कैलालीको टीकापुर नगरपालिका–१ निवासी जीवन विष्टको भान्सा घरमा खाना पकाउने ग्यास चुहावट भई आगलागी हुँदा चार घाइते भएका छन् । ग्यास जडान गर्ने क्रममा आज भएको आगलागीबाट ३० वर्षीय निज विष्टसहित उहाँकी पत्नी २८ वर्षीया बबिता विष्ट, तीन वर्षीय छोरा जेनेल र सोही वडाको विजयनगर मुक्तकमैया शिविरका हरि चौधरी घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रतीक विष्टले बताउनुभयो । घाइतेमध्ये जीवन विष्ट र हरी चौधरीको अवस्था गम्भीर छ । अन्य दुईको अवस्था समान्य छ । घटनामा घाइते हुनेलाई तत्काल टीकापुर अस्पतालमा पु¥याइएकोमा थप उपचारका लागि कोहलपुर लगिएको छ ।
हेलिकप्टर चार्टड गरेर मुख्यमन्त्री राई ससुराली पुगे
काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई हेलिकप्टर चार्टड गरेर ससुराली पुगेका छन् ।
गत माघ ११ गते ४९ वर्षीय मुख्यमन्त्री राईले संखुवासभाकी २३ वर्षीया मोडल जाङ्मु शेर्पासँग लगनगाँठो कसेका थिए । मंगलबार हेलिकप्टर चार्टड गरेर श्रीमान राईसहित आफू माइती आइपुगेको जाङ्मुले जानकारी दिएकी छन् ।
प्रेम सम्बन्धलाई वैवाहिक सम्बन्धमा परिणत गरेका उनीहरु मंगलबार हेलिकप्टर चार्टड गरेर संखुवासभा पुगेका हुन् । आफ्नो जन्मस्थल संखुवासभाको मकालु गाउँपालिको सेदुवा र नोर्बुको श्रीमान शेरधनसहित सपरिवारले भ्रमण गर्न पाउँदा खुसी लागेको उनले बताएकी छन् ।
यसबारे उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्, ‘मैले भर्खरै आफ्नो जन्म स्थल संखुवासभा मकालु गाउँपालिकाको सेदुवा र नोर्बुको भ्रमण मेरो श्रीमान माननीय शेरधन राई र सबै सपरिवारका साथ गर्न पाउँदा असाध्यै खुशी लाग्यो । म त जन्मिएको मात्रै, मेरो गाउँ अति नै सुन्दर रहेछ । सबैले न्यानो स्वागत र सत्कार गर्नुभयो, धेरै खुसी लाग्यो । मेरो गाउं र ठाउँको लागी केही गर्नुपर्ने महशुस गरे किनकी त्यहाँ सडक, बिधुत, शिक्षा, स्वास्थ्य र संचार लगायतको पहुँचले जनतालाई जोडन बाँकी रहेछ, अवश्य नै म र मेरो श्रीमान माननीय मुख्यमन्त्री शेरधन राईको ध्यानाकर्षण भएको छ । सबै प्रति हार्दिक आभार ब्यक्त गर्दछु ।’
म्यान्मारको विरोध प्रदर्शनमा सोमबारसम्म कम्तीमा १३८ जनाको मृत्यु
एजेन्सी । म्यान्मारमा सेनाले गत फेब्रुअरी १ मा सत्ता लिएपश्चात् त्यसको विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि सेनाले चलाएको गोली लागेर सोमबारसम्म कम्तीमा १३८ जनाको मृत्यु भएको राष्ट्रसङ्घले जनाएको छ ।
राष्ट्रसङ्घ महासचिवका प्रवक्ता स्टिफेन डुजारिकले गर्नु भएको नियमित पत्रकार सम्मेलनमा सेनाको गोली लागेर आइतबार एकै दिन ३८ जनाको मृत्यु भएको जानकारी दिनुभयो । उहाँले यी हत्याकाण्ड याङ्गुनको हाइलाङ थायेर क्षेत्रमा भएको पनि राष्ट्रसङ्घीय मानव अधिकारी कार्यालयको भनाई उद्धृत गर्दै बताउनुभयो ।
म्यान्मारमा शनिबार पनि १८ जनाको ज्यान गएको थियो ।
उहाँले भन्नुभयो, “राष्ट्रसङ्घ महासचिवले शान्तिपूर्ण प्रदर्शनमा सहभागीमाथि भएको यस किसिमको हिंसात्मक कारबाही कुनै पनि हालतमा स्वीकार्य छैन । म्यान्मारका जनताको आधारभूत अधिकार निरन्तर उल्लङ्घन भइरहेकामा राष्ट्रसङ्घ निन्दा गर्दछ ।”
राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले क्षेत्रीय एवं अन्तर्राष्ट्रिय समुदायलाई म्यान्मारका जनताको पक्षमा ऐक्यबद्धता जनाउन पनि आग्रह गर्नु भएको छ ।
यसैबीच, म्यान्मारको सेनाले ठूलो संख्यामा प्रदर्शनकारी मारिएपछि याङ्गुनका विभिन्न क्षेत्रमा सैनिक कानुन लगाएको छ । निक्की एसियाका अनुसार यस क्षेत्रमा प्रदर्शनकारीले चिनियाँहरुको स्वामित्वमा रहेका धेरैवटा कारखानामा आगजनी गरिदिएका थिए ।
सेनाले गत फेब्रुअरीमा सत्ता आफ्नो हातमा लिएपछि सेना विरुद्ध दिनहुँ प्रदर्शनहरु भइरहेका छन् । सेनाले आङ सान सुकीको निर्वाचित सरकारलाई अपदस्थ गर्नुका साथै संसदको नयाँ निर्वाचनलाई पनि खारेज गरिदिएको छ ।
यसैबीच, जापानको भ्रमणमा रहनु भएका अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले म्यान्मारमा सेनाले गरेको ज्यादती निकै भयानक रहेको र त्यो कुनै पनि हालतमा स्वीकार्य नहुने बताउनु भएको छ ।
मदिरा उत्पादन र सेवन गर्न अनुमति आवश्यक
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाले यहाँका नागरिकलाई मदिरा उत्पादन तथा सेवन गर्न अनुमति लिनुपर्ने व्यवस्था गरेको छ ।
‘मदिरा नियमन तथा व्यवस्थापन ऐन २०७७’ अनुसार नागरपालिकाले मदिरा उत्पादन तथा सेवन गर्न अनुमति लिनुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको हो । नगर क्षेत्रभित्र सदाचार, स्वास्थ्य, सुविधा तथा आर्थिक हित कायम राख्दै सभ्य, शान्त र सकारात्मक बाटोमा समुदायलाई अग्रसर गराउन तथा घरेलु हिंसा न्यूनीकरणका लागि नगरपालिका क्षेत्रभित्र मदिरा उत्पादन, बिक्री वितरण र सेवन कार्यको नियमन तथा व्यवस्थापन गर्न यस्तो व्यवस्था लागू गरिएको नगरपालिकाले जनाएको छ ।
मदिरा उत्पादन, बिक्री वितरण र सेवनका लागि अनुमति लिनुपर्ने तथा मदिरा सेवनकर्ताले वार्षिक शुल्क तिरेर ‘सेवन कार्ड’ लिनुपर्ने व्यवस्था नगरपालिकाले गरेको छ । सो ऐनले १८ वर्षको उमेर पूरा नगरेका व्यक्तिले मदिरा बिक्री वितरण गर्न नपाउने व्यवस्था गरेको छ । ऐन विपरित मदिरा सेवन गरी समुदायमा होहल्ला, शान्ति भङ्ग हुने क्रियाकलाप वा झै–झगडा गर्ने व्यक्तिलाई पहिलो पटकका लागि रु ५०० जरिवाना तथा सोही व्यक्तिले पटक पटक सो प्रक्रिया दोहो¥याएमा २० प्रतिशतका दरले जरिवाना बढ्दै जाने प्रावधान रहेको छ ।
एउटा वडामा एक वटा थोक मदिरा पसल र पाँच वटा ओसारपसार मदिरा पसलका लागि मात्र अनुमति दिने ऐनमा उल्लेख छ ।
माओवादी संसदीय दलको नेतामा दाहाल
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संसदीय दलको नेता चयन गरेको छ । संसदीय दलको आजको बैठकले नेता देव गुरुङलाई प्रमुख सचेतकमा चयन गरेको नेता वर्षमान पुनले राससलाई जानकारी दिनुभयो । दलको उपनेता र सचेतक भने चयन गर्न बाँकी छ । उहाँका अनुसार राष्ट्रियसभा संसदीय दलको नेतामा पुनः दिनानाथ शर्मालाई नै चयन गरेको छ ।
बैठकले प्रतिनिधिसभाका चार र राष्ट्रियसभाका दुई गरी छ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय पनि गरेको छ । हाल नेकपा ९एमाले०मा रहेका उहाँहरूसहितका २२ नेतालाई यसअघि स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकलेसमेत स्पष्टीकरण सोध्ने निर्णय गरिसकेको थियो । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० लाई बदर गरी माओवादी केन्द्र र नेकपा ९एमाले० पार्टी नै कायम रहेको फैसला सुनाएपछि दुवै दल पदाधिकारी चलनमा लागेको छ ।
बैठकले गत फागुन २३ गते सर्वोच्चले गरेको फैसला बेठिक रहे पनि कार्यान्वयन गर्ने निर्णय पनि गरेको नेता पुनले जानकारी दिनुभयो । त्यसपछि माओवादी केन्द्रको संसदीय दलको यो पहिलो बैठक हो । प्रधानमन्त्री केपी शर्मा ओलीले अलोकतान्त्रिक कदम चालेको अदालतले फैसला गरिसकेकाले नैतिकरुपमा राजीनामा दिनुपर्ने दलको निष्कर्ष रहेकोसमेत उहाँले जानकारी दिनुभयो ।
बैठकको शुरुआतमा समसामयिक राजनीतिक विषयमा अध्यक्ष दाहालले संक्षिप्तरुपमा जानकारी गराउनुभएको थियो । बैठकमा उहाँले जनता समाजवादी पार्टी र नेपाली कांग्रेससँग मिलेर सरकार बनाउने सम्भावना रहेको जानकारी गराउनुभएको नेता पुनले बताउनुभयो । बैठकले दलको विधान संशोधन गर्ने निर्णय पनि गरेको छ । त्यसका लागि कार्यदलसमेत बनाएको जनाइएको छ ।
७ महिनामै भित्रियो ५ खर्व रेमिट्यान्स
चालू आर्थिक वर्षमा रेमिट्यान्स विप्रेषण आप्रवाह निरन्तर बढिरहेको छ।
चालू आर्थिक वर्षको सात महिनासम्ममा रेमिट्यान्स आप्रवाह १०।९ प्रतिशतले वृद्धि भई ५ खर्ब ६७ अर्ब ७० करोड पुगेको हो।
नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०।७ प्रतिशतले घटेको थियो ।
अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६।७ प्रतिशतले वृद्धि भई ४ अर्ब ८१ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ०।५ प्रतिशतले घटेको थियो ।
७ महिना अर्थात् माघ मसान्तसम्ममा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति ९संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण० लिने नेपालीको संख्या ७५।९ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २१।७ प्रतिशतले बढेको थियो।
वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ६७।४ प्रतिशतले घटेको छ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ०।६ प्रतिशतले घटेको थियो। यसरी हेर्दा वैदेशिक रोजगारीमा जाने दर निरन्तर कमी भइरहँदा पनि रेमिट्यान्स आप्रवाह बढिरहेको देखिएको हो।
काठमाडौं किकर्सले फुटबल क्लिनिक गर्ने
काठमाडौं किकर्स फुटबल क्लिनिक यसै साता सुरु हुने भएको छ । काठमाडौं किकर्स फुटबल क्लिनिकको आयोजनामा शुक्रबारबाट क्लिनिक सुरु हुने मंगलबार आयोजित पत्रकार सम्मेलनमा किकर्सका अध्यक्ष नवीन पाँडेले जानकारी दिए ।
पहिलो चरणमा शुक्रबादेखि आइतबार सम्म दैनिक २ घन्टाको क्लिनिक हुने बताइएको छ । जसमा ६ देखि ९ वर्ष, १० देखि १३ वर्ष र १४ देखि १६ वर्ष समूहका बालबालिकालाई अलग अलग प्रशिक्षणमा सहभागी गराइनेछ ।
तल्लो तहबाट फुटबल सिकाउने उद्देश्यका साथ किकर्सले स्कटल्यान्डका लि मेनसनलाई प्रशिक्षक नियुक्त गरेको छ । सन् १९९४ देखि मेनसनले प्रशिक्षकको रुपमा स्कटल्यान्ड, अमेरिका, जापान, फिलिपिन्स र लाओसका विभिन्न क्लबमा प्रशिक्षण दिइसकेको बताइएको छ ।
युईएफएका बी लेभेलका प्रशिक्षक मेनसनले २०१९ मा फिलिपिन्सको राष्ट्रिय महिला टोलीको सहायक प्रशिक्षक र सहायक व्यवस्थापकको भूमिका निर्वाह गरेका थिए । पहिलो चरणको प्रशिक्षण पछि आफ्ना बच्चाहरुलाई लामो समय प्रशिक्षण गराउन चाहने अभिभावकसँगको परामर्शमा ३ महिना, ६ महिना र एक वर्ष प्रशिक्षणको तालिका सार्वजनिक गरिने किकर्सले जनाएको छ ।
खेलाडी उत्पादनको उद्देश्यसहित सुरु हुने प्रशिक्षण बुढानिकण्ठ नगरपालिकाकास्थित कपअन स्पोर्टस् सेन्टर ९सिएमसी० मा सञ्चालन हुने बताइएको छ । किकर्सले ४ वर्षयता प्रशिक्षण सञ्चालन गर्दै आएपछि पछिल्लो समय कोभिड १९ का कारण स्थगित भएको थियो ।
अमेरिकी विदेश र रक्षा मन्त्री जापान भ्रमणमा, चिनियाँ प्रभाव बढेकामा चिन्ता व्यक्त
टोकियो । अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केन र रक्षा मन्त्री लोयड अस्टिन जापानको भ्रमणमा टोकियो पुग्नु भएको छ । यो उहाँहरुको पहिलो विदेश भ्रमण पनि हो ।
टोकियोमा जापानी विदेश मन्त्रीसँगको प्रारम्भिक चरणको वार्तापछि अमेरिकी मन्त्रीहरुले एसिया–प्रशान्त क्षेत्रमा अस्थिरता निम्त्याउने गरी चीनले अघि सारेका गतिविधिहरु स्वीकार्य नहुने चेतावनी दिनुभयो ।
चीनको प्रभाव बढ्दै भन्दै अमेरिकाको वर्तमान जो बाइडेन प्रशासनले आफ्ना साझेदार मुलुकहरुबीचको परम्परागत गठबन्धन अझ सुदृढ गर्ने योजना अघि सारेको छ ।
अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले गठबन्धन मुलुकलाई चिढ्याएका कारण अमेरिका र यसका साझेदार मुलुकले दबाब खेप्नु परेको भन्दै बाइडेन प्रशासनले गठबन्धनलाई पुनर्जीवित तुल्याउने घोषणा गर्नु भएको छ ।
जापानी समकक्षीसँगको भेटवार्तापछि जारी संयुक्त वक्तव्यमा उहाँहरुले चीनका पछिल्ला गतिविधिहरु विश्व मामिला अनुकूल नभएको दाबी गर्दै चीनका यी गतिविधिबाट विश्वमै राजनीतिक, आर्थिक, सैनिक र प्रविधिगत चुनौतीहरु बढेको बताइएको छ ।
अमेरिका र जापान दुवै पक्षले एसिया प्रशान्त क्षेत्रमा विकास भइरहेका गतिविधिहरुप्रति गम्भीर चासो व्यक्त गरेका छन् ।
अस्टिन र ब्लिन्केनले उत्तर कोरियाली नीतिको पनि समीक्षा गर्ने अपेक्षा गरिएको छ । वक्तव्यमा उहाँहरुले उत्तर कोरियालाई पूर्ण आणविक निरस्त्रीकरणका लागि आग्रह गर्नु भएको छ । उहाँहरुले उत्तर कोरियाली आणविक हातहतियारहरु अन्तर्राष्ट्रिय शान्ति र स्थायित्वका लागि खतरा रहेको पनि बताउनु भएको छ ।
तर विदेश मन्त्री ब्लिन्केनले उत्तर कोरियाली नेता किम जङ अनकी बहिनीले दिएको वक्तव्यका बारेमा कुनै टिप्पणी गर्न चाहनु भएन । उहाँले भन्नुभयो, “हामी उत्तर कोरियामाथि प्रभावकारी दबाब सिर्जना गर्न सकिने विभिन्न पक्षमाथि विचार विमर्श गरिरहेका छौं
राष्ट्रपतिको सर्वदलीय बैठकमा पूर्वप्रधानमन्त्रीद्वय नेपाल र खनाल सहभागी नहुने
राष्ट्रपति विद्यादेवी भण्डारीले आयोजना गरेको सर्वदलीय बैठकमा पूर्वप्रधानमन्त्रीद्वय माधव नेपाल र झलनाथ खनाल सहभागी नहुने भएका छन्।
भोलि बुधबारदेखि सुरु हुने पार्टीको राष्ट्रिय कार्यकर्ता भेलाको तयारीमा जुट्नुपर्ने भएकोले नेपाल र खनाल दुबै नेता जान नपाउने भएको केन्द्रीय सदस्य विष्णु रिजालले बताए।
राष्ट्रपति भण्डारीले आज अपरान्ह चार बजेका लागि संसद प्रतिनिधित्व गर्ने दलका प्रमुख र पूर्वप्रधानमन्त्रीहरुको बैठक बोलाएकी हुन्।
जनता समाजवादी पार्टी ९जसपा० का संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराई पनि स्वास्थ्यका कारण सहभागी नहुने बताएका छन्।
महिला लघुबित्तको ओपन रेन्ज कति ?
महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपिओ आज मंगलबारबाट दोस्रो बजारमा कारोबार सुरु भएको छ । संस्थाको पहिलो कारोबारको लागि नेप्सेले ३१३।१६ रुपैयाँदेखि ९३९ रुपैयाँसम्मको ओपनिङ्ग रेन्ज प्रदान गरिएको थियो । कम्पनीको आईपिओको पहिलो कारोबार प्रतिकित्ता ४३८ रुपैयाँमा भएको छ । यो समाचार तयार पर्दासम्म कम्पनीले ११ कित्ता सेयर कारोबार गरेको छ ।
कम्पनीलाई कारोबार गर्नको लागि नेप्सेले ःीद्यक्ीसिम्बल दिएको छ । कम्पनीले माघ ३० गतेदेखि आईपिओ बिक्रि खुला गरेको थियो । कम्पनीले ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता सेयर निष्काशन गरेको थियो ।
जसमध्ये कम्पनीले ५ हजार कित्ता कम्पनीका कर्मचारीहरुलाई र २० हजार कित्ता सामुहिक लगानी कोषहरुलाई छुट्याएको थियो। बाँकि ३ लाख ७५ हजार कित्ताको लागि सर्वसाधारणको लागि छुट्याइएको थियो ।











