Tuesday, May 12, 2026
Home Blog Page 789

मस्जिदबाहिर मरेको सुँगुर फालिएपछि साम्प्रदायिक दंगा भड्किने त्रास

0

काठमाडौं । स्वीडेनमा मङ्गलबार राति कसैले मस्जिद बाहिर मरेको सुँगुर फाले । समाचार एजेन्सी एएफपीका अनुसार स्वीडेनको प्रहरीले यसको पुष्टि गरेको छ। प्रहरी अधिकारीहरूले बुधबार उक्त घटना दक्षिण स्वीडेनको स्कोभदे सहरमा भएको बताएका छन्।

घटनापछि मुस्लिम समुदायमाथि हिंसाको उजुरी परेको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको छ । मस्जिद सञ्चालन गर्ने संस्थाका प्रमुख स्माजो सहतले पहिले केही जनावर भेटिएको जानकारी पाए पनि त्यहाँ गएर हेर्दा त्यो मरेको जंगली बँदेल भएको बताए ।

उनले बताएअनुसार राति अबेर एक व्यक्ति कारमा आएका थिए जसले सुँगुरलाई मस्जिद नजिकै फ्याँकेका थिए । उनी को थिए र कहाँबाट आए भन्ने थाहा छैन, तर मस्जिदमा जडान गरिएका सीसीटीभी क्यामेराहरूमा उनको गतिविधि कैद भएको छ।

यो मस्जिद एक वर्षअघि मात्र खोलिएको स्माजो सहतले बताए । त्यसयता मस्जिद विरुद्ध कुनै धम्की आएको छैन। अब यो सबै कसले गर्यो भन्ने अनुमान मात्र गर्न सकिन्छ, बाँकी अनुसन्धानको विषय हो । यस मस्जिदसँग १० लाखभन्दा बढी मानिस आबद्ध छन्।

शरणार्थीहरूको समस्यासँग लडिरहेको स्वीडेनमा लामो समयदेखि मुस्लिमहरूविरुद्ध घृणाका घटनाहरू सार्वजनिक भइरहेका छन्। यस वर्षको मे महिनाको सुरुमा स्विडेनी सरकारले एउटा मामलामा मानिसहरूलाई कुरान जलाउन अनुमति दिएको थियो।

मृत सुँगुर भेटिएको सहरमा यो अनुमति दिइएको थियो। इस्लामिक सहयोग संगठन (ओआईसी) ले यसको विरोध गरेको थियो। ओआईसीले स्वीडेनलाई मुस्लिम धर्मावलम्बीहरुको पवित्र पुस्तक जलाउन नदिन आग्रह गरेको थियो ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको घर जल्यो

0

काठमाडौं ।रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको साइबेरियाको अल्ताई पर्वतमा एउटा घर थियो। जुन अहिले जलेको छ । आगलागी कसरी भयो भन्ने रहस्यमै छ । तर दोष युक्रेनलाई लगाइएको छ । यो त्यही घर हो जहाँ पुटिनले इटालीका पूर्व प्रधानमन्त्री सिल्भियो बर्लुस्कोनीलाई भेटेका गरेका थिए।

यो घरमा गोप्य लुक्ने ठाउँ पनि रहेको बताइएको छ । पुटिनले यहाँ मेडिसिनल बाथ लिन्थे । यो सम्पूर्ण परिसर आधिकारिक रूपमा ग्याजप्रोमको स्वामित्वमा छ। जसले रूसमा धेरै लक्जरी महलहरूको हेरचाह गर्छ। घर भित्र आगलागीबाट के कति क्षति भयो भन्ने खुलेको छैन तर आगलागी निकै डरलाग्दो थियो ।

आगलागीको कारण पनि थाहा हुन सकेको छैन । तर केही मानिसहरू युक्रेनले यो काम गर्न सक्छ भन्ने विश्वास गर्छन्। किनभने रुसले युक्रेनमा ठूलो विनाश ल्याएको छ ।

घर जलेको खबर सर्वप्रथम ब्लगर अमिर ऐताशेभले दिएका थिए । रसियाको सिरेना न्यूजले आधिकारिक बयान लिन खोज्यो तर पुटिनको टोलीबाट कुनै प्रतिक्रिया आएको छैन।

यो ठाउँ धेरै सुरक्षित छ। यहाँ कुनै पनि साधारण रुसी नागरिक जान पाउँदैनन्। वरपर कडा सुरक्षा व्यवस्था छ। यति हुँदाहुँदै पनि पुटिनको घरमा किन आगो लाग्यो भन्ने कसैले बुझ्न सकेको छैन ।

यस ठाउँमा पुटिन र उनको परिवारलाई सुरक्षित राख्न उच्च प्रविधियुक्त बंकर पनि बनाइएको छ, ताकि उनीहरू आणविक युद्धमा सुरक्षित रहन सकून्।

पुटिनको यो दरबार अल्ताई गणतन्त्रको ओन्गुडेस्की जिल्लामा छ। यसको नजिकै मंगोलिया, चीन र काजाकिस्तान छन्। यस ठाउँ र वरपर धेरै भेन्टिलेसन बिन्दुहरू छन्। यसबाहेक ११० किलोभोल्टको अत्याधुनिक सबस्टेसन रहेको छ । जसले यहाँ मात्र बिजुली आपूर्ति गर्छ। जब यो दरबार बनिरहेको थियो, ठूला जर्मन उत्खननकर्ताहरू आइपुगेका थिए। यसको मतलब ठूला खन्ने मेसिनहरू ल्याइएका थिए । यहाँ हरिण फार्म छ।

प्रचण्ड, ओली र नेपालबीच भेटवार्ता

0

काठमाडौं। सत्ता गठबन्धनका तीन शीर्ष नेता- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच शुक्रबार भेटवार्ता भएको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटवार्ता अध्यक्ष नेपालले कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बुधबार प्रतिपक्षी दलहरुसँग भेट गरेको विषयमा केन्द्रित रहेको स्रोतले जनाएको छ।

नेपालको सो भेटपछि सत्ता गठबन्धन तरंगित बनेको थियो। सो भेटबारे छलफल गरेर गठबन्धनमा विश्वासको वातावरण बनाउन प्रधानमन्त्री प्रचण्ड र ओलीले माधव नेपालसँग छलफल गरेको बुझिएको छ। बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै एमाले अध्यक्ष ओलीले समसामयिक विषयवस्तुमा छलफल भएको बताए।

बुधबार साँझ देउवा निवासमा हाल अल्पमतमा रहेको जसपा नेपालको मधेश प्रदेश सरकारलाई बचाउने विषयमा छलफल भएको थियो। कांग्रेस, जसपा नेपाल, लोसपा र एकीकृत समाजवादी एक ठाउँमा आएमा मधेश सरकार बहुमतमा हुने हुनाले देउवाले सो पहल गरेका थिए। साथै देउवाले नेपाललाई अहिलेको गठबन्धन छोडेर मधेशबाटै वैकल्पिक गठबन्धन बनाउन आग्रह गरेका थिए।

यसअघि शुक्रबार नै प्रधानमन्त्री प्रचण्डले भने माओवादी केन्द्रको संसदीय दलको बैठकमा माधव नेपालले आफूसँग सोधेर देउवासँग भेटेको दाबी गरेका थिए। साथै उनले सत्ता गठबन्धनमा कुनै समस्या नभएको समेत दाबी गरेका थिए।

 

सुदूरपश्चिम र लुम्बिनीमा अत्यधिक गर्मी, तातो लहरबाट बच्न अपिल

0

काठमाडौं। मौसम पूर्वानुमान महाशाखाले देशभर तातो हावा चलिरहेकोले सतर्क रहन आव्हान गरेको छ। महाशाखाका अनुसार सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानहरूमा विगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस भन्दा बढी मापन गरिएको छ।

अझै केही दिनसम्म देशभरको तापक्रमको अवस्था तराईका भू–भागहरूमा अत्यधिक गर्मी रहने हुनाले आवश्यक तयारी गर्न र आवश्यक सतर्कता अपनाउन अपिल गरेको छ।

साथै ती भू–भागहरूमा आगामी २ दिनसम्म तातो हावा तथा तातो लहरको सम्भावना रहेको हुनाले सो को असरबाट बच्न आवश्यक सतर्कता अपनाउन समेत अनुरोध गरेको छ।

तातो हावा तथा तातो लहरबाट हुने सम्भावित असरहरू जस्तैः थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुनसक्ने देखिएकोले सो बाट बच्न निम्न उपायहरू अपनाउन पनि महाशाखाले सुझाव दिएको छ।

तातो हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा घर भित्र अर्थात चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित पानी तथा झोल पदार्थ (जुस, सर्वत, आदि) प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मी संग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिन समेत अनुरोध छ

नदी प्रणालीको व्यवस्थापन नहुँदा जोखिम बढ्दै

0
महोत्तरी: महोत्तरीमा चुरेबाट निस्केर दक्षिण बग्ने १० भन्दाबढी नदी तथा खोला छन् । ती खोला बालुवा र गेग्रान थुप्रिँदै गएपछि नजिकका बस्ती र अन्य संरचनाभन्दा अग्ला हुन थालेका छन् । जसले बर्सायाममा डुबान र भौतिक संरचना भत्कने जोखिम बढ्दै गएको छ ।
यहाँ बाँके, टुटेश्वर, खयरमारा, मरहा, जङ्घा, ढोलनखोला, बेलगाछी, ढुङ्ग्रे, गढन्ता, भब्सी, लक्ष्मीखोला, शिरखोला, बडहरी र रातुसहितका नदी चुरेबाट निस्केर महोत्तरी हुँदै बग्ने गरेका छन् । यीमध्ये रातु र बाँकेका नदीका शिर धनुषा र सर्लाहीसँगको साँधमा छन् । बाँके भारतीय सीमासम्मै सर्लाहीसँगको सीमा भएर बग्छ भने रातु पूर्वपश्चिम राजमार्गमुनि महोत्तरी भएर भारत पस्ने गरेको छ । यीबाहेक सबैजसो नदी महोत्तरीको बर्दिबास नगरपालिका क्षेत्रमा पर्छन् ।
जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्षसमेत  रहनुभएका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले नदीको व्यवस्थित उत्खनन नहुँदा समस्या बढिरहेका बताउनुहुन्छ । त्यसैले मापदण्डको पालना गर्दै नदी व्यवस्थापनमा लाग्न जरूरी रहेको उहाँको भनाइ छ । “हामीले राजमार्ग र बस्ती केन्द्रित भएर जिल्लाका अधिकांश नदीको अवस्था अनुगमन गरेका छौँ । धेरैजसो नदी नजिकका बस्तीभन्दा उँचो भएका छन्,  राजमार्ग नजिक खोलामा बालुवा र गेग्रान थुपिँ्रदै गएकाले जोखिम बढ्दै गएको छ, तिनको उचित व्यवस्थापन आवश्यक देखिन्छ”, प्रजिअ गेलालले भन्नुभयो ।
उहाँले आगामी वर्षायामभन्दा अघि नै समस्या समाधानका लागि आवश्यक काम गर्न आवश्यक रहेको भन्दै राजमार्ग दायाँबायाँको पाँच सय मिटर क्षेत्र संरक्षणको जिम्मेवारी भएका सडक विभाग, वनसम्बद्ध कार्यालय र सम्बद्ध स्थानीय तहले पहलकदमी लिनुपर्नेमा जोड दिनुभयो । “कतिपय खोलामा त पूर्वपश्चिम राजमार्गका पुल बराबरजस्तो बालुवा, गेग्रनको थुप्रो छ, कैयौँ बस्ती अहिलेको खोला सतहभन्दा गहिरा देखिन थालेका छन्”, गेलाल भन्नुहुन्छ, “नदीसहितका प्राकृतिक सम्पदाको संरक्षण र उपयोगको नीति अवलम्बन गर्ने मुख्य जिम्मेवारी पाएका निकायले समस्या समाधानका लागि तदारुखता देखाउन आवश्यक छ ।”
यहाँ कतिपय खोला बस्ती तथा नजिकका खेतीयोग्य जमिनभन्दा अग्ला भएका छन् । कतिपय खोला अनियन्त्रित उत्खननका कारण समस्यामा छन् । स्थापित नियम, कार्यविधि, वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन र विज्ञहरुको निष्कर्षको पालना गर्दै नदीको व्यवस्थापन गर्नुपर्ने विषमा बारम्बार कुरा उठे पनि त्यसको कार्यान्वयन हुनसकेको छैन ।
बर्दिबास–१४ का चिरञ्जीवी हमालले स्थानीय सरकार र सरोकार भएकाहरूले नदी व्यवस्थापनमा यथेष्ट ध्यान नदिने तर ठेक्का र अवैद्धरूपमा हुने उत्खननले तटबन्ध, सडक, पुलपुलेसा, जलाधारक्षेत्र र बस्तीहरु बाढीको जोखिममा परिरहेका बताउनुभयो । “रातु नदीमा बढेको अनियन्त्रित उत्खननविरुद्ध त बर्दिबासका अधिकांश राजनीतिक दलले सर्वोच्च अदालतमै रिट दायर गर्न गयौँ, अनियन्त्रित उत्खनन रोकेर यसलाई प्रचलित कानुन, विधि, प्रक्रिया र यसका लागि निर्धारित मापदण्डको पूर्ण परिपालना गर्न गराउन रिटमार्फत माग गरेका थियौँ”, निवेदकमध्येका हमालले भन्नुभयो,“रिट अहिले अदालतमा विचाराधीन छ । यद्यपि अन्तिम निर्णय नआउञ्जेल रातु नदीको उत्खनन रोक्न अदालतले प्रारम्भिक आदेश दिएको छ।” उहाँ नेपाली कांग्रेस महासमिति सदस्यसमेत हुनुहुन्छ ।
निवेदकमध्येकै नेकपा (एमाले) का मधेस प्रदेश कमिटी सदस्य शङ्कर महतोले कतिपयनदीमा मापदण्ड विपरित उत्खखन र कतिपय नदीमा थुप्रिएको बालुवा तथा गेग्रानका कारण स्थानीय बाढीको चपेटामा परेको बताउनुभयो । त्यसैलाई रोक्न र नदी व्यवस्थापनमा ध्यान दिनुपर्ने मागसहित आफूहरू सर्बोच्च गएको उहाँको भनाइ छ । महतोले भन्नुभयो ।
नेकपा (माओवादी केन्द्र)का जिल्ला इञ्चार्ज बर्दिबास–१ का राजु खड्काले नदीजन्य वस्तु (बालुवा, गिटी र ढुङ्गा) उत्खननका स्थापित नियम र विधि भए पनि त्यसको पालना नहुँदा समस्या बढेको गुनासो गर्नुभयो । “बर्सेनि खोलामा थुप्रिने बालुवा, गेग्रान दुवै किनारतर्फ निश्चित नाप छाडेर बहाव क्षेत्रमा तीन फिट गहिरोसम्म खनेर निकाल्न सकिने व्यवस्था छ । उत्खनन गर्नुपूर्व अनिवार्यरुपमा विज्ञको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन अध्ययन गरेर त्यसको परिपालना गर्दै अघि बढे समस्या आउँथेन तर यसतर्फ कसैको ध्यान छैन”, खड्काले गुनासो गर्नुभयो ।
बर्दिबासका नगरप्रमुख प्रह्लादकुमार क्षत्री नगरक्षेत्रका नदीमा भएका उत्खनन अनियन्त्रित वा मापदण्डविपरीत नभएका र सबैलाई साथमा लिएर नदी व्यवस्थापनमा लाग्ने बताउनुभयो ।  “नदी क्षेत्रमा रहेका अव्यवस्थित ठूला खाडल म निर्वाचित हुनपूर्व नै थिए । अहिले नगरपालिकाले सबै कानुनी प्रक्रिया पु¥याएर ठेक्का बन्दोबस्त गरिरहेको छ । त्यसबाहेक मापदण्डअनुसार उत्खनन भएको छ वा छैन भनेर नियमित अनुगमन गरिएको छ”, उहाँको भनाइ थियो । उहाँले कतिपयले नदीमा छुनै हुन्न भन्ने वकालत गर्ने गरेकाले नदीमा बालुवा, गेग्रान थुप्रिएर नदीको सतह बस्ती र सडकभन्दा उँचो भएकाले डुबानसँगै उर्बर जग्गा गरमा परिणत हुँदै गएको बताउनुभयो ।
पूर्वपश्चिम राजमार्गकै खयरमारा, ढोलनखोला, टुटेश्वर, ढुङ्ग्रे र गढन्ता खोलाका पुल नजिक राजमार्ग छुइनेगरी बालुवा, गेग्रान थुप्रिँदै गएको छ । यसले नजिकका बस्ती, सघन वनक्षेत्र, पुल र सडकसहितका संरचना जोखिममा छन् । “नदीक्षेत्रमा बर्सेनि उत्खनन गरिनुपर्छ, तर यसका निश्चित मापदण्ड छन्, यो मापदण्ड पालना नहुँदा उत्खनन गरिँदा वा नगरिँदा समस्या बढ्ने हो”, जिल्लाकै भङ्गाहा–७ का बासिन्दा चुरेविज्ञ डा विजयकुमार सिंह भन्नुहुन्छ, “सम्बद्ध स्थानीय तह यसको मुख्य जिम्मेवार हो । उसले आफ्नो क्षेत्रका नदी व्यवस्थापनमा ध्यान दिनुपर्छ ।”
यसैगरी चुरे र जलाधारक्षेत्र संरक्षणका क्षेत्रमा क्रियाशील सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल बर्दिबासका अध्यक्ष नागदेव यादव नदी प्रणालीको व्यवस्थापन नदी बेसिन क्षेत्रमै गरिनुपर्ने बताउनुभयो । “रातु नदीमा मात्रै एक सय आठवटा खोल्साखोल्सी मिसिएका छन्, यहाँ मिसनुअघि नै हामीले ६७ वटा खोल्साखोल्सीमा छड्के बाँध बनाएर त्यसको व्यवस्थापन गरेका छौं, ती बाँधिएका खोल्साखोल्सीबाट बाढीमा बग्ने गेग्रान माथि नै अल्झन्छ, खोलामा झर्न पाउँदैन”, यादव भन्नुहुन्छ, “यसगरी अन्य ठाउँ र नदीहरूको व्यवस्थापनमा जोड दिनसकेमा मात्र तल्लो क्षेत्रमा देखिएका समस्या समाधान गर्न सकिन्छ”, यादवको भनाइ छ ।
बर्दिबास–१४ का सामाजिक कार्यकर्ता हरि दाहाल पनि विज्ञहरुले नदी प्रणाली व्यवस्थापन र नदीजन्य पदार्थको वैज्ञानिक उपयोग नीति अवलम्बनको कुरा उप्काए पनि सरोकार भएकाहरूले त्यसको कार्यान्वयनमा ध्यान दिन नसकेका बताउनुभउयो । “विज्ञहरुले चुरे क्षेत्रमै खोल्साखोल्सी व्यवस्थापन गर्न सुझाउँछन् तर यहाँ मुद्दा उत्खननको मात्र बन्छ”, दाहाल भन्नुहुन्छ, “परसम्म हेर्ने बानी बसेको छैन, त्यसैले दीर्घकालसम्म टिकाउ हुने काम पनि हुनसकेका छैन । अब भने समयमा ध्यान दिन नसकिएका ठुलो क्षति बेहोर्नुपर्ने छ ।”
एकातिर नदी उत्खननका लागि नदीजन्य पदार्थको निकासी ठेक्का समयमा हुन नसक्दा नगरपालिकाले सङ्कलन गर्ने राजस्व गुगिरहेको छ भने अर्कोतर्फ विकास निर्माणका योजना निर्माण सामग्रीको अभावमा समयमा निर्माण हुनसकेका छैनन् । यसबाहेक नदीको अव्यवस्थित दोहन तथा सतह वृद्धिले बर्सेनी जोखिम बढिरहेको छ । “अब नदीको अवस्था र आवश्यकता हेरेर वैज्ञानिक विधिमार्फत समस्याको समाधानतिर ध्यान दिनुपर्छ । अन्यथा नदी क्षेत्रका बस्ती तथा खेतीयोग्य जग्गा कटान तथा डुबानको उच्च जोखिममा पर्ने छन्”, बर्दिबास–१४ का पूर्ववडाध्यक्ष भरतबहादुर हमालको भनाइ छ ।

स्वदेशी वस्तुको उपभोग बढाउन राष्ट्रिय जागरण थालिनेः मन्त्री भण्डारी

0

काठमाडौँ: उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले स्वदेशी वस्तुको उपभोग बढाउन राष्ट्रिय जागरणको आवश्यकता औँल्याउनुभएको छ ।

भक्तपुरको सल्लाघारीमा राष्ट्रिय लघु उद्यमी महासङ्घ नेपालले आजदेखि आयोजना गरेको राष्ट्रिय राष्ट्रिय लघु घरेलु व्यापार मेला तथा प्रदर्शनीको उद्घाटनमा उहाँले चाँडै सरकारले स्वदेशी वस्तुको उपभोग बढाउने ध्येयका साथ आगामी आर्थिक वर्षमा राष्ट्रिय जागरण थाल्ने बताउनुभयो ।

साना तथा लघु उद्यमीले विभिन्न समस्या झेल्नु परिरहेको उल्लेख गर्दै मन्त्री भण्डारीले साना तथा लघु उद्यमीको संरक्षण सरकारले गर्ने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “चाँडै उद्योग मन्त्रालयले स्वदेशी वस्तुको उपभोगसम्बन्धी नीति र कार्ययोजना ल्याउँदै छ, यो नीति लागू भएपछि जागरण अभियान सञ्चालन हुनेछ, तत्पश्चात स्वदेशी वस्तुको उत्पादन बढाउनु पनि अपरिहार्य छ, सरकारले उत्पादनकर्ता र उपभोगकर्ता दुवैलाई विविध सहुलियत गर्छ ।”

साथै साना तथा मझौला उद्यमशिलतालाई प्रोत्साहन गर्न विभिन्न कानुन सुधारका काम मन्त्रालयले अघि बढाइसकेको उहाँले जानकारी गराउनुभयो । मन्त्री भण्डारीले भन्नुभयो, “सरकारबाट प्रवद्र्धनका प्रयास भइरहेका छन्, तीनै तहका सरकारको समन्वयमा उद्यमशिलता प्रवद्र्धनका लागि पनि प्रयास भइरहेको छ, न्यूनतम एउटा पालिकामा १५–२० वटा उद्यमशिलताका कार्यक्रम सञ्चालन गर्ने सरकारको लक्ष्य छ ।”

मन्त्री भण्डारीले विदेशिएका युवालाई उद्यमशिलतासँग जोड्न सरकारले आगामी आर्थिक वर्षमा विभिन्न कार्यक्रम ल्याएको स्मरण गराउनुभयो । उहाँले उद्यमशिलतासँग जोडिएका विभिन्न तालिम तथा सीप हस्तान्तरणका कार्यक्रम एकीकृत गराएर गर्न उद्योग मन्त्रालय लागिपरेको बताउनुभयो ।

साथै उहाँले सरकारले छिट्टै सरकारी निकायबाट स्वदेशी उत्पादनको उपभोग गर्ने कार्यक्रम ल्याउने जानकारी गराउनुभयो । उहाँले उद्योग मन्त्रालयमा स्वदेशी कलम तथा कागजको प्रयोग गर्न सुरु गरिएको र चाँडै अन्य वस्तुको प्रयोग पनि स्वदेशी नै गर्दै जाने बताउनुभयो ।

सगरमाथा आरोही बस्ताकोटीको अन्त्येष्टी

0

गण्डकी: सगरमाथाको सफल आरोहण गरी फर्कने क्रममा निधन हुनुभएका पोखरा महानगरपालिका वडा नंं २६ का युवा विनोदबाबु बस्ताकोटीको आज मरेखरे घाटमा अन्त्येष्टी गरिएको छ । सगरमाथाको आरोहणपछि आधारशिविरमा फर्कने क्रममा बस्ताकोटीको यही जेठ ९ गते निधन भएको थियो । उहाँको आठ हजार दुई सय पाँच मिटरको उचाईको चौथो शिविरमा आइपुग्दा बिरामी भई निधन भएको हो ।

स्वर्गीय बस्ताकोटीको निवासबाट शवयात्रा गरी पार्थिव शरीरलाई पोखरा सभागृहमा श्रद्धाञ्जलिका लागि राखिएकोमा गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्र पाण्डे, निवर्तमान मुख्यमन्त्री खगराज अधिकारी, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, पोखरा वडा नं. २६ का वडाध्यक्ष नरेन्द्र थापालगायतले श्रद्धाञ्जलि व्यक्त गर्नुभएको थियो । बस्ताकोटीलाई पोखरा महानगरको नगरप्रहरीले सम्मान व्यक्त गरेको थियो ।

पोखरा महानगरपालिका वडा नं २६ का वडाध्यक्ष नरेन्द्र थापाले शोक वक्तव्य जारी गर्दै बस्ताकोटीको निधनले वडाले एक नक्षत्र गुमाएको बताउनुभएको छ । स्वर्गीय बस्ताकोटीलाई वडा नंं २६ ले वडा रत्न घोषणा गर्दै उहाँको स्मरणमा प्रत्येक वर्ष एक युवालाई साहसी युवा सम्मान प्रदान गरिने वडाध्यक्ष थापाले बताउनुुभयो ।

विसं २०४३ सालमा पोखरा महानगरपालिका वडा नंं २६ खरानेमा बुवा बाबुराम र आमा विष्णुमायाबाट जन्मिएका बस्ताकोटीले यसअघि सन् २०२३ को नोभेम्बर १ तारिकमा छ हजार १४५ मिटर अग्लो लोवुचे पिक सफल आरोहण गर्नुभएको थियो । बस्ताकोटीले अन्तर्राष्ट्रिय पर्वतालय पदप्रदर्शकको समेत तालिम लिनुभएको थियो । उहाँ बिगत १५ वर्षदेखि पर्यटन व्यवसायमा क्रियाशिल हुनुहुन्थ्यो ।

प्रहरी महानिरीक्षकद्वारा प्राप्त जिम्मेवारी उत्कृष्ट रुपमा पूरा गर्न निर्देशन

0
काठमाडौँ: नेपाल प्रहरीका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले राज्यले सुम्पिएको जिम्मेवारी उत्कृष्टरुपमा पूरा गरी राष्ट्र र नागरिकलाई सकारात्मक योगदान दिन प्रहरी कर्मचारी थप सिर्जनशील बन्न निर्देशन दिनुभएको छ ।
सरुवा भई आ–आफ्नो कार्यक्षेत्रमा खटिई आज जान लागेका प्रहरी नायव महानिरीक्षकहरु र प्रहरी वरिष्ठ उपरीक्षकहरुलाई प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमा उत्कृष्ट कार्य सफलताको शुभकामना दिँदै उहाँले उक्त निर्देशन दिनुभएको हो ।
महानिरीक्षक कुँवरले सङ्गठनको कार्ययोजना एवं लक्ष्यलाई प्राथमिकतामा राखेर सङ्गठनको नीति निर्देशनलाई प्रभावकारी कार्यान्वयन गर्दै साङ्गठनिक लक्ष्य हासिल गर्न सम्पूर्ण प्रहरी कर्मचारीहरु सक्रिय भई खरो रुपमा उत्रन निर्देशन  दिनुभयो । उहाँले भन्नुभयो, “सबै प्रहरी कर्मचारीहरुले सङ्गठनलाई विशिष्ट योगदान दिन व्यावसायिकता र निष्ठापूर्वक कार्यसम्पादन गर्नुपर्ने चर्चा गर्दै सङ्गठन बलियो भए हामी बलियो हुन्छौँ ।”
यसैगरी उहाँले सङ्गठनलाई थप बलियो र सुदृढ बनाउन चेन अफ कमाण्डभित्र रहेर सक्रिय र सामूहिक प्रयासमा केन्द्रित हुनु आवश्यक रहेको बताउनुभयो । विगतमा भएका कमी कमजोरीलाई विश्लेषण गरी आवश्यक योजना, नीति बनाई आ–आफ्नो कार्यक्षेत्रमा शान्ति सुव्यवस्था कायम एवं अपराध अनुसन्धान तथा नियन्त्रण गर्नका निम्ति स्थानीय तह, नागरिक एवम् अन्य सरोकारवाला निकायसँग समन्वयकारी भूमिका निर्वाह गर्दै अगाडि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
महानिरीक्षक कुँवरले सङ्गठनको नीति र आवश्यकता अनुरुप नै सरुवा भएको उल्लेख गर्दै नयाँ जिम्मेवारीलाई नवीन ढङ्गले सम्पादन गरी आफूलाई रोल मोडलको रुपमा प्रस्तुत हुन उपस्थित वरिष्ठ प्रहरी अधिकृतहरुलाई निर्देशन दिनुभयो । आफू मातहतका प्रहरी कर्मचारीहरुको मनोबल उच्च बनाई निष्ठावान, इमानदार एवं थप सक्रिय भई जनपक्षीय काम गर्न उहाँले आग्रह समेत गर्नुभयो ।
यसअघि प्रहरी प्रधान कार्यालय प्रशासन विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राई, कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्य र अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङले समेत सरुवा भई जान लागेका वरिष्ठ प्रहरी अधिकृतहरुलाई वर्तमान परिवेश, गर्नुपर्ने काम एवं निर्वाह गर्नुपर्ने भूमिकाको साथै समसामयिक विषयमा निर्देशन दिनुभएको थियो ।

विपन्न किसानलाई जग्गा भाडामा अनुदान

0

चितवन: जिल्लाको खैरहनी नगरपालिकाले जग्गा भाडामा लिएर खेती गर्ने किसानलाई अनुदान दिने भएको छ । चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रमअनुसार नगरपालिकाले किसानलाई अनुदान दिने भएको हो ।

नगरपालिकामा रहेका बाँझो जग्गाको उपयोग गरी कृषि उपजको उत्पादन र उत्पादकत्व बढाउन, विपन्न परिवारलाई आत्मनिर्भर बनाउन यो कार्यक्रम सञ्चालन गरिएको खैरहनी नगरपालिकाका नगरप्रमुख शशीकुमार खनियाले जानकारी दिनुभयो ।

नगरपालिकालाई कृषि उपजमा आत्मनिर्भर मात्रै होइन मुख्य व्यवसायको रुपमा विस्तार गर्दै विपन्न किसानको जीवनयापनलाई सहज बनाउन यस्तो कार्यक्रम सञ्चालन गरिएको उहाँको भनाइ छ । जग्गा नभएका, दुई कठ्ठाभन्दा कम जग्गा भएका र आम्दानीको अन्य स्रोत नभएका किसानको पहिचान गरी अनुदान प्रदान गरिएको नगर प्रमुख खनियाले बताउनुभयो ।

नगरपालिकाबाट जग्गा भाडाका लागि अनुदान पाएका अधिकांश किसानले खाद्य बाली लगाउने छन् । अनुदान पाएका सन्तोषबहादुर परियार बिहान बेलुकाको छाक टार्न समस्या भएको बताउनुभयो । मौसमअनुसार धान, तोरीलगायतका अन्नबाली लगाउने योजना आफूले बनाएको परियारको भनाइ छ ।

दश कठ्ठा जग्गाको भाडाको लागि अनुदान पाएकी सुखिया महतोले परम्परागत खेती गरेर आम्दानीको स्रोत बनाउने बताउनुभयो । उहाँले भन्नुभयो, “खेती गर्ने जग्गा नभएर सबै कुरा किनेर खानुपर्ने अवस्था थियो, अब आफै फलाएर जीवन धान्ने योजना छ ।”

खैरहनीमा विपन्न, मध्यम र व्यावसायिक गरी तीन प्रकारका किसान रहेको भन्दै प्रमुख खनियाले विपन्नलाई कृषि पेसामा आबद्ध गराउने, मध्यम किसानलाई उकास्ने र व्यावसायिक किसानलाई अनुदानमार्फत उत्पादन बढाउने गरी काम गरिरहेको बताउनुभयो ।

नगर उपप्रमुख कविता उप्रेतीले विपन्न तथा भूमिहीन किसानलाई कृषि उत्पादनसँग जोड्न जग्गा भाडामा अनुदान कार्यक्रम ल्याइएको बताउनुभयो । यसलाई क्रमशः विस्तार गर्दै लैजाने योजना रहेको उपप्रमुख उप्रेतीको भनाइ छ ।

कार्यक्रम कार्यान्वयनको लागि जम्मा आठ हेक्टर जमिनमा खेती गर्न सम्झौता भएको यसबाट वार्षिक दुई सय १० मेट्रिक टन तरकारी र १८ दशमलव पाँच मेट्रिक टन खाद्यान्न थप उत्पादन हुने नगरपालिकाले अपेक्षा गरेको नगरपालिकाका कृषि विकास अधिकृत गौरव न्यौपानेले जानकारी दिनुभयो ।

यस कार्यक्रममा हालसम्म ३१ जना किसान दुई दशमलव पाँच कठ्ठादेखि १० कठ्ठासम्म जग्गा भाडा अनुदानका लागि सम्झौता भएको र छनोट भएका किसानले प्रतिकठ्ठा प्रतिमहिना रु दुई हजारको दरले तीन वर्षसम्म निरन्तर अनुदान प्राप्त गर्ने नगरपालिकाले जानकारी गराएको छ ।

किसानलाई अनुदानमा ट्रयाक्टर वितरण

0

गण्डकी: कास्की जिल्लाको मादी गाउँपालिका–१२ का किसानलाई हाते ट्रयाक्टर र जाली वितरण गरिएको छ । मकैबालीको क्षेत्रफल विस्तार तथा उत्पादन प्रवर्द्धन कार्यक्रमअन्तर्गत कृषि उपकरण तथा मेसिनरी वितरण गरिएको हो ।

हिमालय बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड लिपेवायनीद्वारा आयोजित एक कार्यक्रमका बीच कृषि ज्ञान केन्द्र कास्कीले ५० प्रतिशत अनुदानमा सो वडाका सातजना किसानलाई बिहीबार ट्रयाक्टर वितरण गरिएको हो । एउटा ट्रयाक्टरको मूल्य रु ५६ हजार परेको जसमा किसानले रु २८ हजार र बाँकी ज्ञान केन्द्रको अनुदान रहेको हिमालय बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कृष्णचन्द्र बरालले जानकारी दिनुभयो ।

सहकारीमार्फत अघिल्लो वर्ष भगवतीटार, ओझागाउँ र लिपेयानीका किसानलाई पाँचवटा ट्रयाक्टर वितरण गरिएको थियो । “सहकारीले उत्पादन जोड दिँदै आएको छ”, अध्यक्ष बरालले भन्नुभयो । खाद्य उत्पादन, मौसमी तथा बेमौसमी तरकारीखेती पशुपालनमा किसानलाई प्रेरित गर्दै आएको छ ।

कतिपय किसानले व्यावसायिक कृषिलाई आफ्नो जीविकोपार्जनको आधार बनाउँदै आएका छन् । कार्यक्रममा असिना, हुरीबतासजस्ता प्राकृतिक प्रकोपबाट तरकारी र फलफूल जोगाउनका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट उपलव्ध गराइएको तीन थान एक सय ५० मिटर जाली पनि वितरण गरिएको थियो । जालीमा ५० प्रतिशत अनुदानको व्यवस्था गरिएको छ ।