधानमन्त्री

0

काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँकी काम निर्धारित समयमा सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।

आज आयोजनास्थल अनुगमनका क्रममा सुनकोशी गाउँपालिकामा सम्बद्ध पक्षबाट आयोजनाबारे जानकारी लिएपछि प्रधानमन्त्री दाहालले आयोजनामा आउनसक्ने समस्याको पहिचान गरेर त्यसलाई समयमै समाधान गर्न निर्देशन दिनुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

“बहुउद्देश्यीय आयोजना ठूलो कार्यक्षेत्र भएकाले विभिन्न समस्या आउन सक्छन्”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “समयमै समस्याको पहिचान गरी समाधान गर्दै जाने सोच, कार्ययोजना र पूर्वतयारीको व्यवस्था गर्नुहोला ।” उहाँले आयोजना समयमै सम्पन्न गरी लगानीको प्रतिफल पनि समयमै प्राप्त गर्नेगरी काम गर्न निर्देशन दिनुभयो ।

प्रधानमन्त्री दाहालले आयोजनामा राम्रो काम गर्ने कर्मचारीको अभिलेख व्यवस्थित गरी दण्ड र पुरस्कारको ठोस कार्ययोजना निर्माण गर्नसमेत आयोजना प्रमुखलाई निर्देशन दिनुभयो ।

सुरुङमार्गबाहेक अन्य निर्माणकार्य ‘ब्यारेज, पावरहाउस, इलेक्ट्रोमेकानिकल, ट्रान्समिसन लाइन’ नदी नियन्त्रण र सामाजिक विकासको कार्यहरू पनि उच्च प्राथमिकताका साथ समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्रीले कार्ययोजना एवं खरिद गुरुयोजनाले निर्दिष्ट गरेअनुरूपका सम्पूर्ण कार्यहरू निर्धारित समयभित्रै पूरा गर्नुहोला भन्नुभयो ।

मरिन डाइभर्सन राष्ट्रिय गौरवको रूपान्तरणकारी आयोजना भएकाले बजेट अभाव हुन नदिने विश्वास दिलाउँदै प्रधानमन्त्री दाहालले आयोजनाको निर्माणकार्यका निम्ति सरकारको तर्फबाट सम्पूर्ण रूपले सहजीकरण गर्ने जानकारी गराउनुभयो ।

चौबिस दिनमा आगलागी, डढेलो र चट्याङबाट सत्ताइस जनाको मृत्यु

0

काठमाडौँ: आगलागी, डढेलो र चट्याङबाट वैशाख महिनाको २४ दिनमा २७ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीनकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख १ देखि २४ गतेसम्ममा उनीहरूको मृत्यु भएको हो ।

प्राधिकरणले आगलागीबाट १८, डढेलोले छ तथा चट्याङ लागेर तीन जनाले ज्यान गुमाएका तथा ९० जना घाइते भएका प्राधिकरणले बताएको छ ।

यसैबीच, प्राधिकरणले अग्निपीडित परिवारलाई पनि अस्थायी घर बनाउन आर्थिक सहयोग गर्ने कार्यविधि स्वीकृत गरेको जनाएको छ । यसअघि त्यस्तो सुविधा भूकम्पपीडितका लागि मात्र उपलव्ध थियो ।

वनमा आगो लगाएको अभियोगमा पक्राउ

0

ओखलढुङ्गा: वनमा आगो लगाएको अभियोगमा दुईजना पक्राउ परेका छन् । सिद्धिचरण नगरपालिका–११ को नगरपार्कमा आगो लगाएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बालिस्टार सिंहका अनुसार सिद्धिचरण नगरपालिका–११ का २६ वर्षीय महेश विक र २३ वर्षीय सुजन विकलाई पक्राउ गरिएको हो । ओखलढुङ्गा जिल्ला अदालतले अभियुक्तहरूलाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई चार दिनको म्याद दिएको छ ।

जिल्लाका वनमा आगलागीका घटना बढेसँगै प्रहरीले आगो लगाउनेको खोजी अभियान थालेको प्रहरी निरीक्षक सिंहले बताउनुभयो । गत सोमबार सिद्धिचरण नगरपालिका–१० स्थित एक घरमा आगलागी हुँदा दुईजनाको मृत्यु भएको थियो ।

युक्रेनी ड्रोनले रुसको बेलगोरोडमा २ बसमा बम प्रहार गर्दा ६ जनाको मृत्यु, ३५ घाइते

0

काठमाडौं । रुसको बेलगोरोड क्षेत्रमा युक्रेनी ड्रोन आक्रमणमा ६ जनाको मृत्यु भएको छ भने ३५ जना घाइते भएका छन् । दुवै बसमा बम विष्फोट भएको थियो । सबैजना दुई फरक बसमा काम गर्न जाँदै थिए।

गभर्नर व्याचेस्लाभ ग्लाडकोभले बेरेजोभका गाउँ नजिकै हमला भएको बताए। उनले बसको झ्याल फुटेको तस्वीर पनि सेयर गरेका छन् । गभर्नरले भने – एक जनाको अवस्था गम्भीर छ र दुई बालबालिकालाई सामान्य चोट लागेको छ।

युक्रेनले लामो समयदेखि आफ्नो सिमानामा रहेको बेल्गोरोड क्षेत्रमा ट्याङ्क र ड्रोनमार्फत आक्रमण गर्दै आएको छ । रुसले सन् २०२२ मा युक्रेनमा आक्रमण गरेको थियो । यहीँबाट दुई देशबीच युद्ध सुरु भएको थियो । जबकि किभले यस्तो कुनै पनि आक्रमण अस्वीकार गरेको छ। किभले भनेको छ – हामीले सर्वसाधारणलाई लक्षित गरेका छैनौं।

हालै ‘ह्यारी पोटर क्यासल’ भनेर चिनिने युक्रेनी भवनमा रुसी मिसाइल आक्रमणमा पाँच जनाको मृत्यु भएको थियो । ह्यारी पोटर क्यासलमा एउटा निजी कानून संस्थान चलिरहेको थियो। मिसाइल आक्रमणपछि एउटा भवनमा ठूलो आगो लागेको थियो ।

यसलाई ओडेसामा भएको सबैभन्दा ठूलो आक्रमणको रूपमा वर्णन गरिएको थियो। जसमा रुसी सेनाले सहरमा मिसाइल, ड्रोन र बम प्रहार गरेको थियो जसका कारण समुद्री तट क्षेत्रमा रहेको प्रसिद्ध शैक्षिक संस्था जलेको थियो । लगभग २५ महिना अघि युक्रेनमा युद्ध सुरु भएदेखि ओडेसाको बन्दरगाह सहर बारम्बार रुसी मिसाइल र ड्रोन आक्रमणको निशाना बनेको छ।

रुस र युक्रेनबीच २४ फेब्रुअरी २०२२ देखि युद्ध चलिरहेको छ । अहिलेसम्म दुवै देशका हजारौं सैनिकले ज्यान गुमाइसकेका छन् । युद्धका कारण लाखौं मानिस युक्रेनबाट विस्थापित भई छिमेकी मुलुकमा शरण लिएका छन् ।

इन्सुलिनको ओभरडोज दिएर बिरामीको हत्या गर्ने नर्सलाई ७०० वर्षको जेल सजाय

0

काठमाडौं । अमेरिकाको पेन्सिलभेनिया अदालतले शनिबार एक नर्सलाई ७०० वर्षको जेल सजाय सुनाएको छ । नर्सको नाम हेदर प्रेस्डी हो।

४१ वर्षीय हेदरमाथि २०२० देखि २०२३ सम्म पाँचवटा अस्पतालमा २२ जना बिरामीलाई इन्सुलिनको ओभरडोज दिएको आरोप लगाइएको छ, जसले गर्दा १७ बिरामीको मृत्यु भएको छ। २०२३ मा, न्यु जर्सी र पेन्सिलभेनियाका नर्सिङ होमहरूमा इन्सुलिनको ओभरडोजबाट २९ जना बिरामीको मृत्यु भयो।

अदालतले हेदरलाई १९ वटा मुद्दामा दोषी ठहर गर्दै आजीवन कारावासको सजाय सुनाएको थियो । रातिको ड्युटीमा नर्सले मधुमेह नभएका बिरामीलाई समेत इन्सुलिन खुवाइन् । ४३ देखि १०४ वर्ष उमेरका बिरामीहरू इन्सुलिनको डोजको लगत्तै मरे।

इन्सुलिनको ओभरडोजले मुटुको धड्कन बढाउँछ र त्यसपछि हृदयघात हुन्छ। हेदरलाई मे २०२३ मा दुई बिरामीको हत्या गरेको आरोप लगाइएको थियो र प्रहरीले पछि यो केसको अनुसन्धान गर्दा यो खुलासा भयो । अनुसन्धानका क्रममा हेदरको पुरानो रेकर्ड छानबिन गर्दा सत्य बाहिर आयो ।

बिरामीका आफन्तले अदालतमा नर्सले विरामीसँग राम्रो सम्पर्क राखेकै कारण परिवारका सदस्यले उनीमाथि विश्वास गरेको बताए । नर्सका साथीहरूले अदालतमा हेदरले पछि बिरामीहरूलाई घृणा गर्न थालिन् र कहिलेकाहीँ उनीहरूलाई दुर्व्यवहार पनि गरेको बताए।

हेदरकी आमालाई उनका साथीहरू र डाक्टरहरूबाट टेक्स्टद्वारा यो व्यवहारको बारेमा भनिएको थियो। कयौं पटक व्यक्तिगत रुपमा गएर उनले बिरामी मार्ने कुरा गरेको बताए ।

अदालतमा सबै प्रमाण पेश गर्दा नर्सलाई आफ्नो अपराध स्वीकार गर्ने कि नगर्ने भनेर सोधियो । सुरुमा उनले यसलाई स्वीकार गर्न अस्वीकार गरिन् । तर पछि उनले आफ्नो गल्ती स्वीकार गरिन् ।

एक व्यक्तिले अदालतलाई भनेअनुसार नर्सले उनको हत्या गर्नु अघि आफ्नो बुबालाई भेटेकी थिइन्। त्यसपछि नर्सको व्यवहार फरक देखिन थाल्यो र उनी केही गर्न लागेकी थिइन्।

यसअघि २०१८ मा, हेदरले धेरै नर्सिंग होम रोजगारहरूमा काम गरिसकेकी थिइन्। तर, त्यतिबेला उनी ठिक थिइन् । उनीमाथि लागेको आरोपपछि उनको लाइसेन्स २०२३ मा निलम्बन गरिएको थियो ।

 

श्रीमती र छोराछोरी पाल्नुपर्ने जिम्मेवारीबाट जोगिन आफ्नै मृत्यु भएको प्रमाणित गरेपछि…

0

काठमाडौं । अमेरिकाको केन्टकीका एक पुरुषले श्रीमती र छोराछोरीको भरणपोषण गर्ने जिम्मेवारीबाट पन्छिन आफ्नै मृत्यु भएको प्रमाणित गरेको खुलासा भएको छ।

उनले आफ्नी पूर्व पत्नीको छोरालाई बाल हेरचाहमा १ लाख डलर भन्दा बढी तिर्नबाट जोगिन आफ्नो मृत्युको नक्कली प्रमाण तयार पारेका हुन् ।

३९ वर्षीय जेसी किफले गत जनवरीमा राज्यका डाक्टरबाट लगइन विवरणहरू चोरेर हवाईमा आफ्नो फर्जी मृत्यु दर्ता प्रक्रिया पूरा गरे । अन्वेषकहरूका अनुसार उनले प्रणालीमा आफ्नै लागि फाइल बनाएर बुझाए।

पक्राउ परेपछि किफले आफ्नी पूर्व पत्नीलाई बाल सहयोग भुक्तान गर्नबाट बच्न यो गरेको खुलासा गरे । ‘उनले हवाई राज्य मृत्यु प्रमाणपत्र कार्यपत्र पूरा गरे, र त्यसपछि जनवरी २१, २०२३ मा आफूलाई केसको लागि मेडिकल सर्टिफायरको रूपमा नियुक्त गरे र त्यो केस प्रमाणित गरे,’ अदालतको कागजातमा भनिएको छ। किफले मार्च २९ मा मुद्दामा दोष स्वीकार गरे।