Wednesday, September 16, 2026
Homeसामाचाररेशम चौधरीविरुद्ध बहुविवाहको मुद्दा दर्ता गर्ने तयारीमा रञ्जिता श्रेष्ठ

रेशम चौधरीविरुद्ध बहुविवाहको मुद्दा दर्ता गर्ने तयारीमा रञ्जिता श्रेष्ठ

काठमाडौं । नेकपाकी नेतृ रञ्जिता श्रेष्ठले आफ्ना पति रेशम चौधरीविरुद्ध बहुविवाहसम्बन्धी मुद्दा दर्ता गर्ने तयारी गरेकी छन्। सामाजिक सञ्जालमा रञ्जिताले लेखेको स्टाटसलाई धेरैले सम्बन्धविच्छेदको तयारीका रूपमा व्याख्या गरे पनि उनले भने आफू डिभोर्सका लागि नभई बहुविवाहको कानुनी उपचार खोज्ने तयारीमा रहेको स्पष्ट पारेकी छन्।

रञ्जिताले सामाजिक सञ्जालमार्फत कानुनले निर्धारण गरेको जिम्मेवारीबाट कोही पनि पछि हट्न नसक्ने आशयको स्टाटस लेखेकी थिइन्। उनले आफूले रेशमविरुद्ध बहुविवाहको मुद्दा दर्ता गर्न लागेको डिसीनेपालसँग पुष्टि गरेकी छन्।

प्राप्त जानकारीअनुसार रञ्जिता रेशमकी जेठी श्रीमती हुन्। उनीहरूका एक छोरा छन्। रेशमले रञ्जितासँग कानुनी रूपमा सम्बन्धविच्छेद नगरी मोडल तथा थारू चलचित्रकी अभिनेत्री आशा चौधरीसँग दोस्रो विवाह गरेको बताइएको छ। आशातर्फ रेशमकी एक छोरी छिन्।

हाल रेशम कान्छी श्रीमती आशा र छोरीसँग बर्दियामा बस्दै आएका छन् भने रञ्जिता काठमाडौंमा छोरासँग अलग बस्दै आएकी छन्।

रञ्जितासँग कानुनी रूपमा सम्बन्धविच्छेद नभएकाले रेशम र आशाको विवाह दर्ता हुन नसकेको बताइएको छ। पछिल्लो समय रेशम र आशाले विवाह दर्ताका लागि प्रक्रिया अघि बढाउन खोजेको जानकारी पाएपछि रञ्जिताले कानुनी कदम चाल्ने तयारी गरेको जनाइएको छ।

थारू चलचित्र निर्माण तथा निर्देशनका क्रममा रेशम र आशाबीच निकटता बढेको बताइन्छ। उनीहरूले सामाजिक सञ्जाल टिकटकमा समेत विभिन्न भिडियो पोस्ट गर्दै आएका छन्। पछिल्लो समय राजनीतिक मतभेदसँगै दाम्पत्य सम्बन्धमा समेत विवाद उत्पन्न भएपछि रेशम–रञ्जिता सम्बन्धको विषय कानुनी प्रक्रियातर्फ अघि बढ्ने अवस्थामा पुगेको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका