Friday, July 10, 2026
Homeराजनीतिराष्ट्रपतिबाट चार महत्त्वपूर्ण संशोधन विधेयक प्रमाणीकरण, नयाँ कानुन कार्यान्वयनको बाटो खुल्यो

राष्ट्रपतिबाट चार महत्त्वपूर्ण संशोधन विधेयक प्रमाणीकरण, नयाँ कानुन कार्यान्वयनको बाटो खुल्यो

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदनबाट पारित भएका चार महत्त्वपूर्ण संशोधन विधेयक प्रमाणीकरण गरेका छन्। राष्ट्रपति कार्यालयका अनुसार संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रपति पौडेलले बिहीबार ती विधेयकहरू प्रमाणीकरण गरेका हुन्।

प्रमाणीकरण भएका विधेयकहरूमा सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३, सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३, सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३ रहेका छन्।

राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा जारी प्रेस विज्ञप्तिअनुसार सङ्घीय संसद्बाट पारित भएका यी विधेयकहरू बिहीबार नै प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेस गरिएको थियो।

राष्ट्रपतिबाट प्रमाणीकरण भएसँगै चारवटै संशोधित कानुन कार्यान्वयनमा जाने संवैधानिक प्रक्रिया पूरा भएको छ।

सरकारका अनुसार सार्वजनिक खरिद प्रणालीलाई थप पारदर्शी र प्रभावकारी बनाउने, सम्पत्ति शुद्धीकरण नियन्त्रणमार्फत वित्तीय अनुशासन सुदृढ गर्ने, सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि कानुनी व्यवस्था परिमार्जन गर्ने तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी कानुनलाई समयानुकूल बनाउने उद्देश्यले यी संशोधन विधेयक ल्याइएको हो।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका