Sunday, May 3, 2026
Home Blog Page 1250

भारतमा कोरोना संक्रमण उच्च, एकैदिन थपिए २ लाख १७ हजार संक्रमित

0

१ हजार १८५ को मृत्यु

नयाँ दिल्ली : भारतमा कोरोना संक्रमण दर उच्च देखिएको छ । संक्रमण उच्च भएसँगै पछिल्लो २४ घण्टामा २ लाख १७ नयाँ संक्रमित भेटिएका छन् ।

योसँगै भारतमा हालसम्म १ करोड ४० लाख ७४ हजार बढीमा संक्रमण पुष्टि भइसकेको छ । जसमध्ये १ करोड २४ लाख २९ हजार निको भइसकेका छन् ।

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा१ हजार १८५ जना संक्रमितको ज्यान गएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ७४ हजार ३०८ पुगेको छ ।

कोरोना संक्रमितको संख्या तीव्र गतिमा बढेसँगै अस्पतालहरूमा बेड, अक्सिजन तथा औषधीको अभाव भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

अन्नपूर्णबाट साभार

प्रदेशहरूमा सत्ता–खेल

0

कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिने भएका छन्। यसका लागि प्रदेशसभाको सातौं अधिवेशन शुक्रबार सुरु हुँदै छ। अधिवेशनको पहिलो बैठकमा सरकारले दुई अध्यादेश टेबल गर्ने र विश्वासको मतसम्बन्धी प्रक्रिया अघि बढ्ने प्रदेशसभा सचिवालयले जनाएको छ।

सत्तारुढ दल माओवादी केन्द्रको संसदीय दलले बिहीबार मुख्यमन्त्रीले प्रदेशसभामा विश्वासको मत लिने निर्णय गरेको छ। ‘अस्थिरता निम्त्याउने खेल सुरु गरियो। यसले कर्णालीको समृद्धिमा बाधा पुग्छ। तसर्थ हामीले संसद्मा विश्वासको मत लिने निर्णय गरेका हौं’, प्रमुख सचेतक सीताकुमारी नेपालीले भनिन्, ‘प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दल र सांसदहरूलाई मुख्यमन्त्रीको पक्षमा मत दिन आग्रह गरेका छौं।’

सत्ता सहयात्री एमालेले साथ छाडेपछि मुख्यमन्त्री शाही संकटमा परेका हुन्। एमालेले आफ्नै नेतृत्वमा सरकार गठन गर्ने तयारी गरेको छ। तर, माओवादी केन्द्रले सहजै नेतृत्व नछाड्ने देखिएको छ। एमालेले चैत ५ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने कानुनी बाध्यता छ। त्यहीअनुसार नै मुख्यमनन्त्री शाहीले प्रदेशसभामा विश्वासको मत लिन लागेका हुन्।

कर्णालीमा एमालेबिना सरकार गठन सम्भव छैन। अरू दल मिल्दा प्रदेशसभामा बहुमत पुग्दैन। यस्तो अवस्थामा पनि मुख्यमन्त्रीले विश्वासको मत लिने निर्णय गरेपछि राजनीति थप तातिएको छ। कर्णाली प्रदेशसभा ३९ सदस्यीय छ। प्रदेश सरकार गठन २० सांसद चाहिन्छ। माओवादीका १२, कांग्रेसका ६ र राप्रपाका एक सांसद छन्। तर, एमाले एक्लैका सभामुखसहित २० सांसद छन्।

एक्लै बहुमत भएकाले एमालेले आफ्नै नेतृत्वमा सरकार गठनको कसरत गरेको हो। तर, एमालेभित्र प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपाल पक्षबीचको झगडाको फाइदा उठाउने दाउमा मुख्यमन्त्री शाही देखिएका छन्। माओवादीले कांग्रेस र राप्रपालाई साथमा लिन सके १९ सांसद हुनेछन्। विश्वासको मत जुटाउन उनलाई एक मत अपुग हुन्छ।

 तर, एमालेको नेपाल पक्षका सांसदले फ्लोर क्रस गर्ने अपेक्षा माओवादीले गरेको छ। यही आसमा मुख्यमन्त्रीले विश्वासको मत लिने आँट गरेको माओवादी स्रोतको दाबी छ। ती स्रोतले शुक्रबार मुख्यमन्त्रीले विश्वासको मत पाउने दाबी गरे। एमालेले भने आफ्ना कुनै पनि सांसदले फ्लोर क्रस नगर्ने जनाएको छ।

एमाले र माओवादीले सत्ता साझेदारीका लागि कांग्रेससँग छुट्टाछुट्टै छलफल चलाएका छन्। तर, बिहीबारसम्म केन्द्रबाट कसलाई समर्थन गर्ने भन्ने निर्देशन नआएकाले केही भन्न नसकिने कांग्रेसले जनाएको छ। माओवादी र एमाले दुवैले कांग्रेसलाई आफ्नो पक्षमा पार्न आलोपालो नेतृत्वको प्रस्ताव गरेको स्रोतले जनाएको छ। एमाले सांसदले भने शुक्रवार नै मुख्यमन्त्रीले प्रदेशसभाको बैठकबाटै राजीनामा दिने, शनिबार नै आफ्नै पार्टीको नेतृत्वमा नयाँ सरकार बन्ने दाबी गरेका छन्।

गण्डकीमा अविश्वास प्रस्ताव दर्ता
कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) मिलेर गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव अघि बढाएका छन्।

६० सदस्यीय प्रदेशसभाका २८ सांसदको हस्ताक्षरसहित तीन दलले बिहीबार प्रदेशसभा सचिवालयमा उक्त प्रस्ताव दर्ता गराएका हुन्। यससँगै भावी मुख्यमन्त्रीका रूपमा कांग्रेस नेता कृष्णचन्द्र नेपाली पोखरेललाई प्रस्ताव गरिएको छ। ‘नेपालको संविधानको धारा १८८ को उपधारा ४ तथा प्रदेशसभा नियमावलीको नियम १४४ को उपनियम १ बमोजिम हामी तपसीलका गण्डकी प्रदेशसभा सदस्यहरूले माननीय मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङमाथि प्रदेशसभाको विश्वास छैन भनी अविश्वासको प्रस्ताव पेस गरेका छौं’, प्रस्तावमा लेखिएको छ, ‘नेपालको संविधानको धारा १८८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री पदका लागि माननीय कृष्णचन्द्र नेपाली पोखरेललाई प्रस्तावित गरेका छौं।’  

अविश्वास प्रस्तावमा कांग्रेसका १५, माओवादी केन्द्रका ११, जसपाका २ सांसदले हस्ताक्षर गरेका छन्। १२ सांसद रहेको माओवादी केन्द्रका एक जना भने सभामुख छन्। ६० सदस्य रहेको प्रदेशसभामा अविश्वास प्रस्ताव पारित गर्न ३१ सांसद चाहिन्छ।

अविश्वास प्रस्ताव दर्ताअघि बिहीबारै माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो।

त्यसअघि तीन सांसद रहेको राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले मुख्यमन्त्री गुरुङ नेतृत्वको सरकारलाई दिएको समर्थन बुधबार फिर्ता लिएको घोषणा गरेका थिए। जनमोर्चाका तीनै सांसदले अविश्वास प्रस्तावमा हस्ताक्षर भने गरेका छैनन्। केसीले अरू दलले ल्याएका अविश्वास प्रस्तावको पक्षमा मतदान गर्न आफ्ना सांसदलाई ह्विप लगाएका छन्।

माओवादीबाट हरिबहादुर चुमान आन्तरिक मामिला तथा कानुनमन्त्री र लेखबहादुर थापा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री थिए। दुवै जनाले २५ चैतमा राजीनामा गरेका थिए। त्यसपछि नै प्रदेश सरकार अन्योलमा परेको थियो।

तर, जनमोर्चा संसदीय दलका नेता कृष्ण थापाले समर्थन फिर्ता नगर्ने बताएका थिए। उनको अडानविपरीत अध्यक्ष केसीले वक्तव्यमार्फतै समर्थन फिर्ता घोषणा गरेका हुन्। त्यसपछि अरू तीन दल सरकार गिराउन अग्रसर भएका हुन्। जनमोर्चा केन्द्रको निर्णयपछि अविश्वास प्रस्ताव आउने निश्चित भएको थियो।

बिहीबार त्यस्तो प्रस्ताव आउनुअघि बुधबार मन्त्रिपरिषद् राखी मुख्यमन्त्री गुरुङले संसद्को चालू अधिवेशन अन्त्यको सिफारिस गरेका थिए। उनकै सिफारिसबमोजिम प्रदेश प्रमुख अमिक शेरचनले बुधबार राति १२ बजेदेखि संसद् अधिवेशन अन्त्य गरिदिए।

शेरचनले अधिवेशन अन्त्य गरेको पत्र प्रदेशसभा सचिवालयमा बिहीबार बिहानै साढे १० बजे दर्ता भएको थियो। अविश्वास प्रस्ताव गरेका तीन दलले सरकारबाट अधिवेशन अन्त्य गरिएपछि विशेष अधिवेशन माग गर्दै सवा ३ बजे समावेदन दर्ता गराएका छन्।

तीन दलले संवैधानिक तरिकाले गण्डकी प्रदेशलाई सर्वश्रेष्ठ प्रदेश बनाउने साझा संकल्प पूरा गर्न मुख्यमन्त्री गुरुङ चुकेको आरोप लगाएका छन्। ‘कोरोनाको कहर उत्कर्षमा रहँदा प्रदेशसभाले निर्णय गरेर आईसीयू, भेन्टिलेटर र स्वास्थ्य सामग्री खरिद गर्न बजेट विनियोजन गर्दा पनि उक्त कार्य एक वर्षसम्म पनि गर्न नसक्नु अक्षमता र अकर्मण्यता नै हो’, तीन दलले भनेका छन्, ‘जनताको जीवन रक्षाको पहल र प्रयत्न गर्नुको साटो आफ्नो पार्टीको आन्तरिक समस्यामा अल्झने, प्रधानमन्त्रीले चाल्नुभएको असंवैधानिक कदमको बचाउ र समर्थनमा व्यस्त भयो सरकार।’

माओवादीबाट सरकारमा सहभागी मन्त्रीहरूले प्रतिबद्धता कार्यान्वयन गर्न खोज्दा सरकार प्रमुखबाट निरन्तर असहयोग रहेको पनि उनीहरूको अर्काे आरोप छ। ‘प्रधानमन्त्रीले प्रतिनिधिसभा भंग गर्ने, संवैधानिक निकाय सम्बन्धितलाई समाप्त गर्ने गतिविधीलाई गण्डकी प्रदेश सरकारले सहयोग गर्‍यो, समर्थन गर्‍यो’, तीन दलले भनेका छन्, ‘नेकपा विभाजन भएर नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बनिसकेपछि संविधानको धारा १८८ (२) अनुसार माननीय पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिनुपर्नेमा संविधानले तय गरेको एक महिनाको समयसीमा नाघ्दा पनि विश्वासको मत नलिएर संविधानको अवज्ञा गर्नुभएको छ।’

बागमतीमा अझै संसद् अवरुद्ध
माओवादी केन्द्रले बिहीबार चौथो पटक बागमती प्रदेशसभाको बैठक अवरुद्ध गरेको छ। माओवादी केन्द्रलाई अर्को प्रतिपक्षी कांग्रेसले साथ दिएको छ। यससँगै सभामुख सानुकुमार श्रेष्ठले बैठक अनिश्चितकालका लागि स्थगन गरेका छन्।

विद्युतीय बस खरिद र मदन भण्डारी फाउन्डेसनलाई सरकारले उपलब्ध गराउने निर्णय गरेको ५० लाख रुपैयाँको विषयमा माओवादीले सदन अवरुद्ध गर्दै आएको हो। बिहीबारको बैठकमा भौतिक पूर्वाधार तथा योजनामन्त्री रामेश्वर फुयाँलले जवाफ पेस गरे पनि चित्तबुझ्दो नआएको भन्दै माओवादीतर्फका प्रदेशसभा सदस्यले विरोध जनाएका हुन्। बैठकको सुरुमा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जम्कट्टेलले सरकारले बदनीयतपूर्वक ल्याएको योजना फिर्ता नलिएसम्म बैठक चल्न नदिने बताए। ‘पहिला चार्जिङ स्टेसन बन्नद्रपर्छ। त्यसपछि विद्युतीय बस खरिद गर्न सकिन्छ’, नेता जम्कट्टेलले भने, ‘रेल ल्याएर त्रिपालले छोपेर राखेजस्तै बस छोपेर राख्नका लागि हामी खरिद गर्न दिँदैनौं।’

कांग्रेसका नेता इन्द्र बानियाँले सरकार आफैँले कम्पनी चलाउन नहुने बताए। विद्युतीय बस सञ्चालन गर्ने हो भने निजी क्षेत्रको सहभागिता अनिवार्य गर्नुपर्ने नेता बानियाँले बताए। साझा विवेकशीलका रमेश पौडेल, नेपाल मजदुर किसान पार्टीका सुरेन्द्रराज गोसाँई, राप्रपाकी रिना गुरुङले प्रदेशसभामा उठेका प्रश्नको चित्तबुझ्दो जवाफ सरकारले दिनुपर्ने बताएका थिए।

मन्त्री फुयाँलले सरकारले नीति तथा कार्यक्रम र बजेटमार्फ ल्याएको कार्यक्रम कार्यान्वयन गरिने बताए। ‘सबैसँग सल्लाह गरेर अघि बढ्न सकिन्छ। प्रतिपक्ष दलबाट आएको सुझावलाई हामीले गम्भीरतापूर्वक ग्रहण गरेका छौं’, मन्त्री फुयाँलले भने। २०८५ सालसम्ममा प्रदेशका मुख्य सहरलाई प्रदूषणमुक्त बनाउने अभियानअनुसार विद्यतीय सवारी खरिद प्रक्रिया अगाडि बढाइएको उनले बताए ।

लेखा समितिले प्रदेश सरकारलाई भदौ २८ मा स्पष्ट कानुन र सञ्चालन हुने वातावरण निर्माणपछि मात्र विद्युतीय बस खरिद गर्न निर्देशन दिएको थियो। त्यसलाई बेवास्ता गर्दै प्रदेश सरकारले ३० वटा बस खरिदका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ। साथै बस सञ्चालनका लागि प्रदेश यातायात सञ्चालन तथा व्यवस्थापन बोर्ड गठन गरिएको छ।

भौतिक पूर्वाधार मन्त्रालयले आर्थिक मामिला तथा योजना मन्त्रालयसँग बस खरिदका लागि १० करोड रकम माग गरेको छ। पहिलो चरणमा भरतपुर, काठमाडौं उपत्यका, धुलिखेल, हेटौंडा, नुवाकोट र सिन्धुलीमा विद्युतीय बस सञ्चालनका लागि सातवटा रुट तय गरिएको मन्त्री फुयाँलले बताए। साथै, मन्त्रालयले चार्जिङ स्टेसन निर्माणका लागि जग्गा उपलब्ध गराउन प्रदेशका १ सय १९ तहलाई आह्वान गरेको छ। ८ वटा स्थानीय तहले जग्गा उपलब्ध गराउने प्रक्रिया अघि बढाएको उनले जानकारी दिए।

अन्नपूर्णबाट साभार

वीरगन्जमा परीक्षण गराएकामध्ये आधामा कोरोना पुष्टि

0

वीरगन्ज : वीरगन्जमा परीक्षण गराएकामध्ये आधा जतिमा कोरोना भाइरस संक्रमण भेटिएको छ। वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा बिहीबार बेलुकी ७८ जनाको परीक्षण गरिएकोमध्ये ३८ जनामा संक्रमण पुष्टि भएको हो।

७५ जनाको आरटी पीसीआर परीक्षण गर्दा ३५ जनामा र ३ जनाको एन्टिजेन प्रविधिबाट परीक्षण गर्दा तीनै जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका कोभिड कोर्डिनेटर डाक्टर सरोज रोशन दासले जानकारी दिए।

संक्रमण पुष्टि भएका ७८ जनामध्ये वीरगन्ज महानगरपालिकाका मात्रै ३१ जना छन्। डाक्टर दासका अनुसार, वीरगन्ज महानगरपालिका-४ का १० जना, वडा नम्बर ५ र १० का ३/३ जना, वडा नम्बर ८, १२, १६, २० र २४ का २/२ जना, वडा नम्बर ३, ६, ७, १४ र २७ का १/१ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १० र २४ तथा कलैया महानगरपालिका वडा नम्बर ४ का १/१ जनामा पनि संक्रमण भेटिएको छ।
रौतहटको गढीमाइ नगरपालिकाको वडा नम्बर ४ र ७ का १/१ जना, मकवानपुरको हेटौडा उपमहानगरपालिका-५ का १ जना र काठमाण्डौको तारकेश्वर नगरपालिका-९ का १ जनामा संक्रमण पुष्टि भएको डाक्टर दासले जानकारी दिए। बिहीबार थपिएका ३८ जना संक्रमितमध्ये वीरगन्जका १ वर्षीय शिशुदेखि ८७ वर्षीय बृद्धसमेत रहेको उनले बताए।

वीरगन्जमा पछिल्लो एक हप्तामा (चैत २७ देखि बैशाख २ सम्म) मात्रै १४९ नयाँ संक्रमित थपिएका हुन्। नारायणी अस्पतालको प्रयोगशालामा चैत २७ देखि बैशाख २ गतेसम्म ३ सय ४८ जनाको परीक्षण गर्दा १ सय ४९ जनामा संक्रमण भेटिएको हो।

गत चैत ३१ गते ७९ जनाको परीक्षण गर्दा २८ जनामा, चैत ३० मा ९५ जनाको परीक्षण गर्दा ४० मा, चैत २९ गते ६० जनाको परीक्षण गर्दा २८ मा र चैत २७ गते बिहीबार ३६ जनाको परीक्षण गर्दा १५ जनामा संक्रमण पुष्टि भएको थियो।

परीक्षण गरिएकामध्ये आधा जतिमा संक्रमण भेटिनुले वीरगन्जमा कोरोना संक्रमणले भयावह रुप लिन थालिसकेको पुष्टि भएको नारायणी अस्पतालका डाक्टर उदय नारायण सिंहले बताए। पहिलो लहरका बेला अधिकतम २० देखि २२ प्रतिशतमा मात्रै संक्रमण भेटिन्थ्यो, उनले भने,‘तर अहिले केहि दिन यता ५० प्रतिशतको हाराहारीमा संक्रमण भेटिन थालेको छ, यसले यहाको अवस्था डरलाग्दो बन्दै गएको संकेत गर्छ।’ डाक्टर सिंहका अनुसार, अहिले परीक्षण गराउन आउनेहरु प्राय सबै कडा लक्षण देखा परिसकेकाहरु नै हुन्। सामान्य लक्षण भएकाहरु भने परीक्षण गराउन नआइ गाँउघरमै रहेकाले उनीहरुबाट समुदायमा संक्रमण फैलिरहेको उनले बताए।

पर्सामा अहिले वीरगन्जको नारायणी अस्पतालमा मात्रै कोरोनाको परीक्षण भइरहेको छ।१४ स्थानीय तह रहेको पर्सा जिल्लामा वीरगन्ज महानगर बाहेक बाँकी १३ स्थानीय तहले कोरोना महामारीलाइ लक्षित गरी कुनै तयारी वा सावधानी अपनाएका छैनन्।
नारायणी अस्पतालकै डाक्टर निरज सिंहले वीरगन्जमा पछिल्लो एक हप्ताको कोरोना संक्रमण बृद्धिको दर हेर्ने भने समुदायमै संक्रमण फैलिसकेको पुष्टि भएको बताए। यहाँ सबै अस्पताल गम्भीर प्रकृतिको निमोनियाको लक्षण भएका शंकास्पद कोरोनाका बिरामीले भरिन थालिसकेको उनले बताए।
उनले भने,‘यो बैशाख महिनाले गत वर्षको साउन महिनाको याद गराउने प्रबल सम्भावना छ, त्यसैले वीरगन्जवासी आफैँ सचेत बन्न आवश्यक छ।
भारतमा कोरोनाको दोस्रो लहर चलेपछि त्यसको असर नेपालका सिमावर्ती जिल्लाहरुमा पनि देखिएको छ।

लामो समयदेखि न्यून संक्रमित रहेको पर्सा लगायतका सीमावर्ती जिल्लामा पछिल्लो समय एकाएक संक्रमितहरुको संख्या बढ्नुले पनि भारतमा बढ्दो कोरोना कहरले नेपाललाई छोइसकेको पुष्टि गर्छ। कोरोना संक्रमणका कारण पछिल्लो एक हप्तामा पर्सा र बाराका ४ जनाले ज्यान गुमाइसकेका छन्।
स्वास्थ्य मन्त्रालयले पनि बिहीबार मात्रै पर्सा, बारा सहितका १४ जनाला संक्रमणको अति प्रभावित जिल्ला घोषणा गरिसकेको छ। पर्सामा दिनहु संक्रमण दर उच्च गतिमा बढी रहँदा भने यहाँका सरकोकारवाला निकायले संक्रमणलाई लक्षित गरी प्रभावकारी कदम चाल्न सकेका छैनन्।

अन्नपूर्णबाट साभार

पाथीभरा केवलकार : ९० हजार रोपनीको जग्गा किन ९० लाखमा किनियो ?

0

३ वैशाख, विराटनगर । धार्मिक पर्यटकीय क्षेत्र ताप्लेजुङको पाथीभरा क्षेत्रमा केवलकार सञ्चालन गर्ने परियोजना शिलान्यास नहुँदै विवादमा तानिएको छ । पाथीभराको तल्लो फेदीमा केवलकारको ‘बेस स्टेशन’ बनाउन किनिएको जग्गा असामान्य मूल्यमा खरीद भएपछि विवादमा तानिएको हो ।

केवलकार सञ्चालनका लागि फुङलिङ नगरपालिका-११ को काफ्ले पाटीमा ३० हजार रुपैयाँ रोपनी न्यूनतम मूल्य तोकिएको र त्यहाँको हालको बजारमूल्य ९० हजार रुपैयाँ पर्ने जग्गा ९० लाख रुपैयाँप्रति रोपनीका दरले खरीद गरेको भेटिएको हो ।

पाथीभरादेवी दर्शर्न केवलकार प्रालि नामक कम्पनीलाई पुष्पबहादुर बरुवाल र सुरेन्द्रकुमार गुरुङले सो मूल्यमा २९ रोपनी जग्गा बिक्री गरेको मालपोत कार्यालय ताप्लेजुङले उपलब्ध गराएको विवरणमा उल्लेख छ । अनलाइनखबरले सूचनाको हक प्रयोग गरेर आवेदन दिएपछि कार्यालयले ३० चैत २०७७ मा सो विवरण उपलब्ध गराएको हो ।

मालपोत कार्यालय, ताप्लेजुङका अनुसार २९ रोपनी जग्गा कारोबार गर्दा २ करोड ३४ लाख ७७ हजार रुपैयाँ राजस्व तिरिएको छ । जसमा पूँजीगत लाभकर १ करोड ३० लाख ३७ हजार र रजिष्ट्रेशन दस्तुरबापत १ करोड ४ लाख ४० हजार रुपैयाँ बुझाइएको छ । ताप्लेजुङ जिल्लामा यस वर्ष एउटै कारोबारमा भएको यो सबैभन्दा धेरै राजस्व संकलन हो ।

पाथीभरादेवी दर्शन केवलकार प्रालिलाई जग्गा बिक्री गर्ने बरुवाल पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष हुन् । यती होल्डिङ्सको लगानी रहेको प्रालिमा बरुवालसहित स्थानीय ईश्वरी पौडेललगायतको लगानी छ । यसरी हेर्दा बरुवालको दोहोरो स्वार्थ देखिन्छ । महँगो मूल्यमा जग्गा बिक्री गर्ने बरुवाल जग्गा किन्ने कम्पनीको सञ्चालक र सरकारले गठन गरेको पाथीभरा क्षेत्र विकास समितिको अध्यक्ष पनि हुन् । उनी केपी शर्मा ओली निकट हुन् । झापा घर भएका बरुवाल काठमाडौंमा बस्छन् ।

जग्गा बिक्रेता बरुवालले आफू कम्पनीको ‘सेयर होल्डर’ भएको स्वीकार गरेनन् । तर पाथीभरादेवी दर्शन केवलकार प्रालिका डाइरेक्टर ईश्वरी पौडेलले बरुवाल पनि लगानीकर्ता रहेको बताए । ‘अहिले सबै काम उहाँले (पुष्पबहादुर बरुवाल) नै हेर्नुहुन्छ, म बाहिर आएको छु ।’ बरुवाल सो कम्पनीको शेयर होल्डर भए/नभएको बुझ्न हामीले कम्पनी रजिष्ट्रारको कार्यालयमा सम्पर्क गर्‍यौं । कम्पनीका ६ जना शेयर धनीमध्ये बरुवाल पनि एक रहेको कम्पनी रजिष्ट्रार कार्यालयको विवरणमा देखिन्छ ।

बरुवाल राज्यलाई कर तिर्छु भन्दा पाउनुपर्ने बताउँछन् । ‘राजस्व बढी भयो भन्ने कुरा बाहिर आएको छ’ उनले भने, ‘राज्यलाई कर तिर्छु भन्दा नपाउने पनि हुन्छ र ?’

पाथीभरा देवी केवलकार दर्शन प्रालिका अध्यक्ष सोनाम शेर्पा छन् । उनी यती होल्डिङ्सका तत्कालीन मालिक स्वर्गीय आङछिरिङ शेर्पाका दाजु हुन् । आङछिरिङको तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीसँगै हेलिकप्टर दुर्घटनामा निधन भएको थियो ।

फुङलिङ नगरपालिका वडा नम्बर ८ का वडा सदस्य समेत रहेका स्थानीय युवा जंग सुनारका अनुसार काफ्ले पाटीमा सो समूहले जग्गा खरीद गर्नुभन्दा पहिले ९० हजारदेखि एक लाखसम्म प्रति रोपनी जग्गा पाइन्थ्यो । तर, सो समूहले ९४ हजार रुपैयाँ प्रतिरोपनी खरीद गरेर ९० लाख रुपैयाँ प्रतिरोपनी मूल्य कायम गरी पाथीभरा देवी दर्शन केवलकारका प्रालिको नाममा जग्गा नामसारी गरेको हो । ‘केवलकार कम्पनीको नाममा ९० लाख रुपैयाँ देखाएर नामसारी गरे’ उनी भन्छन्, ‘यहाँ चलखेल छ, केवलकारको नाममा स्थानीयहरू फेरि ठगिंदैछन् ।’

केवलकार सञ्चालनका लागि ताप्लेजुङवासीको सहयोग रहेको बताउँदै उनले परियोजना महँगो देखाउँदै भोलि सार्वजनिक निष्काशनमा जाने शेयरको मूल्य निर्धारणमा चलखेल गर्न खोजेको हुनसक्ने बताए ।

बढी मूल्यांकन राखेर जग्गा पास गरेपछि भविष्यमा बैंकले यसमा ठूलो ऋण दिनसक्छ । मालपोतको कागजातको मूल्यका आधारमा लगानी गर्दा भोलि बैंक पनि ठगिन सक्ने उनको भनाइ छ ।

उनले भने ‘केवलकारको नाममा ९० लाख रोपनीको भारी भोलि सर्वसाधारणलाई बोकाउँछन्, जग्गाको मुनाफा माफियाले लिन्छन् ।’ ‘पाथीभरामा केवलकार बन्नुपर्छ’ उनले भने, ‘तर सीमित व्यक्तिले मुनाफा लिने गरी मात्र होइन सबै जनताको अपनत्व हुने गरी यो काम हुनुपर्छ ।’

मालपोत कार्यालय ताप्लेजुङका प्रमुख लेखा पनेरु महतका अनुसार जग्गा कारोबारको रकम चलनचल्तीको दररेट भन्दा धेरै माथि छ । तर, कानूनी रूपमा प्रक्रिया पूरा गरेर नै जग्गा नामसारी भएको उनले बताइन् । पनेरुले भनिन्, ‘म क्वारेन्टाइन बसेका बेला निमित्त दिएका कर्मचारीले जग्गा पास गरिदिएछन्, केन्द्रमा बझ्दा मिल्छ भन्ने जानकारी आयो ।’

‘न्यूनतम मूल्यभन्दा कममा कारोबार गर्न मिल्दैन तर अधिकतम जति मूल्य राखे पनि कारोबार गर्न मिल्ने कानूनी व्यवस्था छ’ उनले भनिन्, ‘राज्यलाई कर तिर्छु भन्दा नपाउने भन्ने प्रश्न आएन, विभागले अनुमति दिएपछि नामसारी भयो ।’

‘यो अस्वाभाविक मूल्य हो भन्ने विषय मलाई पनि परेको हो’ उनले थपिन्, ‘तर प्रक्रिया पूरा भएको काम रोक्न मिलेन, राज्यलाई कर तिर्छु भन्दा दिनुपर्‍यो ।’

महँगो मूल्यमा जग्गा खरीदबिक्री भएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । आयोगको इटहरी कार्यालयले फाइल अध्ययन गरिरहेको छ ।

मालपोत कार्यालय प्रमुख पनेरु महतले यसको पुष्टि गरिन् । उनले भनिन्, ‘अख्तियारले कागजात मागेको थियो । मैले कागजात पठाइसकेकी छु ।’

शिलान्यासको तयारी

दुई दशक यता पाथीभरामा केवलकार सञ्चालन गर्ने चर्चा हुँदै आएको छ । तर, अब बल्ल आएर शिलान्यासको तयारी हुन थालेको छ । वैशाख ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीबाट शिलान्यास गराउने कम्पनीको तयारी छ । डाइरेक्टर पौडेलले भने, ‘११ वैशाखमा शिलान्यासको मोटामोटी तयारी छ ।’

कम्पनीलाई सरकारले केवलकार निर्माणका लागि ४.९७ हेक्टर जमीन दिने निर्णय गरिसकेको छ । प्रस्थानविन्दुमा संरचना बनाउन कम्पनीले जग्गा किनेको हो । पाथीभरा क्षेत्रको काफ्ले पाटीबाट मन्दिरसम्म २.७४ किलोमिटर दूरीमा केवलकार बन्नेछ । २ अर्ब ५५ करोड लागत अनुमान गरिएको केवलकार दुई वर्षमा निर्माण गर्ने तयारी छ ।

अनलाईनखबर बाट साभार

आज हावाहुरीसहित वर्षाको सम्भावना

0

हाल देशमा स्थानीय वायु र पश्चिमी न्युन चापीय रेखाको प्रभाव रहेको छ। देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बादल र बाँकी भू-भागमा आंशिक बादल रहेको अवस्था छ ।

शुक्रबार प्रदेश १ र सुदूरपश्चिम प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ।   प्रदेश १ र सुदूरपश्चिम प्रदेशका लगायत अन्य प्रदेशका पहाडी भू-भागहरुका थोरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ।

शनिबार देशका धेरैजसो स्थानहरुमा आंशिक देखि सामान्य बदली रहनेछ।   देशका पहाडी भू-भागका थोरै स्थानहरुमा र तराईका एक दुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

आइतबार देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ।   देशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

चितवनको खैरहनी नगरपालिकाका प्रत्येक वडामा स्वास्थ्य संस्था

0

चितवनको खैरहनी नगरपालिकाले नगरको प्रत्येक वडामा स्वास्थ्य संस्था स्थापना गरेको छ ।

सम्पूर्ण नगरवासीलाई स्वास्थ्य सेवाको पहुँचमा पु¥याउने उद्देश्यका साथ नगरपालिकाले १३ वटै वडामा स्वास्थ्य संस्था स्थापना गरेको हो ।

यसअघि खैरहनी–६ मा प्राथमिक स्वास्थ्य केन्द्र खैरहनी, वडा नं १० मा कठार स्वास्थ्यचौकी, वडा नं २ मा चैनपुर स्वास्थ्यचौकी, वडा नं १२ मा कुमरोज स्वास्थ्यचौकी र वडा नं १३ मा नगर स्वास्थ्य क्लिनिक र बाँकी रहेका वडामा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरिएको नगरपालिका स्वास्थ्य शाखा प्रमुख अनुप अधिकारीले बताए ।

खैरहनीको वडा नं १, ३, ४, ५, ७, ८, ९ र ११ मा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरी सेवा प्रवाह शुरु गरिएको अधिकारीले जानकारी दिए ।

यसअघि स्वास्थ्य संस्था नभएका वडाका स्थानीयवासीले अब आफ्नै स्वास्थ्य संस्थाबाट सेवा प्राप्त गर्नेछन् । आधारभूत स्वास्थ्य केन्द्रमा अहेव, अनमी र एक  कार्यालय सहयोगी नियुक्त गरिएको छ ।

वडा नं ४ र ९ को आधारभूत स्वास्थ्य केन्द्रमा हेल्थ असिस्टेन्ट र स्टाफ नर्सले स्वास्थ्य सेवा प्रदान गर्ने नगरपालिका नर्सिङ अधिकृत पूजा गिरीले बताए । केन्द्रबाट परामर्शसहित बिरामीको आवश्यकतानुसार निःशुल्क औषधि वितरणसमेत हुने उनले बताए ।

आफ्नै भवन नभएका केही स्वास्थ्य केन्द्रले सामुदायिक भवनबाट सेवा दिन शुरु गरेका छन् । खैरहनी १, ४, ५ र ८ ले वडा कार्यालयको भवनबाट सेवा दिएका छन् भने वडा नं ७ ले विद्यालयको भवन र ११ ले क्लबको भवनमा केन्द्र स्थापना गरी सेवा प्रवाह शुरु गरेका छन् ।

वडा नं ४ को भवन स्वास्थ्य संस्था राख्न मिल्ने गरिनै निर्माण भएकाले त्यहीँबाट वडावासीले सेवा पाउनेछन् भने वडा नं ३, ९ मा नगरपालिकाले नै छुट्टै भवन निर्माण गरेको खैरहनी नगरपालिका प्रमुख लालमणि चौधरीले बताए । “स्वास्थ्य मानवको महत्वपूर्ण पक्ष हो”, नगरप्रमुख चौधरीले भने, “आधारभूत स्वास्थ्य सेवाबाट अब नगरवासी वञ्चित हुनुपर्दैन, आफ्नै ठाउँबाट सेवा पाउनेछन् ।” आफ्नो भवन नभएका स्वास्थ्य केन्द्रहरुको अर्को वर्ष भवन निर्माण हुने चौधरीले बताए । खैरहनीमा १५ शय्याको अस्पतालसमेत निर्माणको प्रक्रियामा रहेको छ ।

रातोपाटीबाट साभार

२४ घण्टामा ५३४ जनामा कोरोना संक्रमण : पाँच जनाको मृत्यु

0

काठमाडौं : पछिल्लो २४ घण्टामा ५३४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार हजार १५२ जनाको परीक्षण गर्दा ५३४ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ३ हजार ५८८ जनाको पीसीआर परीक्षण गर्दा ४९० र ५६४ जनाको एन्टिजेन्ट विधिबाट गरिएको परीक्षणमा ४४ जना गरेर कुल ५३४ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार २४ घण्टामा पाँच जनाको मृत्यु भएको छ भने १५७ जना डिस्चार्ज भएका छन् ।

अन्नपूर्णबाट साभार

प्रधानमन्त्री ओली र जसपा अध्यक्ष ठाकुरबीच भेटवार्ता

0

२ वैशाख, काठमाडौं । प्रधानमत्री केपी शर्मा ओली र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा दुई पक्षको कार्यदलका सदस्यहरु समेत सहभागी थिए । ‘अहिलेसम्म भएको कामकारबाहीको समीक्षा भएको छ’ जसपा नेता लक्ष्मणलाल कर्णले भने ।

कार्यदलको बैठक साँझ ५ बजे फेरि बस्नेछ । एमालेको कार्यदलमा संसदीय दलका उपनेता सुवास नेम्वाङ, विष्णु पौडेल र राजन भट्टराई छन् भने जसपाबाट सर्वेन्द्रनाथ  शुक्ल र लक्ष्मणलाल कर्ण वार्तामा बस्दै आएका छन् ।

अनलाईनखबर बाट साभार

 

मनाङ जिल्ला अस्पतालमा भेन्टिलेटर छ, तर चलाउने जनशक्ति छैन

0

२ वैशाख, मनाङ । कोरोना महामारीसँगै स्वास्थ्य सुरक्षाका लागि उपकरण उपलब्ध गराइएको छ । जिल्लाको एक मात्र अस्पताल कहिले उपकरणको अभाव त कहिले जनशक्तिको अभाव थेग्दै आएको छ ।

हाल यस अस्पतालमा भेन्टिलेटर उपलब्ध भए पनि जनशक्ति नहुँदा सञ्चालनमा आउन सकेको छैन । विसं २०७७ असारमा प्रदेश सरकारले यस अस्पताललाई दुईवटा भेन्टिलेटर उपलब्ध गराएको थियो । अस्पतालमा भेन्टिलेटर छ, तर चलाउने जनशक्ति नहुँदा उक्त सेवा सञ्चालनमा आउन सकेको छैन ।

अस्पतालमा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि १० महिनाअघि भेन्टिलेटर पुगेको हो । कुनै पनि बिरामीको अवस्था जटिल बनेको समयमा भेन्टिलेटरको आवश्यकता पर्ने भन्दै १० महिनाअघि नै यस अस्पतालमा भेन्टिलेटर ल्याइएको थियो ।

मनाङमा दुई मात्र चिकित्सक डा प्रतिभा गौली र डा सन्तोष अधिकारी कार्यरत छन् । ‘कोभिडका बिरामीका लागि उपचार गराउन भेन्टिलेटरका सबै सामग्री छन्, तर जडान गरिएको छैन ‘, डा.अधिकारीले भने, ‘भेन्टिलेटरसम्बन्धी तालिमप्राप्त चिकित्सक भए सहज हुन्थ्यो, जनशक्ति अभावले सेवा प्रवाहमा समस्या भएको छ ।’

त्यस्तै डा प्रतिभा गौलीका अनुसार प्रदेश सरकार मताहातमा झन्डै रु २० करोडको लागतमा जिल्ला अस्पताल निर्माण हुँदै गरेको छ भने डा सन्तोषको अवधि सकिएर जानुभएको छ । भएका जनशक्तिको अवधि सकिनु उपकरण सञ्चालन नहुनु दुर्गमको समस्या रहेको उनको भनाइ छ ।

भेन्टिलेटरको आवश्यकता त्यतिबेला पर्छ, जब बिरामीको अवस्था गम्भीर हुन्छ । यसलाई नियन्त्रण गर्न लाइफ सपोर्ट सिस्टम वा भेन्टिलेटरको सहयोग लिने गरिन्छ । डा अधिकारीका अनुसार भेन्टिलेटर बिरामीलाई निको पार्न र जिउँदो राख्नका लागि प्रयोग गरिन्छ ।

अस्पतालमा भेन्टिलेटरसहित दुई शय्याको आइसीयू निर्माणका लागि सामान खरिद गरिएको छ । जनशक्ति अभाव भएकाले उक्त सेवा सञ्चालन गर्न नसकिएको मनाङ जिल्ला अस्पतालका जनस्वास्थ्य निरीक्षक रहमत अन्सारीले बताए ।

उनका अनुसार हाल जिल्ला अस्पतालमा जम्मा पाँच कर्मचारी कार्यरत छन् । सिनियर अहेब प्रमुख अन्सारी, डा प्रतिभा गौली, डा सन्तोष अधिकारी, नर्स बिना पौडेल र ल्याबमा करारका कर्मचारी प्रकाश रोका छन् ।

दुई चिकित्सकको दरबन्दी भए पनि मनाङ जिल्ला अस्पतालमा दरबन्दीका चिकित्सक एक जना मात्र छन् । डा सन्तोष अधिकारी पनि करारका कर्मचारी हुनुहुन्छ । जिल्ला अस्पतालले हालसम्म धेरै बिरामीको चाप थेग्नु नपरे पनि कुन समयमा के पर्छ त्यसको तयारी हुनु जरुरी छ । यस्तै तीतो अनुभव डा सन्तोष अधिकारीको छ ।

विश्वभर फैलँदै गएको कोरोना महामारीले जिल्ला स्वस्थ्य प्रमुख नै सङ्क्रमित भएपछि अस्पताल नै बन्द गर्नुपरेको थियो । जिल्लामा भएको एक मात्र अस्पताल र एक मात्र चिकित्सक हुँदा कन्ट्याक ट्रेसिङमा पर्दा आवश्यक जनशक्ति अभावका कारण अस्पताल नै बन्द गर्नुको विकल्प नभएको डा अधिकारीले बताए ।

स्वस्थ्य क्षेत्रमा पर्याप्त जनशक्ति नहुनु, भएका उपकरण प्रयोगमा आउन नसक्नु ठूलो चुनौती रहेको छ । हिमाली जिल्ला जटिल बिरामी भएमा समयमा उपचार गर्न नपाउँदा जीवन नै तलमाथि हुनसक्छ । हुनेखानेले हेलिकोप्टर चार्टर्ड गरेर ठाउँमा पुग्लान तर सर्वसाधारण भने अकालमै मर्नुपर्ने बाध्यता देखिन्छ ।

स्थानीय तहले पटक–पटक पहल गर्दासमेत सुनाइ नभएको स्थानीय तहको गुनासो छ । प्रदेश सरकार र केन्द्रमा समेत बेलाबेलामा चर्चामा रहेको मनाङ अस्पतालमा अझै जनशक्ति अभावले भएका उपकरणसमेत सञ्चालनमा आउन सकेका छैनन् ।

सरकारको नीति अनुसार अस्पतालको शिलान्यास त भएकै छन् तर आवश्यक जनशक्ति कहिले पुग्ने सर्वसाधारणको गुनासो छ । देशमा बढ्दै गइरहेको कोरोना महामारीमा यी उपकरण सञ्चालनमा आउन सके जिल्लावासीले राहत महसुस गर्ने थिए

अनलाईनखबर बाट साभार

काठमाडौं महानगरले बन्द गरायो सिटी मार्केटका पसल 

0

२ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाले पुरानो बसपार्कमा रहेको सिटी मार्केटका पसलहरु बन्द गरेको छ । सम्झौताविना नै व्यवसायीहरुले ७–८ वर्षदेखि महानगरको स्वामित्वको भवनमा बसेको भन्दै महानगरपालिकाले पसलहरु बलपूर्वक बन्द गरेर सिल गरेको हो ।

सटर खाली गर्न एक हप्तामात्रै समय दिएको भन्दै व्यवसायीले विरोध जनाएका थिए । तर, महानगरपालिकाले पटक–पटक महानगरको भवनमा विना सम्झौता नबस्न आग्रह गर्दै आएको बताएको छ ।

भाडाको लागि भएको सम्झौताको म्याद सकिएको र सो भवनलाई महानगरले नयाँ तरिकाले उपयोग गर्ने योजना बनाएकाले व्यापारीलाई हटाउन लागिएको प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले बताए ।

यसअघि महानगरले सो भवन ठेकेदारमार्फत भाडमा दिएको थियो । तर, सो सम्झौता नवीकरण नभएकाले महानगरले व्यापारीहरुलाई हट्न निर्देशन दिंदै आएको थियो ।

अनलाईनखबर बाट साभार