Friday, June 12, 2026
Home Blog Page 693

श्रीलंकामा २६९ जनाको ज्यान जाने गरी भएको ‘इस्टर सन्डे आक्रमण’ को जाँच फेरि सुरु हुने

0

काठमाडौं: श्रीलंकाका नयाँ राष्ट्रपति अनुरा कुमारा दिसानायकेले मंगलबार २०१९ इस्टर सन्डेको आतंककारी हमलाको अनुसन्धान पुनः सुरु गर्ने बताएका छन् ।

सेप्टेम्बर २१ मा श्रीलंकामा भएको राष्ट्रपति निर्वाचनमा विजयी भएपछि दिसानायकेले २२ सेप्टेम्बरमा पदभार ग्रहण गरेका थिए। राष्ट्रपतिमा निर्वाचित भएपछि क्याथोलिक चर्चका प्रमुख माल्कम कार्डिनल रञ्जितसँग शिष्टाचार भेट गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

कार्डिनल रञ्जितले भने, ‘नयाँ राष्ट्रपतिले हामीलाई इस्टर सन्डेको आक्रमणको सत्यता बाहिर ल्याइने आश्वासन दिनुभएको छ।’ रञ्जितले इस्टर सन्डेको समयमा तारे दर्जाका होटल र गिर्जाघरमा भएको आक्रमणको यसअघि भएको अनुसन्धानको आलोचना गरेका छन्, जसमा विदेशी पर्यटकसहित २६९ जनाको मृत्यु भएको थियो।

दुवै पूर्व राष्ट्रपति गोटाबाया राजापाक्षे र रनिल विक्रमासिंघेलाई दोष दिँदै रञ्जितले इस्टर सन्डेको आक्रमणको अनुसन्धानलाई राजनीतिक आवरणको रूपमा वर्णन गरे।

उनले यी आक्रमणहरू स्थानीय जिहादी समूह नेशनल तौहीद जमात (एनटीजे) ले गराएको बताए। चर्चको दबाबपछि पूर्व राष्ट्रपति मैत्रीपाला सिरिसेनाले उच्चस्तरीय छानबिन समिति गठन गरेका थिए ।

श्रीलंकाको सर्वोच्च अदालतले राष्ट्रपति मैत्रीपाला सिरिसेनालाई आसन्न आक्रमणको विश्वसनीय जानकारी हुँदाहुँदै पनि देशको सबैभन्दा खराब आतंककारी हमलालाई रोक्नको लागि लापरवाही गरेकोमा पीडितहरूलाई १० करोड श्रीलंकाली रुपैयाँ क्षतिपूर्ति दिन आदेश दिएको छ ।

शीर्ष सुरक्षा अधिकारीहरू पनि भारतबाट प्राप्त पूर्व गुप्तचर चेतावनीहरूलाई बेवास्ता गरेकोमा आपराधिक लापरवाहीको आरोपमा दोषी पाइए। सन् २०१९ मा, इस्टर आइतबार २१ अप्रिलमा थियो। यस दिन श्रीलंकाका तीनवटा गिर्जाघर र राजधानी कोलम्बोका तीनवटा लक्जरी होटलमा आत्मघाती बम आक्रमण भएको थियो ।

सोही दिन देमाटागोडास्थित एक आवासीय परिसर र देहीवालाको गेस्ट हाउसमा दुईवटा साना बम विस्फोट भएका थिए । यी श्रृंखलाबद्ध आतंकवादी बम विष्फोटमा ४५ विदेशी नागरिक, ११ भारतीय नागरिक र तीन प्रहरी अधिकारी गरी जम्मा २६९ जनाको ज्यान गएको थियो । करिब ५ सय जना घाइते भएका थिए । आईएसआईएससँग सम्बन्धित आठ आत्मघाती हमलाकारीले यी बम हमला गरेका थिए।

इरानले आफूलाई मार्न चाहेको तर नसकेको ट्रम्पको दाबी

0

काठमाडौं: अमेरिकी पूर्व राष्ट्रपति तथा आसन्न निर्वाचनका लागि रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले इरानले आफूलाई मार्न चाहेको तर त्यसमा सफल नभएको बताएका छन् । इरानले फेरि यस्तै प्रयास गर्न सक्ने ट्रम्पले दाबी गरे ।

ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मेरो ज्यानलाई इरानबाट ठूलो खतरा छ । सम्पूर्ण अमेरिकी सेना हेरिरहेको र पर्खिरहेको छ। इरानले प्रयास गरेको थियो तर असफल भयो । तर उसले फेरि प्रयास गर्नेछ। यो अवस्था कसैको लागि राम्रो होइन। म धेरै मानिसहरू, बन्दुक र हतियारहरूले घेरिएको छु। म पहिले यो भन्दा धेरै मानिसहरूले घेरिएको थिइन।’

उनले लेखेका छन्, ‘मेरो सुरक्षाका लागि थप रकम विनियोजन गरेकोमा संसदलाई धन्यवाद । रिपब्लिकन र डेमोक्र्याटिक सांसदहरू यस मुद्दामा एकजुट भएको देख्दा राम्रो लाग्यो। तर, पूर्वराष्ट्रपतिमाथि हमला भयो भने त्यो आक्रमणकारीले मृत्युलाई निम्तो दिनुजस्तै हो ।’

अमेरिकी राष्ट्रपति चुनावअघि ट्रम्पको यस्तो भनाइलाई कतिपयले उनको नयाँ शिगुफाको रुपमा लिएका छन् । तर, ट्रम्पको यो भनाइपछि अमेरिकी राष्ट्रपतिको सुरक्षालाई लिएर बहस सुरु भएको छ ।

अमेरिकामा नोभेम्बर ५ मा राष्ट्रपतिको निर्वाचन हुँदैछ । रिपब्लिकन उम्मेदवार ट्रम्पले डेमोक्रेटिक पार्टीकी कमला ह्यारिससँग प्रतिस्पर्धा गरिरहेका छन् ।

न्यायाधीश नियुक्तिको प्रक्रियामा नेपाल बारको विरोध

0

काठमाडौं: नेपाल बार एशोसिएशन प्रधानन्यायाधीशले गैर संवैधानिक नियमावलीको आधारमा न्यायाधीश नियुक्ति गर्न खोजेको आरोप लगाउदै आन्दोलित भएको छ।

बार एशोसिएशनले आयोजना गरेको विरोध कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष गोपालकृष्ण घिमिरेले आफूहरुले विगत १ वर्षदेखि उठाउँदै आएको विषयलाई नजर अन्दाज गरी न्यायाधीश नियुक्ति गर्न खोजिएको बताएका हुन्।

न्याय परिषद्ले २०८० असोज १ गते न्याय परिषद् नियमावली २०७४ मा संशोधन गरेको थियो । उक्त संशोधन संविधानको धारा १४१ को उपधारा १ र ३ सँग प्रत्यक्ष रुपमा बाझिएको छ। उक्त संशोधनले न्यायाधीशहरुको वरियतालाई उथलपुथल गरेको र न्यायालयको गरिमालाई घटाउने काम गरेको अध्यक्ष घिमिरेको दाबी छ।

गैर संवैधानिक काम प्रधानन्यायाधीशको अध्यक्षताको न्याय परिषद्ले गरिराखेको अवस्थामा आफूहरुलाई न्यायाधीश नियुक्तिको विरोध गरियो भन्ने आरोप पनि लाग्ने गरेको उनले बताए। अध्यक्ष घिमिरेले आफूहरुको माग गैर संवैधानिक रुपमा संशोधित नियमावली खारेज हुनुपर्ने आफूहरुको माग रहेको बताए।

एनआरएनए यूके अध्यक्ष गाहामगरले वंशजको नागरिकता माग्दै राप्रपा अध्यक्ष लिङ्देनलाई बुझाए ज्ञापनपत्र

0

लन्डन: एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहा मगरले गैर आवसीय नेपाली नागरिक (एनआरएन) लाई वंशजको नेपाली नागरिकता दिलाउन माग गरेका छन्।

गाहा मगरले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई सोका लागि पहल गरिदिन आग्रह गर्दै ज्ञापनपत्र बुझाएका छन्।

नेपाली कांग्रेस र एमालेको बहुमत सरकारले संविधान संशोधन गर्ने चर्चा चलिरहेका बेला गाहा मगरले गत आइतबार अल्डरसटमा आयोजित एक जनसभामा लिङ्देनलाई ज्ञापन बुझाएका हुन्।

उनले राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलाई पनि ज्ञापन पत्र बुझाएका थिए। राप्रपा केन्द्रीय नेताहरु यतिखेर बेलायत भ्रमणमा छन्।

झण्डै १९ महिनापछि लिङ्देनलाई उही विषयको ज्ञापनपत्र बुझाएर सहयोग अनुरोध गरेको गाहा मगरले बताए।

ज्ञापन पत्रमा गैरआवासीय नेपाली संघ यूकेले विश्वभर छरिएर रहेका वंशजका नेपाली नागरिकहरुको मागको सम्बोधन गर्न, वंशजका नेपाली नागरिकलाई सधैंका लागि नेपाली नै रहिरहन दिनका लागि नेपालको नागरिकता ऐन २०६३ (पहिलो संशोधन २०७९) को दफा १०, उपदफा १ मा उल्लेख भएको विदेशी नागरिकता लिएपछि नेपाली नागरिकता कायम नरहने भन्ने प्रावधान संशोधन गर्न जोड दिइएको छ।

गैरआवासीय नेपालीहरुलाई नेपालको वंशजको नागरिकताबाट वञ्चित गराउने खालका नेपालको संविधान तथा कानूनमा भएका असमान प्रावधानहरुलाई तुरुन्त परिवर्तन गरी गैरआवासीय नेपालीका लागि वंशजको नेपाली नागरिकता निरन्तरताको प्रत्याभूति गराउन गैरआवासीय नेपाली संघ यूकेको माग छ ।

नेपाल नागरिकता ऐन, २०६३ मा भएको संशोधनले गैरआवासीय नेपाली नागरिकताको व्यवस्था गरेपनि यो व्यवस्थाले पहिले नै प्राप्त नेपाली नागरिकताको निरन्तरता नहुने एनआरएनए यूकेको धारणा छ।

साथै ज्ञापनमा गोर्खाहरु त्रिपक्षीय सन्धि अन्तर्गत भर्ती भएर आएकाले गोर्खा तथा निजका सन्ततिहरुको नेपाली नागरिकता कायमै रहने व्यवस्था गर्न पनि जोडदार माग छ।

ज्ञापन बुझ्दै राप्रपा अध्यक्ष लिङ्देनले आफ्नो पार्टीको मुल मुद्दा पनि वंशजको नेपाली नागरिकता निरन्तरता भएकाले एनआरएनए यूकेको चासोलाई सम्बोधन 
गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए।

आइसीसी एकदिवसीय वरियतामा नेपालको वरियता एक स्थान तल झर्‍यो

0

काठमाडौं: आइसीसीको एकदिवसीय वारियतामा नेपाल एक स्थान तल झरेको छ।

आइसीसीको नयाँ वरियतामा एकदिवसीय क्रिकेटमा लगातार हार बेहोरेको नेपाल १७औ स्थानमा पुगेको हो। यसअघि नेपाल १६औँ स्थानमा रहेको थियो।

त्यस्तै पछिल्ला खेलहरुमा जित हासिल गरेको क्यानडाले भने चार स्थान सुधार गर्दै १५औं स्थानमा उक्लिएको छ। त्यस्तै अमेरिका एक स्थान उक्लिएर नेपाल भन्दा अगाडी १६औँ स्थानमा रहेको छ। त्यस्तै खराब प्रदर्शन गरिरहेको नामिबिया तीन स्थान तल झरेर १८औँ स्थानमा पुगेको छ भने ओमान एक स्थान तल झरेर १९औँ स्थानमा पुगेको छ।

त्यस्तै एकदिवसीय क्रिकेटको शीर्ष स्थानमा भारत रहेको छ भने दोस्रो स्थानमा अस्ट्रेलिया रहेको छ।

भोलिदेखि देशभर भारी वर्षाकाे सम्भावना, ५६ जिल्ला उच्च जोखिममा

0

काठमाडौं: जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा भोलि बिहीबारदेखि चार दिन लगातार देशभर मौसम बदली हुने भएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज अपराह्न विशेष मौसम बुलेटिन सार्वजनिक गर्दै उक्त बदलीपछि पर्ने वर्षाका कारण ५६ जिल्ला उच्च जोखिममा रहेको समेत जानकारी गराएको छ।

महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। ‘बंगालको खाडीबाट प्रवाह हुने जलवाष्पयुक्त हावा साथै त्यस क्षेत्रमा बनेको न्यूनचापीय प्रणालीको प्रभावको कारण २०८१ असोज १० गते बिहीबार दिउँसोदेखि असोज १३ (आइतबार) सम्म देशभर साधारणतयादेखि पूर्णतया बदली रही अधिकांश स्थानमा मेघ गर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा तथा कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरू तथा मधेस प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ’, महाशाखाले जारी गरेको विशेष बुलेटिनमा उल्लेख छ।

साथै देशका तराई भू–भागका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको जनाइएको छ साथै गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरू तथा कोशी प्रदेश, बागमती प्रदेश, मधेस प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेको छ।

असोज १० गते बिहीबार दिउँसोदेखि देशभर साधारणतयादेखि पूर्णतया बदली रही देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका थोरै स्थानहरू तथा मधेस प्रदेशका एक–दुई स्थानमा मेघ गर्जनरचट्याङ्गसहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जनाइएको छ। साथै देशका तराई भू–भागका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ।

असोज ११ गते (शुक्रबार)देखि देशभर साधारणतयादेखि पूर्णतया बदली रही देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र कोशी प्रदेश, बागमती प्रदेशका, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश तथा कर्णाली प्रदेशका केही स्थानमा तथा मधेस प्रदेशका थोरै मेघ गर्जन/चट्याङ्गसहित भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको जनाइएको छ। साथै देशका तराई भू–भागका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको जनाइएको छ।

साथै गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जनरचट्याङसहित अति भारी वर्षाको समेत सम्भावना रहेको छ।

असोज १२ गते (शनिबार) देशभर साधारणतयादेखि पूर्णतया बदली रही देशका अधिकांश स्थानहरू हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र बागमती प्रदेशका, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश तथा कर्णाली प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित भारीदेखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ। साथै देशका लुम्बिनी प्रदेश, गण्डकी प्रदेश तथा कर्णाली प्रदेशका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।

असोज १३ गते (आइतबार) देशभर आंशिकदेखि साधारणतया बदली रही देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघ गर्जनरचट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको जनाइएको छ।

यस प्रणालीको प्रभावले विशेषगरी वर्षाको कारण भू–क्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको र मनसुनमा रातिको समयमा पानी पर्ने सम्भावना बढी हुने गरेकाले सहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको जनाइएको छ।

यस्तै महाशाखाले ठूला तथा साना नदी नाला र खोलामा पानीको सतह बढ्नसक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी क्षेत्र आसपासका निर्माण कार्य, सडक तथा हवाई यातायातसमेत प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता तथा पूर्वतयारी अपनाउनुहुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायमा अनुरोध गरेका छ। बालीनालीमा क्षति गर्ने भएकाले विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ।

कुन-कुन जिल्ला उच्च जोखिममा ?

महाशाखाका अनुसार विभिन्न ५३ जिल्लालाई रेड जोनमा राखेको छ। ती जिल्ला उच्च जोखिममा रहेको भन्दै विभागले विशेष बुलेटिनमार्फत सावधानी अपनाउन अनुरोध गरेको छ।

महाशाखाका अनुसार कोशी प्रदेशका झापा, सुनसरी, धनकुटा, तेह्रथुम, खोटाङ, ओखलढुङ्गा, उदयपुर, भोजपुर, इलाम, पाँचथर, मोरङलाई उच्च जोखिममा राखिएको छ। यस्तै मधेस प्रदेशका सिरहा, सप्तरी र पर्सा पनि उच्च जोखिममा रहेका छन्।

यस्तै बागमतीका मकवानपुर, चितवन, धादिङ, नुवाकोट, रसुवा, काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, सिन्धुली र रामेछाप उच्च जोखिममा छन्। गण्डकी प्रदेशको म्याग्दी, बागलुङ, तनहुँ, स्याङ्जा, नवलपरासी पूर्व, कास्की, पर्वत, लमजुङ, गोरखा र मनाङ जिल्ला जोखिममा छन्।

यस्तै लुम्बिनीका जाजरकोट, रुकुमपश्चिम, दैलेख, सुर्खेत, सल्यान तथा सुदूरपश्चिमको डोटी, कैलाली र अछाम जिल्ला उच्च जोखिममा रहेको जनाइएको छ।

जापानमा चामलको अभाव चुलियो

0

टोकियो: जापानजस्तो मुलुकमा चामलको अभावको खबर सुन्दा अचम्म लाग्न सक्छ।

चामल सुशीदेखि ओनिगिरी र याकितोरी डोनसम्म कयौँ परिकारमा प्रयोग हुन्छ । तर अहिले जापानले दशकौँयताकै उच्च चामल अभावको सामना गरिरहेको छ ।

खराब मौसमका कारण चामल उत्पादन प्रभावित भएपछि यस्तो समस्या आएको हो।
हाल जापानमा पर्यटकको आगमनमा भएको वृद्धिका कारण चामलको माग बढ्दा चामलको अभाव झनै चर्किएको छ । यस वर्षको गर्मीयामभरि जापानमा सुपरमार्केटमा चामलको बोरा खासै धेरै देख्न पाइएन ।

गएको तीन वर्षयता त्यहाँ चामलको उत्पादन भन्दा माग धेरै छ । यसले गर्दा चामलको सञ्चिति २० वर्षकै न्यून स्तरमा झरेको अमेरिकी कृषि मन्त्रालयले गत हप्ता सार्वजनिक गरेको प्रतिवेदनमा भनेको थियो । जापानमा ताइफुको सिजन नजिकिँदै गरेको अनि ठुलै भूकम्प जाने चेतावनीबिच उपभोक्ताहरूले पनि जगेडा चामल थुपारेर राख्न थालेका छन् ।

अगस्टमा चामलको अभाव भएपछि जापानी सुपर मार्केटहरूले एक जनाले एक झोला चामल मात्रै किन्न पाउने नियम ल्याएका थिए । पर्यटकहरूको आगमन बढेसँगै चामलको प्रयोग गरेर बनाइने सुशीलगायत परिकारको माग बढ्दा आंशिक रूपमा चामलको अभाव भएको एनएचकेले भनेको छ ।

अगस्टमा जापानमा प्रति ६० केजी चामलको भाउ १६ हजार १३३ येनमा पुगेको थियो । यो अघिल्लो महीनाको तुलनामा ३ प्रतिशत धेरै हो भने यस वर्षको सुरुयता ५ प्रतिशत धेरै हो ।

 

प्रधानमन्त्रीविरुद्ध सामाजिक सञ्जालमा भइरहेका गतिविधि देशहित विपरीत छन् : महासचिव पोखरेल

0

सुदूरपश्चिम: नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओली विदेशमा रहेका बेला उहाँविरुद्ध सामाजिक सञ्जालमार्फत भइरहेका गतिविधि देशहित विपरीत र खेदजनक रहेको बताउनुभएको छ ।

कैलालीको धनगढीमा आज प्रेस चौतारी नेपालले गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले अमेरिका भ्रमणमा रहनुभएका प्रधानमन्त्री ओलीविरुद्ध त्यहाँ कुनै प्रकारको विरोध प्रदर्शन नभएको र उहाँको भ्रमण अत्यन्त सफल ढङ्गले भइरहेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “प्रधानमन्त्री ओलीसँग संवाद गर्न अमेरिकाको बौद्धिक वर्ग लालायित देखिएको छ ।”

महासचिव पोखरेलले सहकारी प्रकरणका सन्दर्भमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि लागेको आरोपको अनुसन्धान रोक्न भइरहेका गतिविधि कानुनी राज्यमाथिको उपहास भएको बताउनुभयो । उहाँले भन्नुभयो, “सुशासनका कुरा गर्नेले अनुसन्धानको प्रक्रियामा जान नमान्ने कुरा उचित होइन, निःसर्त सहयोग गर्नुपर्छ ।”

मुलुकको लोकतन्त्रलाई सही दिशामा लैजानका लागि नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर सरकार गठन गरेको स्पष्ट पार्दै उहाँले भन्नुभयो, “हामी संविधान कार्यान्वयनको एक दशकको समीक्षा गर्न चाहन्छौँ, संविधानका सबल पक्ष र कमजोर पक्ष खोज्न चाहन्छौँ ।”

पार्टी अध्यक्ष ओलीको नेतृत्वमा सरकार गठन भएपछि उद्योगी–व्यवसायीमा आशा जागेको, अर्थतन्त्रमा सुधारको लक्षण देखिएको, वैदेशिक लगानी भित्रिने क्रम सुरु भएको तथा लगानीको वातावरण बनेको महासचिव पोखरेलले बताउनुभयो ।

भरतपुर महानगरमा खोला किनाराका भवन भत्काउन सुरु

0

काठमाडौँ: चितवनको भरतपुर महानगरले खोलाको सिमानामा बनेका घर तथा भवन भत्काउन सुरु गरेको छ ।भरतपुर महानगरले खोलाको सिमानाभित्र रहेका भौतिक संरचना हटाउन ३५ दिने सुचना निकालेको थियो । तर, बेवास्ता गरेकाले डोजर लगाएर भत्काउन सुरु गरेको महानगरकी मेयर रेणु दाहालले जानकारी दिइन् ।

उनले सार्वजनिक जग्गाहरूमा भौतिक संरचना निर्माण गर्ने र व्यवसाय सञ्चालनको लागि भाडामा दिने गरेको पाइएको दाबी गरेकी थिइन् । जसमा पुङ्गी खोलाको सिमाङ्कन महानगरको ११ नम्बर वडाको गणेश थानदेखि रामघाटसम्म करिब साढे ५ किलोमिटर क्षेत्रको खोला किनारको भवन भत्काउन लागिएको हो ।

महानगरले नारायणगढ बजारको मुटुमा रहेको लायन्स क्लबको भवन पुगी खोलाको क्षेत्रमा निर्माण भएकाले भत्काएको छ । करिब ५५ सालमा निर्माण भएको उक्त भवन लायन्स क्लबको आफ्नै भबन हो ।

उक्त खोलाको सिमाङ्कन नापी गर्ने क्रममा धेरै घरहरू परेका छन् । खोलाको सिमाङ्कन गर्ने क्रममा खोलाको वरपर कति मिटर छाड्ने भन्ने यकिन नभएको महानगरका नापी अधिकृत विकास देवकोटाले बताए ।

महानगरले रातो पुर्जा नभएको र खोलाको सिमाना मिचेर बनेका घर टहरा सबै हटाउने जनाएको छ । लायन्स चोकबाट परिचित उक्त स्थानको लायन्स क्लबको भवन भत्किएपछि लायन्सको अस्तित्व मेटिने चिन्ता व्यक्त गरिएको छ ।

जितु र नीति अभिनीत ज्वाइँ साब को महत्वपूर्ण दृश्य टिकटकमा लिक

0

काठमाडौं: यही असोज २४ गते फूलपातीको दिन रिलिज हुने फिल्म ‘ज्वाइँ साब’ यतिबेला चर्चामा छ । पोस्टर, टिजर र गीत ‘कसम बत्तीको’को चर्चा चुलिरहँदा फिल्मको क्लाइमेक्सको दृश्य बाहिरिएको छ ।

सार्वजनिक दृश्य त्रिभूवन विमानस्थलको रहेको छ । जहाँ फिल्मका प्रमुख कलाकार जितु नेपाल बरखी बारेको सेतो पहिरनमा हातमा बच्चा बोकेर हिँड्दै गरेको देखिएका छन् । उनले निलो ब्याग, पासपोर्ट पनि बोकेका छन् । उनको पछाडि फिल्मकी नायिका निती शाह खादा र नेपालको झण्डा बोकेर भावुक मुद्रामा उभिएकी छन् । भिडियोमा जितुलाई बिदाई गरेर निती हिँडेको देख्न सकिन्छ । दृश्य निकै मर्मस्पर्शी छ । यो दृश्यले विमानस्थलमा आफन्तको बिदाईमा उपस्थित मानिसहरुको प्रतिनिधित्व गरेको छ ।

भिडियोमा फिल्मका निर्देशक वसन्त निरौला क्यामरा विभागको टिमसँग देखिएका छन् ।दृश्य हेर्दा जितु वैदेशिक रोजगारीका लागि नेपाल छोड्न लागेको बुझ्न सकिन्छ । तर उनले के कारणले नेपाल छोडे भन्ने प्रष्ट खुलिसकेको छैन । त्यो थाहा पाउन फूलपाती नै कुर्नुपर्ने हुन्छ ।

राजकुमार पण्डित प्रस्तुतकर्ता रहेको फिल्ममा हिमेश पन्त, बुद्धि तामाङ, प्रकाश घिमिरे, रमेश बुढाथोकी, शिशिर वाङ्देल, दीपक आचार्य ‘काकु’लगायतको पनि अभिनय छ ।