Thursday, June 11, 2026
Home Blog Page 711

भारत भ्रमणले आपसी सद्भाव अभिवृद्धि र सम्बन्धलाई मजबुत तुल्याउन योगदानः परराष्ट्रमन्त्री राणा

0

काठमाडौँ: परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले आफ्नो हालै सम्पन्न भारत भ्रमणले दुई देशबीच आपसी सद्भाव अभिवृद्धि गर्नुका साथै सहयोग र सहकार्य प्रवर्द्धन गर्न उल्लेखनीय भूमिका निर्वाह गरेको बताउनुभएको छ ।

संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आज सिंहदरबारमा भएको बैठकमा भारत भ्रमणका सम्बन्धमा समितिलाई जानकारी दिँदै परराष्ट्रमन्त्री राणाले भ्रमणका माध्यमबाट दुई मुलुकबीच रहिआएको मैत्रीपूर्ण, सहयोगात्मक, बहुआयामिक र घनिष्ठ सम्बन्धलाई आपसी समानता तथा लाभका आधारमा थप मजबुत तुल्याउन योगदान गरेको विश्वास व्यक्त गर्नुभयो ।

त्यसका अतिरिक्त, भ्रमणले आगामी दिनमा उच्चस्तर एवं विभिन्न तहमा सम्पर्क विस्तार गर्न तथा द्विपक्षीय संयन्त्रसमेतका माध्यमबाट आपसी हितका लागि सहयोग र सहकार्य प्रवद्र्धन गर्न मार्गदर्शनसमेत गरेको परराष्ट्रमन्त्रीको भनाइ थियो ।

बैठकमा सांसदहरुले उठाएको जिज्ञासामा परराष्ट्रमन्त्री डा राणाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणका लागि सकारात्मक जवाफ दिएको बताउनुभयो । आफूले भदौ २ गतेदेखि ६ गतेसम्म भारतको औपचारिक भ्रमण गरेको र सो अवसरमा भारतीय प्रधानमन्त्री मोदीसँग पनि शिष्टाचार भेटवार्ता भएको उहाँले जानकारी दिनुभयो ।

“प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई व्यक्त गर्नुभएको न्यायो अभिवादन तथा शुभकामना प्रवाह गर्नुका साथै नेपालको राजकीय भ्रमणका लागि दिनुभएको निमन्त्रणा पत्र औपचारिक रूपमा उहाँलाई हस्तान्तरण गरेँ”, मन्त्री राणाले भन्नुभयो, “भारतीय प्रधानमन्त्रीले निमन्त्रणा सहर्ष स्वीकार गर्दै नेपाल भ्रमणका लागि सकारात्मक जवाफ दिनुभएको छ ।”

भारतीय विदेशमन्त्री एस जयशङ्करको निमन्त्रणामा परराष्ट्रमन्त्री राणा भारत भ्रमणमा जानुभएको थियो । परराष्ट्रमन्त्री राणाले भ्रमणका दौरान भदौ ३ गते भारतका प्रधानमन्त्री मोदीसँग नयाँ दिल्लीमा शिष्टाचार भेटघाट गर्नुभएको थियो । उक्त भेटमा नेपाल र भारतबीच रहिआएको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ तुल्याउने तथा आपसी हितका विषयमा विद्यमान सहकार्य विस्तार गर्ने सम्बन्धमा कुराकानी भएको उहाँले उल्लेख गर्नुभयो ।

यसअघि सोही दिन परराष्ट्रमन्त्री राणाले नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा भारतीय समकक्षीसँग भएको द्विपक्षीय भेटघाट महत्वपूर्ण रहेको बताउनुभयो । सो अवसरमा नेपाल र भारतकाबीच व्यापार तथा पारवहनका क्षेत्रमा सहयोग बढाउने, ऊर्जाको क्षेत्रमा खासगरी नेपालबाट भारतमा निकासी हुने विद्युत्को मात्रा बढाउँदै लैजाने, सीमापार ‘कनेक्टिभिटी’ विस्तार गर्ने, नेपालमा भारतीय लगानी प्रवर्द्धन गर्ने विषयमा छलफल भएको उहाँले बताउनुभयो ।

यस्तै उहाँका अनुसार नेपालका लागि थप हवाई प्रवेश मार्ग उपलब्ध गराउन आवश्यक छलफल अगाडि बढाउने, बाढी तथा डुबान समस्या समाधानका लागि सम्बद्ध संयन्त्र परिचालन गर्ने, पञ्चेश्वर बहुउद्देश्यीय आयोजनालाई प्राथमिकताका साथ अघि बढाउने विषयमा पनि कुराकानी भएको छ ।

खेलकुदका क्षेत्रमा खासगरी नेपालमा क्रिकेटको विकासका लागि खेलाडीको क्षमता अभिवृद्धि तथा धनगढीको फाप्लामा क्रिकेट स्टेडियमको निर्माणका लागि कार्य गर्ने, सीमा पूर्वाधारको निर्माण तथा विस्तारमा सहकार्य गर्नेलगायत नेपाल–भारत सम्बन्धका समग्र पक्षमा छलफल भएमो परराष्ट्रमन्त्रीले समिति समक्ष जानकारी गराउनुभयो ।

त्यसका अलावा विद्यमान द्विपक्षीय संयन्त्रसमेतका माध्यमबाट विभिन्न विषयमा विभिन्न तहमा हुने सम्पर्कलाई निरन्तरता दिनेबारेमा सहमति भएको जनाइएको छ । उहाँले भ्रमणले नेपाल र भारतबीच आपसी सद्भाव अभिवृद्धि गर्न उल्लेखनीय भूमिका निर्वाह गर्नुका साथै दुई मुलुकबीच रहिआएको मैत्रीपूर्ण, सहयोगात्मक, बहुआयामिक र घनिष्ठ सम्बन्धलाई आपसी समानता तथा लाभका आधारमा थप मजबुत तुल्याउन योगदान गरेको विश्वास व्यक्त गर्नुभयो ।

परराष्ट्रमन्त्री राणाले हवाई रुट सम्बन्धमा किटानिका साथ राखेको र यसलाई प्राविधिक टोलीले आवश्यक छलफल गर्ने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नेपाल प्रवेश गर्ने दुई हवाई रुटबारे किटानीका साथ हामीले कुरा राखेका छौँ, यसमा प्राविधिक टोलीले कुरा गर्ने भन्ने सैद्धान्तिक समझदारी भएको छ ।”

सरकारले राष्ट्रिय हितको संरक्षण र प्रवद्र्धनका लागि नेपालको परराष्ट्र नीति अनुरूप अन्तर्राष्ट्रिय सम्बन्ध एवम् कूटनीतिलाई सञ्चालन गर्दै आएको जानकारी दिदै उहाँले नेपालको संविधान र परराष्ट्र नीतिले परिलक्षित गरेअनुसार नेपालको हित सुनिश्चित हुने गरी अन्तर्राष्ट्रिय जगतमा प्रतिनिधित्व गर्ने गरिएको बताउनुभयो ।

परराष्ट्रमन्त्रीमुलुकको सर्वोपरी हितलाई ध्यानमा राखी विदेशस्थित कूटनीतिक नियोग तथा नियोग प्रमुखलाई परिचालन गर्ने विषयमा यो सरकार प्रतिबद्ध रहेको मन्त्री राणाले स्पष्ट पार्नुभयो । नेपालको संविधानको धारा २८२ अनुरुप राजदूत नियुक्ति गर्ने तथा सोका लागि राजदूत नियुक्ति सम्बन्धी निर्देशिका, २०७५ को दफा ८ ९ग० बमोजिम राजदूतहरूको सिफारिश गर्ने व्यवस्था प्रचलनमा रहेको छ ।

संविधानको मर्म र राजदूत नियुक्तिसम्बन्धी निर्देशिकालाई मूल आधार बनाइ राजदूतको नियुक्तिलाई थप व्यवस्थित, मर्यादित, पारदर्शी, दक्षतामा आधारित र कार्यसम्पादनमा आधारित बनाउन यो सरकार अधिकतम रूपमा प्रयासरत रहने उहाँले विश्वास दिलाउनुभयो ।

उहाँले राजदूतहरूको नियुक्तिमा राजनीति र व्यवसायिकताको सन्तुलनका लागि कम्तीमा पनि ५० प्रतिशत राजदूत परराष्ट्र सेवाबाट नियुक्त गर्ने नीतिलाई यसपटक निरन्तरता दिइएको बताउनुभयो । सेवा बाहिरबाट नियुक्तिका लागि सिफारिस गर्दा विभिन्न क्षेत्रको दक्षता र अनुभवलाई राष्ट्रहितका निम्ति अधिकतम उपयोग गर्ने गरी सिफारिस गरिएको पनि उहाँको भनाइ छ ।

ओमानसँग पर्यटन, ऊर्जालगायत चार विषयमा सम्झौता हुँदै

परराष्ट्रमन्त्री डा राणाले ओमानसँग महत्वपूर्ण पर्यटन, स्वास्थ्य, श्रम र परराष्ट्र मामिला सम्बन्धी विषयमा सम्झौताको तयारी भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार ओमानका विदेशमन्त्रीको हालै सम्पन्न नेपाल भ्रमणका दौरानमा भएको विदेशमन्त्री स्तरिय भेटका क्रममा उक्त विषयलाई प्राथमिकताका साथ समझदारी गर्ने सहमति भएको थियो ।

ज्याक डोर्सीले बनाएको ट्वीटर प्रतिबन्धित हुँदा उनकै अर्को एप मालामाल

0

काठमाडौं: इलन मस्कको एक्स प्लेटफर्म (पुरानो नाम ट्विटर) ब्राजिलमा प्रतिबन्धित छ। अब ब्राजिलियन मानिसहरू यो प्लेटफर्म पहुँच गर्न सक्षम हुनेछैनन्। एक्स प्लेटफर्मको प्रतिबन्धपछि ट्विटरका पूर्व सीईओ र सह-संस्थापक ज्याक डोर्सीको ब्लूस्काई एप लाभान्वित भएको छ। यो एपले ब्राजिलमा तीन दिनमा १० लाख प्रयोगकर्ता पाएको छ ।

टेकक्रन्चको रिपोर्ट अनुसार ब्लुस्काइ एप ब्राजिलमा आइफोन एप चार्टमा शीर्ष नि:शुल्क एपको रूपमा उभिएको छ। एक पोस्टमा सामाजिक मिडिया प्लेटफर्मले तीन दिनमा १० लाख प्रयोगकर्ताहरू थपेको बताएको छ। यसका लागि उसले पोस्ट गरेको छ ‘पछिल्लो तीन दिनमा नयाँ १० लाख प्रयोगकर्ताहरूलाई स्वागत छ।’

ब्राजिलको सर्वोच्च अदालतले आफ्नो फैसलामा इलन मस्कको एक्स प्लेटफर्म प्तिबन्ध लगाउन आदेश दिएको थियो । यसको २४ घण्टा भित्र सेवा बन्द भयो । प्रतिबन्धपछि ब्राजिलमा एक्स प्लेटफर्म अब पहुँच गर्न सकिँदैन। यहाँ एप र वेब संस्करण दुवै प्रतिबन्धित छन्।

ब्राजिलको सर्वोच्च संघीय अदालत (एसटीएफ) का न्यायाधीश अलेक्जान्डर डे मोराइसले प्रतिबन्ध पछि यदि कसैले भीपीएनको मद्दतले एक्स चलाउँछ भने उसलाई जरिवाना हुने फैसला गरे । अदालतको आदेश अनुसार भीपीएनको सहयोगमा एक्स चलाउँदा दैनिक ५० हजार रियास खर्च हुनेछ। नेपाली मुद्रामा यो लगभग १२ लाख रुपैयाँ हो।

ब्राजिलमा एक्सलाई ब्राजिलमा कूको समाचार र लोकतन्त्रलाई कमजोर बनाउने सामग्रीलाई बढावा दिएको आरोप लगाइएको छ। धेरै पटक फेक न्यूजको आरोप पनि लगाइएको छ ।

वीरगंज यातायात कार्यालयले डेढ अर्ब राजस्व सङ्कलन गर्यो

0

वीरगञ्ज (पर्सा): यातायात व्यवस्था कार्यालय वीरगञ्जले आर्थिक वर्ष २०८०/८१ मा रु एक अर्ब ५२ करोड ५१ लख ५४ हजार १५ रकम राजस्व सङ्कलन गरेको छ । कार्यालयले आव २०७९/८० को तुलनामा आव २०८०/८१ मा रु १७ करोड १९ लाख ७९ हजार एक सय ५१ रकम बढी राजस्व सङ्कलन गरेको हो ।

यातायात व्यवस्था कार्यालय वीरगञ्जका प्रमुख कमलराज गौतमले अघिल्लो आवको तुलनामा गत आवमा राजस्व सङ्कलन उत्साहप्रद रहेको बताउनुभयो । कार्यालयले आव २०७९/८० मा भने रु एक अर्ब ३५ करोड ३१ लाख ७४ हजार आठ सय ६४ रकम राजस्व सङ्कलन गरेको थियो । सो आवमा सवारीतर्फ रु एक अर्ब १९ करोड ४८ लाख १४ हजार आठ सय राजस्व सङ्कलन भएको थियो ।

सवारीचालक अनुमतिपत्रतर्फ भने रु १५ करोड ८३ लाख ६० हजार ६४ रकम राजस्व सङ्कलन भएको थियो । कार्यालयका अनुसार आव २०८०÷८१ मा बस, ट्रक, मिनीबस, मिनीट्रक, मेसिनरी औजार गरेर कुल दुई हजार दुई सय २९ सवारीसाधन दर्ता भएका छन् । त्यस्तै सोही अवधिमा कार, जिप भ्यान, माइक्रोबस, एम्बुलेन्ससहितका सवारीसाधन भने छ सय ४५ वटा दर्ता भएका छन् ।

गत आवमा टेप्पो, अटो इ–रिक्सा भने दुई हजार नौ सय ७२ वटा दर्ता भएका छन् । मोटरसाइकल र स्कुटर भने ३९ हजार सात सय ४७ वटा दर्ता भएका छन् । त्यस्तै ट्रयाक्टरलगायत सवारीसाधन भने चार सय १३ वटा दर्ता भएका छन् । गत आवमा सबैखाले नयाँ सवारीसाधन गरेर ३८ हजार चार सय ५६ वटा दर्ता भएका छन् ।

हुम्लामा तीन वर्षमा ३४ दुर्घटना, सात जनाको मृत्यु

0

सिमकोट (हुम्ला): गुणस्तरीय सडक निर्माण नभएको हिमाली दुर्गम जिल्ला हुम्लामा तीन वर्षमा यहाँका विभिन्न क्षेत्रमा ३३ ओटा दुर्घटना भएका छन् । उक्त दुर्घटनामा परी सात जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आर्थिक वर्ष २०७८/७९ मा जिप, ट्र्याक्टर, डोजर (स्काभेटर) गरी छ वटा दुर्घटनामा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेन्द्र चन्दले बताउनुभयो । उक्त वर्षमा एकजना बालकको जिप दुर्घटनामा परी मृत्यु भएको थियो । दुर्घटनामा परी छजना घाइते भएका थिए ।

आव २०७९/८० मा विभिन्न स्थानमा १० वटा दुर्घटना भएको थियो । सोही समयमा दुर्घटनामा परी दुई जनाको ज्यान भएको प्रहरी निरीक्षक चन्दले जानकारी दिनुभयो । उक्त वर्ष महिला र पुरुषगरी २४ जना घाइते भएका थिए । घाइते सबै विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थामा उपचारपछि घर फिर्ता भएका उहाँले बताउनुभयो ।

यस्तै गतमा जिल्लाका विभिन्न स्थानमा १८ वटा दुर्घटना भएका छन् । दुर्घटनामा परी महिला र बालक एक/एक र पुरुष दुई जनाले ज्यान गुमाएका प्रहरी निरीक्षक चन्दले जानकारी दिनुभयो । यो तीन वर्षमा गत आवमा बढी दुर्घटना हुनुका साथै दुर्घटनामा परी मृत्यु हुनेको सङ्ऋया पनि बढी रहेको उहाँले बताउनुभयो । यो आर्थिक वर्षमा ३५ जना घाइते भएका थिए ।

नरैनापुर अपडेटःशरीरमा पानीको कमीले एकैपरिवारका तीनसहित चारजनाको मृत्यु भएको पुष्टि

0

जानकी (बाँके) शरीरमा पानीको कमीले भएकाले एकैपरिवारका तीनसहित एकजना बालकको चार मृत्यु भएको पुष्टि भएको छ । स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी एवं महामारी रोगका ‘फोकल पर्सन’ नरेन्द्र श्रेष्ठले नरैनापुर गाउँपालिका–३ स्थित गेग्ली गाउँमा एकै परिवारका एक बालकसहित चार जनाको शरीरमा पानीको कमी भएकाले मृत्यु भएको जानकारी दिनुभयो ।

“मृतकका परिवारले स्वास्थ्यकर्मीलाई दिएको रोगको लक्षणका आधारमा जिल्ला स्वास्थ्य कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनका अनुसार झाडापखालाका कारण शरीरमा पानीको मात्रा कमी हुनाले ७२ घण्टामा चार जनाको मृत्यु भएको हो”, फोकल पर्सन श्रेष्ठले भन्नुभयो ।

नरैनापुर गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख नागेन्द्र शाहले भन्नुभयो, “हामीले मृतकको उपचार गर्न समय पाएनौँ । मृतकका आफन्तका अनुसार मृतक चारैजनालाई झाडापखाला भएको समयमा जीवनजललगायत अन्य झोलिलो पिउने पदार्थको अभाव भएको थियो ।” स्वास्थ्य कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा झाडापखाला भई शरीरमा पानीको मात्रा कमी भएकाले निजहरुको मृत्यु भएको पुष्टि गरेको उहाँले बताउनुभयो ।

यही भदौ १४ गतेदेखि फैलिएको झाडापखाला महामारीका रुपमा भने नरहेको स्वास्थ्य शाखाका प्रमुख शाहले जानकारी दिनुभयो । नरैनापुर–३ स्थित गेग्लीका श्यामलाल पासीको घरमा पहिलोपटक झाडापखालाको सङ्क्रमण देखिएको थियो । उहाँका अनुसार ज्वरो आउने, पेट दुख्ने, टाउको दुख्ने र एकदिनमा तीनदेखि चार पटकसम्म पातलो दिसा भएकाले शरीरमा पानी अपुग हुन गई पासीको एकैघरका तीन जनाको मृत्यु भएको हो ।

स्वास्थ्य शाखा प्रमुख शाहले मृतकलाई आफन्तले बिरामी हुँदा भारतीय क्लिनिकमा उपचार गराएको र सोही क्रममा मृत्यु भएको जानकारी दिनुभयो । मृत्यु भएपछि मात्रै जिल्ला स्वास्थ्य कार्यालयलाई जानकारी प्राप्त भएको उहाँले बताउनुभयो ।

शाहले गेग्लीमा एकैदिनमा झाडापखालाबाट कसैको पनि मृत्यु नभएको जानकारी दिँदै भन्नुभयो, “एकै परिवारका ७५ वर्षीय शान्ति पासी, उहाँकी २६ वर्षीया बुहारी उषा पासी र सोही परिवारकी एक वर्षकी नाबालिकाको क्रमशः भदौ १४, १५ र १६ गते मृत्यु भएको हो ।” उहाँले एकैदिन तीन जनाको मृत्यु नभएको जानकारी दिनुभयो ।

स्वास्थ्य शाखा प्रमुख शाहले मृतकका आफन्तले समयमा उपचार नगराएका भन्दै परिवारको लापरबाहीका कारण चार जनाको ज्यान गएको बताउनुभयो । “समयमै जाँच गरेको भए रोग पहिचान भइएर उपचार हुन्थ्यो”, उहाँले भन्नुभयो, “परिवारको लापरबाहीले गर्दा अकालमा ज्यान गएको छ । चेतनाको कमीले गर्दा यस्तो घटना भएको हो ।”

नरैनापुर–३ कालाफाँटा स्वास्थ्य संस्थाका प्रमुख मो तैयब राइनले गेग्लीमा झाडापखाला फैलिएको जानकारी पाउनेबित्तिकै आवश्यक औषधिसहितको टोली परिचालित गरिएको बताउनुभयो । गाउँमा अहिले दुई बालबालिकामा पखाला पुष्टि भएको बताउँदै एकको स्थानीयस्तरमा र एकजनाको भेरी अस्पताल नेपालगञ्जमा उपचार भइरहेको उहाँले जानकारी दिनुभयो ।

प्रमुख राइनले भन्नुभयो, “महामारीका रुपमा फैलिएको हो कि भनेर पालिकाले स्वास्थ्य शिविर आयोजना गरी परीक्षण गरेको छ । शिविरमा आएकामध्ये अधिकांशमा अधिकांश ज्वरो आउने, पेट दुख्ने, टाउको दुख्नेलगायत समस्या देखिए पनि यो समस्या मौसम परिवर्तनका कारण भएको हो ।” सोमबारको शिविरमा दुईजनामा झाडापखाला पुष्टि भएको उहाँले जानकारी दिनुभयो ।

नरैनापुरमा भेटिएका झाडापखालामा हैजाजन्य किटाणु नभएको भेरीमा उपचाररत बिरामीको जाँचबाट खुलेको स्वास्थ्य शाखा प्रमुख अङ्गत शाहीले जानकारी दिनुभयो । गाउँपालिकाले गाउँमा स्वास्थ्य शिविर सञ्चालन गरी पानी शुद्धीकरणका लागि आवश्यक औषधि वितरण गरेको छ । भेरी अस्पतालमा दैनिक झाडापखालाका पाँच/छ जना बिरामी आउने गरेका अस्पतालका मेसु डा प्रकाशबहादुर थापाले जानकारी दिनुभयो ।

एक वर्षमा २२ हजार हजार बढी पर्यटक लमजुङ हुँदै मनाङ पुगे

0

लमजुङ: एक वर्षमा २२ हजार तीन सय ७१ जना विदेशी पर्यटक चक्रीय अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर हुँदै मनाङ पुगेका छन् । गत आर्थिक वर्षमा २२ हजार तीन सय ७१ विदेशी पर्यटक बेँसीसहर हुँदै यस पदमार्गबाट मनाङ पुगेका हुन् ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच तथा सूचना केन्द्र धारापानीका इञ्चार्ज भूपेन्द्र गुरुङले उक्त पर्यटकमध्ये सार्क राष्ट्रका एक हजार तीन सय ७७ र अन्य मुलुकका २० हजार नौ सय ९४ पर्यटक यस पदमार्ग भएर आएको बताउनुभयो । उहाँका अनुसार १२ हजार छ सय ७५ महिला, नौ हजार छ सय ८९ पुरुष र अन्य सात जना पर्यटक यहाँ आएका छन् ।

केन्द्रका अनुसार अन्य देशबाट आएकामध्ये १२ हजार चार सय ४७ महिला, आठ हजार पाँच सय ४० पुरुष र अन्य सात जना पर्यटक रहेका गुरुङले जानकारी दिनुभयो । त्यस्तै सार्क राष्ट्रका एक हजार एक सय ४९ पुरुष र दुई सय २८ महिला पर्यटक आएका केन्द्रले जनाएको छ । केन्द्रका इञ्चार्ज गुरुङका अनुसार पदमार्गमा आएकामध्ये इजरायल, जर्मन, फ्रान्सलगायत देशका नागरिक बढी छन् ।

आव २०७९/८० मा भन्दा गत आवमा पर्यटक आगमनमा वृद्धि भएको केन्द्रका इञ्चार्ज गुरुङले बताउनुभयो । आव २०७९/८० मा २० हजार दुई ६७ पर्यटक यहाँ आएका थिए । अन्य मुलुकका १९ हजार चार सय २३ आगमन हुँदा सार्क राष्ट्रका आठ सय ४३ पर्यटक आएका उहाँले जानकारी दिनुभयो ।

कोरोना सङ्क्रमणको पहिलो लहर आएयता प्रभावित बनेको यहाँको पदमार्ग पर्यटन केही वर्षदेखि विस्तारै चलायमान हुँदै जान थालेको छ । अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर नगरपालिका–७ मनाङे चौतारामा पर्दछ । यस पदमार्गसँग लमजुङ, मनाङ, कास्की, मुस्ताङ र म्याग्दीगरी पाँच जिल्ला जोडिएका छन् । पर्यटक हिमाली, पहाडका दृश्य, उच्च पहाड, मनाङवासीको रीतिरिवाज, वेषभूषा, प्राकृतिक सुन्दरता हेर्न, मनाङबाट संसारको अग्लो थोराङला पारगरी मुस्ताङ जिल्लामा रहेको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ, कोही पोखरा जानका लागि अन्नपूर्ण पदमार्गमा पर्यटक आउने गरेको केन्द्रका इञ्चार्ज गुरुङले उल्ल्ेख गर्नुभयो ।

साथै मनाङमा रहेका विभिन्न हिमाल चढ्न र हेर्न आन्तरिक र बाह्य पर्यटक आउने गरेको उहाँको भनाइ छ । यसअघि थोराङ्ला पार गर्न करिब २१ दिन लाग्ने गरेको भन्दै पछिल्लो समयमा सवारीसाधन सञ्चालन हुन थालेपछि यात्रा छोटिएर करिब १२ दिनमा टुङ्गिने गुरुङले जानकारी दिनुभयो ।

देशको राजधानी काठमाडौँबाट लमजुङ बेँसीसहरसम्म सवारीसाधनमा पर्यटक आउने गर्दछन् । विदेशी पर्यटकजस्तै आन्तरिक पर्यटकसमेत यस पदमार्ग हुँदै मनाङ पुग्ने गरेका भन्दै आन्तरिक पर्यटकको तथ्याङ्क भने कतै अभिलेख नभएको उहाँले बताउनुभयो । यस पदमार्गमा देशका विभिन्न स्थानबाट स्वदेशी पर्यटक आउने गर्दछन् ।

ठमेलको रात्रिकालीन आचारसंहिता पालना नहुँदा स्थानीयलाई सास्ती, आनन्दले सुत्न सक्दैनन्

0

काठमाडौँ: रात छिप्पिँदै जाँदा ठमेलका बासिन्दा आनन्दले सुत्न नसकेको गुनासो गर्छन् ।रात छिप्पिदैं जाँदा ध्वनि प्रदुषणका कारण छाँया सेन्टरको नजिकै बस्ने उनी सुत्न नसको दुखेसो पोख्छन्। कोभिड महामारी पछि बन्द गरिएको ठमेलको रात्रिकालीन व्यवसाय गत वैशाखदेखि पुनःसञ्चालनमा आएको हो ।

सरकारले ठमेल र दरबारमार्ग क्षेत्र २४सै घण्टा खुला गर्ने भनेपछि ठमेलको रात्रिकालीन व्यवसाय चलायमान हुन थालेको हो । रात्रिकालीन पर्यटन व्यवसायलाई मर्यादित र अनुशासित बनाउने उद्दश्यले व्यवसायीले आचारसंहिता बनाएर लागू गरेका छन् । बनेका आचारसंहिता व्यवसायीले लागू गरे पनि क्लब तथा डान्सबारमा छोटो समयका लागि रमाइलो गर्न आउने आगन्तुकले नमान्दा ठमेल आसपासमा होहल्लाका कारण ध्वनि प्रदूषणले सास्ती हुने गरेको हो।

ठमेलको रात्रिकालीन व्यवसायको सबैभन्दा ठूलो समस्या ध्वनि प्रदूषण रहेको स्थानीय बताउँछन् । रातमा होहल्ला गर्ने, होटल, क्लबले चर्को स्वरमा गीत सङ्गीत बजाउँदा ठमेल र आसपासका बासिन्दालाई असर परेको स्थानीयको गुनासो छ।
“क्लब र होटलहरुलाई पटकपटक अनुरोध गरिरहेका छौँ, हालसम्म सुनुवाइ भएको छैन”, एक स्थानीयले भने, “प्रहरीमा कुरापुर्याउँदा केही समय नियम पालना गरे जस्तो गर्छन्, त्यसपछि उस्तै हुन्छ ।” स्थानीयको मात्रै नभई होटलमा बस्ने पाहुना तथा पर्यटकलेसमेत ठमेल व्यवस्थित बनाउनुपर्नेमा जोड दिँदै आएका छन्।

होटलमा रातिको समयमा निदाउन नपाउँदा स्वास्थ्यमा समस्या देखिन थालेको पीडित पर्यटकले गुनासो सुनाउने गरेका पर्यटक व्यवसायी भविश्वर शर्माले बताउनुभयो । ठमेल पर्यटन विकास परिषद्का पूर्वअध्यक्षसमेत रहनुभएका उहाँले २४सै घण्टा सञ्चालन गर्न बनाएको आचारसंहिता पालना नभएकाले यहाँका स्थानीय, पर्यटक र व्यवसायीलाई सास्ती हुने गरेको उहाँले जानकारी दिनुभयो ।

“ध्वनि प्रदूषण भयो भनेर पर्यटकहरुको गुनासो आउँछ”, शर्माले भन्नुभयो, “जथाभावी मादक पदार्थ सेवन गरेर सिसाका बोतल बाटोमै फाल्छन् । राति अबेरसम्म रमाइलोका नाममा चर्को स्वरमा गीत सङ्गीत बजाउँदा हामीलाई यहाँ रात काट्न सास्ती हुँदै आएको छ ।” सरोकार भएका निकायले कारबाहीको दायरामा ल्याउने कुनै पनि गतिविधि नगरेका उहाँले बताउनुभयो ।

शर्माका अनुसार ठमेल क्षेत्रमा ३६ हजार पर्यटकलाई बस्न र खानसक्ने क्षमताका होटल सञ्चालनमा छन् । कोभिडयता आन्तरिक र बाह्य पर्यटक बढ्दै गए पनि रात्रिकालीन पर्यटन व्यवसाय व्यवस्थित बनाउन नसकिएको उहाँले सुनाउनुभयो । ठमेल पर्यटन विकास परिषद्का पूर्वअध्यक्ष शर्माले आफ्नो कार्यकालमा जिल्ला सुरक्षा परिषद्, स्थानीय निकायसँग मिलेर प्रत्येक दुई महिनामा अनुगमन गर्दै आए पनि अहिले त्यस्तो निगरानी कम भएको जिकिर गर्नुभयो ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालय प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले प्रहरी प्रशासनले रात्रिकालीन ठमेल र दरबारमार्ग क्षेत्रमा सञ्चालित व्यवसायलाई सुरक्षा दिई स्थानीयलाई शान्ति दिनका लागि गुनासो सङ्कलन गरी समाधानको प्रयास गरिरहेको जानकारी दिनुभयो । “यस क्षेत्रमा शान्तिसुरुक्षाका हिसाबले सन्तोषजनक रहेको छ”, उहाँले भन्नुभयो ।

अपराधजन्य क्रियाकलाप नभए पनि प्रहरीसमक्ष राति बोटोमा हिँड्नेले हल्ला गरे भनेर फोनमार्फत गुनासो आउने गरेको प्रहरी वरिष्ठ उपरीक्षक घिमिरेले बताउनुभयो । “सुरक्षाका दृष्टिले ठमेल र दरबारमार्ग वृत्तमा थप जनशक्ति खटाएका छौँ”, उहाँले भन्नुभयो, “ट्याक्सीले बढी रकम मागे भनेर ग्राहकबाट गुनासो आउने गर्छन् । यस्तो बेला हामी तुरुन्तै प्रहरीले ठगी गर्नेलाई खोजी कारबाही गर्दै आएका छौँ ।”

परिषद्ले निर्धारण गरेको रात्रिकालीन ठमेल र दरबारमार्ग पर्यटन व्यवसाय आचारसंहितामा राति १० बजेपछि मनोरञ्जनसहित सेवा प्रदान गर्ने व्यवसायीले अनिवार्य रूपमा ध्वनि नियन्त्रण व्यवस्था गर्नुपर्ने, अत्यधिक मादक पदार्थ सेवनबाट अचेत भएको सेवाग्राहीलाई घरसम्म पु¥याउन तथा सुरक्षित रूपमा बस्ने व्यवस्था मिलाउनुपर्ने, सबै व्यवसायीको व्यापार मूल्यसूचीमा एकरुपता हुनुपर्ने, ग्राहकलाई भ्याटबिल दिनुपर्ने, रातिमा खोलिने व्यवसायीले शौचालयको व्यवस्था र सुरक्षा गार्ड अनिवार्य रुपमा राख्नुपर्ने, सबै व्यवसायी करको दायरामा आउनुपर्नेलगायत बुँदा रहेका छन् ।

त्यस्तै कलाकारले मौलिकता, संस्कृति झल्किने किसिमका गायन तथा नृत्य प्रदर्शन गर्नुपर्ने उल्लेख छ । डान्सबार तथा नृत्य प्रदर्शन हुने ठाउँमा अश्लीलता प्रदर्शन नहुनेगरी स्वस्थ मनोरञ्जन दिँदै कलाकृति र ुंस्कृति झल्कने किसिमका देखाउनुपर्ने आचारसंहिता उल्लेख गरिएको छ ।

ठमेल पर्यटन विकास परिषद्का महासचिव बद्री तिमल्सिनाले होटल व्यवसायी र सेवाग्राहीले आचारसंहिता आत्मसात् नगरेको बताउनुभयो । परिषद्ले समयसमयमा अनुगमन गर्नुका साथै सुरक्षालाई कडाइ गर्न प्रहरी परिचालन गरिरहेको उहाँले जानकारी दिनुभयो । “आचारसंहिता पूर्ण रुपमा कार्यान्वयन गराउन अभ्यासरत छौँ । आचारसंहिता उल्लेख गरिएका बुँदाको पर्यन व्यवसायीले पालना गरी सहयोग गर्न अनुरोध गर्दछौँ”, उहाँले भन्नुभयो ।

शेख हसिनाविरुद्ध अहिलेसम्म ८४ वटा मुद्दामा एफआईआर, हत्याका थप दुई नयाँ मुद्दा दर्ता

0

काठमाडौं: बंगलादेशमा कोटा सुधार आन्दोलनका क्रममा दुई बीएनपी कार्यकर्ता सहित तीन जनाको हत्या गरेको आरोपमा बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिना र उनका पूर्व क्याबिनेट मन्त्रीहरू विरुद्ध दुई नयाँ हत्याको मुद्दा दर्ता गरिएको छ।

यी दुवै मुद्दा शुक्रबार ढाका अदालतमा दर्ता भएका थिए। हसिनाविरुद्ध दर्ता भएका विभिन्न मुद्दामा यी नयाँ मुद्दा हुन्। सरकारी जागिरमा आरक्षण प्रणालीको विरोधमा विद्यार्थीहरूले गरेको व्यापक विरोधपछि हसिना अगस्ट ५ मा आफ्नो पद छोडेर भारत गएकी थिइन् ।

‘डेली स्टार’ अखबारले जनाएअनुसार यी दुई मुद्दासँगै हसिनामाथि हत्याको आरोपमा ७०, मानवताविरुद्धको अपराध र नरसंहारको आरोपमा आठ र अपहरणका तीन मुद्दासहित ८४ मुद्दा दर्ता भएको छ ।

बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) का मतिउर रहमानले अगस्ट ४ मा पार्टी कार्यकर्ता जुल्कार हुसेन (३८) र अञ्जना (२८) को मृत्युको विषयमा किशोरगञ्जमा मुद्दा दायर गरेका थिए।

मुद्दाको विवरण अनुसार विरोध प्रदर्शनका क्रममा अवामी लिगका नेताहरूले विद्यार्थी र बिएनपी कार्यकर्ताको जुलुसमा लाठी र धारिलो हतियारले आक्रमण गरेका थिए ।

बिएनपीका केही कार्यकर्ताले नजिकैको खोरमापटारी क्षेत्रमा रहेको जिल्ला अवामी लिग नेताको घरमा शरण लिएका थिए जहाँ उनीहरूलाई हसिना नेतृत्वको पार्टीका कार्यकर्ताहरूले बन्धक बनाएर आगो लगाइदिएपछि हुसेन र अञ्जनाको मृत्यु भएको थियो ।

यस मुद्दामा हसिना, पूर्व सडक यातायात तथा पुल मन्त्री ओबैदुल कादेरसहित ८८ जनालाई आरोपी बनाइएको छ । मुन्शीगञ्जमा २२ वर्षीय युवकको मृत्युको दोस्रो नयाँ मुद्दा दर्ता भएको छ । अगस्ट ४ मा सहरको सुपरमार्केट क्षेत्रमा विद्यार्थीको नेतृत्वमा भएको विरोध प्रदर्शनका क्रममा उनको गोली हानी हत्या गरिएको थियो ।

आफू मरिसकेर फेरि बाँचेको दावी गर्ने व्यक्तिसँग नर्वेकी राजकुमारीले विवाह गरिन्

0

काठमाडौं । नर्वेकी राजकुमारी मार्था लुइसले अमेरिकी जादूगर ड्युरिक भेरिटसँग विवाह गरेकी छिन् । यो विवाहको खबर मिडियामा आएसँगै यो नर्वेदेखि विश्वस्तरमा चर्चाको विषय बनेको छ ।

राजकुमारी मार्था लुइस र डुरिक भेरेटको विवाहको योजना पूर्ण रूपमा गोप्य राखिएको थियो। बिहे गेराङ्गरको एक होटलमा भएको थियो, जहाँ परिवार र नजिकका साथीहरुको सहभागिता थियो । शाही परम्पराबाट अलग भएको समारोहमा न त ठूलो भीड थियो न सार्वजनिक उत्सवहरू।

नेटफ्लिक्सको एक वृत्तचित्र टोली पनि यस अवसरको लागि उपस्थित थियो। यी ठूला मिडिया कम्पनीहरूको उपस्थितिले स्थानीय सञ्चारमाध्यमहरूमा असन्तुष्टि सिर्जना गर्यो, किनकि उनीहरूलाई यो विशेष अवसरबाट बाहिर राखिएको थियो।

राजकुमारी मार्था लुइसका आमाबाबु राजा हाराल्ड र रानी सोन्जा यस अवसरमा उपस्थित थिए। यसबाहेक, स्वीडेन र नेदरल्याण्ड्सका शाही परिवारका सदस्यहरू पनि समारोहमा उपस्थित थिए। मार्थाको पहिलो विवाहबाट जन्मिएका तीन छोरीहरू पनि समारोहमा उपस्थित थिए।

राजकुमारी मार्था लुइस र ड्यूरिक भेरिटले २०२२ मा आफ्नो इंगेजमेन्टको घोषणा गरेका थिए । पछि, नर्वेली दरबारले मार्था लुइसले आफ्नो व्यक्तिगत र शाही कर्तव्यहरू बीचको स्पष्ट भिन्नता स्थापित गर्नको लागि आफ्नो शाही भूमिका त्याग्ने घोषणा गरेको थियो ।

गत वर्ष मार्था लुइसले एक मिडिया अन्तरवार्तामा आफ्नो “परम्परागत शाही” जिम्मेवारी छोडेर नयाँ बाटो पछ्याउने निर्णयको बारेमा बोलेकी थिइन् । मार्थाले पहिले आफू भविष्यवक्ता भएको दाबी गरिन् र २०१८ सम्म एक विद्यालय चलाएको बताइन् जहाँ विद्यार्थीहरूलाई कसरी “चमत्कार गर्ने” र स्वर्गदूतहरूसँग कुरा गर्ने भनेर सिकाइन्थ्यो । उनका प्रेमी भेरिटले पनि आफू शमनको छ पुस्ताको सबैभन्दा नयाँ कडी भएको र एक पटक आफू चार मिनेट २५ सेकेन्डको लागि मरेको दाबी गरेका थिए ।

मन्त्री दिपक मनाङेको राजीनामा स्वीकृत

0

गण्डकी। गण्डकी प्रदेश सरकारका वन तथा वातावरणमन्त्री राजीव गुरूङ अर्थात दीपक मनाङेले पदबाट राजीनामा दिएका छन्। आज मन्त्रिपरिषद् हेरफेरका क्रममा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी सम्हालीरहेका उनलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको थियो।

मनाङेले परिवर्तित राजनीतिक घटनाक्रममा कारण राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख गरेको छ। मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उनको राजीनामा स्वीकृत गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

मनाङे मनाङबाट स्वतन्त्र उम्मेदवारी दिएर प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए। मुख्यमन्त्री पाण्डेले आजै नेकपा (एमाले) का चार जना मन्त्री नियुक्त गरेका थिए।