Saturday, May 2, 2026
Home Blog Page 1272

स्वरोजगार बन्दै १२ हजार युवा

0

काठमाडौं | वा तथा साना व्यवसायी स्वरोजगार कोषले १२ हजार बेरोजगार युवालाई स्वरोजगार बनाउने भएको छ ।

कोषले चालु आर्थिक वर्षमा ती युवालाई लक्षित गरेर पाँच नयाँ कार्यक्रम मार्फत स्वरोजगार बनाउन शुरुआत गरेको हो । आर्थिक अभावका कारणले स्वरोजगार बन्न नसकेका युवालाई कोषले रु दुई लाख सहुलियत दरमा ऋण उपलब्ध गराउने गर्दछ ।

कोषले सहकार्यमा आधारित साझेदारी कार्यक्रम, कोशी इकोनोमिक करिडोर कार्यक्रम, भेरी–कर्णाली इकोनोमिक करिडोर कार्यक्रम, काठमाडौँ उपत्यकाका स्वरोजगार कार्यक्रम र तराई–मधेश स्वरोजगार जस्ता नयाँ पाँच कार्यक्रम सञ्चालन गरेर १२ हजार युवालाई स्वरोजगार बनाउन थालिएको कोषका कार्यकारी उपाध्यक्ष डा कल्याण रोकाले जानकारी दिनुभयो ।

उहाँले अहिले ती कार्यक्रमको सञ्चालनका लागि अनुगमनको कार्य भइरहेकाले चाँडै नै युवालाई कर्जा प्रवाह गरेर स्वरोजगारमुखी कार्यक्रम सञ्चालन गरिने बताउनुभयो । ती युवालाई आफूले जानेको सीप, क्षमता र ज्ञानका आधारमा व्यवसाय सञ्चालन गर्नका लागि कोषले ३।२ प्रतिशत ब्याजमा रु दुई लाख उपलब्ध गराउने छ ।

कोषले स्थानीय तहसँग सहकार्य गरेर युवालाई स्वरोजगार बनाउने छ । स्थानीय तहबाट ३।५ प्रतिशत व्याजमा ऋण लिए कोषले तिनै स्थानीय तहमा बेरोजगार युवालाई स्वरोजगार बनाउन दुई लाखका दरले ३।२ प्रतिशतमा व्याजमा ऋण उपलब्ध गराउने भएको छ ।

‘हामीले स्थानीय तहबाट जति ऋण लिन्छौँ, त्यति नै थप गरेर त्यहाँ रहेका युवालाई लगानी गर्दछौँ’, उहाँले भन्नुभयो, ‘यसले गर्दा स्थानीय तहमा रहेका युवालाई त्यही नै रोजगारी सिर्जना गर्न सकिन्छ ।’

कोषले स्थानीय तहमा रहेका बैंक, वित्तीय संस्था र सहकारीमार्फत ती युवालाई रु दुई लाखका दरले ऋण उपलब्ध गराउने छ । अहिले कोषले सहकार्यका लागि स्थानीय तहलाई प्रस्ताव आह्वान गरेको छ । साझेदारी कार्यक्रमका कार्यक्रम संयोजक नरबहादुर साउँदले १२ स्थानीय तहले साझेदारी गर्नका लागि प्रस्ताव पेश गरेको जानकारी दिनुभयो । यस वर्ष स्थानीय तहका पाँच हजार युवालाई स्वरोजगार बनाइने लक्ष्य दिइएको छ ।

कोशी इकोनोमिक करिडोर कार्यक्रम
यस्तै कोषले कोशी नदी र त्यस नदीका सहायक नदीसँग जोडिएका १७ जिल्लाका युवालाई लक्षित गरेर कोशी इकोनोमिक करिडोर कार्यक्रम पनि सञ्चालनका तयारीमा गरेको छ । सिन्धुपाञ्चोक, काभ्रे, सिन्धुली, रामेछाप, दोलखा, ओखलढुङ्गा, सोलुखुम्बु, खोटाङ, उदयपुर, सप्तरी, भोजपुर, सङ्खुवासभा, धनकुटा, तेह्रथुम, पाँचथर, ताप्लेजुङ र सुनसरी जिल्लाका करीब दुई हजार ५०० युवालाई लक्षित गरी कार्यक्रम सञ्चालन गर्न थालिएको कोषका कार्यकारी उपाध्यक्ष डा रोकाले जानकारी दिनुभयो ।

सप्तकोशाी नदी तथा उक्त नदीमा सहायक नदीका किनारको आसपासमा नदीले छोएका ती जिल्लाका युवालाई माछापालन, लोकल हाँस–कुखुरापालन, बङ्गुरपालन, बाख्रापालन, होमस्टे, ¥याफटिङ व्यवसाय, आलुखेती, केराखेती, बगरखेती, गोलभेंडा, अदुवाखेती, काउली बन्दा, बेसार र पशुपालन व्यवसाय सञ्चालनका लागि कर्जा उपलब्ध गराइने छ ।

अहिले युवालाई कर्जा उपलब्ध गराउनका लागि वित्तीय संस्थाको अनुगमन भइरहेको कोषका कार्यकारी निर्देशक नारायणदत्त देवकोटाले जानकारी दिनुभयो ।

कोषले भेरी र कर्णाली नदी किनारमा रहेका १७ जिल्लाका युवालाई पनि व्यावसायिक प्रयोजनका लागि कर्जा उपलब्ध गराउने भएको छ । हुम्ला, जुम्ला, मुगु, अछाम, डोल्पा, कालिकोट, दैलेख, सुर्खेत, जाजरकोटा, अछाम, डोटी, बझाङ, बाजुरा, सल्यान, रुकुम ९पश्चिम र पूर्व० दुवै, कैलाली र बर्दियाका दुई हजार युवालाई तरकारीखेती, पशुपालन, पक्षीपालन, फापर÷काउनो खेती, माछापालन, राताचामल, फलफूलखेती, होमस्टे÷होटल, ¥याफटिङ र स्थानीय व्यवसाय सञ्चालनका लागि कर्जा प्रवाह गरी स्वरोजगार बनाउने कार्यक्रम शुरु गरेको छ ।

कोषले काठमाडौँ उपत्यकामा बेरोजगार युवालाई लक्षित गरी ठेलामा खानेकुरा बच्नका लागि कर्जा उपलब्ध गराउने भएको छ । काठमाडौँ, ललितपुर र भक्तपुरका बेरोजगार युवालाई चोक, पार्क, सपिङ मल अगाडि खानेकुरा, तरकारी, फलफूल र दुग्धजन्य खाद्यपदार्थ बेच्नका लागि दुई लाखका दरले कर्जा उपलब्ध गराउने तयारी गरेको छ ।

कोषका कार्यकारी निर्देशक देवकोटाले युवालाई कर्जा प्रवाह गर्नका लागि अनुगमनका कार्य भइरहेको र चाँडै नै कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो । ‘आफ्नो सीप, क्षमता भए पनि केही युवाले थोरै रकममा पनि व्यवसाय सञ्चालन गर्न पाएका छैनन्’, उहाँले भन्नुभयो, ‘त्यही भएर दुई लाखले सञ्चालन हुने ठेलागाडामा राखेर खानेकुरा बेच्नसक्ने व्यवसाय सञ्चालन गरेर स्वरोजगार बन्न सक्नेलाई कर्जा उपलब्ध गराउने छ ।’

कोषले यस कार्यक्रममार्फत तराईका २१ जिल्लाका युवालाई बायोफ्लक प्रविधिबाट भकारीमा प्रविधियुक्त माछापालनमा लगानी गरी स्वरोजगार सिर्जन गर्नेछ । कञ्चनपुर, कैलाली, बाँके, बर्दिया, दाङ, कपिलवस्तु, नवलपरासी, रुपन्देही, चितवन, बाचरा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा, सप्तरी, सुनसरी, मोरङ, झापा र उदयपुरका युवालाई माछापालनसँगै अटोरिक्सा, ठेलागाडामा व्यवसाय, फलफूल, तरकारी, चट्पटे, फास्टफुड पसल, भँैसीपालन सञ्चालनका लागि कर्जा प्रवाह गर्नेछ ।

कोषले तयारी पारेको ढाँचाअनुसार ऋणका लागि प्रस्ताव पेश गर्नुपर्नेछ । सो प्रस्ताव कोषले स्वीकृत गरेपछि कोषसँग सहकार्य गरेका वित्तीय सङ्घसंस्था, सहकारीमार्फत आधारमा युवाले ऋण पाउने छन् । एक जनाले दुई लाखका दरमा वार्षिक ३।२ प्रतिशत व्याजमा ऋण पाउने छ । यसरी पाएको ऋणबाट उनीहरुले आफ्नो सीप, क्षमताअनुसार कुनै व्यवसाय सञ्चालन गर्ने छन् ।

मुलुकमै पूँजीको व्यवस्था गरी देशको उत्पादनशील र सीपयुक्त युवा जनशक्तिलाई पूँजी र कामको अभावमा विदेश पलायन हुने प्रवृत्तिलाई निरुत्साहित गर्न २०६५ सालमा कोषको स्थापना गरिएको हो । कोषले अहिलेसम्म ७८ हजार युवालाई स्वरोजगार बनाइसकेको छ ।

कोषले मुलुकमा उपलब्ध जनशक्तिलाई आर्थिकरुपमा सक्षम बनाई स्वरोजगार कार्यक्रममा उनीहरुको सहज, पहुँच र स्रोत परिचालन गर्नसक्ने अवस्था सिर्जना गरी अपनत्व र स्वामित्वको अनुभूति गराउन कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।

न्युज२४नेपाल बाट साभार

कांग्रेस नेता नविन्द्रराज जोशीको निधनले राजनीतिमा अपूरणीय क्षति

0

काठमाडौं । नेपाली लोकतान्त्रिक आन्दोलनका हिमायती नविन्द्रराज जोशी हामी माझ रहेनन् । मष्तिष्काघात भई थापाथलीमा रहेको नर्भिक अस्पतालमा जोशीको निधन भएको छ ।

नेपाली कांग्रेसका नेता जोशी सांसद र मन्त्रीसम्म भए । निकै मृदुभाषी जोशी सालिन नेताका रुपमा पनि चिनिन्छन् । सर्वमान्य नेता गणेशमान सिंहको छत्रछायाँमा हुर्किएका जोशी कम उमेरमै महत्वपूर्ण जिम्मेवारी सम्हाल्न सक्षम रहे ।

विक्रम संवत् २०१८ साल असार ३ गते काठमाडौंमा बुवा गजेन्द्रराज जोशी र आमा गीता जोशीबाट जन्मिएका नविन्द्र सानै उमेरमा राजनीतिमा होमिए । २०३६ सालको विद्यार्थी आन्दोलनमा सक्रियतापूर्वक भाग लिएका उनले त्रिचन्द्र क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको सचिव र नेविसंघ काठमाडौंको अध्यक्ष भएर काम गरे ।

२८ वर्षको उमेरमा जोशीले २०४४ देखि २०४८ सालसम्म नेविसंघको महामन्त्री भएर काम गरे । २०४८ सालको बुटवल महाधिवेशनमा नेविसंघ अध्यक्षको प्रत्यासी बनेका जोशी कांग्रेस नेता एनपी साउदसँग पराजित भएपछि काठमाडौंको स्थानीय राजनीतिमा सक्रिए बने ।

प्रजातन्त्र पुनःस्थापनापछिको पहिलो स्थानीय चुनावमा २०४९ सालमा काठमाडौं महानगरपालिकाको उपमेयर निर्वाचित भएका जोशीले मेयरमा निर्वाचित भएका पीएल सिंहसँग पाँच वर्ष स्थानीय जनप्रतिनिधि भएर २०५४ सालसम्म काम गरे ।

जोशी २०६७ सालदेखि नेपाली कांग्रेसको केन्द्रीय सदस्यको भूमिकामा आएका थिए । कांग्रेसमा युवाको मतलाई चर्चामा ल्याएका उनी आफू पनि चर्चित बने । त्रिभुवन विश्वविद्यालयबाट एमबीएसम्मको अध्ययन गरेका जोशी संविधानसभाको २०६४ र २०७० मा भएको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर–८ बाट निर्वाचित भएका थिए ।

२०७० सालको निर्वाचनपछि सुशील कोइराला नेतृत्वको सरकारमा उद्योगमन्त्री बनेका जोशीले नेपाल औषधि कम्पनी पुनःस्थापित गरेर चर्चा कमाएका थिए । जोशीले बन्द अवस्थामा रहेका उद्योग सञ्चालन गर्ने नीति मात्र ल्याएनन्, नेपाल औषधि लिमिटेडको सञ्चालन नै गरेपछि उनको चर्चा चुलिएको थियो ।

२०७२ सालको विनाशकारी भूकम्पपछि पुनर्निर्माणका लागि लगानी सम्मेलनको संयोजक भएर काम गरेका जोशीले १४ खर्ब रुपैयाँ बढीको लगानी प्रतिबद्धता ल्याएपछि जोशीको कम बोल्ने र काम गरेर देखाउने नेताको पहिचान बनेको थियो ।

आत्मविश्वासी जोशी २०७४ को निर्वाचनमा भने नेकपा एमाले र माओवादी केन्द्रको एकता र कम्युनिस्ट पार्टीको लहरका कारण ३ सय ५४ मतको झिनो अन्तरबाट एमालेका जीवनराम श्रेष्ठसँग पराजित भए ।

न्युज२४नेपाल बाट साभार

प्रचण्डले महन्थलाई भने, ‘नयाँ सरकारको नेतृत्व गर्नुस्, हामी मिलेर सरकार बनाऔं’

0

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनता समाजवादी पार्टी जसपाका अध्यक्ष महन्थ ठाकुरलाई प्रधानमन्त्रीको प्रस्ताव गर्नुभएको छ ।

शनिबार काठमाडौंमा आयोजित बृहत नागरिक आन्दोलन कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले केही हप्ता दिनमै मिलेर नयाँ सरकार बनाउन र त्यसको नेतृत्व गर्नुस् भन्दै प्रस्ताव गर्नु भयो ।

नागरिकहरुको प्रश्नको जवाफ दिने क्रममा अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘हामी मिलौँ र नयाँ सरकार बनाऔँ । त्यसको नेतृत्व तपाइँले गर्नुस्।’

अध्यक्ष प्रचण्डले अध्यक्ष ठाकुरलाई ओलीकोम धाइरहनुको साटो आँफै सरकारको नेतृत्व गरेर आफ्नो माग पूरा गर्न सुझाव दिनुभयो । अध्यक्ष प्रचण्डले आफूले पनि संविधान संशोधनका लागि पटक पटक संसदमा प्रस्ताव लगेको तर ओलीले नै अस्वीकार गरेको बताउनु भयो ।

न्युज२४नेपाल बाट साभार

थ्री नेशन्स् कप : एक गोल पनि नगरि फाइनलमा पुग्यो नेपाल, उपाधिकाे लागि फेरि बंगलादेशसँगै खेल्ने

0

काठमाडौं, १४ चैत । नेपाल थ्री नेशन्स कपको फाइनलमा पुगेको पुगेको छ । शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा बंगलादेश सँग गोलरहित बराबरी खेल्दै नेपाल फाइनलमा पुगेको हो । यो सँगै किर्गिस्तान भने प्रतियोगिताबाट बाहिरिएको छ ।

बंगलादेशसँगको आजको खेलमा नेपालले गोल गर्ने धेरै अवसरहरु पाएपनि गोल गर्न नसक्दा बराबरीमा चित्त बुझाउनु परेको हो । खेलको तेस्रो मिनेटमै अनन्त तामाङले अञ्जन विष्टलाई सुन्दर पास गरेका थिए । तर अन्जनको फितलो प्रहारका कारण गोलमा परिणत हुन सकेको थिएन ।

त्यसपछि २१ औं मिनेटमा पनि अञ्जन विष्टले फ्रि पोजिसनमा पाएको बललाई हेड गर्दा पोष्टमाथिबाट बाहिरीएको थियो । त्ययसयता पनि नेपालले २४ औं मिनेट, ५८, ६५ र ७३ औं मिनेटमा गोल गर्ने सुवर्ण अवसर पाएको थियो । तर नेपाली स्ट्राइकरहरुको फितलो प्रहारका कारण गोल हुन सफल भएको थिएन । तथापि नेपाल सुुखद यात्राका साथ फाइनल फाइनल भने पुुगेको छ ।

सम्भवत नेपाली अन्तर्राष्ट्रिय खेलको दौरानमा एक गोल पनि नगरि फाइनल पुगेको पहिलो इतिहास हो । सोमबार पुन: नेपालले बंगलादेशसँगै फाइनल खेल खेल्नेछ । थ्री नेशन्स कपमा नेपाल, बंगलादेश र किर्गिस्थान गरि ३ देशको सहभागीता थियो ।

न्युज२४नेपाल बाट साभार

आज रंगको पर्व होली मनाइँदै : भेला भएर नखेल्न आग्रह, स्वास्थ्य मापदण्डको पालना नगरे कारवाही !

0

काठमाडौं, १५ चैत । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ ।

नेपालका पहाडी तथा हिमाली क्षेत्रमा फागु पूर्णिमाका दिन होली मनाउने गरिन्छ भने तराईमा पूर्णिमाको भोलिपल्ट होली पर्व मनाउने गरिन्छ । यस वर्ष पनि तराईमा सोमबार होली मनाइँदै छ । विभिन्न समुदायको बसोबास रहेको तराईमा दुई/तीन दिनसम्म होली मनाउने चलन छ ।

यस पर्वका अवसरमा आज काठमाडौँको वसन्तपुरमा उपस्थित मानिसले वातावरणलाई नै रङ्गीचङ्गी तुल्याउँदै त्यहाँ गाडिएको चीरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टुँडिखेलमा लगी जलाउँछन् । उक्त चीरमा राखिएका ध्वजापताका औषधोपचारको काममा आउने विश्वासका साथ लुँछाचुँडी गरी लिने र अनिष्ट टर्छ भनी चीरको खरानीको टीका लगाइन्छ ।

फागुन शुक्ल अष्टमीका दिन वसन्तपुरस्थित गद्दी बैठकअगाडि मैलको रुखलाई रङ्गीचङ्गी ध्वजापताकासाथ सिँगारी गाडिएको चीरमा पूजाआजा गरेपछि फागु शुरु हुन्छ ।

आजै राति टुँडिखेलमा ‘गुरुमापा’ नामक राक्षसलाई इटुम्बहालदेखि कहीँ पनि नबिसाई ल्याइएको दश पाथी चामलको भात र एउटा राँगाको मासु खुवाई सैनिक अस्पतालभित्र रहेको ‘जधु’ नामक धारामा चुठाउने चलन छ ।

फागु पर्वका उपलक्ष्यमा परम्परादेखि सरकारले सार्वजनिक बिदा दिँदै आएको छ ।

भेला भएर होली खेल्न निषेध !

यो वर्ष पनि कोरोना भाइरसको प्रभावले गर्दा फागु पर्वमा भेला भएर होली नखेल्न सरकारले आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले भेला भएर, भीड जम्मा गरेर होली नखेल्न भनिसकेको छ।

काठमाडौं प्रशासनले पनि संक्रमणको जोखिम उच्च रहेको भन्दै होली पर्वलाई आफ्नो घर भित्रै सीमित गरी सामाजिक सांस्कृतिक मर्यादानुसार खेल्न भनेको छ। बाहिर हिँड्दा अनिवार्य मास्क लगाउन, भौतिक दूरी कायम गर्न, स्यानिटाइजरको प्रयोग गर्न र स्वास्थ्य मापदण्डलाई पालना गर्न आग्रह गरिएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भारत, बेलायत, फ्रान्सलगायत युरोपेली मुलुकमा कोभिड-१९ को संक्रमणको दरमा वृद्धि भएको र नेपालमा पनि प्रभाव पर्न सक्ने भन्दै सावधानी अपनाउन अनुरोध गरेको छ ।

यसरी सार्वजनिक स्थानमा आउँदा जाँदा मास्क प्रयोग नगर्ने र स्वास्थ्य मापदण्डको पालना नगर्नेलाई संक्रामक रोग ऐन २०२० अनुसार कारवाही हुने गृह मन्त्रालयले जनाएको छ। स्वास्थ्य मन्त्रालयले ‘होलीमा हूल तथा ठूला जमघटबाट टाढा बसौँ, कोरोना होइन, माया बाँडौँ’ भनेर सन्देश प्रवाह गरेको छ।

झा दम्पती हत्या प्रकरण : थप तीन जना पक्राउ, दम्पतीका जलेका कपडा बरामद

0

महोत्तरी, १४ चैत । महोत्तरी जिल्लाको पिपरा गाउँपालिका- ५ का ६६ वर्षीय मुसाफिर झा र उनकी ६० वर्षीया श्रीमती गीतादेवी झाको अपहरणपछि हत्यामा संलग्न भएको आशंकामा थप तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

शुक्रबार पिपरा गाउँपालिका–५ सहोर्वाका झा दम्पतीको हत्यामा संलग्न भएको आशंकामा स्थानीय विकास झा, कैलाश झा र शम्भु झालाई प्रदेश प्रहरी कार्यालयले नियन्त्रणमा लिएको हो।

गत १० फागुनको राती आफ्नै घरमा सुतिरहेका झा दम्पती ओछ्यानबाटै हराएका थिए । घटना घटेको एक महिनापछि उनीहरुको शव बिहीबार माटो पुरेको अवस्थामा फेला परेको थियो ।

प्रदेश प्रहरी कार्यालयका अनुसार हाल उनीहरुमाथि सोधपुछ तथा अनुसन्धन भइरहेको छ । पक्राउ परिएका तीनै जना झा दम्पतीका नातेदार रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले पक्राउ परेकाहरुको घरबाट झा दम्पतीका जलेका कपडा बरामद भएको तथा शव केही दिनदेखि घरमै बाकसमा लुकाएर राखेर पछि गाडिएको आशंका गरेको छ ।

यसअघि घटनामा संलग्न रहेको भन्दै रामबाबु यादव, उनका छोराद्वय सुरेन्द्र यादव, राजेन्द्र यादव र भारत बिहार मधुबनी घर भइ बनौलीमा बस्दै आाएका हरेन्द्र ठाकुरलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरिसकेको छ ।

रातोपाटीबाट साभार

पत्रकार महासंघ युरोप शाखाको निर्वाचन मार्च २६ मा हुने

0

पोल्याण्ड । नेपाल पत्रकार महासंघ युरोप शाखाको नयाँ कार्यसमितिको निर्वाचन मार्च २६ शुक्रबार हुने भएको छ ।

निर्वाचन समिति,केन्द्रीय प्रतिनिधि तथा कार्यसमितिको आज बसेको बैठकले मार्च २६ शुक्रबार युरोप समय दिनको ४ बजे निर्वाचन शुरु गर्ने निर्णय भएको निर्वाचन समितिका सदस्य सचिव डाक्टर उदयदेव आचार्यले बताए।

फ्रेबुअरी २० मा शाखाको चौथो अधिवेशन सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। शाखाको नयाँ कार्यसमिति निर्माणका लागि निर्वाचन समिति संयोजक राजेश चाम्लिङ, सदस्य सचिव डा. उदयदेव आचार्य र सदस्य किशोर सुब्बालाई तोकिएको छ भने   केन्द्रीय प्रतिनिधि चिरन शर्मा रहेका छन्।

निर्वाचन प्रकृयामा मतदान गर्न भर्चुअल रुपमा गाह्रो भएका कारण सर्वसहमतिमा नयाँ कार्यसमिति ल्याउन उम्मेदवारहरूलाई केन्द्रीय प्रतिनिधि शर्माले अनुरोध गरेका छन्।

रातोपाटीबाट साभार

दैनिक मनतातो दुध पिउँदा जरैदेखि नष्ट हुन्छन् यी रोग, महिलाका लागि अमृत समान

0

दुधलाई आफैंमा सम्पूर्ण भोजन मानिन्छ । यसमा भएको प्रोटिन, फ्याट, क्यालोरी, क्याल्सियम, भिटामिन डी, बी–टु, बी–१२, पोटासियम, फस्फोरस र सेलेनियमजस्ता पोषक तत्वले आहारको गुणस्तर बढाउँछ । दुधलाई यदि चिसो पिउनुको साटो तातो बनाएर पिउने हो भने यसको गुण थप बढ्ने गर्छ ।

तातो दुधलाई कुनै पनि समय पिउन सकिन्छ । तपाईं चाहनुहुन्छ भने यसलाई स्वादिष्ट बनाउनका लागि केही मसलाको पनि प्रयोग गर्न सक्नुहुन्छ । तातो दुधको प्रत्येक कपमा लगभग १२ ग्राम प्राकृतिक चिनी हुन्छ जसले तपाईंको मांसपेशी र मस्तिष्कलाई बलियो बनाउँछ । साथै ८ ग्राम पूर्ण प्रोटिन हुन्छ जसमा सबै अमिनी एसिड हुन्छ । यसले तपाईंको मांसपेशीलाई शक्ति मिल्छ र यी बलियो हुन्छन् । यतिमात्रै होइन दुध पिउँदा शरीरको ऊर्जामा पनि वृद्धि हुन्छ । आउनुहोस्, मनतातो दुध पिउनुका फाइदा के छन्, त्यसबारे जानकारी लिऔं ।

राती बेडमा जानु अघि चिनी नहालिएको एक कप मनतातो दुध पिउनुहोस् । यसले ब्लड सुगरको स्तरलाई प्रबन्ध गर्न मद्दत मिल्छ, मुख्य रुपमा टाइप–वान डायबिटिज । जसको ब्लड सुगरमा उतारचढाव हुन्छ, उनीहरुले यो गर्नैपर्छ ।

मिठो निद्रामा सघाउः

तातो दुधले तपाईंको मन र शरीरलाई आराम दिन मद्दत गर्छ । बेडमा जानुभन्दा अघि एउटा तातो दुधको सेवनले मिठो निद्रा पर्न सहयोग गर्छ । यस्तो ट्रिप्टोफेन नामको पदार्थको उपस्थितीका कारण हुन्छ ।

तौल कम गर्न मद्दतः

एक गिलास मनतातो दुध, विशेष रुपमा सुत्ने बेलामा पिउँदा पेट लामो समयसम्म भरिने हुन्छ । यसले तपाईंलाई अबेर राती अस्वस्थकर खानाबाट जोगाउँछ जसले तौल बढाउने काम गर्छ ।

महिलाको हड्डी बलियो बनाउँछः

तातो दुध पिउँदा दुधमा भएको पोषण थप बढ्छ । तताउने प्रक्रियामा दुधमा भएको इन्जाइम सक्रिय हुन्छ र ती शरीरद्वारा अवशोषित हुन्छन् जसले हड्डीको घनत्वमा सुधार ल्याउने काम गर्छ । तातो दुध पिउँदा हड्डीको घनत्वमा सुधार आउँछ । तातो दुध पिउँदा हड्डीसँग सम्बन्धित रोग जस्तै अस्टियोपिनिया, अस्टियोपोरोसिस र फ्र्याक्चरको खतरा कम हुन्छ ।

दाँतलाई बलियो बनाउँछः

यदि तपाईं दाँत दुख्ने र सासको दुर्घन्धबाट तनावमा हुनुहुन्छ भने दैनिक तातो दुध पिउँदा वास्तवमै मद्दत मिल्छ । दुधले तपाईंको दाँतलाई बलियो बनाउँछ जसका कारण दाँत खराब हुने खतरा कम हुन्छ । दुधमा बायोएक्टिव कम्पोनेन्ट हुन्छ, जसले सूक्ष्मजीव बढ्नबाट रोक्छ ।

तातो दुधलाई कसरी बनाउने स्वादिष्ट ?

यदि तपाईं केही विशेष मसाला राखेर पिउन चाहनुहुन्छ भने यसले दुधको प्रभावकारीतालाई थप बढाउने गर्छ । तपाईंको पाचन दुरुस्त रहन र प्रतिरक्षा बढाउनका लागि तातो दुधलाई २ चिम्टी बेसार हालेर पिउनुहोस् । दालचिनी र अदुवाजस्तै बेसारमा पनि लाभकारी एन्टिअक्सिडेन्ट हुन्छ । यसले इन्फ्लेमेसन हटाउन मद्दत गर्छ ।

रातोपाटीबाट साभार

धेरै केरा सेवन गर्नु घातक

0

केरा सबैको लोकप्रिय फलफूलमा पर्छ । केरा खानु स्वास्थ्यका लागि फाइदाजनक पनि हुन्छ । केरा स्वादिष्ट हुनुका साथै पौष्टिक तत्वले पनि भरपुर हुन्छ ।

तर, केरा धेरै खाँदा यसले नकारात्मक असर पनि पार्छ ।

-केराको अत्यधिक सेवनले माइग्रेनको समस्या झन् बढाउँछ । केरामा पाइने Tyramine नामक तत्वले माइग्रेनको दुखाई झन् बढाउँछ ।
-केरामा पोटाशियमको मात्रा अधिक हुन्छ । यसको धेरै सेवन गर्दा रगतमा पोटाशियमको मात्रा बढ्छ । जसको कारण हाइपरकेलेमिया नामक रोग लाग्न सक्छ ।

-केही व्यक्तिहरुका लागि केराको सेवन हृदयघातको कारण पनि बन्न सक्छ । केरामा

-स्टार्चको मात्रा धेरै हुने भएकाले यसले दाँतलाई पनि असर गर्छ ।

-कसैलाई केराको धेरै सेवनले एलर्जी हुन सक्छ । यदि कसैलाई केराको कारण एलर्जी हुने समस्या छ भने डाक्टरको सल्लाह लिन आवश्यक छ ।

-केरा धेरै खाँदा तौल बढ्ने समस्या पनि पैदा हुन्छ । तौल कम गर्ने योजनामा हुने व्यक्तिले केराको सेवन गर्न हुँदैन ।

-एसिडिटी र कब्जियत हुने समस्या भएका व्यक्तिहरुले केराको सेवन गर्नुहुँदेन । यसले ग्यासको समस्या बढाउँछ ।

-केरामा प्रोटिनको मात्रा धेरै हुने भएकाले धेरै सेवन गर्दा मांसपेशी कमजोर हुने खतरा बढ्छ ।

रातोपाटीबाट साभार

गर्भवती महिलाले दिनमा आधा कप मात्रै कफी पिउँदा पनि बच्चा सानो जन्मने, किन हुन्छ यस्तो ?

0

गर्भावस्थामा एक दिनमा आधा कप कफी मात्रै पिउँदा पनि सानो बच्चा जन्मन सक्छन् । यो दाबी अमेरिकी वैज्ञानिकले आफ्नो हालैको अनुसन्धानमा गरेका हुन् । अनुसन्धानका अनुसार जन्मने बेला बच्चा सानो हुन्छ र भविष्यमा मोटोपना, मुटुरोग र मधुमेहको खतरा पनि हुने गर्छ ।

अनुसन्धानकर्ताले २ हजारभन्दा बढी भिन्न भिन्न देशका महिला अनुसन्धानमा समावेश गरियो । १२ भिन्न भिन्न स्थानमा यो अनुसन्धान भयो । अनुसन्धानमा संलग्न हुनका लागि ८ देखि १३ हीताका गर्भवती महिलाले रजिस्ट्रेशन गराएका थिए । यी सबै महिलाले धुम्रपान गर्दैनथे र उनीहरुलाई गर्भवती हुनु अघि कुनै पनि रोग लागेको थिएन ।

यस्तो किन भयो ? यसको कारण पनि थाहा पाउनुहोस्ः

अनुसन्धानकर्ताका अनुसार क्याफिनको असरका कारण पाठेघर र गर्भनाल खुम्चिने गर्छ । यसका कारण कोखमा हुर्किरहेको बच्चासम्म रक्तसञ्चार घट्न सक्छ । नतिजा यसको असर उनको विकासमा पनि पर्न सक्छ ।

यतिमात्रै होइन, यसका कारण बच्चाको हर्मोनल गडबडीको खतरा पनि रहन्छ र बच्चाले भविष्यमा मोटोपनाको सामना पनि गर्नुपर्ने सम्भावना छ ।

क्याफिन र इनर्जी ड्रिङ्कबाट टाढै बस्नुहोस्ः

अनुसन्धानकर्ताका अनुसार गर्भवती महिलाले क्याफिनयुक्त खानेकुरा जस्तै चिया, कफी वा इनर्जी ड्रिङ्क्स लिनबाट जोगिनुहोस् । यस्तै, हेल्थ एजेन्सी एनएचएसका अनुसार गर्भवती महिलाले २ सय मिलीलिटरभन्दा बढी क्याफिनको सेवन गर्नु हुँदैन ।

क्याफिनको कम सेवन गर्न आवश्यकः

नेशनल इन्स्टिच्युट अफ चाइल्ड हेल्थ एण्ड डेभलपमेन्टका अनुसन्धानकर्ता क्याथरिन ग्रेन्ट्ज भन्छन्, ‘गर्भावस्थामा क्याफिनयुक्त पेय पदार्थलाई कम गर्न आवश्यक छ । गर्भवती हुनुहुन्छ भने डाक्टरलाई कति क्याफिन लिने भनेर सोध्नुहोस्

रातोपाटीबाट साभार