Wednesday, May 6, 2026
Home Blog Page 1292

Brazil reports more than 11 million COVID-19 cases

0

६५५ स्थानीय तहमा फोरजी सेवा

0

नेपाल टेलिकमले चौथो पुस्ताको द्रुत गतिको इन्टरनेट ‘फोरजी’ सेवा देशका ६५५ स्थानीय तहमा पुगिसकेको जनाएको छ । राज्य र व्यक्तिको सुरक्षासँग पनि कनेक्टिभिटी जोडिएकाले यसको सहज र सही प्रयोगका लागि जनमानसमा सचेतना फैलाउन जरुरी भएको प्रबन्ध निर्देशक अधिकारीले उहाँले उल्लेख गर्नुभयो ।

क्यान महासङ्का अध्यक्ष नवराज कुँवरले सरकारले अघि सारेको डिजिटल नेपाल फ्रेमवर्कलाई सूचना प्रविधिको ‘गेमचेन्जर’ मानेर सूचना प्रविधिको पूर्वाधार विकास तथा प्रभावकारी कार्यान्वयनतर्फ अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

रोचले अमेरिकी कम्पनी जेनमार्क डाइग्नोस्टिक खरिद गर्ने

0

स्वीट्जरल्यान्डको औषधि निर्माता कम्पनी रोचले अमेरिकी जेनमार्क डाइग्नोस्टिक कम्पनी करिब १ अर्ब ८० करोड डलरमा खरिद गर्न लागेको सोमबार जनाएको छ ।

क्यालिफोर्नियामा मुख्यालय रहेको जेनमार्कले खासगरी मोलिकुलर परीक्षण गर्ने गर्दछ । कम्पनी खरिद गरेपश्चात रोचले एउटा नमुनाबाटै धेरै किसिमका परीक्षणहरु गर्न सक्नेछ ।

रोचले सार्वजनिक गरेको विज्ञप्ति अनुसार जेनमार्कको प्रतिशेयर २४।०५ डलर मूल्य तोकिएको छ । रोचले जेनमार्क डाइग्नोस्टिकको खरिदपछि कम्पनीको मोलिकुलर परीक्षणका क्षेत्रमा नयाँ आयाम थपिने जनाएको छ ।

नियामक निकायबाट स्वीकृत भएमा खरिद प्रक्रिया चालु वर्षको दोस्रो त्रैमासिकमा सम्पन्न हुनेछ ।

भारतमा करिब तीन करोडले कोरोना विरुद्ध खोप लगाए

0

भारतमा गत जनवरी १६ देखि कोभिड–१९ विरुद्धको खोप कार्यक्रम शुरु भएको थियो । सो समयदेखि हालसम्म देशभरी करिब तीन करोड व्यक्तिले खोप लगाइसकेका छन् । भारतमा गत २४ घण्टामा २६ हजार २९१ जनामा कोभिड–१९ को सङ्क्रमण देखिएपछि कुल कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड १३ लाख ८५ हजारभन्दा बढी पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जनाएको छ ।

भारतमा गत २४ घण्टामा कोभिड¬¬¬–१९ सङ्क्रमणको कारण ११८ जनाको मृत्यु भएपछि कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ५८ हजार ७२५ जना पुगेको छ । हाल भारतमा दुई लाख १९ हजारभन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् । केही दिनयता भारतमा सक्रिय सङ्क्रमितको संख्या बढेको पाइएको छ । यसैबीच कोभिड–९९ को सङ्क्रमण शुरु भएयता भारतमा हालसम्म एक करोड १० लाख ७ हजारभन्दा बढी कोरोना भाइरस मुक्त भएका छन् ।

भारतीय स्वास्थ्य अनुसन्धान परिषद््ले आइतबारसम्म देशभर २२ करोड ७४ लाख सात हजारको हाराहारीमा नमूना परीक्षण गरेको छ । हिजो आइतबार एकै दिनमा सात लाख ३ हजार ७७२ जनाको कोभिड–१९ परिक्षण भएको पनि समाचारमा जनाइएको छ ।

सरकारको नेतृत्वका लागि भरपर्दो वातावरण खोज्दै कांग्रेस

0

काठमाडौं । नयाँ सत्तासमीकरणका लागि दलबीच दौडधूप चलिरहेका बेला प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको नेतृत्वका लागि उचित वातावरणको खोजी गर्न थालेको छ । उसले उचित वातावरण बनेमा आफू नेतृत्व
लिन तयार रहनेसमेत स्पष्ट पारेको छ । तर, कांग्रेसले भरपर्दो वातावरणको सुनिश्चितता भइसकेको बताएको छ । कांग्रेसले नयाँ सरकार बनाउन माओवादी केन्द्र र जनता समाजवादी पार्टीबाट भरपर्दो विश्वासको वातावरण खोजिरहेको हो ।

कांग्रेस आन्तरिक रूपमा त्यसतर्फ अघि बढिरहेको छ । कांग्रेसभित्र सरकारको नेतृत्व लिने पक्षमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला एक मत छन् । वरिष्ठ नेता पौडेल र सिटौलाले देउवालाई सरकारको नेतृत्वका लागि अघि सर्न आग्रहसमेत गरिरहेका छन् । यद्यपि, देउवा केही दिन अघिसम्म कांग्रेस नेतृत्वमा जान नहुने अडानमा थिए । कांग्रेस सहमहामन्त्री डा। प्रकाशशरण महतले वर्तमान सरकारको विकल्प खोज्न कांग्रेस तयार रहेको बताए तर हतार नगरी भरपर्दो वातावरणको सुनिश्चितता कांग्रेसले खोजिरहेको उनले जानकारी दिए । ‘सरकारको नेतृत्व लिन कांग्रेस तयार छ तर हतार गर्ने कुरा होइन, जोड– घटाउको कुरा हुन्छ । त्यसका लागि भरपर्दो वातावरण बनाउँदै अघि बढ्नुपर्छ,’ कांग्रेस सहमहामन्त्री महतले राजधानीसँग भने ।

कांग्रेसले नयाँ सरकारमा सत्ता सहकार्यबारे शुक्रबार जसपाका नेतासँग पदाधिकारीसहित छलफल गरेको थियो । सोक्रममा जसपाका नेताले प्रमुख प्रतिपक्षी दलको भूमिकामा रहेको कांग्रेसले नै सरकारको नेतृत्व लिएर मुलुकलाई राजनीतिक गतिरोधबाट मुक्त गर्नुपर्ने धारणा राखेका थिए । कांग्रेससँग सहकार्य गर्ने पक्षमा माओवादी केन्द्रसमेत अघि बढिसकेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस सभापति देउवालाई पटकपटक भेटेर सरकारको नेतृत्व लिने दिशामा अग्रसर हुन आग्रह गर्दै आइरहेका छन् । यो समाचार आजको राजधानी दैनिकमा छ ।

 

 

कसैले माग्दैमा राजीनामा दिनुपर्छ भन्ने छैन : शिक्षामन्त्री श्रेष्ठ

0

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले भन्दैमा राजीनामा दिनुपर्छ भन्ने अवस्था नरहेको बताउनुभएको छ । शनिबार काभ्रेपलाञ्चोकको धुलिखेलमा हेभी इक्विपमेन्ट व्यवसायी महासङ्घको चौथो साधारणसभा तथा दोस्रो राष्ट्रिय महाधिवेशन कार्यक्रममा उहाँले अहिले मुलुकमा राजनीतिक फुटबल खेल शुरु भएको बताउनुभयो ।

सर्वोच्च अदालतले संसद् पुनःस्थापना गरेको दिनदेखि नै राजनीतिक फुटबल खेल शुरु भएको र आफूहरुसँग शक्तिशाली खेलाडी रहेकाले अन्त्यमा खेल आफूहरुले नै जित्ने जिकिर गर्नुभयो । यसअघि पनि बल हानिसकेको अवस्थामा पोलमा ठोक्किएर फर्किएको उल्लेख गर्नुहुँदै उहाँले अबको प्रहारमा गोल गर्नेमा आफूहरु नै हुनेमा ढुक्क रहेको बताउनुभयो ।

उहाँले हेभी इक्विपमेन्ट चालकलाई चालक अनुमतिपत्र वितरण गर्ने प्रक्रिया सहज नभएको उल्लेख गर्नुहुँदै अब समस्या समाधान गर्नमा सरकार गम्भीर हुनुपर्नेमा जोड दिनुभयो । अब ट्रायल दिइसकेपछि शुल्कको व्यवस्था गरेर सुलभ र सहज ढङ्गले अनुमतिपत्र दिने काममा सरकारले तदारुकता देखाउने उहाँले बताउनुभयो । व्यवसायीले हेभी इक्विपमेन्ट नेपालमा ल्याइसकेपछि त्यसको प्रयोग र सञ्चालनको विधि के हो भन्ने विषयमा सरकारले नियमन र व्यवस्थापन गर्ने कुरामा सोच्ने उहाँले उल्लेख गर्नुभयो ।

कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले जनप्रतिनिधिले आफ्ना नाता पर्नेका नाममा हेभी इक्विपमेन्ट खरिद गरेर व्यवसायी विस्थापित हुने अवस्था भएकाले त्यसतर्फ महासङ्घले ध्यान दिन आवश्यक भएको बताउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य सुरकृष्ण वैद्यले हेभी इक्विपमेन्ट व्यवसायीलाई सरकारले नहेरेको बताउँदै राष्ट्र विकासको परिपूरकका रूपमा रहेको व्यवसाय बढी जोखिम लिने क्षेत्र भएकाले व्यावसायिक सुरक्षामा ध्यान दिन आवश्यक रहेको उल्लेख गर्नुभयो ।

नेपाल यातायात व्यवसायी महासङ्घका सल्लाहकार रमेश शर्माले व्यवसायीले योजना बनाएर अगाडि बढ्नुपर्ने भएकाले प्रविधिमैत्री बन्न सुझाव दिनुभयो ।

माओवादी केन्द्रले आज गृहमन्त्री सहित २३ जनालाइ कारवाही गर्ने तयारी

0

आज आइतबार नेकपा माओवादी केन्द्र को केन्द्रीय कमिटी बैठक बस्दै छ।

हिजो ९शुक्रबार० बसेको स्थायी कमिटी बैठकले एमालेमा गएका गृहमन्त्री रामबहादुर थापासहित आफ्ना नेताहरूलाई २४ घण्टाभित्र स्पष्टीकरण दिन आग्रह गरेको माओवादी केन्द्रले उनीहरूलाई कारबाही गर्ने तयारी गरेको छ।

माओवादी केन्द्रका स्थायी कमिटी सदस्य लीलामणि पोखरेलका अनुसार बैठक बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय ९पेरिसडाँडा० मा सुरु गरिनेछ।

‘आजको बैठकमा प्रमुख रूपमा विकसित पछिल्लो घटनाक्रमबारे बिफ्रिङ हुनेछ,’ नेता पोखरेलले आइतबार बिहान नेपालखबरसँग भने, ‘सर्वोच्च अदालतको फैसलादेखि समसामयिक अन्य विषयमा आज छलफल हुनेछ।’

२४ घण्टाभित्र स्पष्टीकरण दिन भनिएका २३ नेताका सन्दर्भमा आज के होला भन्ने प्रश्नमा उनले भने, ‘उनीहरूका हातमा पत्र पुग्योरपुगेन, के(कस्ता प्रतिक्रिया आएर आएनन्, ९पार्टी० कार्यालयले जानकारी गराएपछि त्यस आधारमा अघि बढिन्छ।’

उनका अनुसार पत्र पुगेको २४ घण्टाभित्र कुनै प्रतिक्रिया नदिने वा ‘हामीले जे गरेका छौं ठीक गरेका छौं’ भन्ने प्रतिक्रिया दिने नेताविरुद्ध कारबाही प्रक्रिया अघि बढाइनेछ।

द्यष्मज ीबदआज यो विषयसहित पार्टीको नाम फेर्ने एजेन्डामा पनि छलफल सुरु हुन सक्ने उनले बताए। ‘निर्णय नै त आज नहोला, तर छलफल सुरु हुन्छ,’ उनले भने।

यो पनि स् पार्टीको नाम फेर्दै माओवादी केन्द्र, के होला नयाँ नामरु

हिजो शनिबार बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले आज चैत १ गते केन्द्रीय समितिको बैठक राख्ने तर भोलि चैत २ गते गर्ने भनिएको राष्ट्रिय कार्यकर्ता भेला भने स्थगन गर्ने निर्णय गरेको थियो।

 

अवैध हतियारसहित एक पक्राउ

0

जिल्ला प्रहरी कार्यालय बाँकेले राप्तीसोनारी गाउँपालिकाबाट अवैध हतियारसहित एक जनालाई पक्राउ गरेको छ । राप्तीसोनारी गाउँपालिका–५ स्थित जबरपुरमा खोजतलासका क्रममा अत्याधुनिक हतियारसहित सोही गाउँ निवासी ६८ वर्षीय ऋषिराम थारूलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धामपुरका प्रमुख प्रहरी सहायक निरीक्षक फत्तेसिंह थारूले जानकारी दिनुभयो ।

उहाँका अनुसार विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले खोजतलास गर्दा ऋषिरामको घरबाट भरुवा बन्दुक दुई थान, छोरा ओमप्रकाश थारूको घरबाट एक थान बारबोर बन्दुक र भाइ लालबहादुर थारूको घरबाट एक थान कटुवा पेस्तोल, त्यसमा लाग्ने बारुद एक किलो, सटगनमा लाग्ने खोका ५० वटा, सटगन जेगीराउन्ड एक थान, जरायोको सिङ तीन थान, बँदेलको दाँत १० थान, चित्तलको दाँत चार थान र दुम्सीको प्वाँख फेला परेको हो ।

पक्राउ परेका थारू विसं २०७४ को निर्वाचनमा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालबाट गाउँपालिका अध्यक्ष र बाँके १ नम्बर निर्वाचन क्षेत्र ‘क’ बाट प्रदेशसभा सदस्यको उम्मेदवार बन्नुभएको थियो । फरार रहेका लालबहादुर र ओमप्रकाशको खोजी जारी रहेको प्रहरी सहायक निरीक्षक थारूले जानकारी दिनुभयो ।

 त्रिवि शिक्षण अस्पतालमा पहिलोपल्ट ‘११ महिने बालक’मा कलेजो प्रत्यारोपण

0

काठमाडौं । महाराजगन्जिस्थत त्रिवि शिक्षण अस्पताल ९टिचिङ० मा ११ महिने बालकमा सफलतापूर्वक कलेजो प्रत्यारोपण गरिएको छ ।

टिचिङमा पहिलोपल्ट यति सानो बालकमा कलेजो प्रत्यारोपण गरिएको हो । ती बालकलाई उनका ३५ वर्षीय बुवाले कलेजो दान गरेको र उक्त कार्य सफलतापूर्वक सम्पन्न भएको कलेजो प्रत्यारोपण सर्जन प्राध्यापक डा। रमेश सिंह भण्डारीले जानकारी दिएका छन् । डा। भण्डारीले यो सफलताको खुसी आफ्नो फेसबुकमार्फत सार्वजनिक गरेका हुन् । उनले गएराति १२ बजे प्रत्यारोपण कार्य सकिएको बताएका छन् ।

 

प्राध्यापक डा। भण्डारीकै नेतृत्वको टोलीले उक्त प्रत्यारोपण गरेको हो ।​ टिचिङमा डा। भण्डारीको नेतृत्वमा कलेज प्रत्यारोपण सफल भएको यो पाँचौँ घटना हो । टिचिङमा गत वर्ष नै पहिलोपटक एक छोरीले बाबुलाई दिएको कलेजो प्रत्यारोपण गरेर यस क्षेत्रमा सफलता हासिल गरिएको थियो ।

डा भण्डारीका अनुसार बिरामी बालकका अभिभावकले विदेशमा गएर कलेजो प्रत्यारोपण गर्न चाहेका थिए । यसका लागि उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर सहयोग गर्न अनुरोध गरेका थिए । तर प्रधानमन्त्री ओलीले टिचिङमै यो अप्रेसन सफल हुने विश्वास दिलाउँदै उक्त कार्यका लागि पहल गरिदिएको जनाइएको छ ।

परिवारले उपचार खर्च तिर्न नसकेपछि अस्पतालले दिएन शव

0

विराटनगर । परिवारले उपचार खर्च तिर्न नसकेपछि न्युरो अस्पतालले १८ वर्षीय कैशाल कापरको शव दिन अस्वीकार गरेको छ।

धनुषाको धनुषधाम–४ हरिपुरका कापर फागुन १२ गते मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका थिए। त्यसपछि न्युरोमा भर्ना भएका कापरको २० गते उपचारकै क्रममा मृत्यु भएको थियो। तर, उपचार खर्च नतिरेको भन्दै अस्पतालले कापरको शव परिवारलाई नबुझाएको हो।

मृतकका हजुरबुवा मधुरी कापरले अस्पतालले नातिको शव बन्धक बनाएर राखेको बताए। पैसा नबुझाएका कारण शव हेर्नै नदिएको उनको भनाइ छ। परिवारको आर्थिक अवस्था कमजोर भएकाले उपचारबापत बाँकी रकम तिर्न सक्ने अवस्था नरहेको उनले बताए। मृतकका आफन्तले ऋण लिएर अस्पतालमा १ लाख ५० रुपैयाँ बुझाएका छन्। टाउको शल्यक्रिया गरिएको भन्दै थप ३ लाख ८५ हजार रकम माग्ने गरेको मधुरीले बताए।

मृतकका बुवा विपतीया कापरका नाममा ५ धुर जग्गा र घर रहेको छिमेकी बेचन यादवले बताए। त्यही घरजग्गा बन्धक राखेर उपचार खर्च तिरेको यादवले सुनाए।

अस्पताल प्रशासनका राजेश भट्टराईले कापर परिवारले झन्डै ३ लाख बुझाउन बाँकी रहेको सुनाए। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।