Saturday, May 2, 2026
Home Blog Page 1270

इटहरीमा एक जनाको हत्या, एक पक्राउ

0

सुनसरी इटहरी उपमहानगरपालिका–२ मा सोमबार एक जनाको हत्या भएको छ ।स्थानीयवासी केशव कार्कीको हत्या भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नगेन्द्र कार्कीले बताउनुभयो ।

सुतेकै ठाउँमा सुँगुर मार्ने झिरले रोपेर कार्कीको हत्या गरिएको सुनसरी प्रहरीले जनाएको छ ।

हत्या गरेको आरोपमा छिमेकी जीवनाथ रेग्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

छिमेकीको हत्या गरी भागिरहेको अवस्थामा रेग्मीलाई प्रहरीले पक्राउ गरेको हो । पुरानो रिसइबी साँध्नका लागि रेग्मीले कार्कीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

मौसममा तत्काल सुधार हुने देखिँदैन, सावधानी अपनाउनुस् : जल तथा मौसम विभाग

0

जल तथा मौसम विभागले आगामी तीन दिनसम्म नै वायुमण्डल स्थिर अवस्थामा रहिरहने भएकाले तुवाँलोको यस विषम मौसमी अवस्थामा तत्काल सुधार हुने नदेखिएको जनाएको छ ।

मनसुनपूर्वको सोमबारसम्म पनि ज्यादै न्यून वर्षा भई वायुमण्डल सुक्खा भइरहेको अवस्थामा देशका विभिन्न ठाउँमा तुवाँलो लाग्नु सामान्य भए पनि यही चैत १३ गतेदेखि देशका धेरै स्थानमा असामान्य प्रकारको तुवाँलो लागेको विभागले उल्लेख गरेको छ ।

हाल मुलुकका धेरै जसो स्थानमा वायुमण्डल स्थिर अवस्थामा नै रहिरहेकाले प्रदूषणका कणहरु छरिन नपाई वायुमण्डलको तल्लो तहमै तैरिएका कारण असामान्य प्रकारको तुवाँलो लागेको हो । देशका अधिकांश जिल्लाका धेरै स्थानमा लागिरहेको डढेलोबाट सिर्जित धुवाँका कणहरु वायुमण्डलमा सञ्चित हुन गई असामान्य प्रकारको तुवाँलोको अवस्था आएको विभागका प्रवक्ता सुमनकुमार रेग्मीद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख छ ।

 

सात केजी गाँजासहित एक युवक पक्राउ

0

उदयपुर जिल्लाको बेलका नगरपालिका–८ कोठुमा प्रहरीले अवैध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यलय उदयपुरका अनुसार सात केजी गाँजासहित पक्राउ पर्ने युवा बेलका नगरपालिका–७ का २४ वर्षीय अनिश राई रहेका छन् ।

सोमबार बेलुकी ५ बजेतिर ना४च १५१६ नंको बरगाछी बजारतिर आउँदै गरेको पिकअप भ्यानमा सवार राईलाई गस्तीमा रहेको प्रहरीले शङ्का लागेर जाँच गर्दा पक्राउ परेको प्रहरी प्रमुख भीमप्रसाद दाहालले बताउनुभयो ।

इलाका प्रहरी कार्यालय बेलका रामपुर ठोकसिलाको गस्ती प्रहरी टोलीले राईलाई गाँजासहित पक्राउ गरेपछि इप्रका बेलकामा राखेर अनुसन्धान शुरु गरिएको प्रहरीले बताएको छ ।

घाइते सहचालकलाई नदीमा फाल्ने चालक पक्राउ

0

घाइते सहचालकलाई कालीगण्डकी नदीमा फाल्ने चालकलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जामा आज आयोजित कार्यक्रममा सार्वजनिक गरिएको छ ।

ट्रयाक्टरबाट खसेर घाइते भएका १९ वर्षीय सहचालक गणेश गाहालाई कालीगण्डकी नदीमा फालेर फरार रहेका चालक गल्याङ–८ बंग्राती बस्ने २७ वर्षीय अमित परियारलाई पक्राउ गरी सार्वजनिक गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले बताए । यही चैत ५ गते राति ८ बजेको समयमा गल्याङ–९ स्थित कालीगण्डकी नदीको साँखरघाटबाट बालुवा लिएर आउँदै गरेको ट्रयाक्टरमा रहेका तीन जनामध्ये एकजना खसेपछि सोही ट्रयाक्टरले किचेर घाइते भएका सहचालक रानालाई पुनः कालीगण्डकीमा लगेर बगाइदिएका थिए ।

उक्त घटनाका प्रमुख प्रतिवादी ट्रयाक्टर चालक परियार श्रीमती र छोरीसहित भारततर्फ भाग्न लागेको अवस्थामा वडा प्रहरी कार्यालय वालिङले रुपन्देहीको बेलहिया नाकाबाट शुक्रबार पक्राउ गरेको थियो । पक्राउ परेका चालक परियारलाई आज स्याङ्जा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता अधिकारीले बताए ।

सोही घटना संलग्न ट्रयाक्टरका अर्का सहचालक गल्याङ–८ बंग्रातीका २१ वर्षीय सुनिल राना चैत ८ गते पक्राउ परेका थिए । घटनास्थलबाट प्रहरीले मृतकको एकजोर चप्पल तथा रगत लागेको ढुङ्गासहित अस्थायी नम्बर प्लेट लुअफ १०१२ ट्रयाक्टरलाई नियन्त्रणमा लिएको थियो ।

चीनले अनुदानमा दिएको कोरोना खोप नेपाल आइपुग्यो

0

काठमाडौँ । चीनले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको खोप नेपाल आइपुगेको छ ।

बिहान ८ बजेर ४२ मिनेट जाँदा चीनले अनुदानमा दिएको ८ लाख डोज खोप लिएर नेपाल एयरलाइन्सको वाइडबडी जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको विमानस्थल कार्यालयले जनाएको छ । खोप लिनका लागि स्वास्थ्यमन्त्री हृदयश त्रिपाठी विमानस्थल पुगेका छन् ।

खोप र अन्य अत्यावश्यक स्वास्थ्य सामग्री लिन नेपाल एयरलाइन्सको वाइडबडी ए–३३० जहाज हिजो चीनको बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थल पुगेको थियो ।

स्वास्थ्य मन्त्रालय अन्तर्गतको खोप शाखा प्रमुख डाक्टर झलक गौतमका अनुसार चीनको सिनोफार्म अन्तर्गतको बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रोडक्ट कम्पनी लिमिटेडले उत्पादन गरेको खोपको ८ लाख डोज नेपाललाई अनुदानमा आएको हो ।

यो खोप पनि कोभिसिल्ड जस्तै दुई मात्रामा लगाउनुपर्ने डाक्टर गौतमले बताए । यो खोप कसरी र कस्ता व्यक्तिका लागि लगाउने भनेर स्वास्थ्य मन्त्रालयले छलफल गरिरहेको छ ।

पहिलो डोज लगाएकाले दोस्रो डोज पनि त्यही कम्पनीको खोप लगाउनु पर्ने भएकाले चीनबाट ल्याउने यो खोप, खोप नलगाएकाहरुलाई दिइने छ ।

तर कहिले र कसरी, कुन समूहलाई खोप दिने भन्ने निश्चित भएको छैन ।

थ्री नेसन्स कपको उपाधि नेपाललाई

0

काठमाडौं – नेपालले काठमाडौंमा सञ्चालित थ्री नेसन्स कप फुटबलको उपाधि जितेको छ । सोमबार दशरथ रंगशालामा भएको फाइनल खेलमा बंगलादेशलाई २-१ ले पराजित गर्दै नेपालले उपाधि जितेको हो ।

नेपालका लागि १८ औं मिनेटमा सञ्जोग राई र ४२ औं मिनेटमा विशाल राईले गोल गरे । बंगलादेशले ८३ औं मिनेटमा गोल फर्काएको थियो । थ्री नेसन्स कपमा नेपाल, बंगलादेश र किर्गिस्तानको २३ वर्षमुनिको टिम सहभागी थिए ।

नेपाल खेलको सुरुवातदेखि नै हावी भएको थियो । खेलको १७ औं मिनेटमा नेपालका अनन्त तामाङको हेडर बंगलादेशी गोलकिपर अनिसुर रहमानले मुस्बिलले बचाउँदा नेपालले कर्नर पायो ।

त्यसपछि सुनील बलले प्रहार गरेको कर्नर बंगलादेशी खेलाडीले क्लियर गर्न सकेनन् । त्यसैमा अनमार्क रहेका सन्जोग राईले १८ औं मिनेटमा  गर्दै नेपाललाई अग्रता दिलाएका थिए । उनको यो राष्ट्रिय टिममा पहिलो गोल हो ।

नेपाली टिमले १८ महिनापछि पहिलो पटक गोल गरेको हो । पछिल्लो पटक सन् २०१९ को सेप्टेम्बरमा भएको विश्वकप छनोटमा अन्जन विष्टले चाइनिज ताइपेइविरुद्ध गरेका थिए । त्यसपछिका ८ खेलमा नेपालले गोल गर्न सकेको थिएन ।

३० औं मिनेटमा नेपालले अग्रता दोब्बर पार्ने अवसर गुमायो । अञ्जन विष्टले बंगलादेशी गोलकिपर अघि बढेको अवस्थामा पेनाल्टी एरियाभित्रबाट गरेको सामान्य प्रहार पोष्टमाथिबाट बाहिरियो ।

यस्तै ४२ औं मिनेटमा विशाल राईले वान भर्सेस वानमा गोल गर्दै नेपालको अग्रता दोब्बर पारे । रञ्जित धिमालको पासका संजोग राईले वान टचमा उपलब्ध गराएको बलमा विशालले उत्कृष्ट गोल गरे । सन् २०१५ अगष्ट २१ मा भारतविरुद्ध खेल्दै डेब्यु गरेका विशालले नेपालका लागि गरेको यो चौथो गोल हो ।

पहिलो हाफमा दुई गोलको अग्रता बनाएको नेपालको खेल दोस्रो हाफमा सुस्त रह्यो । उता बंगलादेशले भने दोस्रो हाफमा गोल फर्काउने प्रयासमा लागेको थियो ।

६७ औं मिनेटमा बंगलादेशका यासिन अराफातको प्रहार पोष्ट नजिकैबाट बाहिरियो । ८३ औं मिनेटमा महबुर रहमानले गोल गर्दै खेल २-१ को स्थितिमा पुर्‍याए । कप्तान जमन भुएनको कर्नरमा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका रहमानले उत्कृष्ट हेडर गोल गरेका थिए ।

च्याम्पियन नेपालले ५ हजार अमेरिकी डलर पुरस्कार पाएको छ । बंगलादेशले ३ हजार डलर पायो ।

नेपाल र बंगलादेश फुटबलको फाइनलमा भिडेको यो तेस्रो पटक हो । यसअघि सन् १९९४ को पहिलो साग र १९९९ को आठौं सागमा यी दुई टोली फाइनलमा खेलेका थिए ।

पहिलो सागमा नेपाल विजयी भएको थियो भने १९९९ मा बंगलादेशले नेपाललाई दशरथ रंगशालामै पराजित गरेको थियो । २१ वर्षपछि नेपालले त्यस हारको बदला पनि दशरथ रंगशालामै लियो ।

मुख्य प्रशिक्षक बालगोपाल महर्जनले अघिल्लो खेलबाट नेपाली टिममा दुई परिवर्तन गर्दै अभिषेक रिजाल र रवि पासवानको ठाउँमा विशाल राई र सुनील बललाई सोमबार पहिलो रोजाइमा खेलाएका थिए ।

यसै महिना तय भएको विश्वकप छनोटका खेल स्थगित भएपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले विश्वकप छनोट तयारीलाई मध्यनजर गर्दै थ्री नेसन्स कप फुटबल आयोजना गरेको हो ।

खोटाङको त्रिधार्मिक धाम मन्दिरमा सिसी क्यामेरा जडान

0

दर्शनार्थी तथा झक्तजनको भीड बढ्दै गएपछि खोटाङको त्रिधार्मिक धाम हलेसी मन्दिर आसपासका थप १३ स्थानमा सिसी क्यामेरा जडान गरिएको छ ।

हिन्दू, बौद्ध र किराँत धर्मालम्बीको सङ्गमस्थल हलेसीलाई सुरक्षित गन्तव्यस्थलका रुपमा विकास गर्ने उद्देश्यले हलेसी गुफा, हलेसी मन्दिर परिसर तथा हलेसी बजार आसपासका १३ स्थानमा सिसी क्यामेरा जडान गरिएको हो ।

हलेसी मन्दिरको शान्ति सुरक्षाका लागि दुई वर्षअघि जडान गरिएका सात सिसी क्यामेरा प्रभावकारी देखिएपछि पुनःथप क्यामेरा जडान गरिएको हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख ईवन राईले बताउनुभयो । गुफाभित्रको महादेवथान, पर्वतीथान, बसाहाथान, मन्दिर प्रवेशद्वार, सूचना केन्द्र, रिठ्ठाबोटे, साल्पा बैंक चोक, हलेसी भिलेज होटल क्षेत्र, ट्राफिक चोक, ग्यारेज, डाँडाबजारलगायतका स्थानमा सिसी क्यामेरा जडान गरिएको छ ।

आपराधिक क्रियाकलाप नियन्त्रण गर्दै हलेसी मन्दिर क्षेत्रमा शान्ति सुरक्षा कायम गर्ने लक्ष्यका साथ रु १५ लाख खर्चमा सिसी क्यामेरा जडान गरिएको नगरप्रमुख राईले जानकारी दिनुभयो |

भन्सार एजेन्टमा रोजगारीको अवसर

0

सरकारले एकैपटक ठूलो सङ्ख्यामा भन्सार एजेन्ट थप गर्न लागेको छ । बीस वर्षदेखि नियुक्त हुन नसकेको एजेन्टको इजाजतका लागि सोमबार सार्वजनिक सूचना प्रकाशन गरिएको छ ।

अर्थ मन्त्रालय अन्तर्गतको भन्सार विभागले सार्वजनिक सूचना प्रकाशन गर्दै ६६० एजेन्ट थपको तयारी गरेको हो । विभागले भन्सार एजेन्टको इजाजतपत्र लिन अनलाइनमार्फत दरखास्त आह्वान गर्न सकिने जनाएको छ ।

दुई दशकदेखि भन्सार एजेन्ट थप हुन नसक्दा एकैपटक ठूलो सङ्ख्यामा आवेदन माग गरिएको विभागका महानिर्देशक यमलाल भुसालले जानकारी दिनुभयो । उहाँका अनुसार भन्सार नियमावली, २०६४ को नियम ३७, उपनियम ९१० बमोजिम भन्सार एजेन्टको इजाजतपत्रका लागि २१ वर्ष उमेर पूरा भई तोकिएको योग्यता पुगेका इच्छुक व्यक्तिले विभागको वेबसाइटमार्फत अनलाइन दरखास्त दिन सक्नेछन् ।

परीक्षा केन्द्र काठमाडौँमा मात्र हुनेछ । दरखास्त भर्न दस्तुर तीन हजार लाग्ने विभागको भनाइ छ । २०७८ साल वैशाख ५ गतेसम्म दरखास्त दिने समय रहेको छ भने दोब्बर दस्तुर तिरी १२ गतेसम्म आवेदन दिन सकिनेछ । इच्छुक उम्मेदवार स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ । कम्प्युटरसम्बन्धी कम्तीमा तीन महिनाको आधारभूत तालीम लिएको हुनुपर्नेछ ।

जम्मू–कश्मीरमा हमलाः दुई जनाको मृत्यु

0

जम्मू–कश्मीरको बारामूला जिल्लाको सोपोर क्षेत्रमा चरमपन्थीहरुले नगर परिषद्को कार्यालयमा गोलीबारी गरेका छन् । आक्रमण भएको बेला कार्यालयमा पार्षदहरूको बैठक चलिरहेको थियो ।

भारतीय सञ्चारमाध्यमका अनुसार हमलामा पार्षद रियाज अहमदको मृत्यु भएको छ भने अर्का पार्षद शम्सुद्दीन घाइते भएका छन् । त्यस्तै, हमलामा शफाकत अहमद नाम गरेका एक प्रहरी पनि घाइते भएका थिए । उनको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । सुरक्षाकर्मीले चरमपन्थीहरुको खोजीमा सो क्षेत्रलाई घेराबन्दी गरेर सर्च अपरेशन सुरु गरेका छन् ।

आठ महिनामा १० करोड राजश्व सङ्कलन

0

यातायात व्यवस्था कार्यालय बागलुङले चालू आर्थिक वर्षको शुरुवातको आठ महिनामा करीब रु १० करोड राजश्व सङ्कलन गरेको छ ।

धौलागिरिका चार जिल्लालाई कार्यक्षेत्र बनाएर सेवा प्रवाह गर्दै आएको यस कार्यालयले ब्लुबुक नवीकरण, सवारी अनुमतिपत्र ९लाइसेन्स०लगायतका शीर्षकबाट रु नौ करोड ७९ लाख ६४ हजार २८८ राजश्व सङ्कलन गरेको छ ।

सवारी करबाट रु सात करोड, तीन लाख ५६ हजार ९९९ बिलबुक तथा सवारी अनुमति पत्रबाट रु एक करोड ४८ लाख, १६ हजार ६५५ सङ्कलन भएको यातायात व्यवस्था कार्यालयका सूचना अधिकारी सुरेश श्रेष्ठले जानकारी दिनुभयो ।

श्रेष्ठका अनुसार पञ्जीकरणबाट रु दुई लाख ५० हजार ५०० बेरुजुबापत्को रु १९ हजार चार २८, पटके रुट परमिटमार्फत रु ४१ लाख ८९ हजार २०० लगायत विभिन्न शीर्षकबाट उक्त राजश्व सङ्कलन भएको छ ।