Saturday, May 2, 2026
Home Blog Page 1264

नेपालमा कोरोनाविरुद्धको खोप लगाएका १० जेष्ठ नागरिकको मृत्यु, अनुसन्धान शुरू

0

कोरोनाविरुद्धको खोप लगाएका जेष्ठ नागरिकहरूमध्ये १० जनाको मृत्यु भएपछि मृत्युका कारण पत्ता लगाउन सरकारले अनुसन्धान शुरू गरेको छ । म्यादी, कालिकोट, रौतहट, धनुषा, काठमाडौंलगायतका जिल्लाका १० जना जेष्ठ नागरिकको खोप लगाएको केही दिनमा मृत्यु भएको जानकारी स्वास्थ्य मन्त्रालयमा आएपछि सरकारले अनुसन्धान शुरू गरेको हो ।

खोपपश्चात् हुने अवाञ्छित घटनाको कमिटीका अनुसन्धान प्रमुख डा. धनराज अर्यालका अनुसार मृत्यु खोपकै कारणले भएको हो वा अन्य कुनै कारणले भएको भन्ने पत्ता लगाउन अनुसन्धान शुरू गरिएको हो । डा. अर्यालका अनुसार मृत्यु हुनेमा दीर्घरोगी, दम, मुटु तथा रोगसँग लड्ने क्षमता कमजोर भएका जेष्ठ नागरिकहरू रहेका छन् । उनीहरूका आफन्तले पनि मृत्युका कारण खोप नभई कालगति र अरू नै रोगका कारण भएको जनाएका छन् ।

तर, खोपको प्रभावका बारेमा विश्व स्वास्थ्य संगठनलाई जानकारी गराउनुपर्ने नियमका कारण सरकारले अनुसन्धान शुरू गरेको बताइएको छ । नेपालले कोरोनाविरुद्धको खोप अभियानमा अहिलेसम्म भारतको सेरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिशिल्ड प्रयोग गरिरहेको छ । पहिलो र दोस्रो चरणमा गरी हालसम्म १७ लाखले यो खोप लगाइसकेका छन् ।

आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

भारतमा कोरोना संक्रमण तीव्र, नेपालका मुख्य नाकामै लापरबाही

0

भारतमा कोरोना संक्रमण तीव्र भइरहेका बेला सीमामा कडाइ गर्नुपर्नेमा मुख्य नाकामै लापरबाही पाइएको छ ।

मुलुकका अधिकांश जिल्लाबाट भार त आउजाउ हुने रूपन्देहीको बेलहिया–सुनौली नाकामा स्वास्थ्य मापदण्ड पालना निकै कमजोर छ ।

यहाँका हेल्थडेस्क औपचारिकताका लागि मात्र राखिएको आभास हुन्छ । भारतबाट आउनेमध्ये केही यात्रुको ज्वरो मापन र विवरण लिने गरिएपनि अधिकांश यात्रु परीक्षण र विवरणबिनैआउने गरेका छन् ।

भारतबाट आउनेमध्ये ७० प्रतिशतभन्दा धेरैयात्रु परीक्षण नगरी भित्रिने गरेको स्थलगत निरीक्षणबाट देखिन्छ । आवागमन संख्याको तुलनामा स्वास्थ्यकर्मी र उपकरण अत्यन्त न्यून छन् ।

यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

लोकपरम्परामा संस्कार गीत

0

सुन्ने र सुनाउने परम्परााबट विकास भएको लोकसाहित्य मानव जीवनको अमूल्य निधि हो। मानव सभ्यताको उत्पत्ति र विकाससँगै लोकसाहित्यको पनि उदय र विकास भएको हो। यसको तात्पर्य लोकसाहित्य मानव संस्कार, संस्कृति, परम्परा र पद्दति भाषासाहित्यको दह्रो जग हाल्ने खम्बा हो। त्यसैले लोेकको साङ्गोपाङ्गो अध्ययन अनुसन्धानको गर्र्ने प्रमुख कडी लोकसाहित्य नै हो। लोकसाहित्यका विभिन्न विधा उपविधामध्ये लोकगीत प्रमुख मानिन्छ। लोकजीवनमा विभिन्न प्रकारका लोकसुसेली प्रचलनमा छन्।

मानव सभ्यताको इतिहास जति पुरानो छ त्यति नै प्राचीन छ लोकसाहित्य। दैवी गुण भएका स्तुतिपरक अभिव्यक्तिहरू मानवका माध्यमबाट उल्लासपूर्ण वातावरणमा विस्तारै चाडपर्व, जन्म, मृत्यु, विवाह, यात्रा, व्रत, उत्सव आदि अनुष्ठानहरूमा गीतका रूपमा गाउन थालिए। यसरी साहित्य, कला, संगीत, सभ्यता, संस्कार, संस्कृति आदिको बिज स्रोत वेद भएको कुरा स्वत: पुष्टि हुन्छ। मानिस चेतना र जागरणको पर्याय हो। संस्कार मानिसलाई आत्मा अनुशासनमा राख्न सिकाउने कसी हो। यसको विकास सभ्यताको उषाकालदेखि नै कुनै न कुनै रूपमा परिपालन हुँदै आएको छ। यसको अर्थ पूर्ण गर्नु, सुसंस्कार गर्नु, पालिस गर्नु वा शुद्धता भन्ने लगाइएको छ। गर्भाधानदेखि मृत्युपर्यन्त अविच्छिन्न रूपमा चलिरहने वा ग्रहण गरिरहने प्रक्रिया वा कार्य विशेष नै संस्कार हुन्।

सोह्र संस्कार र संस्कार गीत
शब्दकोशमा संस्कार शब्दको अर्थ अवगुण, दोष, कमजोरी हटाई परिष्कार गर्ने काम, सुधार, संशुद्धि, खाने कुरा पकाइ तुल्याइ गर्ने काम, भाँडाकुँडा आदिको सरसफाइ, रहनसहन, मर्यादा, सम्पर्क, शिक्षा आदिका कारणबाट मान्छेका मनमा पर्ने प्रभाव, धारणा तथा वैदिक विधिअनुसार गरिने ब्राह्मणका सोह्र संस्कार वा कृत्य भन्ने लगाइएको छ। प्रयोगात्मक शब्दकोशमा संस्कार शब्दलाई अथ्र्याउने क्रममा दोष, खोट, कमजोरी आदि हटाउने काम भन्ने संकेत गरिएको छ। यी शब्दकोश ग्रन्थमा दिइएका अर्थलाई हेर्दा मानिसका जन्मजन्मान्तर अन्तरबाह्य शुद्धिका लागि गरिने सम्पूर्ण कार्य विशेषलाई संस्कार भन्न सकिन्छ। संस्कार विज्ञान र मनोविज्ञानदेखि लिएर सभ्यता, संस्कृति तथा जीवन यापन गर्ने विशिष्ट माध्यम वा तरिका हो।

संस्कारबिनाको मानिस त पशुतुल्य हुन्छ। संस्कारजन्य व्यवहारले नै मान्छे मान्छे भएको हो। अन्यथा मान्छेका कोटिमा दरिने थिएन। अनादि कालदेखि विकसित हुँदै आएका यस्ता संस्कारहरू कुनै न कुनै तरिकाबाट समाजमा व्यक्त हुँदै आएका छन्। ती संस्कारहरूलाई एक कदम माथि उठाउन संस्कार गीत एउटा महŒवपूर्ण माध्यम बनेको छ। संस्कारका उपर्युक्त अर्थ र परिभाषालाई हेर्दा संस्कार गीत हाम्रा परम्परित मान्यताहरू समुदायमा अविच्छिन्न तरंगित हुँदै आएका वासनात्मक स्वरूप संस्कार गीत हुन्। सनातन हिन्दू समाजले अपनाएका १६ प्रकारमा संस्कार उल्लेख छन्। यिनै संस्कारमा गाइने गीत नै संस्कार गीत हुन्। सोह्र संस्कारमध्ये मुख्य जन्म, विवाह र मृत्य यी तीन संस्कारचाहिँ प्राय: सबै जाति र धर्ममा देखिन्छ।

मानिसको जीवनशैली संस्कारकै परिणती
जन्म, पास्नी, छेवर, व्रतबन्ध, विवाह, मृत्यु र अन्य धार्मिक, सांस्कृतिक उत्सवहरूमा प्रचलित लोकाभासयुक्त गीतले हाम्रा संस्कारलाई प्रतिबिम्बित गर्दछ। सनातन हिन्दू संस्कारमा कुनै न कुनै रूपमा गाइने यस्ता संस्कारसँग सम्बन्धित गीत संस्कार गीत हुन्। यी गीतले हाम्रो समाजमा स्थान पाएकै छ। संस्कार गीतले प्राचीनताको झलक, वर्तमानको चेतना र भविष्यको मंगललाई संकेत गरेको हुन्छ। हामी अहिलेसम्म जुन जीवनशैली बाँचेका छौं, त्यो हाम्रै संस्कारकै परिणति हुन्। समयानुकूल हुने परिवर्तन र त्यसै अवसरमा गाइने गीत संस्कार गीत हुन्। कतिपय संस्कारहरू गीतकै कारण जीवित रहेका छन्। नेपाली लोकसंस्कृतिका दृष्टिले पूर्वभन्दा पश्चिमा समृद्ध छ। लोकसंस्कृतिको विकासमा यसको महŒवपूर्ण योगदान पुर्‍याएको छ।

अंग्रेजी साहित्यमा पनि संस्कारको समानार्थी शब्दका रूपमा रिचुअल शब्दको प्रयोग भएको पाइन्छ। कर्मकाण्ड, धार्मिक विधिअनुसार गरिने कार्य भन्ने हुन्छ। यसको अर्थ आत्मा शुद्धि, अकालमा मृत्यु भएका वा ज्यान गुमाएकाप्रति गरिने कर्मका रूपमा लिइएको छ। यसैगरी धर्म, विधि, संस्कार, रीतिरिवाज, अनुष्ठान भन्ने अर्थ लगाइएको छ। यस्तै संस्कारकै अर्थमा पर्गेसन शब्दको पनि प्रयोग भएको छ। शब्दले पनि मान्यता, धार्मिक सम्प्रदाय वा धार्मिक निष्ठा भन्ने अर्थ दिन्छ। यसरी संस्कारका समानार्थी शब्दका रूपमा आएका उपर्युतm शब्दार्थले पूजा, भक्ति, श्रद्धा, आराधना, महिमाजस्ता अर्थ वहन गरेकाले संस्कारलाई नै संकेत गरेको बुझिन्छ।

यस प्रकार संस्कारलाई पश्चिमी साहित्यमा पनि संस्कृति, धार्मिक पूजा प्रणाली, लोकप्रसिद्ध कार्य गर्ने बानी वा केही गरिरहने चाहना भन्ने भाव ग्रहण गरेको बुझिन्छ। अंगे्रजीमा पनि परम्परागत रूपमा रीतिरिवाज, चालचलन वा जन्मदेखि मृत्युपर्यन्त गरिने कृत्यलाई बुझाएको छ। पाश्चात्य लोकसंस्कृतिमा पनि विभिन्न अवसरमा गाइने लोकगीतहरू प्रचलनमा भएको कुरा भारतीय लोकसाहित्सयका अध्येता डा. कृष्णदेव उपाध्यायले आफ्नो ‘लोकसाहित्यकी भूमिका’ ग्रन्थमा उल्लेख गरेका छन्। पाश्चात्य संस्कृतिमा रिचुअल सङ्ग भनी चर्चा गरेको पाइन्छ। संस्कार गीतमा जन्मका अवसरमा बर्थडे सङ्ग र मृत्यका अवसरमा किन्स अर्थात् विलाप गीतका रूपमा प्रचलित छन्।

यस्ता मृत्यु संस्कारजन्य गीतहरू भारतको मथुरा जिल्ला र भोजपुरी प्रदेशमा अहिले पनि प्रचलित छ। उर्दु लोकसाहित्यमा पनि मृत्युपश्चात् शोकगीत लेख्ने प्रथा छँदैछ। विश्वका कतिपय मुलुकमा अहिले पनि मृत्यु संस्कारसँग सम्बन्धित गीत गाइन्छ। यस्ता मुलुकहरूमा फ्रान्स, इटली, कार्सिया टापु आदि विभिन्न मुलुकमा संस्कार गीत गाइन्छ। यसरी हेर्दा विश्वका सबै देशमा जातीय संस्कार जीवितै रहेका छन् भन्ने कुरा स्पष्ट हुन्छ। यति हुँदाहुँदै पनि खोज अनुसन्धान र लोकसंस्ककारको मर्म थाहा नहुँदा बिस्तारै बिस्तारै लोप हुने अवस्थामा पुगेको महसुस हुन्छ।

संस्कार गीतहरू
लोकानुभूतको स्वभाविक रचना लोकसाहित्य हो। लोकसाहित्यका विभिन्न विधा उपविधामध्ये लोकगीतलाई प्रमुख मानिन्छ। लोकगीतको वर्गीकरण गर्ने विभिन्न आधारमध्ये प्रकार्यका आधार लोकगीतलाई सामान्य र विशेष गरी दुई भागमा वर्गीकरण गरेको पाइन्छ। कुनै अवसर नहेरी वा जुनसुकै अवस्थामा गाउन सकिने कौरा, ख्याली, झ्याउरे आदि सामान्य गीत हुन् भने खास अवसर पारेर मात्र गाइने पर्व, श्रम, प्रार्थना र संस्कार आदि गीतचाहिँ विशेष लोकगीत हुन् भनी चुडामणि बन्धुले लेख्नुभएको छ। यसरी प्रस्तुति गर्ने अवसरलाई आधार मानेर हेर्दा संस्कार गीत विशिष्ट सन्दर्भमा मात्र गाउन सकिने हुनाले विशेष लोकगीतका कोटिमा राख्नु वाञ्छनीय देखिन्छ।

दुलाहा जन्ती लिएर दुलहीको घरमा गएपछि दुलाहाको घरमा रातभर नाचगान गरेर रत्यौली खेलिन्छ। नेपाली महिलाहरूले जाग्राम बसी नृत्यसहित प्रस्तुत गरिने एक प्रकारको संस्कार गीत नै रत्यौली हो। वरका घरबाट वधूको घरतर्फ जन्ती प्रस्थान गरेपछि रत्यौली खेल्न थालिन्छ।

परम्परित रूपबाट चलिआएका संस्कारहरू हाम्रा जीवनका अभिन्न अङ्ग बनेका छन्। सनातन हिन्दू समाजमा यस्ता संस्कारले दह्रै गरी खुट्टो घुमाएको छ। धेरैजसो कार्य धर्म र संस्कृतिसँग जोडिएर आएका छन्। नेपाली समाजमा जन्मनु पूर्वदेखि लिएर मृत्युपर्यन्त जे जति संस्कार छन्, ती कुनै न कुनै रूपमा प्रकट भएकै छन्। बच्चा जन्मेको दिन खुसियाली, छैटौं दिन छैटी कर्म गरी बच्चाको सिरानमा कापी र कलम राखेर भावीले राम्रो भाग्य लेखोस् भनी कामना गर्ने प्रचलन चलिआएकै छ। न्वारान, छेवर, व्रतबन्धमा होस् या विवाहमा आफ्नो भूगोल र प्रचलन अनुसार संस्कार गीत गाइएकै हुन्छन्। छोरा, छोरीको नाक, कान छेड्ने र छोरीलाई गुन्यौं चोली दिनेजस्ता संस्कारहरू अद्यावधि छँदैछन्।

घरको जग खन्दा, घरपैचो गर्दा, तीर्थव्रत, आरम्भ गदार्, पूजाआजा गर्दा वा सहभागी हुँदा, उल्लास अनि आनन्दका साथ जुन गीतले स्वत:स्फूर्त रूपमा स्थान पाउँछ, तिनै संस्कार गीत हुन्। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म मात्र होइन। देशबाहिर पनि आफ्ना रीतिरिवाज र परम्परा अनुसार जुनसुकै  संस्कार कार्य गर्दा गाइने लोकगीतहरू नै संस्कार गीत हुन्। नेपाली जनजीवन वैदिक हिन्दू सनातन संस्कार बाहेक अन्य धर्मावलम्बी पनि आफ्नै किसिमका संस्कारहरू मनाउँछन्। कतिपय त साझा संस्कारका रूपमा पनि विकसित भइसकेका छन्। खासगरी हाम्रा परम्परादेखि प्रचलमा आएका मुख्य नेपाली संस्कार गीतहरूलाई मात्र यहाँ उदाहरणसहित उल्लेख गरी अन्यलाई चाहिँ नामांकन मात्र गरिएको छ।

क) मागल : मागल पश्चिम नेपाल खासगरी डोटी, कर्णालीतिर गाइने संस्कार गीत हो। मागल मंगल तत्सम शब्दको तद्भव रूप हो। यसलाई स्थानअनुसार डोटी, कर्णाली भेगमा मागल र प्युठान पूर्व महाल भनेको पाइन्छ। संस्कार गीतका सन्दर्भमा यो मंगल गीत हो। यो गीत पुत्र वा बालो जन्मँदा, न्वारान गर्दा, ब्रतबन्ध गर्दा, तीर्थयात्रा गर्दा, गृहनिर्माण गर्दा, वा कुनै पनि शुभकार्य गर्दा यो गीत गाइन्छ। यो गीत पश्चिम नेपालमा मात्र नभएर अहिले त पूर्वी नेपालमा पनि प्रचलनमा आइसकेको छ। यो गीत जन्म दिने भाग्यमानी महिलाले ब्रह्माजीसँग छोराको भविष्यका बारेमा सोधनी गरेको प्राचीन ढाँचामा गाइन्छ। विभिन्न मांगलिक अवसर गाइने यो नारी गीत हो। यस गीत बाद्य र नृत्यविना नै फूलको झुप्पो वा चमर डोलाएर शुभकार्यमा गाइन्छ, जस्तै :

गंगा जमुनाको पानी, कलशभरि आनी
घोऊ न घाऊ मेरा बाबा कन्याको पाउ
पाउ पखाली शिर चढाई (विवाहको मागल)

ख) सगुन : सगुन तत्सम शब्द शकुनको तद्भव रूप हो। लोकव्यवहारमा सगुन भन्नाले शुभलग्न, साइत वा शुभकार्यका अवसरमा प्रदान गरिने उपहार, कुनै विशिष्ट अनुष्ठानमा पठाइने निम्तो, कोसेली, साइतमा लगाइने टीका, दिइने फलफूल, राखिने घडा आदिलाई बुझिन्छ। यो पनि जन्मदेखि विवाहसम्मका संस्कार, यज्ञ, व्रत, पूजा, उत्सव, धार्मिक यात्रा आदिका अवसरमा गाइन्छ। सगुन धार्मिक, सामाजिक र पारिवारिक संस्कारसँग सम्बन्धित गीत हो। सन्तानको जन्म हँुदा, सुतकबाट चोखिँदा, मृत्युको वर्ष दिनको कामबाट चोखिँदा, व्रतबन्ध गर्दा, दुलाहा अन्माउँदा दुलही भित्र्याउँदा सगुन ख्वाउने र गाउने परम्परा हाम्रो समाजमा छ। अझ क्षेत्री बाहुन समाजमा सगुन ख्वाउँदा वा बाँड्दा दमाइँलाई बोलाएर सहनाइको धुनमा सन्जे जगाउँदै तेत्तिसकोटि देवतालाई पुकार्दै शुभ वा मंगलको कामना गरिन्छ। त्यस समयमा आफ्ना आफन्त, आमन्त्रित तथा मित्रजनलाई पनि दही, फलफूल आदि बाँड्ने र भोज भतेर गरी रमाइलो गर्ने प्रचलन छ :

सिमेर भुमे तेत्तिसकोटि देउता साथैमा
कुल र धर्म देउराली देवी बसेको माथैमा
धर्म र कर्म दु:ख र मर्म मान्छेको जातैमा
देउता तिम्रो भोग र भाग पन्छायौं पातैमा, जदौ, जदौ..! 

ग) फाग : कुनै पनि माङ्गलिक कार्य गर्दा सुदूरपश्चिम वा डोटी प्रदेशका महिलाद्वारा सामूहिक रूपमा गाइने मागलभन्दा केही भिन्न प्रकृतिको मंगल गीत नै फाग हो। डोटेली भाषामा फागको अर्थ माहुरीको घारको खट्प्वाल हो। घारभित्रका मौरीको अटुट रूपमा गुनगुनाहट भए जस्तै त्यहाँका नारीहरूले सङ्गीतात्मक प्रवाहमा गुनगुनाइने भएकाले यसलाई फाग भनिएको तर्क केही विद्वान्हरूले अगाडि सारेका पनि यो प्रमाणित भने हुन सकेको छैन। यो संस्कार गीत पनि मागल र सगुन जस्तै जन्मदेखि विवाहसम्मका यज्ञ, व्रत, पूजा, उत्सव, जात्रा आदिकै अवसरमा गाइन्छ।

फाग डोटेली भाषिकाको आफ्नै किसिमको लय हो। यो एउटा छन्द गीत हो, संस्कार गीत हो, मंगल गीत हो, नारी गीत हो, कर्मकाण्ड हो, सामाजिक एकता कायम गर्ने प्रमुख आधार हो र जातीय स्वाभिमान बचाएर राख्ने अतीतको चिनो हो। मागलको प्रारम्भिक भागमा सगुन हुन्छ भने त्यसपछि मध्य र अन्त्यमा फाग हुन्छ। त्यसैले सगुन र फागको साझा नाम मागल हो। डोटी प्रदेशको सर्वाधिक प्रचलित महत्त्वपूर्ण लोकगीत हो। तीमध्ये कुनै जीवन संस्कारसँग सम्बन्धित छन् भने कुनै पूजा, व्रत र देव संस्कारसँग सम्बन्धित छन्, जस्तै :

छाल बुबु छाल बुबु पाउ छाली दिए, पाउ छाली सिरमाथ हाल
देवता खुलास हुन्ना पितरी खुलास, ह्वैजालो वैकुण्ठ बास।
छाल जिया छाल जिया पाउ छालिदिय, पाउ छली सिरमाथ हाल
देवता खुलास हुन्ना पितरी खुलास, ह्वैजालो वैकुण्ठ बास।

घ) रत्यौली : ‘रात र एली’ रतेली वा ‘रात र यौली’को योगबाट रत्यौली शब्द बनेको हो। यसलाई रतेउली पनि भनिन्छ। दुलाहा जन्ती लिएर दुलहीको घरमा गएपछि दुलाहाको घरमा रातभर नाचगान गरेर रत्यौली खेलिन्छ। नेपाली महिलाहरूले जाग्राम बसी नृत्यसहित प्रस्तुत गरिने एक प्रकारको संस्कार गीत नै रत्यौली हो। यो नेपालका समस्त भागमा तथा नेपाल बाहिर भुटान र आसामतिर समेत प्रचलनमा छ। वरका घरबाट वधूको घरतर्फ जन्ती प्रस्थान गरेपछि रत्यौली खेल्न थालिन्छ। यो मनोरञ्जनका साथै हास्यव्यंगात्मक संस्कार गीत हो।

यसको सांस्कृतिक मान्यता के छ भने वरको ग्रहशान्ति गरेको दिन ज्युँती (कोठामा बालिएको बत्ती) अर्काे दिन वधू नभिœयाउन्जेल त्यो बत्तीलाई निभ्न दिनु हुँदैन। त्यसैले यसका लागि पनि छरछिमेक आफन्त महिला जम्मा भई रातभर रत्यौली गीत गाइन्छ। यो गीत भगवान् कृष्णको रतिलीलाका क्रममा गाइने गीतबाटै रत्यौलीको जन्म भएको हो भन्ने मत पनि छ। यहाँ महिलाहरूको वर्चस्व रहन्छ। पुरुषलाई प्रवेश निषेध गरिएको हुन्छ। यस संस्कार गीतमा शृंगारिकताले बढी मात्रामा स्थान पाएको हुन्छ। त्यसका अतिरिक्त अन्य गीत पनि गाइन्छ, जस्तै :

हाम्रो भाइ क्या इमानदारी
ल्याउँछ दुलही छातीको ढाल मारी
आइन् आमा लच्छिनकी बुहारी
मुख हेर दोसल्ला उघारी
यही हो नानी जुग जानी घर
खुसी साथ आमालाई ढोग गर।

ङ) करातल/कराँत : करातल वा कराँत एक प्रकारको शोक गीत हो। यसलाई चाँचर, कोर्को वा कर्को पनि भन्ने गरेको पाइन्छ। यो गीत दैलेख जिल्लाको दमाइँ समाजमा अहिले पनि प्रचलनमा छ। शवयात्रामा मृत व्यक्तिको गुणगान, परिवार जनमा सान्त्वाना, मृत व्यक्तिको स्वर्गवास र पुनर्जन्म पवित्र स्थानमा होस् भन्ने कामनाका साथ मलामी जाँदा यो गीत गाइन्छ। यस गीतमा त्रेता, द्वापर र कलियुगका प्रसंगका ल्याएर मृत व्यक्तिका विशेषताको वर्णन गरिन्छ। दु:खपूर्ण मानसिक स्थितिले गर्दा यो गीत गाउने गायकहरू भावविभोर हुन्छन्। नौमती बाजाको कारुणिक धुनमा यो गीत गाउँदा मलामीहरू पनि दु:खित मानसिकतामा हुन्छन्, जस्तै :

कराँत
कैसन उठनि कैसन बैठनि कैसन रहनि दरिबार
सुनकै टेकनि उठनि बैठनि कैसन रहन दरिबार
सुनकै टेकनि उठनि बैठनि सुनकै रहनि दरिबार
हो महाराजैसत्य जुगमासुनैका दरबार।

यो संस्कार गीत पूर्वी नेपालको कमला खोंचका माझीहरूले पनि मृत्यु संस्कारकै अवसरमा मादलको उल्टो तालमा मैनाचरीको भाकामा गीत गाएको पाइन्छ। यो गीत माझीहरू मृत्युजन्य व्यथालाई बिर्साउन नृत्यसहित प्रस्तुत गर्दछन्। छैथलीका कुसबार (माझी)हरूले श्राद्धको अवसरमा गाइने गीतको कर्नेल जेस्टले अनुवादसमेत गरेका छन्। दसैंको सोह्र श्राद्धको अवसरमा माझीहरूले चार दिनसम्म यो संस्कार गीत गायन गर्ने चलन छ, जस्तै:

कमला खोंचका माझीहरूले गाउने
दूधैकोसी बाढी आयो शिरै फुट्यो मूल
पितृले रुचाई ल्याए बाबरीको फूल
बाबरीको फूलै टिपी माथैभरि लाऊ।

त्यस्तै गुरुङ जातिमा पनि ‘स्यार्गा’ नाच नाचेर मृत्यु संस्कार मनाइन्छ। यसरी नेपाली जनजीवनमा जन्मदेखि मृत्युपर्यन्त कुनै न कुनै संस्कारहरू प्रचलनमा छन्। मृत्युबाहेक अन्य संस्कारका गीतहरू स्वभावत: धेरै छन्। मृत्युसँग सम्बन्धित गीतचाहिँ कमै मात्र प्रचलित छन्। सबै जातजातिमा मृत्यु संस्कारका गीत प्रचलनमा छैनन्।

यसका अतिरिक्त अन्य २३ प्रकारका संस्कार गीतहरूको चर्चा गरेको पाइन्छ। १. मागल २. मंगल ३. सगुन ४. फाग ५. आसिका ६. झोडा ७. रत्यौली ८. खुड्का ९. विवाहमा गाइने सिलोक १०. खाँडो ११. तरबारे गीत १२. जैमलपत्ता १३. कराँत १४. विधि १५. भेलौरे गीत १६. सैरेलो १७. भैली १८. भैलो १९. देउसी रे २०. भुओ २१. तोरन तार्दाको गीत २२. फागु २३. होरी आदि संस्कार गीत हुन् भनी उल्लेख गरेका छन्।

उल्लेखित संस्कार गीतहरूमा मागल, मंगल, सगुन, फाग, आसिका, झोडा, खुड्का, तरबारे, जैमलपत्ताजस्ता गीत विवाह, व्रतबन्ध, पास्नी, छेवर, अक्षरारम्भ तथा अन्य संस्कारसँग सम्बन्धित गीत हुन्। विधि बोटे जाति र भेलौरे गीत गुरुङ जातिमा प्रचलित कराँतजस्तै मृत्यु गीत हुन्। तोरन तार्दाको गीत धार्मिक गीत हो। यस्तै खाँडो र सिलोकचाहिँ विवाहका अवसरमा गाइने लोकपद्य वा लाककवित् हुन्। यसैगरी सैरेलो, भैली, भैलो, देउसी रे, भुओ, फागु र होरीचाहिँ पर्व गीतअन्तर्गत राख्नु उपयुक्त होला।

सामान्य र विशेष गरी नेपाली लोकगीत दुई प्रकारका छन्। सामान्यलाई सदावहार पनि भनिन्छ। यसअन्तर्गत डेउडा, झ्याउरे, कौरा, रोइला, संगिनी, हाक्पारे, दोहोरी, सेलो आदि पर्दछन्। त्यसैगरी विशेष लोकगीतमा श्रमगीत, पर्वगीत र संस्कारगीत पर्दछन्। सांस्कृतिक रूपमा सम्पन्न हाम्रो देशमा प्रत्येक जातिका आआफ्नै संस्कारहरू छन्। ती सस्ंकारअनुसार गाइने गीत पनि आफ्नै प्रकारका छन्। जन्मदेखि मृत्युपर्यन्त गरिने संस्कार र तिनै संस्कारसँग सम्बन्धित विशेष स्थान र अवसरमा मात्र गाइने भएकाले यस्ता गीतलाई विशेष भनिएको हो।

अन्नपूर्णबाट साभार

‘फास्ट ट्र्याक’को ठेक्का रद्द गर्न निर्देशन

0

काठमाडौं : प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिले काठमाडौँ तराई द्रुतमार्ग आयोजनामा पुल तथा सुरुङ निर्माणका दुई प्याकेजमध्ये दोस्रो प्याकेजको ठेक्का रद्द गरेर पुनःप्रक्रिया शुरु गर्न निर्देशन दिएको छ।

समितिको बिहीबारको बैठकले पूर्वयोग्यताबाट एउटा कम्पनी मात्रै छनोट भएकाले प्रतिस्पर्धा हुन नसक्ने भन्दै त्यसलाई रोक्न सरकारलाई निर्देशन दिएको हो। समितिले सार्वजनिक खरीद अनुगमन कार्यालयले अन्तरराष्ट्रिय कम्पनी सहभागी हुने ठेक्कामा प्रक्रिया अघि बढाउँदा आवश्यक कागजात, निर्देशिका र कार्यविधि सकेसम्म चाँडो तयार गरेर अवरोध हटाउन कार्यालयलाई निर्देशन दिएको छ। सो बैठकमा रक्षा मन्त्रालयका सचिव रेश्मीराज पाण्डे र नेपाली सेनाका आयोजनामा आबद्ध प्राविधिक सहभागी थिए।

समितिका सभापति भरतकुमार शाहले सार्वजनिक खरीद ऐनले धेरै कम्पनीलाई छनोट गर्नुपर्ने व्यवस्था गरे पनि सेनाले पूर्वयोग्यतामा एउटा मात्रै कम्पनी छनोट गरेकाले प्रतिस्पर्धा हुन नसक्ने अवस्था आएको बताए। संसद्ले बनाएको कानुन कार्यान्वयन नहुने अवस्था आउन दिनु नहुने उनको भनाइ छ।

सेनाले निर्माण गरिरहेको सो आयोजनामा ठेकेदार छनोटमा कानुनी त्रुटि रहेको उनको भनाइ छ। पूर्वयोग्यतामा एकभन्दा बढी कम्पनी हुँदा अनुमानित बजेटभन्दा कममा ठेक्का सम्झौता हुने सम्भावना रहने उनको भनाइ छ।

सो आयोजनाका प्रमुख विकास पोखरेलले तीन वटा सुरुङ निर्माण गर्नुपर्नेमा एउटा प्याकेजमा दुई वटा र अर्को प्याकेजमा एउटा रहेको उल्लेख गर्नुभयो। सेनाले तोकिएको अवधिमा सम्पन्न गर्न ११ प्याकेजमा निर्माण अघि बढाइरहेको उहाँको भनाइ छ। चालू आवमा आयोजनामा पाँच प्रतिशत भौतिक प्रगति बढ्ने उहाँले बताउनुभयो।

समितिमा सांसद्हरु मीनेन्द्र रिजाल, चन्दा चौधरी, मीना सुब्बा, मोहन आचार्य, मोहम्मद इस्तियाक राई, विरोध खतिवडालगायतले नेपाली सेनालाई  विवादमा तान्न नहुने बताउनुभएको थियो। पहाडी क्षेत्रमा र कठिन भूगोलमा अरु कसैले नसक्दा पनि सेनाले निर्माण अघि बढाएकाले धेरैको सेनाप्रति विश्वास रहेको उनहरुले भनाइ थियो।

सुरुङ र पुल निर्माणका लागि आह्वान भएको बोलपत्रमा पहिलोमा २१ र दोस्रो प्याकेजमा २२ कम्पनीले आवेदन दिएका थिए। नेपाली सेनाले पहिलो प्याकेजमा दुई र दोस्रोमा एउटा कम्पनीलाई पूर्वयोग्यतामा छनोट गरेको थियो।

अन्नपूर्णबाट साभार

अस्पताल जलिरहँदा डाक्टरहरुले बिरामीको मुटुको अपरेशन गर्न छाडेनन्

0

मस्को: रुसको एक अस्पतालमा आगो लागिरहेकै बेला चिकित्सकहरुको टोलीले एक बिरामीको मुटुको सफल शल्याक्रिया गरे ।

अस्पतालको छतमा जब आगो लागिरहेको थियो ठीक त्यसै बेला चिकित्सकहरुले भने आफूहरुले गरिरहेको अपरेशन सम्पन्न गरेरै छाडे ।

आगो लागिरहेका बेला १२० जना भन्दा धेरै मानिसलाई अस्पतालबाट सुरक्षित रुपमा बाहिर निकालिएको थियो । साथै अपरेशन चलिरहँदा अग्नी नियन्त्रकहरुले आगो निभाइरहेका थिए । तर आगलागीका कारण कोही पनि घाइते नभएको बताइएको छ ।

रुसको पूर्वी क्षेत्रस्थित ब्लागोभेसचेन्स्कमा सारिस्ट एरा अस्पतालमा यस्तो घटना भएको हो । आगो लागिरहँदा ती बिरामीको अपरेशनमा ८ जना चिकित्सक र नर्स खटेका थिए । आगो लाग्नुभन्दा केही समयअघि मात्रै सुरु गरिएको शल्याक्रिया २ घण्टासम्म चलेको बताइएको छ ।

रुसी सरकारका अनुसार उक्त अस्पताल १९०७ मा बनेको थियो । अस्पतालमा काठ समेत जडान गरिएको थियो ।

अन्नपूर्णबाट साभार

विपना बन्यो मेलम्ची

0

राष्ट्रपतिद्वारा मेलम्चीको पानी वितरण उद्घाटन

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार भृकुटीमण्डपमा मेलम्चीको पानी वितरण उद्घाटन गरेकी छन्। मेलम्चीको पानी चैत १५ गतेदेखि नै उपभोक्तालाई वितरण गर्न थालिएकामा ६ दिनपछि औपचारिक उद्घाटन गरिएको हो। खानेपानी मन्त्रालयले भृकुटीमण्डपमा आयोजना गरेको कार्यक्रममा राष्ट्रपति भण्डारीले तीन ढुंगेधाराबाट पानी खोली शुभारम्भ गरेकी हुन्।

‘प्रधानमन्त्री भएका बेला कृष्णप्रसाद भट्टराईले सार्वजनिक प्रतिबद्धता जाहेर गर्नुभएपछि चर्चामा आएको मेलम्ची खानेपानी आयोजना वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीका पालामा सम्पन्न भएको छ’, राष्ट्रपति भण्डारीले भनिन्, ‘पानी र जीवनबीच अभिन्न सम्बन्ध रहेकाले पहिलो चरणको मेलम्ची सम्पन्न हुँदा उपत्यकावासीलाई केही राहत भएको छ। दोस्रो चरणको काम पनि यथासम्भव छिटो सम्पन्न हुनुपर्छ।’

उनले उपत्यकामा पानीको स्रोत प्रदूषित भएका बेला मेलम्चीको पानी वितरण भएपछि स्वच्छ खानेपानी उपलब्ध भएको बताइन्। मेलम्चीबाट आउने स्वच्छ पानीले उपत्यकावासीमा राहत मिलेको उल्लेख गर्दै उनले पानीका स्रोत संरक्षणसँगै वायु प्रदूषण कम गर्न सहयोग मिल्ने विश्वास व्यक्त गरिन्।

अब सरकारले लार्के र यांग्रीको पानी काठमाडौं ल्याउने तयारी थालेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले तीन वर्षपछि यांग्री र लार्केको पानी काठमाडौं ल्याइने बताए। ‘प्राविधिक पक्ष हिसाब गरेको छैन’, प्रधानमन्त्री ओलीले भने, ‘काठमाडौंवासीको पानीको सपना पूरा गर्न यांग्री र लार्केको पानी ल्याउन ढिलाइ गर्नुहुन्न। ती नदीको पानी मेलम्चीमा मिसाएपछि मात्रै काठमाडौंवासीको पानीको सपना पूरा हुनेछ।’ 

मेलम्ची, यांग्री र लार्के नदीबाट १७÷१७ करोड लिटर गरी ५१ करोड लिटर पानी ल्याउने योजनास्वरूप पहिलो चरणमा १७ करोड लिटर पानी आउन थालेको हो। मेलम्चीबाट वैशाखभित्र १७ करोड लिटर आउनेछ। अहिले साढे ८ करोड लिटर आइरहेको जनाइएको छ।

उपत्यकामा दैनिक ४० करोड लिटरभन्दा बढी माग छ। मेलम्ची डिजाइन गर्दा उपत्यकामा ५० लाख जनसंख्या पुग्ने अनुमान गरिएको थियो। तर, अहिले ६० लाखभन्दा बढीको बसोबास छ। तापनि, दैनिक खानेपानी आपूर्ति प्रतिव्यक्ति सय लिटर हुनेछ।

मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्र पन्तका अनुसार यांग्री र लार्केको पानी ल्याउन नौ किलोमिटर सुरुङ खन्नुपर्छ। तर, प्रवक्ता पन्तले सुरुङ या डिप बोरिङ कुन विधिबाट काम गर्ने भन्ने अझै टुंगो लाग्न बाँकी रहेको बताए।

सुन्दरीजलस्थित प्रशोधन केन्द्रबाट चैत १५ गतेदेखि थोक वितरण प्रणाली हुँदै काठमाडौंका घर–घरमा पानी आउन थालेको हो। सुरुका चरणमा काठमाडौं खानेपानी उपत्यका लिमिटेड (केयूकेएल)का पुराना पाइपलाइनबाटै वितरण गरिने भएको छ। पुरानासँगै नयाँ पाइपबाट पनि परीक्षण भइरहेको केयूकेलका प्रवक्ता प्रकाशकुमार राईले बताए। मीनभवन, अनामनगर, आरुबारी, महांकाल, बाँसबारी, बालाजु, पानीपोखरी, कीर्तिपुर, भक्तपुरको बोडे र ललितपुरको खुमलटारमा पानीट्यांकी बनाइएको छ।
खानेपानीमन्त्री मणिचन्द्र थापाले सुरुमा पुरानो पाइपलाइनबाट पानी दिन थालिए पनि छिट्टै नयाँबाट  दिन सुरु गरिने बताए।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले मेलम्ची आएसँगै खानेपानीको हाहाकार अन्त्य भएको बताए। ‘चाहिनेजति मात्र प्रयोग गरेर पानीको सदुपयोग गर्न सके तत्काल मेलम्चीले काठमाडौंको प्यास मेटाउँछ’, मेयर शाक्यले भने, ‘यांग्री र लार्के पनि छिट्टै ल्याउनुपर्छ।’

आयोजनाको सुरुआती लागत १७ अर्ब ४३ करोड ७४ लाख रुपैयाँ अनुमान गरिएको थियो। तर, सुरुङ, हेडवक्र्स, सडकलगायतमा झन्डै ३० अर्ब खर्च भइसकेको जनाइएको छ। उपत्यकामा पानी वितरण गर्न केयूकेएलले १ हजार १ सय किलोमिटर पाइपलाइन निर्माण गरेको छ। त्यस्तै २ सय किलोमिटर पाइपलाइनको कामअघि बढेको छ। प्रत्येक घरमा चैतभित्रै पानी पुर्‍याउने गरी धारा जडान गरिएको छ। १ लाख १० हजार धारा जडान गर्नुपर्नेमा अधिकांश सम्पन्न भइसकेको छ।

मेलम्चीको सपना तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले २०४८ सालमा देखाएका थिए। उपत्यकामा खानेपानी समस्याको दीर्घकालीन समाधान गर्न मेलम्चीसहित २२ वटा विकल्प २०४१ सालमा पहिचान गरिएको मेलम्ची खानेपानी विकास समितिको २०७६÷७७ को वार्षिक प्रगति प्रतिवेदनमा उल्लेख छ। सरकारले खानेपानीको खोजी गर्ने क्रममा २०२९ सालदेखि पानीका सम्भाव्य स्रोतहरूको अध्ययन थालेको पनि प्रतिवेदनमा जनाइएको छ। लगानीकर्ता पहिचान गरी आयोजना कार्यान्वयन गर्न २०५२ सालमा मेलम्ची खानेपानी लिमिटेड स्थापना गरिएको थियो। त्यस्तै, २०५५ मा मेलम्ची खानेपानी विकास समिति गठन गरियो। त्यसपछि २०५७ मा एसियाली विकास बैंकले आयोजनामा लगानी गर्ने सहमति जनाई ऋण सम्झौता गरियो। आयोजनाको काम २०५८ र सुरुङ निर्माण २०६६ सालमा थालिएको थियो।

जापान  खुसी 
मेलम्ची खानेपानी आयोजना सफलतापूर्वक सम्पन्न भएकोमा जापानले खुसी प्रकट गरेको छ। काठमाडौंवासीलाई सुरक्षित खानेपानी उपलब्ध हुनु गौरवको विषय भएको जापानी राजदूतावासले जनाएको छ।

मेलम्ची आयोजनाअन्तर्गत सुन्दरीजलस्थित खानेपानी प्रशोधन केन्द्रको निर्माणका लागि जापानले ५ अर्ब ८० करोड ६ लाख (५ हजार ८ सय ६ मिलियन डलर)  ऋण सहयोग गरेको थियो। सन् २००१ मा नेपाल र जापान  सरकारबीच ऋण सहयोगमा हस्ताक्षर भएको थियो। जापानी सहयोगमा प्रशोधन केन्द्रका निर्माण २०१७ मा सम्पन्न भएको थियो।

प्रशोधन केन्द्रले प्रतिदिन  ८ करोड ५० लाख लिटर पानी प्रशोधन गर्ने सक्ने क्षमता प्रशोधन केन्द्रको छ। प्रशोधित पानी उपलब्ध भएसँगै अब काठमाडौंवासीले ट्यांकरको पानी तथा इनारको पानीमा भर पर्नुपर्ने अवस्थाको अन्त्य  हुनेछ। ‘मेलम्ची आयोजनाको सफलतापूर्वक समापनले जापान र नेपालको सम्बन्ध अझै मैत्रीपूर्ण बनाउनेछ’, राजदूतावासको विज्ञप्तिमा छ।

अन्नपूर्णबाट साभार

इरानसँगको आणविक सम्झौताबारे छलफल गर्न अर्को हप्ता भियनामा बैठक हुने

0

एजेन्सी । विश्व शक्तिराष्ट्र र इरानले सन् २०१५ मा गरेकोे आणविक सम्झौताको विषयमा भियनामा अर्को हप्ता वार्ता गर्न शुक्रबार सहमति भएको शुक्रबार ईयूले जानकारी गराएको छ । मध्यस्थकर्ताहरूले यस विषयमा अमेरिकासँग ‘छुट्टै सम्पर्क’ भएको बताएका छन् ।

यस विषयमा ईयूले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “वार्ताका सहभागीहरू अष्ट्रियाको राजधानी भियनामा भेट गरी नाकावन्दी हटाउनुपर्ने आणविक सम्झौतालाई कार्यान्वयन गर्नुपर्ने उपायहरू खोज्नका लागि सम्बन्धित विज्ञहरूको टोलीसहित भियनामा बस्नेछन् ।”

“बैठकको संयोजकले इरानसँगको आणविक सम्झौता ९जेसीपीओए० का सहभागीहरू र संयुक्त राज्य अमेरिकाका साथ भियनामा छुट्टै सम्पर्कहरू तीव्र पार्नेछन्,” उहाँले भन्नुभयो ।

At least 40 feared dead in Taiwan train derailment

0
ALTERNATE CROP OF XHG402 In this photo taken Friday, April 2, 2021 and released by National Fire Agency, rescue workers are seen near the site of a partial train derailment in Toroko Gorge in Taiwan’s eastern Hualian region. The train partially derailed along Taiwan’s east coast Friday, injuring an unknown number of passengers and causing potential fatalities. (National Fire Agency via AP)

A train derailed inside a tunnel in east Taiwan on Friday morning, resulting in at least four deaths and another 36 people showing “no signs of life.” By midday, 61 people had been sent to hospital, with 72 remaining trapped at the scene, reported the Taiwan railway police department. The second and third carriages of the train traveling to Taitung derailed in the accident, according to rescuers. The third to eighth carriages that remained in the tunnel were partially deformed, causing great difficulties for ongoing rescue efforts. The railroad department suspects that an incorrectly parked construction vehicle fell down from above the tunnel and hit the passing train, causing the accident. The accident occurred at the start of the four-day Tomb-sweeping Day holiday.

नेपालीभाषी बर्मेलीले सैनिक ‘कु’ विरुद्ध लन्डनमा गरे प्रदर्शन

0

लन्डन — म्यान्मारको सैनिक ‘कु’ विरुद्ध नेपालीभाषी बर्मेलीले लन्डनमा प्रदर्शन गरेका छन् । बिहीबार बेलायती संसद् भवनबाहिर आयोजित संयुक्त प्रदर्शनमा नेपालीभाषीको पनि सहभागिता रहेको थियो ।

गोर्खा सोसाइटी अफ म्यान्मार यूकेले अन्य १० जातीय तथा सामुदायिक संस्थासँगै प्रदर्शनमा भाग लिएको सोसाइटीका उपाध्यक्ष नमराज ज्ञवालीले जनाए । नेपालीभाषीहरु दौरा सुरुवाल र ढाका टोपीमा उपस्थित थिए ।

संसद् भवन अगाडि विभिन्न नारा र प्लेकार्डसहित एक घण्टा प्रदर्शन गरेपछि बेलायती विदेशमन्त्री डोमिनिक राबलाई एक ज्ञापनपत्र समेत बुझाइएको छ । गोर्खा सोसाइटीका तर्फबाट ज्ञापन बुझाउन बाबा रायमाझी, पूजा पाण्डे र ज्ञवाली विदेश मन्त्रालय गएका थिए ।

विदेशीमन्त्रीका प्रथम सचिवमार्फत ब्रिटेनलाई बुझाइएको ज्ञापनपत्रमा असंवैधानिक सैनिक कु र मानवअधिकार हननविरुद्ध कडा कदम चाल्न बेलायतलाई आग्रह गरिएको छ । ज्ञापनपत्रमा म्यान्मारको सेनाले असंवैधानिक तवरबाट स्थापना गरेको सत्तालाई मान्यता नदिन, म्यान्मारको सेनालाई हात हतियार बिक्री गर्न तत्काल विश्वव्यापी रोक लगाउन पहल गर्न तथा निर्दोष जनताको थप ज्यान जानबाट जोगाउन संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्‍द्वारा ‘सुरक्षाको जिम्मेवारी’ को सिद्धान्तलाई अनुमोदन गर्न आह्वान गरिएको छ ।

म्यान्मारको सेनाले गत फेब्रुअरी १ मा सत्ता हातमा लिएपछि चर्किएको प्रदर्शनमा सुरक्षाकर्मीले निहत्था जनतालाई क्रुरतापूर्वक हत्या र पक्राउ गरिरहेको छ । सुरक्षाकर्मीको गोलीबाट त्यहाँ ५ सयभन्दा बढी प्रदर्शनकारीको मृत्यु भइसकेको छ भने अन्तर्राष्ट्रिय रुपमा सैनिक कदमको तीव्र भर्त्सना भएको छ ।

‘हामी बेलायतमा रहे पनि आफ्नो मातृभूमिमा रगतको खोलो देख्दा मन बेचैन छ’, ज्ञवालीले कान्तिपुरसँग भने, ‘सेनाले खोसेको प्रजातन्त्र नफर्किएसम्म आन्दोलन जारी रहन्छ र हाम्रो ऐक्यबद्धता अनि साथ पनि छ ।’ ज्ञवालीले घाइते प्रदर्शनकारीको उपचार सहयोगका लागि बेलायतबाट आफूहरुले ५ हजार पाउण्डभन्दा बढी पठाइसकेको बताए ।

ज्ञवालीका भनाइमा सेनाले अहिलेसम्म नेपालीभाषी ३५ जनालाई पक्राउ गरेको छ भने दुई जना मारिएका छन् । ‘बेलायतमा नेपालीभाषी बर्मेली करिब १२० घरपरिवार छन् । ‘हामी प्रवासमा रहे पनि बाबुबाजेको विरासत र मातृभाषा भुलेका छैनौं’, ज्ञवाली भन्छन् ।

कान्तिपुरबाट साभार

कालीमाटीमा अब किसानकै स्टल

0

काठमाडौँ — कालीमाटी तरकारी बजारमा बिचौलियाको बिगबिगी नौलो होइन । बिचौलियाकै कारण किसानले मूल्य नपाउने र उपभोक्ताले महँगोमा तरकारी किन्नु परिरहेको छ । उपभोक्ता र किसानबीचको यही दूरी/तह घटाउन सरकारले छुट्टै ‘होल्डिङ यार्ड’ (स्टल) सञ्चालनमा ल्याएको छ ।

स्टलबाट व्यावसायिक किसानले आफ्नो उत्पादन सिधै होलसेल व्यवसायीलाई बिक्री गर्न सक्छन् । जसले गर्दा मूल्य नपाउने किसानको गुनासो केही हदसम्म सम्बोधन हुने कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका कार्यकारी निर्देशक विनोदकुमार भट्टराईले बताए । ‘१२ होल्डिङ यार्ड राखेका छौं, जहाँ किसानले आफ्नो उत्पादन राख्न सक्छन्,’ उनले भने, ‘यसले सिधै उपभोक्तालाई फाइदा हुन्छ, मूल्य नियन्त्रणमा सहयोग गर्छ ।’

सिधै व्यापारीले खरिद गर्ने हुँदा किसानको बारीदेखि तरकारी बजारसम्म आइपुग्दा हुने तह पनि घट्छ । ‘तह घट्दा मूल्य पनि घट्छ,’ उनले भने, ‘सरकारलाई बजार मूल्य विश्लेषणमा पनि केही सजिलो हुन्छ ।’ स्टलमा बुधबार र बिहीबार परीक्षणका रूपमा ४ किसानले तरकारी बिक्री गरेका थिए । बिहीबार दिउँसो अर्का एक किसान थपिएका थिए । समितिका अनुसार किसानले बेलुका ७ बजेदेखि भोलिपल्ट दिउँसोको ४ बजेसम्म तरकारी बेच्न सक्छन् ।

हाल कालीमाटीमा ५ सय स्टल छन्, तीमध्ये २७ वटा सहकारी संघसंस्थाका लागि राखिएको छ । ती स्टल १५ वर्षको सम्झौता गरि दिइएको हो । त्यहाँ पनि बिचौलियाकै रजगज छ । समितिले दुई वर्षअघि गरेको अध्ययनमा एउटै स्टल एकपछि अर्कोलाई गर्दै ५ जनासम्मलाई बेचेको पाइएको थियो । १५/२० हजार रुपैयाँ पर्ने सटर भाडा १ लाख रुपैयाँसम्ममा बिक्री गरेको अध्ययनले देखाएको थियो । त्यसरी चर्को भाडा असुल्दा उपभोक्ता मूल्य पनि बढ्ने गरेको छ । स्टलमा भने किसानसँग सम्झौता नहुने समितिका सूचना अधिकारी विनय श्रेष्ठले बताए ।

‘होल्डिङ यार्ड एक दिनका लागि अवसर हो । सम्झौता गरेर हुँदैन, पटके अनुमति दिइन्छ । २ सय टनसम्म तरकारी ल्याउँदा ४ सय रुपैयाँ लाग्छ । त्यो भन्दा माथि हुँदा प्रतिकिलो २० पैसा दरले शुल्क लाग्छ,’ उनले भने, ‘जो पहिला आउँछ, उसैले उत्पादन राख्न पाउँछ ।’ स्टल व्यवस्थापनका लागि छुट्टै कर्मचारी चाहिने भएकाले पैसा लिएको उनले बताए । त्यहाँबाट किसानले सानो परिमाणमा बिक्री गर्न पाउँदैनन् । बोरा/क्रेटकै हिसाबले बेच्नुपर्ने हुन्छ । ‘साना किसानका लागि खुद्रा बजार नै छ, होल्डिङ यार्ड ठूलो परिमाणमा ल्याउने व्यावसायिक किसानका लागि हो,’ श्रेष्ठले भने । टाढाका किसानका लागि भने एउटा स्टल बुकिङ गरिनेछ ।

कृषि सचिव योगेन्द्र कार्कीले सबैको चाहना किसानलाई छुट्टै स्टल भएकाले समितिले निर्णय गरेको बताए । ‘यसले केही हदसम्म बिचौलिया/बजारभाउ नियन्त्रणमा अवश्य सहयोग गर्छ,’ उनले भने, ‘किसानको हकमा निष्पक्ष हुनुपर्छ भनेको छु ।’ उपत्यकामा मुख्यतः धादिङ, नुवाकोट, काभ्रे, चितवन, मकवानपुरलगायत तराईका जिल्लासँगै भारतबाट तरकारी भित्रिन्छ । यी क्षेत्रबाट आयातित तरकारी कालीमाटी, बल्खु, टुकुचा, कोटेश्वरलगायत बजारमा बिक्री हुन्छ ।

कालीमाटी तरकारी बजारले उपत्यकाको ७० प्रतिशत माग धान्छ । अहिले दैनिक ७ सय टन भित्रिरहेको छ । आन्तरिक उत्पादन कम भएकाले भारतकै भर परेको समितिले जनाएको छ । ‘सुक्खाले गर्दा किसानले समयमै तरकारी लगाउन सकेनन् । हिउँदे तरकारी पातलिएको छ,’ सूचना अधिकारी श्रेष्ठले भने, ‘अहिले लोकल सिमी, बोडी, घिरौंला, भिन्डी, करेलालगायत तरकारी बजारमा आइसक्नुपर्ने हो । तर कम परिमाणमा आयो । भारतकै भर परेका छौं ।’ श्रेष्ठका अनुसार ७ सय टनमध्ये ४५ प्रतिशत भारतको तरकारी हो ।

कान्तिपुरबाट साभार