Wednesday, May 13, 2026
Home Blog Page 769

विश्वकप टी २० क्रिकेट- जित्दाजित्दै नेपाल एक रनले पराजित

0

काठमाडौँ: आइसीसी टि–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा नेपाल दक्षिण अफ्रिकासँग एक रनले पराजित भएको छ । हारसँगै नेपालको अन्तिम आठमा पुग्ने सम्भावना सकिएको छ ।

वेस्टइन्डिजको सेन्ट भिसेन्टस्थित आर्नोस भले ग्राण्ड किङ्ग्सटाउन रङ्गशालामा भएको खेलमा दक्षिण अफ्रिकाका टाबरेज साम्सीले एकै ओभरमा दुई महत्वपूर्ण विकेट लिएपछि नेपाल दबाबमा पुगेको थियो । नेपालले खेलको आठौँ ओभरको दोस्रो बलमा ओपनर कुशल भुर्तेललाई गुमाएको थियो । उनी २१ बलमा १३ रन बनाएर बोल्डआउट भएका थिए ।

त्यसपछि क्रिजमा आएका कप्तान रोहितकुमार पौडेल दोस्रो बलको सामना गर्ने क्रममा साम्सीबाट बोल्ड आउट भए । त्यसपछि नेपालले तेस्रो विकेटका रुपमा अनिल शाहलाई गुमाउन पुग्यो । अनिल २४ बलमा तीन चौका र एक छक्का प्रहार गर्दै २७ रनमा आउट भए । आउट हुनु अगाडि उनले ओपनर आसिफ शेखसँग राम्रो साझेदारी गरेका थिए ।

नेपालले ३५ रन जोड्दा कुशल भुर्तेल र कप्तान रोहितकुमार पौडेल आउट भएपछि अनिल क्रिजमा आएका थिए । अनिलले आसिफसँग ५० रनको साझेदारी गरेका थिए ।

ओपनर आशिफलाई नेपालले पाँचौ विकेटको रुपमा गुमाएको थियो । आशिफले ४९ बलमा चार चौका र एक छक्का प्रहार गर्दै ४२ रन बनाए । दीपेन्द्रसिंह ऐरी छ रनमा आउट भए भने कुशल मल्ल एक रनमा पेभिलियन फर्किए । गुल्सन झा छ रनमा आउट हुँदा सोमपाल कामी आठ रनमा अविजित रहे ।

दक्षिण अफ्रिकाका टाबरेज साम्सी एक्लैले चार विकेट लिए

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय १५ रनको योगफल बनाएको थियो । उसका लागि रिजा हेन्डरिक्सले सर्वाधिक ४३ रनको योगदान दिए । कूल ४९ बल खेलेका उनले पाँच चौका र एक छक्का प्रहार गरे । साथै टिस्टन स्टब्सले १८ बलमा दुई चौका र एक छक्काको मद्धतमा २७ रन बनाए भन आइडेन मार्करमले २२ बलमा दुई चौका प्रहार गर्दै १५ रन जोडे । क्वान्टन डेककले ११ बलमा १० रन जोडे भने डेभिड मिलरले सात रन बनाए ।

नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक चार विकेट लिए भने दीपेन्द्रसिंह ऐरीले तीन विकेट झारे । नेपालले समूह चरणको आफ्नो अन्तिम खेल यही असार ३ गते सोमबार बङ्गालदेशसँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शपथ ग्रहणको भोलिपल्टै मुख्यमन्त्री प्रेमसिंह तामाङकी श्रीमतीले सांसद पदबाट राजीनामा दिइन्

0

काठमाडौं । सिक्किम विधानसभा चुनावमा भारी जित हासिल गरेका मुख्यमन्त्री प्रेमसिंह तामाङले शपथ लिएको भोलिपल्टै उनकी पत्नी कृष्णकुमारी राईले सांसद पदबाट राजीनामा दिएकी छन् ।

भर्खरै सम्पन्न विधानसभा चुनावमा कृष्ण कुमारी राईले सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ) का उम्मेदवार विमल राईलाई पराजित गर्दै नामची-सिंघिथाङ सिटमा विजयी भएकी थिइन्।

विधानसभा सचिव ललितकुमार गुरुङले सिक्किम क्रान्तिकारी मोर्चाकी नेतृ कृष्णकुमारी राईको राजीनामा सभामुख एमएन शेर्पाले स्वीकृत गरेको जानकारी दिए । अरुणाचल प्रदेशका मुख्यमन्त्री पेमा खाण्डुको सपथ ग्रहण समारोहमा सहभागी हुन मुख्यमन्त्री अहिले इटानगर पुगेका छन् ।

श्रीमतीको राजीनामाबारे प्रेमकुमार तामाङले भने, ‘पार्टीको सर्वसम्मतिको निर्णयअनुसार मेरी श्रीमतीले सिट छाड्नुभएको आदरणीय जनप्रतिनिधिलाई जानकारी गराउन चाहन्छु । पार्टीको हित र उद्देश्यलाई प्राथमिकता दिएर उहाँले यो काम गर्नुभएको छ ।’

मुख्यमन्त्री तामाङले भने, ‘कृष्णकुमारी राई एसकेएम पार्टीको संसदीय समितिको आग्रहमा चुनाव लड्नुभएको थियो भन्ने कुरा ध्यान दिनु जरुरी छ । पार्टीको तर्फबाट अध्यक्षको हैसियतले उहाँको समर्पण र अटल सहयोगको लागि उहाँप्रति हार्दिक आभार व्यक्त गर्दछु।’

एसकेएम प्रमुखले भने ‘पार्टीले सिक्किमका जनताको सेवा गर्ने वास्तविक र समर्पित पदाधिकारीहरूलाई अवसर दिन प्रतिबद्ध छ। नाम्ची-सिंघिथाङ निर्वाचन क्षेत्रको हकमा पनि यहाँका बासिन्दाले आफ्नो हित पूरा गर्ने समर्पित र सच्चा विधायक पाउनेछन् । म्याडम कृष्णा राई र म तपाईको आवश्यकता पूरा गर्न पूर्णरुपमा लाग्नेछौं।’

टी-२० विश्वकपः नेपाल र दक्षिण अफ्रिका बीचको खेल शनिबार बिहान ५:१५ मा हुने

0

काठमाडौं। नेपालले टी- २० विश्वकप अन्तर्गत भोलि बिहान दक्षिण अफ्रिकासँग खेल्दैछ।

समुह डी अन्तर्गत नेपालले भोलि बिहान नेपाली समय अनुसार बिहान ५:१५ बजेदेखि सुरु हुनेछ। यो खेल वेस्ट इन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाल स्टेडियममा हुँदैछ।

जारी टी-२० विश्वकपमा दक्षिण अफ्रिकाले तीन खेलमा लगातार जित हासिल गर्दै सुपर आठमा पुगिसकेको छ। दक्षिण अफ्रिकाले यस अघि श्रीलंका, बंगलादेश र नेदरल्याण्डसलाई पराजित गरेको थियो।

त्यस्तै, नेपालले पहिलो खेलमा नेदरल्याण्डससँग हार बेहोरेको थियो भने श्रीलंकाविरुद्धको दोस्रो खेल बर्षाले रद्द हुँदा हुदा अंक बाँडेको थियो। नेपालका लागि सुपर आठमा पुग्न यो खेल जित्नै पर्ने अवस्था रहेको छ ।
दक्षिण अफ्रिका र नेपाल सिनियर तहमा पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेका छन्।

 

कामपाले तीनकुनेस्थित जग्गाको मुआब्जा वितरणको व्यवस्था गर्ने

0

काठमाडौँ: काठमाडौँ महानगरपालिकाले तीनकुनेमा रहेको जग्गा अतिग्रहणका लागि नेपाल सरकार र कमपाको लागत साझेदारीमा मुआब्जा वितरण गर्ने जनाएको छ । कामपाका प्रमुख बालेन्द्र साह बालेनले आज बसेको नगरसभाको १५औँ अधिवेशनमा आगामी आर्थिक वर्ष २०८१/८२ को नीति कार्यक्रममा उक्त स्थानमा रहेको जग्गाको मुआब्जा वितरण गर्ने जानकारी दिनुभएको हो । कामपा–३२ तीनकुनेमा रहेको जग्गाका लागि कामपाले आगामी बजेटमा बजेटको व्यवस्था गर्ने उहाँले बताउनुभयो ।

त्यसैगरी, कामपा क्षेत्रभित्र रहेका सार्वजनिक जग्गा संरक्षणका लागि आवश्यक पहल गर्ने, खुला मञ्चलाई खुला व्यायाम र खेलकुदस्थलका रूपमा विकास गर्ने पनि कामपाले जनाएको छ । मातहतका सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका अनधिकृत संरचना हटाई खुलास्थानका रूपमा विकास गर्ने र महानगरलाई सूचना प्रविधि हबका रूपमा विकास गरिने कामपाको नीति छ ।

सिटिइभिटीको ल्याबभित्रै क्रिप्टोसम्बन्धी कारोबार, दुई जना पक्राउ

0

काठमाडौँ: सिटिइभिटीको ल्याबमा क्रिप्टोसम्बन्धीको कारोबार भएको पाइएको छ । त्यहाँ रहेको कम्प्युटरमा उक्त कारोबार भएको पाइएपछि ल्याबमा काम गर्ने दुईजनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले पक्राउ गरेको छ ।

उक्त आरोपमा कीर्तिपुर बस्ने ४० वर्षका विश्वास गुरुङ र भक्तपुरका राजेन्द्र ताहामतालाई पक्राउ गरेको ब्यूरोले जनाएको छ । सिटिइभिटीको प्राविधिक प्रशिक्षण भवन ठिमीको सूचना प्रविधि ल्याबमा क्रिप्टोसम्बन्धी गैरकानुनी कार्य सञ्चालन भइरहेको भन्ने सूचनाका आधारमा सिआइबीले अनुसन्धान थालेको थियो ।

ब्यूरोबाट खटिएको प्रहरी टोलीले त्यहाँका कम्प्युटर तथा सर्भर प्रणालीको प्रारम्भिक प्राविधिक अनुसन्धान र विश्लेषण गर्दा एउटा सर्भर र ६४ वटा डेस्कटप कम्प्युटरमा क्रिप्टो मिनिङ एप्लिकेसन सञ्चालन भएको पाइएको ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक होविन्द्र बोगटीले बताउनुभयो । उक्त कम्प्युटर बरामद गरी उल्लिखित ल्याबको जिम्मेवारीमा रहेका उनीहरुलाई ठिमीबाट पक्राउ गरी मुद्रासम्बन्धी कसुरमा भक्तपुर जिल्ला अदालतबाट ६ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

सय दिनमा आधार तयार भएको छ, अब नतिजा देखिन्छ : गृहमन्त्री लामिछाने

0

काठमाडौँ: उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले आफूले गृह मन्त्रालयको जिम्मेवारी सम्हालेपछि सुशासन तथा गृह प्रशासन सुधारका क्षेत्रमा बलियो आधार तयार भएको बताउनुभएको छ । ‘पछिल्लो सय दिनमा गृह मन्त्रालयले सम्पादन गरेका मुख्यमुख्य काम’का विवरण आज मन्त्रालयबाट सार्वजनिक गर्दै उहाँले यसबीचमा नीतिगत तथा कानुनी सुधार गरिएको र अब चाँडै नतिजा देखिने बताउनुभयो ।

उपप्रधानमन्त्री लामिछानेले पछिल्लो तीन महिनामा मन्त्रालयले नीतिगत तथा कानुनी प्रबन्ध मिलाउनाका साथै शान्तिसुरक्षा र अपराध नियन्त्रणमा उल्लेख्य काम भएको जानकारी दिनुभयो । उहाँले अध्यागमन प्रशासनमा देखिएका समस्या समाधान गर्दै आजदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिइने अध्यागमनका कर्मचारीको पहिचानका लागि एकै प्रकारको पोसाक लगाउनुपर्ने व्यवस्था मिलाइएको बताउनुभयो ।

गृहमन्त्री लामिछानेले राष्ट्रिय परिचयपत्रको बहुआयामिक प्रयोगको व्यवस्था मिलाइएको जानकारी दिनुभयो । “राष्ट्रिय परिचयपत्रलाई ‘गेम चेन्जर’ कार्यक्रमका रुपमा अघि बढाइएको छ”, उहाँले भन्नुभयो, “विभिन्न निकायसँग अन्तरआबद्धता गरिएको छ, यसबाट सुशासन र नागरिक सेवामा ठूलो परिवर्तन आउनेछ ।” उपप्रधानमन्त्री लामिछानेले गृह प्रशासनलाई नागरिकमैत्री बनाउने उद्देश्यका साथ सिंहदरबारमा नागरिकको सहज पहुँचको व्यवस्था मिलाइएको जानकारी दिनुभयो । “सिंहदरबार सबै नागरिकका लागि खुला छ, सिंहदरबार पुहँचवालाको मात्र होइन, यहाँ सबै नागरिकको सहजै पहुँचको व्यवस्था मिलाइएको छ”, उहाँले भन्नुभयो, “आवश्यक काम परेका बेला अनलाइनबाट पास लिएर सहजै सिंहदरबार प्रवेश गर्न सकिनेछ ।” गृह मन्त्रालयका सचिव एकनारायण अर्यालले यसअवधिमा गृह प्रशासन सुधारका कार्य सम्पन्न भएको बताउनुभयो । उहाँले नीतिगत तथा कानुनी सुधार थालिएको र सेवा प्रवाहलाई नागरिकमैत्री बनाउँदै लगिएको स्पष्ट पार्नुभयो ।

सुदूरमा प्रहरीलाई भौतिक संरचना अपुग

0

महेन्द्रनगर (कञ्चनपुर): तराईका दुई र पहाडमा सात जिल्ला रहेको सुदूरपश्चिम प्रदेशमा नेपाल प्रहरीले अझै अरु निकायका भवन र भाडाका भवनमा आश्रय लिएर समाज सुरक्षाको जिम्मेवारी बहन गरिरहेको छ । उत्तरमा चीनको सीमादेखि कैलाली र कञ्चनपुरमा भारतसितको खुला सीमानाका जोडिएको सुदूरपश्चिम प्रदेशमा प्रहरीले अपराध नियन्त्रण, शान्ति सुरक्षा र नागरिकको जीउधनको रक्षाका निम्ति भाडा र स्थानीय तह, विद्यालय, तथा अन्य सार्वजनिक भवनमा चौकी स्थापना गरिएको अवस्था छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक रवीन्द्र केसीले जिल्ला प्रहरी कार्यालय र इलाका स्तरसम्म प्रहरीको आफ्नै सुविधा सम्पन्न भौतिक संरचना बनिसकेको बताउनुभयो । उहाँले गाउँघरमा चौकी र बिटहरुको भौतिक संरचना निर्माण कार्य दोस्रो चरणमा रहेको जानकारी दिनुभयो । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले दिएको जानकारीअनुसार यहाँका नौ वटा जिल्लाका विभिन्न स्थानमा गरी ३६ वटा प्रहरी युनिट भाडाका घरमा सञ्चालित छन् । सत्र प्रहरी युनिट पालिका, सङ्घ/संस्था, विद्यालयलगायतका निकायका भवनमा सञ्चालित छन् । तराईका भन्दा पहाडी जिल्लाका दूरदराजका प्रहरी चौकी प्रायः भाडा र अरु निकायको भवनबाट सञ्चालित छन् ।

पछिल्लो समय सङ्घीय बजेट र प्रदेशको बजेटले यहाँ प्रहरीका भौतिक संरचना निर्माण हुने क्रम जारी छ । सुदूरपश्चिम प्रदेश सरकारको लगानीमा गत वर्ष यहाँ आठ वटा प्रहरी कार्यालयका भवन निर्माण भएका थिए । आन्तरिक मामिला तथा कानून मन्त्रालयले चालु आवमा यहाँ सात प्रहरी कार्यालय निर्माणाधीन रहेको जनाएको छ । मन्त्रालयको योजना शाखाका नासु मनोज जोशीले सुदूरपश्चिममा इप्रका र प्रहरी चौकी प्रदेश सरकारको लगानीमा बढी सङ्ख्यामा निर्माण भइरहेका बताउनुभयो । “रु ५० लाखदेखि रु चार करोडसम्मका प्रहरी भवन प्रदेश सरकारको लगानीमा निर्माण हुँदैछन्”, उहाँले भन्नुभयो, “नयाँ भवनका साथै पुराना भवनको मर्मत एवं संरक्षण सम्वद्र्धनमा पनि प्रदेश सरकारले लगानी गरेको छ ।”

अवैध व्यापार रोक्न भ्याट बिजकमा ‘एचएस कोड’ अनिवार्य

0

काठमाडौँ: भन्सार छली गरी अवैध मार्गबाट भित्रिने वस्तुको व्यापार नियन्त्रण गर्न सरकारले मूल्य अभिवृद्धि कर (भ्याट) बिजक जारी गर्दा ‘हार्मोनाइज्ड कोड’ (एचएस कोड) अनिवार्य उल्लेख गर्नुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको छ । अभिवृद्धि कर नियमावलीमा संशोधनमार्फत भ्याट बिल जारी गर्दा एचएस कोड अनिवार्य गरिएको हो । एचएस कोड भनेको सामानको पहिचान (आइडेन्टिटी) नम्बर हो ।

मूल्य अभिवृद्धि कर (२६औँ संशोधन) नियमावली, २०८१ को अनुसूची–५ र अनुसूची–६ संशोधन गरी बिजक जारी गर्दा एचएस कोड अनिवार्य गरिएको हो । नयाँ व्यवस्थाअनुसार बिजकको नयाँ ढाँचा राजपत्रमा प्रकाशित भइसकेको छ । मूल्य अभिवृद्धि करसम्बन्धी नियमावलीको अनुसूची–५ (ख) मा कर नयाँ बिजकको ढाँचा समावेश गरिएको छ । उक्त ढाँचाको पहिलो कोठामा सिरियल नम्बर, दोस्रो कोठामा एचएस कोड र तेस्रो कोठामा विवरण उल्लेख गर्नुपर्ने प्रावधान राखिएको अर्थ मन्त्रालयको राजस्व महाशाखाका प्रमुख एवं सहसचिव धनिराम शर्माले जानकारी दिनुभयो । यसअघि बिजकको पहिलो कोठामा सिरियल नम्बर र दोस्रोमा विवरण उल्लेख गर्ने गरिएको थियो । उहाँका अनुसार बिजको नयाँ ढाँचाअनुसार अबदेखि बिजक जारी गर्दा एचएस कोडको सुरुको चार अङ्क अनिवार्य खुलाएको हुनुपर्नेछ ।

नियमावलीको अनुसूची–६ संशोधन गरी निकासी भन्ने शब्दलाई परिमार्जन गरी निर्यात शब्द राखिएको शर्माले बताउनुभयो । नयाँ व्यवस्थाले वैध वा अवैध बाटोबाट आयातित सामान छुट्याउन सकिने र राजस्व वृद्धिमा उल्लेख्य सुधार हुने उहाँको भनाइ छ । राजस्व महाशाखाका प्रमुख शर्माका अनुसार यो व्यवस्थाले आगामी दिनमा कुनै पनि सामान वैध ‘च्यानल’बाट आएको हो वा होइन भन्ने छुट्याउन सजिलो हुनेछ । “बिजकमा बिक्री भएको सामानको एचएस कोड अनिवार्य गर्नुपर्ने व्यवस्थाले बजार अनुगमनका क्रममा अवैधरुपमा भित्रिएका सामान बिक्री वितरण भए/नभएको सजिलै छुट्टाउन (ट्रयाक) गर्न सकिन्छ”, उहाँले भन्नुभयो, “कुन सामान भन्सारको बाटो भएर आएको हो र कुन सामान भन्सार छली गरीे आयात गरिएको हो छुट्याउन सकिने भएकाले राजस्व सङ्कलनमा समेत यो व्यवस्थाले सकारात्मक नतिजा आउने छ ।”

यही जेठ १६ गतेदेखि नयाँ व्यवस्था कार्यान्वयनमा आइसकेको शर्माले जानकारी दिनुभयो । योसँगै व्यक्तिगत प्रयोजनका नाममा अनौपचारिक माध्यामबाट ल्याएर बजारमा बिक्री गर्ने प्रवृत्तिसमेत निरुत्साहित हुने विश्वास अर्थ मन्त्रालयको छ । “खास गरी विदेश भ्रमण वा रोजगारीबाट फर्कनेले घरासयी प्रयोजनका लागि ल्याउन पाउने सुविधा प्रयोग गरी सुनचाँदीका गहना, मोबाइल, ल्यापटप, टिभी, क्यामेरा, घडी, मदिरा र कपडालगायत सामान बजारमा बेच्ने प्रवृत्ति थियो”, राजस्व महाशाखाका प्रमुख शर्माले भन्नुभयो, “यसरी सामान ल्याएर बिक्री गर्ने व्यक्ति र व्यवसायीमाथि समेत कारबाही हुनेछ ।” अनलाइन बिलिङ प्रणालीमार्फत आयातित सामान तथा आन्तरिक खपतको तथ्याङ्क सङ्कलनमा समेत नयाँ व्यवस्थाले सहज हुने अपेक्षा गरिएको उहाँले बताउनुभयो ।

भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय पर्यटन मेला सुरु

0

‘सार्वजनिक बिदाका दिन पनि सरकारी कार्यालय खुल्छन्’

0