Friday, June 19, 2026
Home Blog Page 646

नेपालको कुवेतमाथि १६५ रनको फराकिलो जित

0

काठमाडौं: नेपालले जारी यू-१९ महिला विश्वकपको एशिया क्वालिफायर अन्तर्गतको खेलमा कुवेतमाथि फराकिलो जित हासिल गरेको छ।

मंगलबार सम्पन्न खेलमा नेपालले कुवेतलाई १६५ रनले पराजित गरेको हो। नेपालले दिएको २१४ रनको लक्ष्य पछाएको कुवेत १३ ओभरमा ४८ रन बनाउदै अल आउट भएपछि नेपाल १६५ रनले विजयी भएको हो।

यस अघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले कप्तान पूजा महतोको शतकीय पारीको मद्दतले २० ओभरमा २ विकेट गुमाउँदै २१३ रन बनाएको थियो।

पुजाले ५७ बलमा शतक बनाएकी पुजाले अविजित १२८ रन बनाएकी थिइन्। त्यस्तै सोनी पाख्रिनले अविजित ४३ रन बनाएकी थिइन्। पूजा र सोनीबीच १५७ रनको कीर्तिमानी साझेदारी समेत बनेको थियो।

यो यस प्रतियोगितामा कुनै पनि देशले बनाएको सर्बाधिक ठुलो टोटल हो। यस अघि युएईले कुवेत विरुद्धनै २११ रन बनाएको थियो।

यो जितपछि प्रतियोगितामा नेपालले ५ खेलमा ३ जित र एक हार बेहोरेको छ। अंक तालिकामा नेपाल ५ खेलमा ८ अंकसहित दोस्रो स्थानमा रहेको छ।
त्यस्तै कुवेतले अहिलेसम्मका पाँचै खेलमा हार बेहोरेको छ।

अब नेपालले यस प्रतियोगितामा विहिबार युएईसँग खेल्ने तालिका रहेको छ। नेपालका लागि विश्वकपमा छनौट हुन यो खेल जित्नै पर्ने अवस्था सिर्जना भएको छ।

छनोट प्रतियोगिता नेपाल र कुवेतसँगै आयोजक यूएई र थाइल्याण्ड सहभागी छन्। डबल राउण्ड रोविनका आधारमा खेलाइएको यस प्रतियोगितामा शीर्ष स्थानमा रहने टोली अर्को वर्ष मलेसियामा हुने यू-१९ महिला टी-२० विश्वकपमा छनोट हुनेछ।

दीपक मनाङे जेल चलान

0

काठमाडौं । पूर्वमन्त्री एवम् गण्डकी प्रदेशका सांसद दीपक मनाङे (राजीव गुरुङ) जेल चलान भएका छन् । काठमाडौं जिल्ला अदालतले मंगलबार उनलाई डिल्लीबजार कारागार जेल चलान गरेको हो ।

सर्वोच्चको आदेशपछि सम्पर्कमा नरहेका मनाङे काठमाडौँको सानोभर्‍याङस्थित कम्फर्ट हाउजिङबाट आज बिहान पक्राउ परेका थिए ।

गत मंगलबार सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले मनाङेविरुद्ध ज्यान मार्ने उद्योगमा यसअघि उच्च अदालत पाटनबाट भएको फैसलालाई सदर गरेको थियो ।

उच्च अदालत पाटनले ज्यान मार्ने उद्योगमा मनाङेलाई पाँच वर्ष कैद सजाय सुनाएको थियो । तर, उनी उच्च अदालतको फैसलाविरुद्ध सर्वोच्च गएका थिए । २०६१ वैशाख ३१ गते ‘चक्रे मिलन’ (मिलन गुरूङ) को हात छिन्ने गरी तरबार प्रहार गरेको घटनामा उनी दोषी ठहर भएका थिए ।

मनाङेले यस मुद्धामा यसअघि नै २ बर्ष आठ महिना कैद भुक्तान गरिसकेकाले अब करिब २ बर्ष ४ महिना जेल बस्नुपर्ने भएको छ ।

महसुल नतिरेका उद्योगको लाइन जोड्ने प्राधिकरण बोर्ड बैठकको निर्णय

0

काठमाडौं । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले महसुल नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति पुनः जोड्ने निर्णय गरेको छ।

ऊर्जामन्त्री दीपक खड्काको निर्देशनमा मन्त्रिपरिषद्को निर्णयअनुसार बोर्ड बैठकले उद्योगहरूमा पुनः लाइन जोड्ने निर्णय गरेको हो। आइतबारको मन्त्रिपरिषद् बैठकले टीओडी मिटरको आधारमा महसुल तिर्न १५ दिनको समयसीमा तोकी लाइन पुनः जोड्ने निर्णय गरेको थियो।

नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनमार्फत विद्युत् उपयोग गर्ने उद्योगहरूले महसुल नतिरेपछि कात्तिक ८ गते ३४ वटा उद्योगहरूको लाइन काटेको थियो। तीमध्ये ६ उद्योगले किस्ताबन्दीमा महसुल बुझाउन थालेपछि उनीहरूको लाइन पुनः जोडिएको छ।

हुम्लाबाट जिल्ला बाहिर जान जहाजको टिकट पाउन समस्या

0

सिमकोट (हुम्ला) : यहाँका नागरिकलाई बर्सेनि जिल्ला बाहिर जानुपरे जहाजको टिकट पाउन समस्या हुने गरेको छ । हालसम्म राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लाको सिमकोटबाट नेपालगञ्ज, सुर्खेत, फोखरा, बुटवललगायत सहर पुग्न समस्या हुने गरेको हो ।

रोजगारी तथा शिक्षाका लागि जिल्ला बाहिर रहेका नागरिक दसैँ, तिहार मनाएर आफ्नो गन्तव्यमा जान सिमकोट विमानस्थल धाउने गरे पनि हुम्लामा सेवा दिँदै आएका निजी एयरलाइन्सले उडान कम गर्दा यात्रु मारमा परेका छन् ।

सीता, समिट र तारा एयरलाइन्सले दैनिक उडान नगर्दा यहाँका नागरिकलाई गन्तव्यसम्म पुग्न समस्या हुँदै आएको छ । तारा एयरले सोमबार, सीता र समिट एयरले साताको बुधबार एकदिन मात्रै उडान गर्दा अत्यावश्यक काम परेर जिल्ला बाहिर जान पनि नसकिएको स्थानीय बताउँछन् ।

नेपाल एयरलाइन्सले हप्तामा सोमबार र मङ्गलबार उडान गर्ने गरेका छ । बिहानैदेखि विमानस्थलमा लाइन लागे पनि टिकट पाउन मुस्किल भएको सर्वसाधरणको गुनासो छ ।

विमानस्थलमा भेटिनुभएका सिमकोट गाउँपालिका–८ का जय कामीले छोरीको दुवै मृगौला फेल भएर उपचारका लागि बाहिर जिल्ला जान टिकटको खोजी गरिरहेको भन्दै बिरामीको मात्रै टिकट पाइएको गुनासो पोख्नुभयो । जिल्ला अस्पतालले ‘रिफर’ गरेको कागज पेस गरेपछि मुस्किलले एउटा मात्र टिकट पाइएको उहाँले बताउनुभयो ।

नेपाल एयरलाइन्सले सातामा दुई दिन हुने उडानमा चार जना जटिल समस्या भएका बिरामीलाई पहिलो प्राथमिकता दिएर टिकट उपलब्ध गराएको जिल्ला प्रशासन हुम्लाले जनाएको छ ।

पाल्पामा कृषि प्राविधिक विषय अध्ययन गर्दै आउनुभएका सिमकोट–२ ठेहेका सन्देश बोहराले अन्तिम परीक्षा दिन जानुपर्नेमा टिकट नपाउँदा समस्या भएको बताउनुभो । सुर्खेत र नेपालगञ्जबाट नियमित उडान गर्ने सहमति गरेका सीता, तारा र समिट एयरलाइन्सले उडान नगर्दा यात्रुलाई सास्ती हुने गरेको छ ।

ऊर्जामन्त्री खड्का र विश्व बैंकका प्रतिनिधिबीच भेट

0

काठमाडौँ: ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र विश्व बैंकका प्रतिनिधिबीच भेटवार्ता भएको छ ।
ऊर्जा मन्त्रालयमा भएको भेटमा मन्त्री खड्काले अपर अरुण जलविद्युत् आयोजनाको वित्तिय व्यवस्थापन कार्य अगाडि बढाउन विश्व बैंकका प्रतिनिधिसँग आग्रह गर्नुभएको भेटमा सहभागी ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ प्रबल अधिकारीले जानकारी दिनुभयो ।

मन्त्री खड्काले अपर अरुण जलविद्युत् आयोजनामा विश्व बैंकले यसअघि केही रकम लगानी गरिसकेको भन्दै थप लगानी जुटाई त्यसलाई टुङ्गोमा पु¥याउनुपर्ने बताउनुभएको थियो । उक्त आयोजनालाई अगाडि बढाउने विषयमा ऊर्जामन्त्री खड्काले गतसाता भारतका विद्युतमन्त्रीसँगसमेत छलफल गर्नुभएको थियो ।

विश्व बैंकका प्रतिनिधिले अपर अरुण आयोजनामा आउने समस्यालाई समाधान गर्न मन्त्रीसमक्ष आग्रह गरेका ऊर्जा विज्ञ अधिकारीले बताउनुभयो । भेटमा ऊर्जा मन्त्रालयका सचिव सुरेश आचार्य, मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ अधिकारी, मन्त्रालयका सहसचिव जीवछ मण्डल, अर्थविज्ञ अमित श्रेष्ठलगायतको उपस्थित थियो ।

मुकुन्देश्वरी पदमार्ग निर्माणले गति लियो

0

दमौली (तनहुँ): तनहुँको चर्चित पर्यटकीय क्षेत्र बन्दीपुरमा पर्यटकहरूको बसाइ लम्ब्याउने र आकर्षण बढाउने उद्देश्यले सुरु गरिएको मुकुन्देश्वरी पदमार्ग निर्माणले तीव्रता पाएको छ। बन्दीपुर गाउँपालिका–२ को थानीमाई मन्दिरबाट सुरु भएको यो पदमार्गलाई ‘मिनी ग्रेटवाल’को रूपमा समेत प्रचार गरिएको छ, जसले यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ।

थानीमाई मन्दिरबाट सुरु भएर चुलीडाँडामा टुङ्गिने यो पदमार्गलाई आगामी दिनमा मुकुन्देश्वरी गढीसम्म विस्तार गर्ने योजना रहेको गाउँपालिका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिनुभयो। थापाका अनुसार, “बन्दीपुर विदेशी र स्वदेशी पर्यटकहरूका लागि आकर्षक गन्तव्य हो। हामी यहाँ नयाँ गन्तव्यहरू थपेर पर्यटकहरूको बसाइ लम्ब्याउने र स्थानीय अर्थतन्त्र प्रवर्द्धन गर्ने लक्ष्य राख्दैछौँ।”

हाल पदमार्ग निर्माण अन्तर्गत दुवैतर्फ पर्खाल लगाउने, सिँढी बनाउने र पर्खालको दायाँबायाँ भित्तामा स्लेट ढुङ्गा छाप्ने काम भइरहेको छ। केही समय ढिलाइ भए पनि गाउँपालिकाको पहलपछि कामको गति बढेको छ। अध्यक्ष थापाका अनुसार, २ किलोमिटर लम्बाइको यस पदमार्गको हालसम्म ८० प्रतिशत काम सम्पन्न भइसकेको छ। गाउँपालिकाले गुरुयोजना अनुसार थप संरचनाहरू निर्माण गर्न १९ करोड रुपैयाँको बजेट छुट्याएको छ।

बन्दीपुरलाई थप आकर्षक बनाउने योजनामा थानीमाई मन्दिर, उद्यान, सेल्फी पार्क, प्याराग्लाइडिङ स्थल, नौ मिटर अग्लो बन्दीपुर शिलालेख, घोडा सवारी स्थल, पुष्पलाल स्मृति पार्क, मुकुन्देश्वरी पार्क लगायत संरचनाहरूको निर्माण पनि समावेश गरिएको छ। अध्यक्ष थापाले विश्वको प्रसिद्ध ग्रेटवालको झल्को दिने यो पदमार्गले यहाँको पर्यटन विकासमा महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गर्नुभयो। मुकुन्देश्वरी डाँडा तत्कालीन राजा मुकुन्द सेनले शासन गरेको ऐतिहासिक स्थल हो, जसका कारण यस पदमार्गलाई ‘मुकुन्देश्वरी पर्खाल’ नाम दिइएको छ। तीन मिटर चौडाइमा निर्माण भइरहेको यो पर्खालले बन्दीपुरमा आउने वार्षिक एक लाखभन्दा बढी पर्यटकहरूको बसाइ लम्ब्याउन भूमिका खेल्ने अपेक्षा गरिएको छ।

बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानले बन्दीपुर घुम्न आउने पर्यटकहरूको बसाइ लम्ब्याउन सके पर्यटन व्यवसायलाई थप प्रोत्साहन मिल्ने र स्थानीयवासीको आयस्तर पनि वृद्धि हुने बताउनुभयो।

प्राकृतिक सौन्दर्यले भरिपूर्ण बन्दीपुरमा भक्तपुर शैलीका घरहरू, थानीमाई मन्दिर, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर र सूचना केन्द्रजस्ता स्थलहरू पर्यटकका आकर्षणको केन्द्र बनेका छन्। यहाँबाट अन्नपूर्ण, माछापुच्छ«े, धौलागिरि लगायतका हिमशृङ्खलाको अवलोकन गर्न सकिन्छ, जसले बन्दीपुरको प्राकृतिक छटा थप सुन्दर बनाएको छ।

बन्दीपुरमा जापान, चीन, इटाली, स्पेन, नेदरल्याण्ड, फ्रान्स, अमेरिका, जर्मनी, डेनमार्क, पाकिस्तान, अष्ट्रेलिया, बेलायत, आयरल्याण्ड, दक्षिण कोरिया, बेल्जियम, थाइल्याण्ड, ताइवान, स्वीट्जरल्याण्ड, मलेसिया, होल्याण्ड, पोर्चुगल, चेक रिपब्लिक, इरान, भारत, ग्रिस र अर्जेन्टिनाका पर्यटकहरूको आगमन भइरहेको तथ्याङ्क रहेको अध्यक्ष प्रधानले जानकारी दिनुभयो।

तनहुँ सदरमुकाम दमौलीबाट १८ किलोमिटरको यात्रा तय गरेर डुम्रे हुँदै आठ किलोमिटर उकालो पार गरेपछि बन्दीपुर पुग्न सकिन्छ, जहाँबाट मनोरम हिमाल र पहाडहरूको दृश्यावलोकन गर्न सकिन्छ।

कांग्रेसका सभापति देउवा डडेल्धुरामा, अधुरा आयोजना सम्पन्न गर्ने प्रतिबद्धता

0

डडेल्धुरा: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज डडेल्धुरा आउनुभएको छ । उहाँले आज महाकाली नदी किनारमा पुगेर परशुराम धामको दर्शन गर्नुभयो ।

रङ्गुन नदीमा तटबन्ध निर्माण, परशुराम नगरपालिका–६ र १२ जोड्ने रङ्गुन नदी र सलुन–शीर्ष–रुपाल जोड्ने सडकखण्डमा पक्की पुल निर्माण, सडक बाटोको स्तरोन्नति र कालोपत्रे गरिने सभापति देउवाले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सोमबार बिहान चुरे र महाभारत पर्वतको संगमस्थलमा अवस्थित प्राकृतिक आलितालको अवलोकनपछि महाकाली नदी किनारको परशुराम धाम पुगेर बाबा परशुरामको दर्शन गरेको कांग्रेस डडेल्लधुराका सभापति भीमबहादुर साउदले जानकारी दिनुभयो ।

डडेल्लधुरा प्राकृतिक रूपमा रमणीय र थुप्रै धार्मिकस्थल, शक्तिपीठ भएको जिल्ला भएकाले धार्मिक पूर्वाधारहरूको विकास गरेर धार्मिक क्षेत्रको विकास गर्ने उहाँले बताउनुभयो । धार्मिक पूर्वाधारहरू निर्माण भएपछि यहाँको जनजीविकामा परिवर्तन हुने उहाँको भनाइ छ ।

डोनाल्ड ट्रम्प र जर्मन चान्सलरबीच फोनमा कुराकानी

0

काठमाडौं । जर्मन सरकारका प्रवक्ताका अनुसार आइतबार अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले जर्मनीका चान्सलर ओलाफ स्कोल्ट्जसँग फोनमा कुराकानी गरेका छन् ।

जर्मन सरकारका प्रवक्ता स्टेफन हेबस्ट्रेटका अनुसार, “स्कोल्ट्ज र आगामी अमेरिकी राष्ट्रपतिले युरोपमा शान्ति फर्काउने दिशामा मिलेर काम गर्न सहमत भएका छन्।”

“दुई नेताले जर्मनी र संयुक्त राज्य अमेरिका बीचको सम्बन्ध र वर्तमान भूराजनीतिक चुनौतिहरु मा आफ्नो विचार साझा गर्नुभयो,” स्टेफन हेबस्ट्रेटले भने ।

जर्मन चान्सलरले गत हप्ता बुधबार एक विज्ञप्ति जारी गर्दै ट्रम्पलाई बधाई दिएका थिए। आफ्नो बधाई सन्देशमा, उनले नेटो र जर्मन-अमेरिकी मित्रतालाई अझ बलियो बनाउन आफ्नो प्रतिबद्धता व्यक्त गरे।

गत हप्ता बिहीबार, डोनाल्ड ट्रम्पले एनबीसी न्यूजसँग कुरा गर्दै आफूले आफ्नो चुनावी जीत पछि ७० भन्दा बढी विश्व नेताहरूसँग कुरा गरेको बताएका थिए।

प्राधिकरणको हस्तक्षेपपछि अन्तर्राष्ट्रिय हवाई भाडामा सुधार

0

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणको हस्तक्षेपपछि अन्तर्राष्ट्रिय हवाई भाडामा केही सुधार आएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन समय घटेसँगै हवाई टिकटमा भइरहेको ‘कालोबजारी’को अवस्था आंशिक रूपमा सुधार भएको पर्यटन व्यवसायीहरू बताउँछन्। तर यसको पूर्ण लाभ लिन अझै एक महिनाभन्दा बढी कुर्नुपर्ने देखिएको छ।

विमानस्थल सञ्चालन समय गत शुक्रबारदेखि कम हुन थालेको हो। यसअघि नै हवाई भाडा अस्वाभाविक रूपमा बढ्न थालेको थियो, जसमा काठमाडौँ–दिल्ली एकतर्फी टिकटको मूल्य ६०/७० हजार रुपैयाँसम्म पुगेको थियो। प्राधिकरणको हस्तक्षेपपछि नोभेम्बर महिनाका लागि दिल्लीको हवाई भाडा ४०/५० हजार रुपैयाँसम्म झरेको छ भने डिसेम्बर दोस्रो सातासम्ममा यो १९/२० हजार रुपैयाँसम्ममा आइपुगेको हिमालयन क्लब टुर्स एण्ड ट्राभल्सका प्रबन्ध निर्देशक विष्णु पाण्डे बताउँछन्। सामान्य अवस्थामा दिल्लीको भाडा १३–१५ हजार रुपैयाँ पर्न आएको थियो।

नेपाल एसोसिएसन अफ ट्राभल एण्ड टुर्स (नाट्टा) का सचिव समेत रहेका पाण्डेका अनुसार, तुरुन्त टिकट चाहिने अवस्थामा अहिले पनि भाडा महँगो छ। सामान्य अवस्थामा पनि जति छिटो टिकट आवश्यक पर्छ, उति महँगो पर्ने गर्दछ। १० घण्टा विमानस्थल बन्द हुँदा डिमान्ड र सप्लाईको आधारमा भाडा बढेको थियो, तर अस्वाभाविक रूपमा बढेको भाडा भने अब नियन्त्रणमा आउन थालेको छ।

पाण्डेका अनुसार, भाडादर घट्नुमा टीबीए प्रणाली खारेज हुनु मुख्य कारण हो। एउटै ट्राभल कम्पनीलाई एकमुष्ट टिकट बिक्री गर्न नपाइने भएपछि टिकटलाई होल्ड गरेर महँगोमा बेच्न सक्ने स्थिति समाप्त भएको हो, जसले गर्दा भाडा घट्न पुगेको छ। नोभेम्बरसम्म अधिकांश टिकट बुकिङ भइसकेको र कतिपय एयरलाइन्सले निर्णयअघि नै एकमुष्ट टिकट खरिद गरिसकेका कारण अपेक्षित रूपमा भाडा घट्न नसकेको पनि बताइन्छ।

दिल्ली बाहेक अन्य गन्तव्यहरूमा पनि भाडा वृद्धिको दर उस्तै रहेको पाण्डेको भनाइ छ। चीन जाने र त्यहाँ ट्रान्जिट बनाएर अन्य देश जाने यात्रुहरूको लागि भने अन्यको तुलनामा भाडा थोरै मात्र महँगिएको छ।

यसैबीच, प्राधिकरणले दिल्लीका केही कटौती गरिएका उडानलाई समायोजन गरेको छ भने भैरहवाबाट पनि उडान सुरु हुँदा भाडादर नियन्त्रणमा मद्दत पुगेको देखिएको छ।

डोनाल्ड ट्रम्प र भ्लादिमिर पुटिनबीच युक्रेनको विषयमा छलफल

0

काठमाडौं । अमेरिकी राष्ट्रपतीय निर्वाचनमा विजयी भएपछि डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोनमा कुरा गरेका छन् । वाशिंगटन पोस्टका अनुसार यस विषयमा परिचित धेरै व्यक्तिहरूले यसको पुष्टि गरेका छन्।

उनीहरु मध्ये एकले नाम न छाप्ने सर्तमा ट्रम्पले आफ्नो फ्लोरिडा रिसोर्टबाट यो फोन कल गरेको बताए । यस क्रममा ट्रम्पले रुसी राष्ट्रपतिलाई युक्रेनमा युद्ध नबढाउन सल्लाह दिँदै युरोपमा अमेरिकाको ठूलो सैन्य उपस्थितिको स्मरण गराए ।

पुटिनले पनि ट्रम्पलाई चुनाव जितेकोमा बधाई दिँदै उनीसँग वार्ता गर्न तयार रहेको बताए । उनले अमेरिका र रुस सम्बन्धलाई पुनःस्थापना गर्ने र युक्रेनमा युद्ध अन्त्य गर्ने दिशामा काम गर्नुपर्नेमा जोड दिए ।

दुई नेताहरूले युरोपेली महाद्वीपमा शान्तिको लक्ष्यबारे छलफल गरे र ट्रम्पले युक्रेनमा युद्धको चाँडो समाधानको लागि छलफल गर्न वार्ता जारी राख्ने इच्छा व्यक्त गरे।

आफ्नो राष्ट्रपति अभियानका क्रममा डोनाल्ड ट्रम्पले युक्रेनमा युद्ध तुरुन्तै अन्त्य गर्ने बताएका थिए। यद्यपी, उनले यो काम कसरी गर्ने भन्नेबारे विस्तृत जानकारी दिएनन् । यस मामिलासँग परिचित व्यक्तिहरूले बताएअनुसार ट्रम्पले व्यक्तिगत रूपमा रूसलाई कब्जा गरेको केही क्षेत्र आफूसँगै राख्ने सम्झौतालाई समर्थन गर्ने संकेत गरेका छन् । ट्रम्पले पुटिनसँगको कुराकानीका क्रममा भूमिको मुद्दा पनि संक्षिप्त रूपमा उठाएका थिए।

रिपोर्टका अनुसार यस मामिलासँग परिचित दुई व्यक्तिले युक्रेनी अधिकारीहरूलाई यो कुराकानीको बारेमा जानकारी गराइएको बताएका छन्। युक्रेनले यो कुराकानीमा कुनै आपत्ति जनाएको छैन । युक्रेनी अधिकारीहरूले लामो समयदेखि ट्रम्पले युद्धको कूटनीतिक समाधानका लागि पुटिनसँग वार्ता गर्ने अपेक्षा गरेका छन्।

ट्रम्पले नोभेम्बर ८ मा युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँग पनि कुरा गरेका थिए । उनले युक्रेनलाई आफ्नो समर्थनको आश्वासन दिए। तर, उनले आफ्नो दृष्टिकोण स्पष्ट गरेनन् । कुराकानीका क्रममा जेलेन्स्कीले ट्रम्पलाई चुनाव जितेकोमा बधाई दिए ।

ट्रम्पको जितमा रुसले सुरुमा चिसो प्रतिक्रिया दिएको थियो । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले त्यतिबेला पुटिनले आफ्नो राज्य विरुद्ध प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा युद्धमा संलग्न गैर मित्र देशको नयाँ राष्ट्रपतिलाई आमन्त्रित गर्ने कुनै योजना नघएको बताएका थिए । यद्यपि, बिहीबार राष्ट्रपति पुटिनले सार्वजनिक रूपमा ट्रम्पलाई उनको विजयको लागि बधाई दिए र पेन्सिल्भेनियामा हत्या प्रयासको बाबजुद मैदानमा उभिएकोमा उनलाई साहसी भने।

पुटिनले भनेका थिए, “मलाई ट्रम्पसँग वार्ता गर्नु गलत हो जस्तो लाग्दैन। यदि केही विश्व नेताहरूले सम्पर्क पुनर्स्थापित गर्न चाहन्छन् भने म यसको विरुद्धमा छैन। ट्रम्पले आफ्नो इच्छाबारे भनेका छन्, हामी पनि उनीसँग कुरा गर्न तयार छौं।”