Monday, May 11, 2026
Home Blog Page 805

सिँचाइ आयोजनाले किसानलाई गोठ सुधारमा सघाउँदै

0

बागमतीमा विषयगत समितिको सभापति चयन गरिँदै

0

बागमती: बागमती प्रदेशसभाअन्तर्गत विषयगत समितिका सभापतिको नाम आज चयन गरिँदै छ । आज बस्ने प्रदेशसभा बैठकमा सभापतिको नाम निर्णायार्थ प्रस्तुत गरिने भएको छ । विषयगत समितिको सभापति चयन गर्न सभामुख भूवनकुमार पाठकले आज बिहान ११ बजे प्रदेशसभाको बैठक आह्वान गर्नुभएको छ ।

सभापति पदका लागि मनोनयन दर्ता सकिएको र आजको बैठकमा ती नाम निर्णायार्थ प्रस्तुत गरिने प्रदेशसभा सचिवालयका सचिव पूर्णबहादुर दर्जीले जानकारी दिनुभयो । प्रदेशसभाको पाँच वटा विषयगत समितिमध्ये चार समितिको सभापतिका लागि शुक्रबार मनोनयन दर्ता भएको छ । सार्वजनिक लेखा समिति र प्रदेश मामिला समितिको सभापति पदमा नेपाली कांग्रेसको तर्फबाट क्रमशः श्रीराम लामिछाने र छिरिङ दोर्जे लामाले मनोनयन दर्ता गराउनुभएको छ ।

यस्तै कृषि, शिक्षा, स्वास्थ्य समितिको सभापतिका लागि नेकपा (माओवादी केन्द्र) का तर्फबाट ठाकुरप्रसाद ढकाल र अर्थ तथा विकास समितिको सभापतिका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट नुरज बज्राचार्यले मनोनयन दर्ता गराउनुभएको प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेशसभाअन्तर्गतको उद्योग, पर्यटन तथा वातावरण समितिको सभापति पदमा भने कुनै उम्मेदवारी नपरेको प्रदेशसभा सचिवालयले जनाएको छ । सो समितिको सभापति नेकपा (एमाले)लाई दिने दलहरुबीच सहमति भएको बताइएको छ । यस्तै आजको प्रदेशसभा बैठकबाट प्रदेशसभाअन्तर्गतको विशेष समिति गठन गर्ने सहमति भएको सचिव दर्जीले बताउनुभयो ।

‘लागुऔषध नियन्त्रणमा आमाहरु’ कार्यक्रम सञ्चालन

0

सुरुङ्गा (झापा) : जिल्ला प्रहरी कार्यालय झापाले पछिल्लो दश महिनामा तीन सय ७२ लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाका विभिन्न स्थानबाट लागुऔषध सेवनकर्ता, बिक्रेता र ओसारपसारमा संलग्नलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमध्ये २५ महिला समेत रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिनुभयो । लागुऔषध कारोबारमा संलग्नमध्ये स्वदेशी तीन सय २५ पुरुष र २५ महिला तथा १८ विदेशी पुरुष र चार विदेशी महिला रहेका छन् ।

सोही अवधिमा झापामा लागुऔषधका दुई सय ४० मुद्दा दर्ता भएका छन् । खैरो हिरोइन एक हजार नौ सय ४४ ग्राम चार हजार छ सय ४० मिलिग्राम र गाँजा २६ किलोभन्दा बढी बरामद गरेको छ । चालु आर्थिक वर्ष २०८०÷८१ को साउन महिनामा ३४ पुरुषसहित ३७ जना लागुऔषधसहित पक्राउ परेका थिए । त्यस्तै भदौमा ४२ जनासहित १० किलो एक सय सात ग्राम गाँजा र चार सय ५५ ग्राम हिरोइन प्रहरीले बरामद गरेको प्रहरी नायब उपरीक्षक चन्दले जानकारी दिनुभयो । त्स्तै असोजमा ४१ जनासहित एक किलो ६ सय ७० ग्राम गाँजा र एक सय ७६ ग्राम चार सय ४० मिलिग्राम हिरोइन, कात्तिकमा लागुऔषधका १० मुद्दा दर्ता हुँदा १७ जना पक्राउ परेका थिए भने ३२ ग्राम सात सय मिलिग्राम हिरोइन प्रहरीले बरामद गरेको थियो । यसैगरी मङ्सिरमा १२ पुरुष, तीन महिला स्वदेशी र दुई पुरुष विदेशीसहित १७ जना पक्राउ परेका थिए । एघार लागुऔषधका मुद्दा दर्ता हुँदा प्रहरीले ७० ग्राम चार सय ७० मिलिग्राम हिरोइन बरामद गरेको थियो । पुसमा १४ जना पक्राउ पर्नुका साथै नौ लागुऔषधका मुद्दा दर्ता भएका थिए ।

सो अवधिमा एक सय ६२ ग्राम दुई सय ७० मिलिग्राम हिरोइन बरामद भएको प्रहरी नायब उपरीक्षक चन्दले बताउनुभयो । माघमा ३५ जना पक्राउ परेका थिए भने २६ वटा मुद्दा दर्ता भएका थिए । माघमा दुई सय ५० ग्राम गाँजा र ३९ ग्राम तीन सय २० मिलिग्राम हिरोइन बरामद गरिएको प्रहरीले जनाएको छ । फागुनमा सबैभन्दा बढी लागुऔषध कारोबारी पक्राउ परेका छन् । सो अवधिमा ५१ स्वदेशी पुरुष, सात स्वदेशी महिला, दुई विदेशी पुरुष र एक विदेशी महिला पक्राउ परेका थिए । फागुनमा ३९ लागुऔषधसम्बन्धी मुद्दा दर्ता भएका थिए । प्रहरीले सो अवधिमा ७० ग्राम पाँच सय मिलिग्राम गाँजा र तीन सय ३५ ग्राम नौ सय ९० मिलिग्राम खैरो हिरोइन बरामद गरेको थियो ।

त्यस्तै चैतमा प्रहरीले ५५ स्वदेशी पुरुष, दुई स्वदेशी महिला र दुई विदेशी पुरुषलाई लागुऔषध कारोबारीका रुपमा पक्राउ गरेको थियो । चैतमा लागुऔषधका ३७ मुद्दा दर्ता भएका थिए भने प्रहरीले एक किलो चार सय ७९ ग्राम चार सय मिलिग्राम गाँजा बरामद गरेको थियो । वैशाखमा ४२ जना स्वदेशी पुरुष, दुई स्वदेशी महिला र पाँच विदेशी पुरुष पक्राउ परेका थिए । सो अवधिमा लागुऔषधका २९ मुद्दा दर्ता भएका थिए । लागुऔषध नियन्त्रणका लागि प्रहरीले दिनहुँजसो सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आए पनि भारतको पश्चिम बङ्गाल र विहारसँग झण्डै एक सय ४४ किलोमिटर क्षेत्र खुला सीमा भएका कारण लागुऔषध नियन्त्रणमा प्रहरीलाई समस्या भएको छ ।

दिनानुदिन लागुऔषध प्रयोगकर्ताको सङ्ख्या बढ्दै गएको पाइएपछि जिल्ला प्रहरी कार्यालय झापाले अहिले ‘लागुऔषध नियन्त्रणमा आमाहरु’ कार्यक्रम सञ्चालन गरेको प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिनुभयो । अहिले जिल्लाका १५ वटै पालिकामा यो कार्यक्रम सञ्चालनमा छ । स्थानीय तहसँग साझेदारी गर्दै प्रहरीले टोल टोलमा पुगेर उक्त कार्यक्रम सञ्चालन गरिरहेको छ ।

डायलासिस सेन्टर स्थापना गर्न एक करोड सहयोग

0

दमौली (तनहुँ): तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा डायलासिस सेन्टर स्थापनाका लागि लायन्स क्लबले रु एक करोड ११ लाख ६८ हजार सहयोग गरेको छ । लायन्स क्लब अन्तर्राष्ट्रिय गुठी (एलसिआइएफ)ले नेपालमा सञ्चालित विभिन्न परियोजनालाई सहयोग गर्ने क्रममा जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा डायलासिस सेन्टर स्थापनाका लागि उक्त रकम सहयोग गरेको हो । उक्त अस्पतालमा डायलासिस सेन्टर सञ्चालन गर्न लायन्स क्लब अफ तनहुँ खैरेनीटार, लायन्स क्लब अफ तनहुँ म्याग्दे र लायन्स क्लब अफ तनहुँ शुक्लागण्डकी सिस्टर्सले पहल थालेका थिए ।

जिल्लामा दमौली अस्पतालमा मात्रै डायलासिस सेन्टर रहेको र मिर्गौला पीडितलाई सास्ती भइरहेकाले क्लबले सो अस्पतालमा डायलासिस सेन्टर स्थापनाको प्रक्रिया अगाडि बढाएको थियो । मिर्गौला पीडितका लागि आवश्यक उपचार गर्न अस्पतालमा ६ थान मेसिन राख्ने तयारी गरिएको लायन्स क्लबका डिष्ट्रिक क्याबिनेट सचिव सुजित हीराचनले बताउनुभयो । उहाँले भन्नुभयो, “यो भेगमा डायलासिस सेवा अति आवश्यक भइसकेको छ । यहाँका बिरामीलाई दमौली, पोखरा जानुपर्ने बाध्यता छ । यही डायलासिस सेन्टर स्थापना गर्न सकिए उहाँहरुलाई सहज हुन्छ ।” दक्षिण एसियाकै उत्कृष्ट श्वासप्रश्वास उपचार केन्द्रको रुपमा स्थापना गर्न सरकारले पूर्वप्रधानमन्त्री स्व गिरीजाप्रसाद कोइरालाको नाममा राष्ट्रियस्तरको श्वासप्रश्वास उपचार केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो ।

सोहीअनुसार शुक्लागण्डकी नगरपालिकाको बेलचौतारामा सात सय ४० रोपनी जग्गा उपचार केन्द्रको नाममा उपलब्ध भएको छ । अस्पतालमा तनहँुको शुक्लागण्डकी नगरपालिका, भीमाद नगरपालिका, म्याग्दे गाउँपालिका, रिसिङ गाउँपालिकासहित स्याङ्जा, पाल्पा, नवलपरासीलगायतका बिरामी सेवा लिन आउने गरेका छन् ।

अस्पतालले श्वासप्रश्वासको उपचार सेवा सुरु गरिसकेको छ । अस्पतालमा दैनिक दुई सय ५० भन्दा बिरामी उपचारका लागि आउने गरेका छन् । त्यसमध्ये ४०÷५० बिरामी श्वासप्रश्वासका रहेको अस्पतालले जनाएको छ । हाल सदरमुकामस्थित दमौली अस्पतालमा मात्रै डायलासिस सेन्टर छ । दमौली अस्पतालमा सात उपकरणमार्फत मिर्गौला पीडितलाई सेवा दिने गरिएको छ ।

बेनीका विद्यार्थीलाई पढाइसँगै सीप

0

समस्याग्रस्त पाकिस्तानले सबै सरकारी कम्पनीहरू बेच्ने, पाकिस्तान एयरलाइन्स बेचेर सुरु गरिने

0

काठमाडौं । आर्थिक संकट र आईएमएफको कडा शर्तको सामना गरिरहेको पाकिस्तानले सबै सरकारी कम्पनी बेच्ने निर्णय गरेको छ ।

इस्लामावादमा मंगलबार निजीकरण आयोगको बैठकमा प्रधानमन्त्री शाहबाज सरिफले यस्तो घोषणा गरेका हुन् । उनले भने, ‘व्यवसाय गर्नु सरकारको काम होइन, सरकारको काम देशमा व्यापार र लगानीको राम्रो वातावरण दिने हो ।’

शरीफले सबै सरकारी कम्पनीहरू बेचिने बताएका छन्, चाहे उनीहरूले नाफा कमाएका छन् वा छैनन् । सञ्चारमाध्यमका अनुसार सरकारले रणनीतिक रूपमा महत्वपूर्ण रहेका कम्पनीलाई मात्रै सरकारी स्वामित्वमा राख्नेछ ।

प्रधानमन्त्रीले निजीकरण आयोगलाई प्रक्रिया सरल बनाउन सबै मन्त्रीहरुलाई सहयोग गर्न अपिल गरेका छन् । पाकिस्तानको वित्त मन्त्रालयको डिसेम्बर २०२३ को रिपोर्ट अनुसार पाकिस्तानमा ८८ सरकारी कम्पनीहरू छन्।

मे १२ मा आइएमएफको अग्रिम टोलीको पाकिस्तान भ्रमणपछि शाहबाज सरिफले कम्पनी बेच्ने घोषणा गरेका छन् । आईएमएफका अधिकारीहरूसँगको बैठकमा पाकिस्तानले लामो समयदेखि ठूलो ऋणको माग गरेको थियो।

प्रधानमन्त्री शाहबाज सरिफले कम्पनी बेच्ने प्रक्रिया पारदर्शिताका साथ पूरा गरिने बताएका छन् । गत साता निजीकरणको पहिलो चरणमा बिक्री गरिने २४ कम्पनीको सूची बनाइएको थियो ।

सबैभन्दा पहिले पाकिस्तान इन्टरनेशनल एयरलाइन्स कम्पनी लिमिटेडको निजीकरण गरिनेछ। बिडिङ हुनेछ र टिभीमा प्रत्यक्ष प्रसारण हुनेछ। पाकिस्तानमा कम्पनीहरू बेच्ने कार्यक्रमलाई ‘निजीकरण कार्यक्रम २०२४-२०२९’ नाम दिइएको छ।

पाकिस्तानका पावर कम्पनीहरू पनि यसमा सामेल छन्। सबैभन्दा पहिले घाटामा रहेका कम्पनीहरु बेचिनेछन् । त्यसपछि नाफा कमाउने सरकारी कम्पनीलाई बेचिनेछ ।

आईएमएफबाट बेलआउट प्याकेज पाएपछि पाकिस्तानले धेरै कठोर निर्णय लिनु परेको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार पाकिस्तानले आईएमएफको दबाबमा सबै सरकारी कम्पनी बेच्ने निर्णय गरेको छ ।

गत वर्षको सुरुमा, जब पाकिस्तानले आईएमएफबाट १० हजार करोडको प्याकेज पाएको थियो, शरीफ सरकारलाई पनि धेरै कठोर निर्णय लिन भनिएको थियो। आईएमएफले पेट्रोल, डिजेल र बिजुली ३० प्रतिशत महँगो र १० प्रतिशत कर सङ्कलन बढाउन सबै प्रकारका सब्सिडी अन्त्य गर्न माग गरेको थियो ।

पाकिस्तान सरकारले आर्थिक संकटबाट बाहिर निस्कन हरसम्भव प्रयास गरिरहेको छ । यस शृङ्खलामा सरकारी कम्पनी मात्रै होइन पाकिस्तानले आफ्ना बन्दरगाह र विमानस्थल पनि बेचेको छ ।

गत वर्ष पाकिस्तानले इस्लामाबाद एयरपोर्टलाई ठेक्कामा दिने निर्णय गरेको थियो। पूर्व उड्डयन मन्त्री ख्वाजा साद रफिकले संसदमा यो जानकारी दिएका थिए।

तर, साद रफिकले ठेक्कामा दिनुको अर्थ सरकारले विमानस्थल बेचेको होइन, राम्रो सञ्चालकलाई विमानस्थलको काममा सामेल गराउने काम भइरहेको बताए ।

पाकिस्तानले आफ्नो सबैभन्दा ठूलो कराँची बन्दरगाह पनि बेचेको छ। गत वर्ष पाकिस्तानले आफ्नो सबैभन्दा ठूलो कराँची बन्दरगाहका लागि युएईसँग सहुलियत सम्झौता गरेको थियो। पाकिस्तान सरकारले ४ दिनमा बिजुलीको गतिमा यो सम्झौतालाई अन्तिम रूप दिएको थियो।

यो सम्झौता ५० वर्षको लागि हो। यस अन्तर्गत युएईका दुई कम्पनीले कराची पोर्टमा १.८ हजार करोड रुपैयाँ लगानी गर्नेछन्। पाकिस्तानले आपतकालीन कोष जुटाउन यो निर्णय लिएको विश्वास गरिएको थियो। कराँची बन्दरगाह दक्षिण एशियाको सबैभन्दा ठूलो बन्दरगाह हो। यो पाकिस्तानको सबैभन्दा ठूलो र व्यस्त बन्दरगाह पनि हो।

यो बन्दरगाह करिब साढे ११ किलोमिटर लामो छ। ३० ड्राई कार्गो र ३ लिक्विड कार्गो बर्थ सहित कुल ३३ बर्थ छन्। बर्थ भनेको जहाजलाई मुर गरिएको प्लेटफर्म हो।

संसदीय समितिको गठनको मागबाट पछि नहट्ने कांग्रेसको निर्णय

0

काठमाडौं। नेपाली कांग्रेसले संसदीय समितिको गठनको मागबाट पछि नहट्ने निर्णय गरेको छ।

कांग्रेसको शुक्रबार बसेको संसदीय दलको बैठकले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रशस्त प्रमाण देखिएकाले यस विषयमा छानबिन गर्न संसदीय समति नै गठन गर्नुपर्ने कांग्रेसको माग रहेको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए छ।

साथै कांग्रेसले सहकारीको रकम ठगि गरेका मानिसहरुलाई बचाउन सरकार लागेको भन्दै त्यस्तो नगर्ने चेतावनी दिएको छ।

लेखकका अनुसार कांग्रेसले बिहीबार संसदमा भएको घटनाको जिम्मेवारी सभामुखको भएको निष्कर्ष निकालेको छ। सिंगो विपक्षी दल विरोधमा रहेको बेला सभामुखले संसद अगाडि बढाउन नसक्ने परम्परा विपरित गएको लेखकले बताए ।

कांग्रेसले सभामुखलाई दलीय आवद्धता त्यागेर निष्पक्ष भएर बैठक संचालन गर्न आग्रह समेत गरेको छ। नेता लेखकले बिहीबार प्रतिपक्ष सदममा उभिएको बेला सत्ता पक्ष उठेर विरोध गर्नु संसदीय मर्यादा विपरीत भएको बताए।

 

संसदमा कांग्रेसले अपशब्द बोल्यो : ओली

0

काठमाडाैं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा कांग्रेसले असभ्य व्यवहार प्रदर्शन गरेको बताएका छन्।

शुक्रबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै ओलीले संसदमा कांग्रेसले उत्ताउलो व्यवहार देखाएको बताएका हुन्।

आफू बसेको ठाँउमा कांग्रेस सांसदहरु आएर अनेक अपशव्दहरु बोलेको र असभ्य व्यवहार देखाएको उनले बताए।

उनले सरकारबाट आफूले हटाइदिएको भन्ने लागेर आफुमाथि कांग्रेस सांसद आक्रोशित देखिएको हुनसक्ने टिप्पणी गरे।

 

बालेन कान्स फिल्म फेस्टिभलको रेडकार्पेटमा सहभागी

0

काठमाडौं। काठमाडौं महानगरका मेयर बालेन शाह फ्रान्समा आयोजित कान्स फिल्म फेस्टिभलको ७७औँ श्रृङ्खलाको रेड कार्पेटमा सहभागी भएका छन्।

बालेन कान्सका मेयर डेभिड लिसनार्डको निमन्त्रणामा कान्स फिल्म फेस्टिभलमा सहभागी भएका हुन्।

बालेन फेस्टिभलका विभिन्न कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ। फेस्टिभलको रेडकार्पेट र प्रिमियर कार्यक्रममा सहभागी भएका उनले मेयर लिसनार्ड र फेस्टिभल निर्देशकसँग भेटवार्ता गरेका छन्।

यस्तै उनले अडियो भिजुअल कन्टेन्ट क्रियशन चेनको पनि अवलोकन गर्नेछन्। उनको सम्मानमा कान्सको मल्टिमिडिया लाइब्रेरीमा रिसेप्सनको आयोजना हुनेछ। फेस्टिभल १२ दिन चल्नेछ। यीमध्ये प्रमुख शाह ३ दिनको कार्यक्रममा सहभागी भएर जेठ ७ गते स्वदेश फर्किने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।

 

राष्ट्रपतिद्वारा कानुन व्यवसायी राष्ट्रिय सम्मेलनको उद्घाटन

0
काठमाडौँ: राष्ट्रपति रामचन्द्र पौडेलले १६औं अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलनको उद्घाटन गर्नुभएको छ ।
‘सक्षम कानुन व्यवसायी, मर्यादित बारः न्यायापालिकाको पुनःसंरचना लोकतन्त्र सुदृढीकरणको आधार’ भन्ने नाराका साथ नेपाल प्रज्ञा-प्रतिष्ठान काठमाडौँमा आजदेखि सुरू भएको तीनदिने सम्मेलनको राष्ट्रपति पौडेलले उद्घाटन गर्नुभएको हो ।
उद्घाटन समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू, वरिष्ठ अधिवक्ता तथा अधिवक्ताहरूको उपस्थिति रहेको छ ।
नेपाल बार एशोसिएशनका अनुसार जेठ ४ देखि ६ गतेसम्म चल्ने सम्मेलनमा देशभरका करिब सात हजार कानुन व्यवसायीको सहभागिता रहने छ ।