Monday, May 11, 2026
Home Blog Page 808

उडिरहेको विमानमा मात्र चोरी गर्ने अनौठो चोर पक्राउ, चोरीकै लागि वर्षमा २०० विमानमा यात्रा

0

काठमाडौं । दिल्ली प्रहरीले हवाई यात्रामा मात्रै चोरी गर्ने एकजना हाई प्रोफाइल चोरलाई पक्राउ गरेको छ । ४० वर्षीय अभियुक्त राजेश कपुरले यात्राको क्रममा सहयात्रीहरूको ह्यान्डब्यागबाट गहना र बहुमूल्य सामानहरू चोर्ने गर्थे। प्रहरीले उनलाई दिल्लीको पहाडगञ्ज क्षेत्रबाट पक्राउ गरेको हो ।

राजेश कपुरले गत वर्ष ११० दिनभन्दा बढी समयसम्म २०० भन्दा बढी उडानमा चोरी गरेको प्रहरीले जनाएको छ । आईजीआई एयरपोर्टमा पत्रकार सम्मेलनमा पुलिस उपायुक्त (आईजीआई) उषा रंगनानीले कपूरलाई पहाडगञ्जबाट पक्राउ गरिएको बताइन्, जहाँ उनले चोरीका गहना लुकाएर राखेका थिए।

उनले भनिन्, ‘आरोपीले करोलबागबाट पक्राउ परेका शरद जैनलाई चोरीका सामान बेच्ने योजना बनाएका थिए।’ रंगनानीले विगत तीन महिनामा विभिन्न उडानमा दुईवटा चोरीका घटना सार्वजनिक भएपछि अपराधीलाई पक्राउ गर्न आइजीआई विमानस्थलबाट विशेष टोली गठन गरिएको बताइन् ।

अप्रिल ११ मा हैदरावादबाट दिल्ली जाने क्रममा एक यात्रुको ७ लाख रुपैयाँ बराबरको गहना हराएको थियो । अर्को चोरी फेब्रुअरी २ मा रिपोर्ट गरिएको थियो, जहाँ अमृतसरबाट दिल्ली जाँदै गर्दा एक यात्रुले २० लाखको गहना हराएका थिए ।

रंगनानीले अनुसन्धानका क्रममा दिल्ली र अमृतसर एयरपोर्ट र उडानहरूको सीसीटीभी फुटेजको विश्लेषण गरिएको बताइन् । उनले भनिन्, ‘चोरीका घटना भएका दुवै उडानमा देखिएकाले शंकास्पद व्यक्तिलाई सर्टलिस्ट गरिएको हो ।’

संदिग्ध यात्रुको फोन नम्बर सम्बन्धित एयरलाइन्सबाट लिएको भए पनि बुकिङ गर्दा नक्कली नम्बर दिएको अधिकारीले बताए । प्राविधिक निगरानी पछि, कपूरको मूल फोन नम्बर ट्रेस गरियो र उनी समातिए।

लगातार सोधपुछ गर्दा उनले हैदरावादको फ्लाइटमा चोरी गरेको लगायत पाँचवटा घटनामा संलग्न रहेको स्वीकार गरेको प्रहरीले जनाएको छ । उनले अनलाईन र अफलाइन जुवा खेल्नमा सबैभन्दा बढी पैसा खर्च गरेको खुलासा गरेका छन् ।

कपूर चोरी, जुवा र आपराधिक गतिविधिका ११ वटा मुद्दामा संलग्न रहेको पाइएको थियो, जसमध्ये पाँच मुद्दा विमानस्थलसँग सम्बन्धित थिए। अर्का प्रहरी अधिकारीले कपूरले विशेष गरी अन्तर्राष्ट्रिय यात्रा गर्ने वृद्ध महिलाहरूलाई लक्षित गरेको बताए।

“यस्ता यात्रुहरूको आफ्नो ह्यान्डब्यागमा बहुमूल्य सामानहरू बोक्ने प्रवृत्तिलाई पहिचान गर्दै, उनले रणनीतिक रूपमा प्रिमियम घरेलु उडानहरूमा यात्रा गरे । विशेष गरी एयर इन्डिया र विस्तारा एयरमा यात्रा गरे जुन दिल्ली, चंडीगढ़ र हैदरावाद जस्ता ठाउँहरूबाट सञ्चालन हुन्छ,” अधिकारीले भने।

“बोर्डिङमा हुने भिडभाडको फाइदा उठाउँदै उनले गोप्य रूपमा ओभरहेड क्याबिनहरूमा राखिएका ह्यान्डब्यागहरूको होसियारीपूर्वक मूल्याङ्कन गर्थे र त्यसपछि सुनियोजित रणनीतिमा तिनीहरूको ह्यान्डब्यागहरूबाट बहुमूल्य सामानहरू चोर्थे”, अधिकारीले भने।

स्लोभाकियाका प्रधानमन्त्रीमाथि गोली प्रहार

0

काठमाडौं। स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोलाई गोली प्रहार भएको छ। गोली लागेपछि प्रधानमन्त्रीलाई घाइते अवस्थामा अस्पताल लगिएको छ ।

घटनास्थलमा उपस्थित पत्रकारहरुका अनुसार धेरै पटक गोली चलेको आवाज सुनिएको थियो। प्रहरीले गोली चलाउने अभियुक्तलाई पनि नियन्त्रणमा लिएको छ। उनको गोली राजधानीभन्दा करिब  २ घण्टा टाढा ह्याण्डलोभा भन्ने ठाउमा भएको सीएनएनले उल्लेख गरेको छ। ह्यान्डलोभामा सरकारी बैठक सकेर बाहिरिदै गर्दा गोली चलाइएको बताइएको छ।

स्लोभाकियाकी राष्ट्रपति जुजाना सापुटोभाले यो क्रूर आक्रमणबाट आफू स्तब्ध भएको बताएकी छन्। उनको पछिल्लो अवस्था बारे जानकारी आउन भने बाँकी रहेको छ।

पेट्रोलको मूल्य घट्यो

0

काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर रु सात र डिजेल तथा मट्टितेलमा प्रतिलिटर रु पाँच घटाउने निर्णय गरेको हो।

मूल्य घटेसँगै पेट्रोल पहिलो वर्गका लागि प्रटिलिटर एक सय ६८ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि रु एक सय ७० र तेस्रो वर्गका लागि रु एक सय ७१ कायम भएको छ । डिजेल र मट्टितेल भने पहिलो, दोस्रो र तेस्रो वर्गका लागि प्रतिलिटर क्रमशः एक सय ५१ रुपैयाँ ५० पैसा, एक सय ५३ रुपैयाँ र एक सय ५४ रुपैयाँ पुगेको छ।

निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगञ्जलाई पहिलो, सुर्खेत र दाङलाई दोस्रो तथा काठमाडौं, पोखरा र दिपायल डिपोलाई तेस्रो वर्गका रुपमा तोकेको छ। नयाँ मूल्य निगमको डिपोदेखि १५ किलोमिटरसम्मका लागि पेट्रोलियम पदार्थको नयाँ खुद्रा बिक्री मूल्य लागू हुनेछ।

इण्डियन आयल कर्पोरेशन (आइओसी) बाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलियम पदार्थको मूल्य घटेर आएकाले स्थानीय बजारमा मूल्य समायोजन गरिएको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिए। आइओसीले आज पेट्रोलको मूल्यमा प्रतिलिटर छ रुपैयाँ ७५ पैसा र डिजेलको मूल्यमा प्रतिलिटर पाँच रुपैयाँ नौ पैसाले घटाएर नयाँ बिक्री मूल्य पठाएको निगमले जनाएको छ।

 

कांग्रेसका धेरै मान्छेका जन्मकुण्डली हामीलाई थाहा छ- ओली

0

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसक नेताहरूलाई विचार पुर्‍याएर बोल्न चेतावनी दिएका छन् ।

पार्टीको संसदीय दलको बैठकमा सम्बोधन गर्ने क्रममा ओलीले एमालेको बारेमा बोल्दा विचार पुर्‍याएर बोल्न कांग्रेसका नेताहरुलाई चेतावनी दिएका हुन्।

उनले भने,‘जहाँसम्म गिरिबन्धु टि स्टेटको कुरा छ, नेपाली कांग्रेसले एकपल्ट ५१ विघाह, एक पटक १९ विघा कमिशन खाएर सट्टापट्टा गर्ने नाउँमा जमिन बिक्री गर्न दिएको छ। त्यही टि स्टेटको, पछि अदालतले ऐन र नियम बनाउनु भनेर आदेश दिएपछि हामीले अदालतको आदेशबमोजिम ऐन बनाएका हौं। कांग्रेसका धेरै मान्छेका जन्मकुण्डली हामीलाई थाहा छ।’

उनले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछाने संलग्न नभएको दाबी गरेका छन् । उनले कांग्रेसले पाखुरा देखाएको र मसलको राजनीति गरेको भरमा आफूहरु नलतिर्ने चेतावनी दिए । उनले रवि लामिछानेले संसद्मा बोल्न पाउनुपर्ने पहिलो शर्त रहेको बताए ।

 

अदालतद्वारा सफाइ पाएसंगै क्यानले गर्यो सन्दीपको सबै निलम्बन फुकुवा

0

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा गरेको छ।

बलात्कारको अभियोग लगेपछि राष्ट्रिय र अन्तर्राष्ट्रिय सबै खेलमा प्रतिबन्ध झेलिरहेका सन्दीपलाई बुधबार उच्च अदालत पाटनले सफाइ दिएसँगै क्यानले उनीमाथिको सबै निलम्बन फुकुवा गरेको हो।

सन्दिपलाई घरेलु तथा अन्तर्राष्ट्रिय सबै प्रकारका क्रिकेट खेल गतिविधिबाट निलम्बन फुकुवा गरिएको क्यानले जनाएको छ।

जिल्ला अदालत काठमाडौंले सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय सुनाएसँगै क्यानले उनीमाथि निलम्बन गरेको थियो।

निलम्बन फुकुवासँगै क्यानले सन्दीपलाई आईसीसी टी२० विश्वकप खेल्न अमेरिका पठाउने तयारी समेत गरेको छ।

 

क्रिकेटर सन्दीप लामिछाने निर्दोष सावित

0

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेले बलात्कारको मुद्दामा सफाइ पाएका छन्। लामिछानेलाई उच्च अदालत पाटनले सफाइ दिएको हो ।

न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासले काठमाडौँ जिल्ला अदालतको यसअघिको फैसला उल्ट्याउँदै लामिछानेलाई निर्दोष सावित गर्दै सफाइ दिएको हो ।

गौशाल–२६ ले आफूमाथि काठमाडौँको एक होटेलको ३०५ नम्बर कोठामा लगेर पटक–पटक बलात्कार गरेको भन्दै गत २०७९ भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन्।

सो जाहेरीपछि जिल्ला सरकारी वकिल कार्यालयमार्फत काठमाडौँ जिल्ला अदालतमा दायर भएको मुद्दामा अदालतले सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्ष जेल सजाय सुनाएको थियो । लामिछाने त्यसविरुद्ध उच्च अदालत पुगेकामा उनले सफाइ पाएका हुन् ।

 

मौसमः भारतको विहार आसपास बनेको न्यून चापीय प्रणालीको प्रभाव हट्यो

0

काठमाडौँ: हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश सहित मुलुकका पहाडी भागमा आंशिक बदली रही बाँकी तराई भेगमा मौसम मुख्यतया सफा रहेको छ । साथै कोशी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

विभागका अनुसार आज दिउँसो कोशी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली हुने तथा तराई क्षेत्रमा पनि आंशिक बदली हुनेछ । कोशी र गण्डकी प्रदेशका पहाडी भागका केही तथा बाँकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन, हुरीबतास एवं चट्याङसहित हल्का वर्षाको सम्भावना छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

त्यसैगरी, आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही देशका बाँकी भेगमा मौसम सफा रहने छ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि छ ।

आगामी २४ घण्टामा कोशी र गण्डकी प्रदेशका पहाडी भागका केही तथा बाँकी प्रदेशका पहाडी भेगका एक–दुई स्थानमा मेघगर्जन, हुरीबतास एवं चट्याङसहित हल्का वर्षाकोे सम्भावना छ । विभागले कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाउँदै त्यस क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

बबईमा डुबेर दाजुभाइको मृत्यु

0

तुलसीपुर (दाङ): पौडी खेल्ने क्रममा डुबेर दाजुभाइको मृत्यु भएको छ । बबई नदीमा पौडी खेल्ने क्रममा बबई गाउँपालिका–७ ओदाले घाटमा डुबेर दाजुभाइको मृत्यु भएको हो ।

भारतबाट फूपूको घरमा आएका १८ वर्षीय दीपक परियार र १६ वर्षीय दिपेश परियारको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी निरीक्षक अजयजङ्ग थापाले बताउनुभयो ।

दीपकको उपचारका क्रममा प्रादेशिक अस्पताल तुलसीपुरमा र दिपेशको घटनास्थलमै मृत्यु भएको हो । मृतकका परिवार कामको सिलसिलामा भारत बस्ने गरेका थिए ।

संस्कृति संरक्षाणका निम्ति मादल बजाउने तालिम

0

गलेश्वर (म्याग्दी): सदरमुकाम बेनीमा मादल बजाउन सिकाउने तालिम सुरु भएको छ । बेनी नगरपालिकाको आयोजनामा मङ्गलबारदेखि निर्माण व्यवसायी समितिको सभाहलमा सुरु भएको १५ दिने तालिमको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले उद्घाटन गर्नुभयो ।

नगरप्रमुख केसीले सङ्गीतमा सकरात्मक सोचको विकास गराउन सक्ने शक्ति भएको बताउनुभयो । कला, संस्कृतिको संरक्षणका निम्ति नगरपालिकाले तालिम सञ्चालन गरेको उहाँले बताउनुभयो ।

कार्यक्रममा नगरका उपप्रमुख ज्योति लामिछानेले महिलालाई गाउँघरमा बेलाबेलामा आयोजना हुने भजनकीर्त लगायत धार्मिक–सांस्कृतिक कार्यक्रममा मादल बजाउनसक्ने बनाउन तालिमको आयोजना गरिएको बताउनुभयो ।

तालिममा बेनी नगरपालिका भित्रका आमा समूह तथा महिलाले नेतृत्व गरेका सङ्घसंस्थाका ६० जना सहभागी भएका छन् । तालिमको सहजीकरण कलाकार तथा वाद्यवादक दिनेश पुन र अमित विश्वकर्माले गर्नुभएको छ ।

आयआर्जन र पर्यटन प्रवर्द्धनको माध्यम बन्दै महसिकार

0

म्याग्दी: देशका भिरपहरामा गरिने महसिकार आयआर्जन र पर्यटन प्रवर्द्धनको माध्यमका रूपमा विकास हुन थालेको छ ।

धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले महसिकार अवलोकन गर्न पर्यटक आउने र मह खरिद गर्न उपभोक्ता जङ्गलमै पुग्न थालेपछि ग्रामीण क्षेत्रको आयआर्जनमा सहयोग पुगेको बताउनुभयो ।

“अक्करे भिरमा जोखिम मोलेर गरिने महसिकार वसन्तयाममा धवलागिरि चक्रीय, गुर्जा र ढोरपाटन क्षेत्रको भ्रमणमा आउने पर्यटकका लागि आकर्षण बनेको छ”, उहाँले भन्नुभयो, “अत्यधिक माग हुने भिरमह बिक्री गरेर सिकारीहरूले केही रकम आर्जन पनि गरेका छन् ।”

केही दिनअघि मङ्गला गाउँपालिका–१ थाइवाङको भिरमा तीन सय लिटर मह निकालेका धवलागिरि गाउँपालिका–२ खोरियाका मोतिप्रसाद पाइजाको १० जनाको टोलीले मङ्गलबार खोरियाको महभिरमा ३० लिटर मह उत्खनन गरेको छ ।

स्वाँतमा लोकबहादुर पाइजाको टोलीले ७० लिटर मह निकालेको जनाएको छ । स्वाँतको भिरमा आज पनि महसिकारलाई निरन्तरता दिइने भएको छ । धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले महसिकार गरेर गाउँका बेरोजगारलाई रोजगारी र आयआर्जनको अवसर मिलेको बताउनुभयो ।

एउटा महसिकार टोलीमा कम्तीमा १० जना सहभागी हुन्छन् । म्याग्दीका महसिकारीलाई कास्की, बागलुङबाट पनि ज्याला दिएर बोलाउने गरेका छन्। भिरमा मौरीले लगाएका गोला काट्नका लागि मह सिकारी डोरी (पराङ) मा झुण्डिएर मह निकालिने खोरियाको मह सिकारी टोलीका सदस्य सबहादुर चोचाङ्गी पुनले बताउनुभयो ।

वसन्त र शरद् ऋतु मह सिकारका लागि उपयुक्त समय मानिन्छ । वसन्त ऋतुमा बेँसी र शरद्मा लेकमा पुगेर भिरमह निकाल्न उपयुक्त समय हो । म्याग्दीमा प्रतिलिटर रु दुई हजार पाँच सयदेखि रु तीन हजार पाँच सयका दरले भिरमह बिक्री हुने गर्छ ।

स्वादिलो, स्वास्थ्यका लागि हितकर र शक्तिप्रवर्द्धक हुनुका साथै धार्मिक कार्यका लागि प्रयोग हुने मह भिरबाट ननिकाल्दै अग्रिम पैसा दिएर ग्राहकले खरिद गर्ने गरेका अन्नपूर्ण–५ स्वाँतका महसिकारी लोकबहादुर पाइजाले बताउनुभयो ।

“गाउँका बासिन्दा, बजार र विदेशबाट मह किन्न ग्राहक जङ्गलमै आउँछन्”, उहाँले भन्नुभयो, “भिरमहलाई बजारको समस्या छैन ।” स्थानीय सामुदायिक वन समूहलाई कर तिरेर निकालिने भिरमह निकासी गर्न डिभिजन वन कार्यालयबाट छोडपुर्जी लिनुपर्छ ।

मह निकाल्नका लागि भिरको माथिल्लो भाग र तल्लो भागमा दुई समूहमा सिकारी बाँडिएका हुन्छन् । एक समूहले भिरको माथिबाट तल भुइँसम्म डोरी झुण्ड्याउँछ भने भिरको तलपट्टि रहेको अर्को समूहले मह थाप्ने र स्याहार्ने गर्दछ । त्यतिबेला मह निकाल्ने विशेष ध्यान पुर्याउनुपर्छ । जब परङमार्फत गएका सिकारीले गोलामा धुँवा झोस्न सुरु गर्छ, माहुरीले टोक्ने डरले वरपरका सबै सिकारी रुख र ओढारमा लुक्छन् ।

माहुरी अन्यत्रै भागेपछि मात्र उनीहरु बाहिर आउँछ अनि मह निकाल्न सजिलो हुने गर्छ । मुख्य सिकारीले हतियार प्रयोग गरी निकालेको महको भाँडालाई डोरीको सहायताले भुइँसम्म ल्याउने गरिएको धवलागिरि गाउँपालिका–२ खोरियाको महसिकारी मनबहादुर चोचाङ्गीले बताउनुभयो ।