Friday, June 19, 2026
Homeराजनीतिसुशासनका लागि सम्पत्ति छानबिन प्रभावकारी बनाउनुपर्ने गगन थापाको जोड

सुशासनका लागि सम्पत्ति छानबिन प्रभावकारी बनाउनुपर्ने गगन थापाको जोड

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सम्पत्ति छानबिन सुशासन र विधिको शासनसँग प्रत्यक्ष रूपमा जोडिएको महत्वपूर्ण विषय भएको बताएका छन्।

‘सम्पत्ति छानबिन, सुशासनको सवाल र विधिको बहस’ कार्यक्रममा बोल्दै थापाले सुशासनको मुद्दा निर्वाचनको सबैभन्दा महत्वपूर्ण विषय बनेको उल्लेख गरे। उनले आफ्नो पार्टीभित्र पनि लामो समयदेखि सुशासनको पक्षमा आवाज उठाउँदै आएको बताए।

थापाले नेपालमा भ्रष्टाचार विगतदेखि नै विद्यमान रहेको र समयसँगै झन् बढ्दै गएको दाबी गरे। भ्रष्टाचारकै कारण मुलुकले अपेक्षित विकास र प्रगति हासिल गर्न नसकेको उनको भनाइ थियो।

उनले सार्वजनिक पदमा पुगेका व्यक्तिहरूले अधिकारको दुरुपयोग गरी अवैध सम्पत्ति आर्जन गर्ने र त्यसलाई वैध बनाउने प्रवृत्तिबारे नागरिकस्तरमा व्यापक चिन्ता रहेको बताए।

थापाका अनुसार यस्ता गतिविधि नियन्त्रण गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग स्थापना गरिए पनि कानुनी सीमितता तथा नियुक्ति प्रक्रियामा देखिएका स्वार्थका द्वन्द्वका कारण आयोगको प्रभावकारितामाथि प्रश्न उठ्ने गरेको छ।

उनले अख्तियारको क्षेत्राधिकारभित्र पर्ने सार्वजनिक पदाधिकारीहरू नै अवैध सम्पत्ति आर्जन र अधिकार दुरुपयोगका घटनामा बढी संलग्न रहेको भन्ने धारणा नागरिकमा रहेको उल्लेख गरे।

थापाले सुशासन प्रवर्द्धन, भ्रष्टाचार नियन्त्रण र सार्वजनिक संस्थाप्रतिको विश्वास अभिवृद्धिका लागि सम्पत्ति छानबिन प्रणालीलाई अझ प्रभावकारी, निष्पक्ष र विश्वसनीय बनाउन आवश्यक रहेको बताए।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका