Facebook
Sign in
  • News
  • Fashion
  • Gadgets
  • Lifestyle
  • Video
Sign in
Welcome!Log into your account
Forgot your password?
Password recovery
Recover your password
Search

Logo

Thursday, May 14, 2026
Facebook

Logo

  • होमपेज
  • सामाचार
  • टृब्युन स्पेसल
  • राजनीति
  • देश र प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • प्रवास
    • अमेरिका
    • क्यानाडा
    • यूरोप
    • मध्य पूर्वी
    • अस्ट्रेलिया
    • जापान
    • कोरिया
  • अर्थ र ब्यापार
  • मनोरन्जन
  • अन्य
    • अन्तरवार्ता
    • खेलकुद
    • विचित्र संसार
    • बालसंसार
    • कला/साहित्य
    • सुन्दर नेपाल
    • सुन्दर नेपाल
    • सूचना प्रविधि
    • स्वास्थ्य र जीवनशैली
  • भिडियो
  • English
Home Blog Page 754

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

By
Himalayan Tribune
-
June 26, 2024
0

काठमाडौँ: नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ११ दशमलव ६० अङ्कले घटेर दुई हजार ६० दशमलव १६ को विन्दुमा कायम भएको हो । आज तीन सय पाँच कम्पनीको ८७ लाख २७ हजार एक सय ६४ कित्ता शेयर ५४ हजार सात सय ९३ पटक खरिदबिक्री हुँदा रु चार अर्ब पाँच करोड ८० लाख ४७ हजार सात सय ३४ बराबरको कारोबार भएको छ । वित्त, म्युचुअल फन्ड र व्यापारबाहेक अरू सबै समूहको उपसूचक घटेका छन् । वित्त समूह शून्य दशमलव ४५, म्युचुअल फन्ड शून्य दशमलव १४ र व्यापार समूह शून्य दशमलव २२ प्रतिशतले बढेको हो ।

सबैभन्दा धेरै विकास बैङ्क समूह एक दशमलव ०३ प्रतिशतले घटेको छ । बैङ्किङ शून्य दशमलव ६५, होटल तथा पर्यटन शून्य दशमलव २९, जलविद्युत् शून्य दशमलव ५८, लगानी शून्य दशमलव ९१ र जीवन बीमा शून्य दशमलव ६१ प्रतिशतले घटेको छ । त्यस्तै, उत्पादन तथा प्रशोधन शून्य दशमलव १६, लघुवित्त शून्य दशमलव ४८, निर्जीवन बीमा शून्य दशमलव ३४ र अन्य समूह शून्य दशमलव ५८ प्रतिशतले घटेको छ । आजको कारोबारमा सबैभन्दा धेरै नेपाल फाइनान्स लिमिटेडको शेयर मूल्य नौ दशमलव ५५ र शिवश्री हाइड्रोपावर लिमिटेडको शेयर मूल्य सात दशमलव २६ प्रतिशतले बढेको छ ।

सबैभन्दा धेरै घट्नेमा भने साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य छ दशमलव ३८ र हिमालय ऊर्जा विकास कम्पनी लिमिटेडको शेयर मूल्य पाँच दशमलव २५ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै नेपाल फाइनान्स लिमिटेडको रु १६ करोड ४६ लाख १८ हजार आठ सय ३० बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै गुडविल फाइनान्स लिमिटेडको दुई लाख ४६ हजार ५४ कित्ता शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

द्वन्द्व र शान्तिबारे पत्रकारलाई प्रशिक्षण

By
Himalayan Tribune
-
June 26, 2024
0

ललितपुर: रोटरी क्लबले ‘द्वन्द्व संवेदशीलता र शान्तिसुरक्षा’ शीर्षकमा पत्रकारलाई प्रशिक्षण दिएको छ । वरिष्ठ पत्रकार युवराज घिमिरे, अनुसन्धानकर्ताहरू राजेन्द्र सेञ्चुरी र राजकुमार ढुङ्गाना तथा रोटरी क्लब, जाउलाखेलका अध्यक्ष विष्णुराज उप्रेतीले सुरक्षा संवेदनशीलताबारे प्रशिक्षण दिनुभएको थियो ।

पत्रकार घिमिरेले समाज द्वन्द्व बाहिर हुन नसक्ने तर त्यसको सकारात्मक व्यवस्थापन गर्न पत्रकारिताले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । “पत्रकारिताको माध्यमबाट सुव्यवस्थित समाज निर्माण गर्न गरिन्छ,” उहाँले भन्नुभयो,“यसको लागि समाजका सबै समुदाय, वर्ग र क्षेत्रको विचारलाई निष्पक्ष भएर समाचारमा समेट्नुपर्छ ।” कार्यपत्र प्रस्तुत गर्दै सेन्चुरीले समाजमा हरेक किसिमको द्वन्द्वको समाधान सहकार्यबाटै सम्भव हुने बताउनुभयो ।

पत्रकारिता समाजका निम्ति गर्नुपर्नेमा जोड दिनुभयो । पत्रकारितामा सुरक्षासम्बन्धी अन्तर्राष्ट्रियस्तरमा भएका अभ्यासको उदाहरण प्रस्तुत गर्दै डा ढुङ्गानाले शान्तिसुरक्षासँग सम्बन्धित विषयमा समाचार लेख्दा अझ गम्भीर एवं संवेदनशील हुनुपर्ने बताउनुभयो । अध्यक्ष उप्रेतीले दशवर्षे द्वन्द्वमा अकल्पनीय पीडा भोगेकाहरूले न्याय नपाएसम्म सञ्चार माध्यमले निरन्तर समाचार सम्प्रेषण गर्नुपर्ने सुझाव दिनुभयो ।

‘हरेक तहमा महिलाको प्रतिनिधित्व समान हुनुपर्छ ’

By
Himalayan Tribune
-
June 26, 2024
0
काठमाडौँ : प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले एकताबद्ध भएमा महिलाका सवाल बलियो हुने बताउनुभएको छ । शान्ति, न्याय र लोकतन्त्रका लागि समावेशी महिला समाज (सङ्कल्प)द्वारा आज यहाँ आयोजित ‘एकीकृत निर्वाचन मस्यौदा ऐन’ विषयक छलफलमा उहाँले पछिल्लो जनगणना अनुसार हरेक तहमा महिलाको प्रतिनिधित्वको व्यवस्था गर्नका लागि महिला सांसद एकताबद्ध हुनुपर्छ भन्नुभयो । “महिलाको बाहुल्यता भएको समाजमा महिलालाई पनि उम्मेदवार बनाउनुपर्छ”,उपसभामुख रानाले भन्नुभयो, “जुन ठाउँमा जुन समुदायको प्रतिनिधित्व बढी हुन्छ, त्यसले उम्मेदवार छान्न पाउनुपर्छ, दलित, जनजाति, महिलाका हकमा पनि त्यो लागू हुन्छ ।” उहाँले महिला सांसदले सदनमा बलियो उपस्थिति देखाएर आफ्ना मुद्दा र माग राख्नुपर्ने र यसका लागि सदन अत्यन्तै उपयुक्त स्थान हो भन्नुभयो ।
महिलाअधिकारकर्मी शशी श्रेष्ठले कानुन बनाउँदाखेरी महिलाले आफूअनुकूल बनाउनका लागि संशोधन हाल्नुपर्ने र त्यसका लागि महिला सांसद एक भएर वृहत् छलफल गरेर पास हुने गरी ल्याउनुपर्ने बताउनुभयो । उहाँले समानुपातिक दुई पटक भन्ने कुरालाई अन्त्य गर्नुपर्ने उल्लेख गर्दै निर्वाचन प्रणालीको अबमूल्यन र अपव्याख्या गर्न मिल्दैन भन्नुभयो । नेत्री श्रेष्ठले महिला सांसदहरु भावनामा नबहकिन सबै समुदायको प्रतिनिधित्व र महिला सहभागिता बलियो हुने गरी काम गर्नुपर्ने बताउनुभयो । नेकपा (एमाले) का नेतृ विन्दा पाण्डेले महिलामा पनि फरक समुदाय, सिमान्तकृत, दलित, अल्पसङ्ख्यक समुदायको समानुपातिक सहभागिता हुनुपर्नेमा जोड दिँदै संविधानको मौलिक हकअन्तगर्त धारा ३८ महिलाको हकअनुसार पालना गर्न माग गर्नुभयो ।
उहाँले महिला समन्वय समिति बनाएर संसदमा भएका ९१ जना महिला एक भएमा महिलाको मुद्दालाई अघि बढाउन सहज हुने बताउनुभयो । नेत्री पाण्डेले यस्ता कुराले महिलाको विषय उठाउने एकरुपता र सहज हुने विश्वास व्यक्त गर्नुभयो । नेत्री हिसिला यमीले महिलाको जनसङ्ख्या आधा भन्दा बढी भएको हुनाले त्यहीअनुरुप महिलाले उम्मेदवारी दिन पाउने व्यवस्था निर्वाचन कानुन गर्नुपर्ने बताउनुभयो । उहाँको महिला सांसद र नेतृहरु एकताबद्ध भएर महिलाको माग र मुद्दालाई स्थापित गर्नुपर्ने भनाइ थियो ।
नेकपा (एकीकृत समाजवादी) का पूर्व सांसद रामकुमारी झाँक्रीले निर्वाचनको समयमा नेपालमा भएका सबै नेपालीले मत हाल्नसक्ने वातावरण बनाउनुपर्ने र उम्मेदवारलाई जहाँ देशभर जहाँबाट पनि मत दिनसक्ने व्यवस्था गर्नुपर्ने बताउनुभयो । उहाँले काठमाडौँमा बस्ने जनताले आफ्नो उम्मेदवारलाई मत दिन पाउने व्यवस्था गरेमा निर्वाचनमा पारदर्शीता र सहज हुने विश्वाससमेत व्यक्त गर्नुभयो । कार्यक्रममा सहभागी सांसद र सरोकारवाला व्यक्तिले निर्वाचन कानुन बनाउँदा नेपालको संविधानले व्यवस्था गरेको विषयलाई ध्यान दिएर राख्नुपर्ने र त्यसमा पछाडि पारिएका सबै वर्ग, लिङ्ग, समुदायलाई ध्यानमा राख्नुपर्ने धारणा राख्नुभएको थियो ।

परराष्ट्रमन्त्रीसँग चिनियाँ उपविदेशमन्त्रीको भेट

By
Himalayan Tribune
-
June 26, 2024
0

काठमाडौँ: उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग चीनका उपविदेशमन्त्री सुन वेइतोङले शिष्टाचार भेट गर्नुभएको छ । परराष्ट्र मन्त्रालयमा भएको उक्त भेटमा नेपाल–चीन सम्बन्धका साथै आपसी हित र चासोका विविध विषयमा कुराकानी भएको उक्त मन्त्रालयले जनाएको छ । साथै उहाँहरूबीच आपसी सहयोगका परियोजनाबारे पनि छलफल भएको थियो ।

परराष्ट्रमन्त्रीले नेपालको विकास प्रयासमा चीनबाट प्राप्त सहयोगका निम्ति आभार व्यक्त गर्दै भविष्यमा पनि त्यसले निरन्तरता पाउने विश्वास व्यक्त गर्नुभयो । उपविदेशमन्त्री सुन नेपाल–चीन परराष्ट्रसचिवस्तरीय कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठकमा सहभागी हुने सिलसिलमा गत सोमबारदेखि नेपालको तीनदिने औपचारिक भ्रमणमा हुनुहुन्थ्यो । उहाँ आजै स्वदेश फर्कनु भयो । उहाँलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा मन्त्रालयका उत्तरपूर्वी एसिया महाशाखाका प्रमुख कृष्णप्रसाद ढकाल तथा नेपालका लागि चिनियाँ राजदूत छन सङले बिदाइ गर्नुभयो ।

मधेश प्रदेशको आर्थिक समुन्नतिको आधार पर्यटन : मुख्यमन्त्री सिंह

By
Himalayan Tribune
-
June 26, 2024
0

वीरगन्ज (पर्सा): मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेश प्रदेशलाई आर्थिक समुन्नतिमा लैजाने मुख्य आधारको रुपमा पर्यटक क्षेत्र रहेको बताउनुभएको छ । पर्यटन विकास कार्यालय वीरगञ्जद्वारा आज यहाँ आयाजित सरोकारवालासँगको संवाद कार्यक्रममा उहाँले पर्यटन क्षेत्रको विकासले मात्रै मधेश प्रदेशको आर्थिक तथा सामाजिक रुपमा कायापलट हुन्छ भन्नुभयो । ‘‘मधेश प्रदेशलाई माथि उकास्ने भनेको नै पर्यटन क्षेत्रले हो,’’ उहाँले भन्नुभयो,“पर्यटन एउटा यस्तो माध्यम हो जुन तत्कालै भित्र्याउन सकियो भने मधेश प्रदेशको समग्र आर्थिकस्तर सुधार्न सकिन्छ ।’’

मुख्यमन्त्री सिंहले मधेश प्रदेश सरकारको एकल प्रयासले मात्रै मधेशमा पर्यटनको विकास गर्न सम्भव नभएको जनाउँदै मधेश प्रदेशको विकासका लागि सरोकारवाला सबै निकायले हातेमालो गरेर अघि बढ्न जरुरी छ भन्नुभयो । ‘‘मधेश प्रदेशका ऐतिहासिक मठमन्दिर, धार्मिकस्थल छिमेकीमूलुक भारत लगायतका धेरै मुलुकमा प्रख्यात रहेको छ,’’ उहाँले भन्नुभयो,‘‘धार्मिक पर्यटक पूजा गरेर सोही दिन फर्किहाल्ने जुन बाध्यात्मक स्थिति छ । भारतीय पर्यटकहरुका लागि सुविधा सम्पन्न बस्ने र खाने ठाउँ नहुँदा पनि पर्यटकको बसाइ चाहेर पनि लम्बाउन सकिरहेका छैनौँ ।’’ मुख्यमन्त्री सिंहले मधेश प्रदेशमा पर्यटकका लागि आवश्यक पूर्वाधार निर्माण गर्न निजी क्षेत्रलाई पनि आह्वान गर्नुभयो । ‘‘मधेश प्रदेश सरकारले पर्यटनसँग सम्बन्धित सबै कुरा पूरा गरिदिन सक्ने अवस्थामा पनि छैन ।

त्यसैले प्रदेश सरकार, स्थानीय तह र निजी क्षेत्र सबै हातेमालो गरेर पर्यटन क्षेत्रको विकासमा अघि बढ्नुपर्ने आवश्यकता भइसकेको छ,’’ मुख्यमन्त्री सिंहले भन्नुभयो, ‘‘हाम्रा आवश्यकता र चाहना असिमित रहेका छन् । त्यसैले प्रदेशले मात्रै सबै खालको बजेट उपलब्ध गराउन नसक्ने भएकाले पनि सार्वजनिक निजी साझेदारी लगायतका मोडलमा पर्यटन क्षेत्रको विकास गर्न आवश्यक रहेको छ ।’’ कार्यक्रममा मधेश प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री युवराज भट्टराईले २०८२ लाई ‘मधेश भिजिट वर्ष’का रुपमा अघि सार्ने योजना अघि बढाइरहेको बताउनुभयो । उहाँले २०८२ लाई ‘मधेश भिजिट वर्षका रुपमा अघि बढाउने गरी काम थालिएको जानकारी दिनुभयो । प्रदेश सरकारले यो वर्ष ‘घुमौँ मधेश, बुझौँ मधेश’को नारालाई अघि सार्दै आइरहेको छ ।

मन्त्री भट्टराईले मधेश प्रदेशमा रहेका आठ जिल्लाका ऐतिहासिक तथा धार्मिकस्थललाई चार वटा सर्किटमा बाँडेर विकास गर्नेतर्फ अग्रसर भइरहेको बताउनुभयो । ‘‘मधेश प्रदेश सरकारले आठ जिल्लालाई चार वटा सर्किटमा बाँडेर पर्यटन क्षेत्रको विकास गर्नेतर्फ लागिरहेका छौँं,’’ उहाँले भन्नुभयो,‘‘एकै वर्षको बजेटमा चारवटै सर्किटको पर्यटन क्षेत्रको विकास गर्न सम्भव नहोला भनेर आगामी आवको बजेटमा जनकपुरसर्किटलाई केन्द्रमा राखेर बजेट विनियोजन गरेका छौँ ।’’ उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयका पूर्व राज्यमन्त्री तथा प्रदेशसभा सदस्य रहमान अन्सारीले प्रदेश सरकारले धार्मिक मठमन्दिर तथा मस्जिदलाई टुक्रे बजेट विनियोजन गरेर मात्रै समग्र प्रदेशको पर्यटन विकास नहुने बताउनुभयो ।

अर्का प्रदेश सभासदस्य जनार्दन सिंह क्षेत्रले मधेश प्रदेशले धार्मिक पर्यटनलाई भन्दा पनि पर्सा राष्ट्रिय निकुञ्ज र कोशीटापु वन्यजन्तु आरक्षणलाई पर्यटकीय केन्द्रको रुपमा स्थापित गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘चितवनको सौराहाले जसरी विदेशी पर्यटकलाई आकर्षित गरेर विदेशी डलर आर्जन गरिरहेका छन् । त्यसैगरी हामीले पनि विदेशी पर्यटकलाई आकर्षित गर्ने खालका पूर्वाधार निर्माणमा जोेड दिन आवश्यक भइसकेको छ ।’’ प्रदेश सभासदस्य श्याम पटेलले पर्सा जिल्लामा पर्याप्त मात्रामा पर्यटकीय सम्भावना भए पनि पर्यटकको बसाइ लम्बाउन सकिएको छैन भन्नुभयो । भारतका महावाणिज्य दूतावास वीरगञ्जका महावाणिज्यदूत देवी सहाय मीनाले नेपाल र भारतबीच प्राचीनकालदेखि सामाजिक र सांस्कृतिकसम्बन्ध कायम रहेकाले पनि दुवै मुलुकमा पर्यटनको अथाह सम्भावना रहेको बताउनुभयो । ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले प्रदेश सरकारले ठोरीलाई पर्यटकीय गन्तव्य घोषणा गरेर पनि बजेट उपलब्ध नगराएको भन्दै दुःखेसो पोख्नुभयो ।

महागढीमाई नगरपालिका नगरप्रमुख उपेन्द्रप्रसाद यादवले पाँच–पाँच वर्षमा महागढीमाई मन्दिरमा ठूलो मेला लाग्ने भए पनि सङ्घीय सरकारले मन्दिर आसपासको पूर्वाधार निर्माणमा ध्यान नदिएको आरोप लगाउनुभयो । ‘‘आगामी मङ्सिर महिनामा पनि पाँच वर्षे मेला लाग्ने भएकाले पनि विदेशी पर्यटकलाई आकर्षित गर्ने खालका कार्यक्रम अघि बढाउन जरुरी देखिएको छ ।’’ उहाँले भन्नुभयो । मधेश विश्वविद्यालयका उपकुलपति दीपक शाक्यले विदेशी पर्यटनलाई आकर्षित गराउनको यातायातको सहज पहुँच, खाना बासको उचित व्यवस्थापन, सुरक्षा र रिक्रियसन र रिफ्रेस लगायतका पूर्वाधार आवश्यक पर्ने बताउनुभयो । पर्यटन अभियन्ता ओमप्रकाश सर्राफले सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय तह र निजी क्षेत्र हातेमालो गरेर पर्यटन क्षेत्रको विकासमा लागूपर्ने बताउनुभयो ।

अवकाश प्राप्त स्वयंसेविकालाई एक लाखसहित सम्मान

By
Himalayan Tribune
-
June 26, 2024
0

झापा: महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई मेचीनगर नगरपालिकाले रु एक लाख नगदसहित सम्मान गरेको छ । नगर कार्यापालिकाको दोस्रो नगरसभाको पाँचौँ अधिवेशन समापनका अवसरमा स्वयम्सेविका तेजमणि मेचेलाई सम्मान गरिएको हो ।

विगत लामो समयदेखि निरन्तर समुदायस्तरमा स्वास्थ्य सेवा प्रवाह गर्दै मेचीनगर–८ निवासी ६० वर्षका मेचेले अनिवार्य अवकाश लिनुभएको छ । पालिकाले यसअघि १२ जना स्वयंसेविकालाई सम्मान गरेको थियो । मेचीनगर नगरपालिका झापाको सबैभन्दा बढी बजेट भएको पालिका हो । मेचीनगरले यो वर्ष रु दुई अर्ब पाँच करोड २९ लाखको बजेट नगरसभामा पेस गरेको छ ।

यूरो कप: अष्ट्रिया अन्तिम १६ मा नेदरल्यान्ड्स स्तब्ध, फ्रान्स दोस्रो स्थानमा सीमित

By
Himalayan Tribune
-
June 26, 2024
0

बर्लिन । यूरो कप २०२४ अन्तर्गतको खेलमा नेदरल्यान्ड्सलाई हराउँदै अष्ट्रियाले अन्तिम १६मा सिट पक्का गरेको छ। उक्त अन्तिम खेलमा ३–२ को जित हासिल गर्दै अष्ट्रिया समूह डीको समूह विजेता बनेको हो ।

फ्रान्ससमेत रहेको कठिन समूहमा परे पनि राल्फ राग्निकको टोली तीनमध्ये दुई खेल जित्दै समूहको शीर्ष स्थानमा रहन सफल भयो । पराजयका बाबजुद पनि नेदरल्यान्ड्स तेस्रो स्थान हासिल गर्दै नकआउट चरणमा प्रवेश गरेको छ।

मंगलबार राति भएको खेलमा डोनयेल मालेनको आत्मघाती गोलको मद्दतले अस्ट्रियाले खेलको सुरुवातमा नै अग्रता लिएको थियो । त्यसपछि पहिलो हाफ थप कुनै गोल नभई सकिएको थियो ।

दोस्रो हाफमा भने गोलको वर्षा भयो । ४७ औँ मिनेटमा नै नेदरल्यान्ड्सका कोडी गाक्पोले सुन्दर गोल गर्दै खेल बराबरी गरे । ५९ औँ मिनेटमा रोमानो स्मिडले पुनः अस्ट्रियालाई अग्रता दिलाए ।

७५ औँ मिनेटमा मेम्फिस डिपायले गोल गरेपछि खेल २–२ को बराबरीमा पुग्यो । तर, ५ मिनेटपछि नै मार्सेल साबिट्जरले गोल गर्दै अस्ट्रियालाई जित दिलाए ।

उता फ्रान्सले पोल्यान्डसँग बराबरी खेलेपछि टोली दोस्रो स्थानमा नै चित्त बुझाउन बाध्य बन्यो । दुई टोलीबिचको खेल १–१ को बराबरीमा टुङ्गियो ।

५६ औ मिनेटमा किलियान एम्बाप्पेले पेनाल्टीमार्फत फ्रान्सलाई अग्रता दिलाए पनि ७९ औँ मिनेटमा रोबर्ट लेवान्डोस्कीले पेनाल्टीबाटै बराबरी गोल फर्काए ।

३ खेलपछि समूह डीमा अष्ट्रियाको ६ अङ्क रह्यो । फ्रान्सले ५ अङ्क बटुल्दा नेदरल्यान्ड्स ४ अङ्कमा सीमित बन्यो । जितविहीन पोल्यान्ड मात्र १ अङ्कमा चित्त बुझाउन बाध्य बन्यो ।

 

लमजुङमा पहिरोले तीन घर पुरिँदा चारजना बेपत्ता

By
Himalayan Tribune
-
June 26, 2024
0

लमजुङ: लमजुङको क्व्होलासोथार गाउँपालिका–३ बगुम गाउँमा गए राति पहिरोले तीन घर पुरिँदा चारजना बेपत्ता भएका छन् । पहिरोमा परी एकजना घाइते भएका छन् । लगातारको वषासँगै घर माथिबाट आएको पहिरोले स्थानीय चित्र घले, रुद्रमान गुरुङ र पञ्चकुमारी गुरुङको घर पुरिएको हो ।

पहिरोमा परी रुद्रमान गुरुङ, पञ्चकुमारी गुरुङ र उनकी पाँच वर्षीया छोरी नम्रता तथा सात वर्षीया इच्छा गुरुङ बेपत्ता भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक थानेश्वर चपाइँले जानकारी दिनुभयो । अहिले प्रहरी टोली घट्नास्थलमा उद्धारका लागि जाँदै छ ।

प्रवासी नेपाली मञ्च पोर्चुगलको अध्यक्षमा खत्री

By
Himalayan Tribune
-
June 26, 2024
0

लिस्बन (पोर्चुगल): प्रवासी नेपाली मञ्च पोर्चुगलको छैटौँ अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । सोमबार राजधानी लिस्बनमा सम्पन्न अधिवेशनबाट दीपक खत्रीको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको छ ।

अधिवेशनले उपाध्यक्षमा सुमन शर्मा चौलागाईँ, सचिवमा मिलन रेग्मी तथा उपसचिवमा प्रकाश तामाङ र मञ्जु अधिकारीलाई चयन गरेको छ । यस्तै सदस्यमा यज्ञप्रसाद डुम्रे, पुरन घर्ती, नवीनकुमार थापा, राजेन्द्रप्रसाद डुम्रे, राजन कार्की, सुनिल बन्जरा, सङ्गीता शर्मा सिलवाल, हेमन्त केसी, शिवसागर बुढाथोकी, कमल बस्नेत, सुमन सिलवाल, चित्रप्रसाद सुवेदी, सुरज विष्ट, गणेश थापा, काजीमान श्रेष्ठ, पुष्कर पन्थी, हेमराज सुवेदी, भक्त सिंह, माया खरेल र यामबहादुर पुर्काेटी सर्वसम्मत चयन गरेको छ ।

मञ्चका अध्यक्ष राजाराम लामिछानेको अध्यक्षता तथा प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा अन्तर्राष्ट्रिय कमिटीका सचिव हेम शेर्पा, केन्द्रीय सदस्य गोविन्द पौडेल, प्रवासी नेपाली मञ्च स्पेनका अध्यक्ष केदार ढुङ्गाना, एनआरएनए पोर्चुगलका अध्यक्ष्य उमेश खड्कालगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

डेढ दशकपछि बेनी–भकिम्ली सडक स्तरोन्नति

By
Himalayan Tribune
-
June 26, 2024
0

म्याग्दी: डेढ दशकपछि म्याग्दीको बेनी–भकिम्ली सडक स्तरोन्नति थालिएको छ । उक्त सडकले बेनी नगरपालिका–२, ३, ४ र मङ्गला गाउँपालिका–३ र ४ वडालाई सदरमुकाम बेनी बजारसँग जोड्छ । गण्डकी प्रदेश सरकारको बजेटमा पूर्वाधार विकास कार्यालय म्याग्दीले ठेक्कामार्फत बेनी–२ को बगरफाँटबाट दूधेखोला–हल्लेगौडा–डोले–मुसुङ जोड्ने सडक ग्राभेल र ढलान गर्ने योजना कार्यान्वयन गरेको हो ।

गत जेठ २९ गते रु पाँच करोड ५९ लाखमा ठेक्का सम्झौता गरेको माछापुच्छ्रे–हिमालयन जेभी कार्यक्षेत्रमा परिचालित भएको पूर्वाधार विकास कार्यालयका सवइन्जिनियर रविन चोखालले जानकारी दिनुभयो । यसको लागत रु सात करोड ७२ लाख रहेको छ । आगामी १८ महिनामा बगरफाँटबाट दूधेखोलासम्मको तीन किलोमिटर सडक ग्राभेल र दूधेखोलाबाट भकिम्लीतर्फ तीन सय ९० मिटर सडक ढलान गरिने छ । सडक सात मिटर चौडा बनाइने छ । विसं २०६५ मा सडक निर्माण गरिएको हो ।

उक्त सडक हाल चार मिटर चौडा छ । गण्डकी प्रदेश सरकारद्वारा चालु आवमा रु दुई करोड बजेट विनियोजन गरिएको उक्त सडकलाई बहुवर्षीय ठेक्का लगाउन रु १० करोड बजेटको स्रोत सुनिश्चितता गरिएको सवइन्जिनियर चोखालले बताउनुभयो । विसं २०७६ मा सुरु भएको रघुगङ्गा गाउँपालिकाको पिप्ले–भगवती सडक यस वर्ष निर्माण सम्पन्न भएको छ । अन्नपूर्ण गाउँपालिकाको चित्रेबाट पर्यटकीयस्थल घोडेपानी जोड्ने सडक स्तरोन्नतिको तयारी छ ।

1...753754755...1,303Page 754 of 1,303

हिमालयन ट्रिब्युनको लागि

  • सौरपानी मिडिया प्रा.लि. अन्तरगत
  • प्रकाशक: साहित्यसागर श्रोत केन्द्र
  • सम्पादक: गजे घले
  • व्यवस्थापक: आशिष पोखरेल
  • CONTACT
  • Balaju 16 Kathmandu Metropolitan City, Bagmati Province, Nepal
  • Phone No: 9851239436 US Office 4725 Fall Avenue, Richmond CA 94804, USA Phone: 1-5103236802
Copyright © 2026 Himalayan Tribune | Powered by Himalayan Tribune