Sunday, June 21, 2026
Home Blog Page 617

अमेरिकामा जन्मिएकाले स्वतः नागरिकता पाउने व्यवस्था परिवर्तन गर्ने ट्रम्पको घोषणा

0

काठमाडौं: पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति पदको सपथ लिएपछि एक टेलिभिजन अन्तर्वार्तामा आफ्नो प्राथमिकताका एजेण्डाहरू खुलासा गरेका छन्। उनले विशेषगरी आप्रवासन नीति, नागरिकता नियम, र अन्तर्राष्ट्रिय सम्बन्धका मुद्दामा आफ्नो कठोर र विवादास्पद दृष्टिकोणलाई पुनः दोहोर्याएका छन्।

गैरकानुनी आप्रवासीप्रति कडा नीति

ट्रम्पले अमेरिकामा रहेका गैरकानुनी आप्रवासीहरूलाई देशबाट निष्कासन गर्ने आफ्नो योजना अझै जारी रहने बताएका छन्। यद्यपि, उनले “ड्रिमर्स” भनेर चिनिने ती आप्रवासीहरू, जो बाल्यकालमा अमेरिका आएका थिए र हाल कागजातविहीन अवस्थामा छन्, को सुरक्षाका लागि केही कदम चाल्न तयार रहेको संकेत गरेका छन्।

जन्मको आधारमा नागरिकता खारेज गर्ने योजना

एनबीसी न्यूजसँगको अन्तर्वार्तामा ट्रम्पले आफ्नो कार्यकालको पहिलो दिनमै अमेरिकामा जन्मेका बालबालिकाहरूलाई स्वतः नागरिकता प्रदान गर्ने संवैधानिक अधिकार (१४ औं संशोधन) खारेज गर्ने योजना अघि सारे। अहिलेको व्यवस्थाअनुसार, कुनै पनि देशका नागरिकका सन्तान अमेरिकामा जन्मिनेबित्तिकै अमेरिकी नागरिकता पाउँछन्। यो कदमले कानुनी चुनौतीहरूको सामना गर्नुपर्ने सम्भावना रहेको विज्ञहरूले बताएका छन्।

नेटोबाट बाहिरिने विचार र अन्य विवादास्पद योजनाहरू

ट्रम्पले नेटो (उत्तर एटलान्टिक सन्धि संगठन) बाट बाहिरिने विषयमा गम्भीरतापूर्वक विचार गर्ने बताएका छन्। यो प्रस्तावले अमेरिकी क्याम्पका देशहरूमा असहजता सिर्जना गर्ने जोखिम बढाएको छ। यस्तै, उनले गर्भपतनका लागि प्रयोग हुने चक्की प्रतिबन्ध नगर्ने वाचा गरेका छन्, जसले समाजका विभिन्न वर्गहरूबाट मिश्रित प्रतिक्रिया ल्याउन सक्छ।

क्यापिटल हिल घटनाका दोषीलाई माफी दिने वाचा

सन् २०२० को राष्ट्रपतीय निर्वाचनमा पराजित भएपछि ट्रम्पका समर्थकले २०२१ को जनवरी ६ मा अमेरिकी संसद (क्यापिटल हिल) मा तोडफोड गरेका थिए। ट्रम्पले ती दोषीहरूलाई माफी दिने वाचा गरेका छन्, जसले अमेरिकी कानूनी र राजनीतिक प्रणालीमा गहिरो बहसको कारण बन्नेछ।

अर्थतन्त्र र फेडरल रिजर्भबारे ट्रम्पको धारणा

अर्थतन्त्रको सन्दर्भमा, ट्रम्पले फेडरल रिजर्भ (सेन्ट्रल बैंक) का अध्यक्ष जेरोम पावेललाई पदत्याग गर्न आग्रह गर्ने कुनै योजना नरहेको स्पष्ट पारेका छन्। तर, उनले फेडरल रिजर्भको नीति सुधारका लागि कडा कदम चाल्नसक्ने संकेत दिएका छन्।

विज्ञहरूको चिन्ता

विज्ञहरूका अनुसार ट्रम्पका धेरै योजनाहरू कानुनी चुनौतीहरूको सामना गर्न सक्छन्। जन्मको आधारमा नागरिकता खारेज गर्ने र नेटोबाट बाहिरिने योजना विशेष गरी संवैधानिक र अन्तर्राष्ट्रिय कानुनी विवादमा फस्न सक्छ।

ट्रम्पको कठोर शैलीले विश्वभर प्रभाव पार्न सक्छ

ट्रम्पका यी प्रस्तावहरूले अमेरिकी घरेलु राजनीतिमा मात्र होइन, अन्तर्राष्ट्रिय सम्बन्धमा समेत ठूलो प्रभाव पार्ने देखिन्छ। उनको पुनरागमनले विश्वका प्रमुख शक्ति राष्ट्रहरूबीच नयाँ प्रकारको असमझदारी र ध्रुवीकरण निम्त्याउने सम्भावना छ।

ट्रम्पको नेतृत्वमा अमेरिकाले कस्तो मोड लिन्छ भन्ने विषयमा विश्वभर चासोको केन्द्र बनेको छ। अबको समयले मात्र ट्रम्पका यी योजनाहरूको प्रभावकारीता र कानुनी अवस्थालाई परिभाषित गर्नेछ।

बोक्सी लगाएर छोरा मारेको भन्दै ११० वृद्धको हत्या

0

हाइटी: हाइटीको राजधानी पोर्ट–ओ–प्रिन्सको सबैभन्दा गरीब र हिंसात्मक क्षेत्र सोलिलीमा गत सप्ताहन्तमा कम्तिमा ११० जना निर्दोष व्यक्तिहरूको हत्या भएको छ। एक प्रमुख मानव अधिकार समूहका अनुसार, स्थानीय गिरोह नेताले व्यक्तिगत बदलाको कारण यी जघन्य हत्याहरूको आदेश दिएका हुन्।

नेशनल ह्युमन राइट्स डिफेन्स नेटवर्कले जानकारी दिए अनुसार वार्फ जेरेमी गिरोहका नेता मोनेल मिकानो फेलिक्सले आफ्ना बच्चाको मृत्युपछि यो नरसंहारको योजना बनाएका थिए। फेलिक्सले वूडू पादरीसँग सल्लाह गरेर आफ्नो बच्चाको मृत्युलाई “बोक्सी विद्याको प्रयोग” द्वारा भएको ठहर गरे। त्यसपछि उनले वृद्ध व्यक्तिहरूमाथि आरोप लगाउँदै हिंसाको आदेश दिएका थिए।

मानव अधिकार समूहका अनुसार, गिरोहका सदस्यहरूले शुक्रबार ६० जना र शनिबार थप ५० जनालाई छुरा र चक्कु प्रयोग गरेर बर्बर तरिकाले मारेका थिए। पीडितहरू अधिकांश ६० वर्षभन्दा माथिका वृद्धहरू थिए।

सोलिली, जसलाई हाइटीको सबैभन्दा गरिब र हिंसात्मक क्षेत्र मानिन्छ, निरन्तर गिरोहहरूको प्रभावमा छ। यहाँका बासिन्दाहरू आधारभूत आवश्यकता, सुरक्षा, र शान्तिको अभावमा संघर्ष गरिरहेका छन्।

यो घटनाले हाइटीमा गिरोहको नियन्त्रण र राजनीतिक अस्थिरताको गहिरो प्रभावलाई उजागर गरेको छ। मानव अधिकार समूहहरूले अन्तर्राष्ट्रिय समुदायलाई तत्काल हस्तक्षेप गरी हिंसात्मक गिरोहहरूको नियन्त्रणलाई कमजोर बनाउने उपाय खोज्न आग्रह गरेका छन्।

यो घटनाले हाइटीमा रहेको कमजोर राज्यसंरचना, गरिबी, र सामाजिक अन्यायको चित्रण मात्र गरेको छैन, बरु यो देशलाई स्थिरता र शान्ति प्राप्त गर्नका लागि ठूला चुनौतीहरूको सामना गर्नुपर्ने आवश्यकता पनि देखाएको छ।

रवि लामिछानेलाई वीरगञ्ज ल्याइयो, सिमरा विमानस्थलमा रविका समर्थकको प्रदर्शन

0

पर्सा। पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई वीरगञ्ज ल्याइएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेलाई बयानका लागि पोखराबाट काठमाडौं हुँदै वीरगञ्ज ल्याइएको हो।

सहकारी ठगी प्रकरणमा पर्सामा पनि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएकाले प्रहरीले बयानका लागि यहाँ ल्याएको जनाएको छ। सहकारी ठगी गरेको भन्दै पक्राउ परेका लामिछानेलाई गत गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरेर पोखरा लगिएको थियो।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा)का  सभापति रवि लामिछानेका समर्थकले सिमरा विमानस्थलमा प्रदर्शन गरेका छन् ।

सोमबार रविलाई पोखरा हुँदै काठमाडौँदेखि पर्सा लगेको हो । सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि उनलाई प्रहरीले पर्सातर्फ लगेको हो । सो क्रममा सिमरा विमानस्थलमा रविका समर्थकले प्रदर्शन गरेका हुन् ।

मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा आजदेखि, २३ देशका ५३ चलचित्र देखाइने

0

काठमाडौँ: ‘बाह्रौँ नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ मा नेपालसहित २३ देशका ५३ चलचित्र छनोट भएका छन् । ‘सामाजिक न्याय’ सहित आज सोमबारदेखि चल्ने महोत्सवमा मानव अधिकारको पैरवीका लागि विभिन्न अन्तरक्रिया तथा गोष्ठी पनि आयोजना गरिने नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र केन्द्रका अध्यक्ष एवं महोत्सवका निर्देशक पाण्डव खत्रीले जानकारी दिनुभयो ।

“यसपटकको संस्करणमा अन्तर्राष्ट्रियस्तरमा ख्यातिप्राप्त चलचित्रसमेत सहभागी हुन् आएका छन्, मानव अधिकारसँग सम्बन्धित चलचित्रहरुको प्रवद्र्धन र प्रदर्शनका लागि नियमित रुपमा महोत्सव गर्दै आएको छौँ”, निर्देशक खत्रीले भन्नुभयो ।

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले उद्घाटन गर्नुहुने कार्यक्रम रहेको महोत्सवमा कान्स र बर्लिनजस्ता विश्वचर्चित चलचित्र महोत्सवमा पुरस्कृत चलचित्रहरु ‘अल वी इमाजिन एज लाइट’, ‘द म्यान हू कुडनट रिमेन्न साइलेन्स’, ‘एन आउटरन’, ‘अनार दाना’ लगायतको सहभागिताले महोत्सवको रौनकता बढाउने महोत्सव निर्देशक खत्रीले बताउनुभयो ।

नेपालसहित पाकिस्तान, बङ्गलादेश, भारतलगायत देशका चलचित्रकर्मीको सहभागिता रहने महोत्सव आगामी चार दिनसम्म काठमाडौँको चलचित्र विकास बोर्डको सभाहल र नेपाल पर्यटन बोर्डको सभाहलमा सञ्चालन हुनेछ । सन् २००९ मा स्थापना भएको मानव अधिकार चलचित्र केन्द्रले यस महोत्सवको आयोजना गर्दै आएको छ ।

प्रधानमन्त्री ओलीद्धारा बेलडाँगी खानेपानी आयोजनाको उद्घाटन

0

झापा: प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिका–३, स्थित बेलडाँगी खानेपानी आयोजनाको उद्घाटन गर्नुभएको छ ।

दुई दिवसीय भ्रमणका क्रममा आइतबार गृहजिल्ला आउनुभएका प्रधानमन्त्री ओलीले आज यहाँ खानेपानी आयोजनाको उद्घाटन गर्दै सन् २०३० सम्ममा सबै नेपालीलाई गुणस्तरीय खानेपानी उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

जनताले घरमै धारो खोलेर पानी खान पाउँदा आफूलाई आनन्द लाग्ने बताउँदै सम्पूर्ण देशवासीलाई गुणस्तरीय पानीको व्यवस्था गर्न आफ्नो नेतृत्वको सरकार क्रियाशील रहेको उहाँले बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओलीले मुलुकका प्रमुख दुई ठूला दल मिलेर सरकार बनेपछि राजनीतिक स्थिरता र विकास निर्माण सुनिश्चित भएको प्रसङ्ग उल्लेख गर्दै विकास निर्माणका क्रममा लामो समयदेखि झेल्नुपरेका अवरोध र बाधाव्यवधान अन्त्य गरी अधुरा योजना तथा कार्यक्रम सम्पन्न गर्ने लक्ष्यका साथ सरकार अघि बढेको स्पष्ट गर्नुभयो ।

उहाँले देशव्यापी रूपमा बिजुली, कृषि, सञ्चार, उद्योग, सरसफाइलगायतका अभियान सञ्चालन गरी मुलुक र जनताका पक्षमा सकारात्मक परिणाम देखिने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । “देश बनाउन हामी सबै एकताबद्ध हुनुपर्छ । हामीले बाँदरले जस्तो आफ्नो घर नबनाउने र अरूको घर भत्काउने गरेमा देश बन्दैन”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “हामी विभिन्न पार्टीसँग आबद्ध हुन सक्छौँ तर विकास निर्माणका काममा एक हुनुपर्छ । यस क्षेत्रका जनताको प्रतिनिधि म फेरि प्रधानमन्त्री भएको छु, देशका लागि थप केही गर्छु, तपाईंहरुको पनि नाम विश्वमा राख्छु, यसमा ढुक्क भइदिन सबैसँग अनुरोध गर्दछु ।”

कुल रु ५० करोड सात लाख ९२ हजार लागतमा निर्मित सो खानेपानी आयोजनाबाट नगरपालिका–२, ३ र ४ का छ हजार पाँच सय २१ घरघुरीका २६ हजार सात सय ४३ जनसङ्ख्या लाभान्वित हुनेछन् । कार्यक्रममा आयोजनाका लागि जग्गा दिने स्थानीयवासीलाई सम्मान गरिएको थियो ।

सो अवसरमा प्रथम महिला राधिका शाक्य, नेकपा (एमाले) का उपाध्यक्ष युवराज ज्ञवाली, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की, सङ्घीय खानेपानीमन्त्री प्रदीप यादव, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिसहित स्थानीय जनताको उल्लेख्य उपस्थित थियो ।

सरकारको मुख्य उद्देश्य दिगो शान्ति, सुशासन र आर्थिक समृद्धि : गृहमन्त्री लेखक

0

कर्णाली: गृहमन्त्री रमेश लेखकले सरकारको मुख्य उद्देश्य दिगो शान्ति, सुशासन कायम गर्नु र आर्थिक समृद्धि रहेको बताउनुभएको छ ।

गृह मन्त्रालयद्वारा कर्णाली प्रदेशको राजधानी सुर्खेत, वीरेन्द्रनगरमा आज आयोजित ‘कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठी’लाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले भ्रष्टाचार तथा अपराध नियन्त्रण र विधिको शासन कायम गर्न लाग्नुपर्ने र ती कुरामा कुनैपनि सम्झौता नहुने जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, “लोकतन्त्रमा अनुशासन र वितरण महत्वपूर्ण हुन्छ । अवसर, सम्भावना र अर्थ वितरण गर्दा जनतालाई सेवा प्रवाहमा सहजता दिन सक्नुपर्दछ ।”

औपचारिकता बढी भएर उपलब्धि कम भएको उल्लेख गर्दै गृहमन्त्री लेखकले हरेक गतिविधि छोटो तथा परिणाममुखी बनाउन जोड दिनुभयो । उहाँले भन्नुभयो, “शान्ति, सुरक्षा र अपराध नियन्त्रणको समीक्षा गर्न जरुरी छ । हामी समस्याको समाधान गरी निष्कर्ष निकाल्ने पक्षमा छौँ ।”

सङ्घीय सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सङ्घीय कानुन बनाउन थालेको तथा त्यसपश्चात् प्रहरी समायोजनको काम अगाडि बढ्ने गृहमन्त्री लेखकको भनाइ थियो । अहिले पनि कर्णाली प्रदेशका सुरक्षा निकायका संरचना प्रदेश बाहिर भएको उल्लेख गर्दै उहाँले स्थानीय तथा प्रदेश सरकारलाई जग्गाको व्यवस्था गर्न अनुरोध गर्नुभयो ।

उहाँले भन्नुभयो, “कर्णाली सबैभन्दा ठूलो, सुन्दर, ज्यादा सम्भावना र अवसर बोकेको प्रदेश हो । कर्णाली प्रदेशको शान्ति सुरक्षालाई थप सुदृढ, सक्रिय, स्पष्ट र प्रभावकारी बनाउने कुरामा आवश्यक काम गर्छौँ ।” दुई ठूला शक्ति एक ठाउँमा उभिनु मुलुकको आवश्यकता भएको जिकिर गर्दै गृहमन्त्रीले लेखकले संविधानको भावना अनुसार सङ्घीयता कार्यान्वयन गर्न आवश्यक भएको बताउनुभयो ।

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले संविधानको भावना अनुसार सहअस्तित्व, सहकार्य र समन्वय कम भएको र यसको कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । तीन तहको सरकारको यात्रा सामूहिक म्याराथन दौड भएको उल्लेख गर्दै उहाँले संविधानले व्यवस्था गरेबमोजिमका अधिकारलाई सुनिश्चित गर्न सकेमात्र मुलुकले अपेक्षित लक्ष्य पूरा गर्ने बताउनुभयो ।

प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा गृह सचिव गोकर्णप्रसाद दुवाडी, कर्णाली प्रदेश सरकारका प्रमुख सचिव, सुरक्षा निकायका प्रमुखलगायतको सहभागिता रहेको छ ।

हुम्लामा यस वर्ष पहिलोपटक हिमपात,किसान खुसी(तस्बिरसहित)

0

सिमकोट (हुम्ला), २४ मङ्सिरः हिमाली जिल्ला हुम्लामा यस वर्ष पहिलोपटक हिमपात भएको छ । आइतबार साँझदेखि मौसममा आएको फेरबदलका साथै दिउँसो हावाहुरी सुरु भएपछि गए रातिदेखि हिमपात सुरु भएको हो ।

आज बिहानसम्म सदरमुकाम सिमकोटमा तीन इञ्च हिउँ जमेको छ भने उत्तरी नाम्खा गाउँपालिकाको उच्च भेगमा रहेको लिमीलगायतका क्षेत्रमा एक फिट हिउँ जमेको लिमी स्वास्थ्यचौकीमा कार्यरत लोग बोहराले बताउनुभयो । यस वर्ष ढिला गरी जिल्लामा हिमपात सुरु भएसँगै यहाँका किसान खुसी भएका छन् । हुम्लीवासीले हिमपातपछि मौसम ठीक हुने र खेती सप्रिने विश्वास समेत राखेका छन् । हिमपातले गहुँ, जौ र उवा खेतीलाई राम्रो हुने भन्दै जिल्लाका किसान खुसी भएका छन् ।

हिमपातपछि सदरमुकाम सिमकोट र आसपासका डाँडाकाँडा सेताम्मे भएका छन् भने जनजीवन प्रभावित भएको छ । उत्तरी नाम्खाका चाला, लिमी, हिल्सा, यारीलगायतका क्षेत्रको जनजीवन प्रभावित भएको छ । हिमपातसँगै चिसो बढेको छ भने हुम्लाको तापक्रम यसअघि नै माइनसमा झरीसकेको छ ।

   

अतिथिलाई मायाको चिनो रायोको साग

0

ढोरपाटन (बागलुङ): आइतबार गण्डकी प्रदेशसभा सदस्य दीपेन्द्रबहादुर थापा र बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठसहितका अतिथि बजारदेखि रायडाँडा गाउँलाई बालमैत्री वडा घोषणा गर्न पुगेका थिए । बालमैत्री वडा घोषणापछि बागलुङ नगरपालिका–११ का अध्यक्ष ज्ञानेन्द्र गौतमले प्रमुख अतिथिसहित कार्यक्रममा पुगेका पाहुनालाई चोयाको डोरीले बाँधेको रायो सागको मुठा मायाको चिनो हातमा थमाए ।

कलिलो सागको मुठा पाएपछि अतिथिहरु मुस्काउन थाले । वडा कार्यालयले मायाको चिनोका रुपमा गाउँका किसानले उत्पादन गरेको साग दिएपछि कार्यक्रममा सहभागी सबै खुसी भए । आयातित वस्तुलाई मायाको चिनोका रुपमा दिनुभन्दा गाउँको उत्पादन दिँदा पहिचान हुने हुँदा यहाँ उत्पादन भएको रायो साग कासेलीका रुपमा दिएको वडा अध्यक्ष गौतमले बताउनुभयो ।

वडा नम्बर ११ स्थित रायडाँडा, तमाखुबारी र धारापानीका किसानले उत्पादन गरेको सागलाई खरिद गरी मायाको चिनोको रुपमा दिएको अध्यक्ष गौतमको भनाइ छ । वर्षौँदेखि यहाँका किसानले रायो साग बिक्रीबाटै आम्दानी गर्दै आएकाले यसको प्रचारप्रसारका लागि मायाको चिनो साग हालेर दिइएको अध्यक्ष गौतमले बताउनुभयो ।

गौतमले भन्नुभयो, “रायो साग त हाम्रो वडाको पहिचान हो, यहाँ उत्पादन भएको रायोको साग अन्य ठाउँको भन्दा निकै स्वादिष्ट हुन्छ, धेरै उत्पादन हुने हुँदा किसानले यसबाट आम्दानी गर्दै आएका छन्, अब हामीले रायडाँडालाई साग उत्पादनको ‘हब’ हो भनी चिनाउन जरुरी छ, त्यसले गर्दा हामीहरुले बाहिरबाट आउने पाहुनालाई कोसेली तथा उपहारका रुपमा साग दिने गछौँ ।”

बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले वडा नम्बर ११ ले राम्रो कामको सुरुवात गरेको बताउनुभयो । मायाको चिनोमा फजुल खर्च गर्ने प्रचलन चलेको बेला यस वडाले आफ्नो पहिचान बोक्ने चिजलाई उपहार दिन सुरुवात गरेको भन्दै अन्य ग्रामीण क्षेत्रका नागरिकले स्थानीय उत्पादनलाई कोसेलीका रुपमा दिन आवश्यक रहेको बताउनुभयो । बागलुङ नगरकै सबैभन्दा दुर्गम वडाका रुपमा रहेको रायडाँडा कृषिमा निकै सम्भावना बोकेको भन्दै पालिकाले यहाँका किसानलाई प्रोत्साहन गर्ने खालका कार्यक्रम ल्याइरहेको बताउनुभयो ।

कांग्रेसको बालबालिका तथा किशोरकिशोरी समन्वय विभागमा दश सदस्य मनोनयन

0

काठमाडौँ: नेपाली कांग्रेसले बालबालिका तथा किशोरकिशोरी समन्वय विभागमा दश सदस्य मनोनयन गरेको छ ।
कांग्रेस सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ (संशोधनसहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य डा जीवन रानाको संयोजकत्वमा रहेको बालबालिका तथा किशोरकिशोरी समन्वय विभागमा दश सदस्य मनोनयन गर्नुभएको हो ।

सदस्यमा लक्ष्मी ठाकुर (सुनसरी), योगमाया गिरी (इलाम), निर्मल घिसिङ (रामेछाप), चन्द्र गुरुङ (कास्की), खलिल खाँ (बाँके), रूपा विक (रूपन्देही), सुशीला बम (कालीकोट), यादवकृष्ण चौधरी (बारा), हरि अधिकारी (कञ्चनपुर) र भागिरथि विष्ट (कञ्चनपुर)लाई मनोनयन गरिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेल विज्ञप्तिमार्फत जानकारी दिनुभयो ।

कर छली रोक्न राजस्व, भन्सार, र अनुसन्धानले संयुक्त सहकार्य गर्दै

0

काठमाडौँ: आन्तरिक राजस्व विभाग, भन्सार विभाग र राजस्व अनुसन्धान विभागबीच बसेको अन्तरविभागीय प्रमुखहरूको बैठकले कर छली र राजस्व चुहावट नियन्त्रणमा समन्वयात्मक रूममा अघि बढ्ने निर्णय गरेको छ ।

राजस्व चुहावट तथा कर छलीसँग सम्बन्धित विविध विषयमा गम्भीर रूपमा छलफल गरी नियन्त्रणका लागि विभिन्न निर्णय गरिएको आन्तरिक राजस्व विभागले जनाएको छ । विभागका सूचना अधिकारी वासुदेव पौडेलका अनुसार तीनै निकायबीच सूचना सङ्कलन तथा आदानप्रदान, बजार अनुगमन तथा गस्ती परिचालन र नक्कली तथा झुटो कारोबारलाई नियन्त्रणमा आवश्यक सहकार्य र समन्वयात्मक रूपमा काम गर्ने निर्णय भएको छ ।

बैठकपछि आज साँझ विज्ञप्ति जारी गर्दै विभागले राजस्व चुहावटका जोखिमका क्षेत्र, वस्तु, नाका र समूह पहिचान, सूचना सङ्कलन, विश्लेषण तथा सोको कार्यान्वयनका लागि एकापसमा सूचना आदानप्रदान गर्ने निर्णय पनि भएको छ ।

यस्तै, राजस्व अनुसन्धान विभागको भिसिटिएस प्रणाली, भन्सार विभागको आसिकुडा वल्र्ड प्रणाली र आन्तरिक राजस्व विभागको एकीकृत सूचना प्रणालीमा प्रबिष्ट भएका सूचनालाई एकापसमा अन्तरआबद्धता कायम गरी कर परीक्षण तथा अनुसन्धान, भन्सार जाँचपासपछि थप परीक्षण, बजार अनुगमन, गस्ती परिचालन आदिमा प्रयोग गर्ने र राजस्व चुहावट तथा कर छलीको सूचना दिन सरोकारवालासँग आह्वान गर्ने निर्णय पनि गरिएको जनाइएको छ ।

यस्तै, कर छली गर्ने मनसायले व्यक्तिगत खाताबाट व्यावसायिक कारोबार गर्ने प्रवृत्तिलाई रोक्न अन्तरनिकाय सूचना आदानप्रदान गर्ने र शङ्कास्पद कारोबारको निगरानी तथा अनुगमन गरी कारबाहीको दायरामा ल्याउने तथा राजस्व चुहावटका नयाँ प्रवृृत्ति पहिचान गर्ने, अनलाइन तथा सामाजिक सञ्जालका माध्यमबाट हुने व्यापारमा हुन सक्ने कर छली तथा व्यक्तिगत आयकर छलीलाई निरुत्साहित गर्ने निर्णय पनि गरिएको विभागले जनाएको छ ।

यस्तै, नक्कली तथा झुटो कारोबारलाई नियन्त्रण गर्नेतर्फ सामान्य तथा आर्थिक रूपमा कमजोर मानिसलाई प्रलोभनमा पारी निजको नाममा व्यवसाय दर्ता गरी कारोबार गर्ने र कर छली गरी आफू कानुनको नजरमा उम्किने प्रवृत्तिलाई विशेष अनुसन्धान र छनबिन गरी कारबाहीको दायरामा ल्याउने, फर्म तथा कम्पनीको ‘फेक’ दर्ता रोक्न निजको बायोमेट्रिक अवस्था, वित्तीय व्यवस्था, व्यावसायिक योजना आदिलाई विशेष निगरानी गर्ने निर्णय पनि भएको विज्ञप्तिमा जनाइएको छ ।

यस्तै, बजारमा उत्पादन, पैठारी तथा खरिद गरेको आधिकारिक वा प्रमाणिक स्रोतविना बिल–बीजक मात्र खरिद–बिक्री गर्ने प्रवृत्ति यदाकदा देखिएको हुँदा यस्तो प्रवृत्तिलाई निरुत्साहित गर्न तीनवटै विभागले समन्वय गरी कानुनबमोजिम कडा कारबाही गर्ने, खुला सिमानाबाट हुने चोरी–पैठारी नियन्त्रण गर्न तथा कर छली कार्यलाई निरुत्साहित गर्न स्थानीय राजस्व चुहावट नियन्त्रण समन्वय समितिलाई थप सक्रीय र प्रभावकारी बनाउने, उक्त समितिका निर्णय र सोको कार्यान्वयनलाई सूक्ष्म रूपमा अनुगमन गर्ने तथा मूल्य अभिवृद्धिकरतर्फ ‘ननफाइलर’ तथा बक्यौता कायम रहेका करदाताको आयात निर्यात रोक्का राख्न आन्तरिक राजस्व विभागले भन्सार विभागमा लेखी पठाउने निर्णय पनि भएको जनाइएको छ ।