Wednesday, January 22, 2025
Homeदेश र प्रदेशप्रदेश १हेलिकप्टर चार्टड गरेर मुख्यमन्त्री राई ससुराली पुगे

हेलिकप्टर चार्टड गरेर मुख्यमन्त्री राई ससुराली पुगे

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई हेलिकप्टर चार्टड गरेर ससुराली पुगेका छन् ।

गत माघ ११ गते ४९ वर्षीय मुख्यमन्त्री राईले संखुवासभाकी २३ वर्षीया मोडल जाङ्मु शेर्पासँग लगनगाँठो कसेका थिए । मंगलबार हेलिकप्टर चार्टड गरेर श्रीमान राईसहित आफू माइती आइपुगेको जाङ्मुले जानकारी दिएकी छन् ।

प्रेम सम्बन्धलाई वैवाहिक सम्बन्धमा परिणत गरेका उनीहरु मंगलबार हेलिकप्टर चार्टड गरेर संखुवासभा पुगेका हुन् । आफ्नो जन्मस्थल संखुवासभाको मकालु गाउँपालिको सेदुवा र नोर्बुको श्रीमान शेरधनसहित सपरिवारले भ्रमण गर्न पाउँदा खुसी लागेको उनले बताएकी छन् ।

यसबारे उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्, ‘मैले भर्खरै आफ्नो जन्म स्थल संखुवासभा मकालु गाउँपालिकाको सेदुवा र नोर्बुको भ्रमण मेरो श्रीमान माननीय शेरधन राई र सबै सपरिवारका साथ गर्न पाउँदा असाध्यै खुशी लाग्यो । म त जन्मिएको मात्रै, मेरो गाउँ अति नै सुन्दर रहेछ । सबैले न्यानो स्वागत र सत्कार गर्नुभयो, धेरै खुसी लाग्यो । मेरो गाउं र ठाउँको लागी केही गर्नुपर्ने महशुस गरे किनकी त्यहाँ सडक, बिधुत, शिक्षा, स्वास्थ्य र संचार लगायतको पहुँचले जनतालाई जोडन बाँकी रहेछ, अवश्य नै म र मेरो श्रीमान माननीय मुख्यमन्त्री शेरधन राईको ध्यानाकर्षण भएको छ । सबै प्रति हार्दिक आभार ब्यक्त गर्दछु ।’

 

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका