Wednesday, March 19, 2025
Homeराजनीतिराजनीतिक स्थायित्व र समृद्धिको बाटोमा वर्तमान सरकारः अर्थमन्त्री पौडेल

राजनीतिक स्थायित्व र समृद्धिको बाटोमा वर्तमान सरकारः अर्थमन्त्री पौडेल

वालिङ (स्याङ्जा): उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान सरकार राजनीतिक स्थायित्व र समृद्धिको यात्रामा अघि बढिरहेको बताउनुभएको छ।स्याङ्जाको बिरुवा गाउँपालिकामा निर्मित प्रशासकीय भवनको उद्घाटन गर्दै अर्थमन्त्री पौडेलले सरकार स्थायित्व प्रदान गर्दै मुलुकको आर्थिक समृद्धिका लागि निरन्तर प्रयासरत रहेको उल्लेख गर्नुभयो।

उहाँले पछिल्ला वर्षहरूमा सरकारहरू बारम्बार परिवर्तन हुँदा स्थायित्व कायम गर्न कठिनाइ भएको स्मरण गराउँदै कांग्रेस–एमाले गठबन्धनले दीर्घकालीन स्थायित्व र विकासका लागि साझा प्रयास गरिरहेको बताउनुभयो।”

अवसरवाद र विभिन्न कारणले मुलुकमा छ–छ महिनामा सरकार परिवर्तन हुने स्थिति आयो। तर मुलुकलाई अस्थिरताबाट जोगाउन, नागरिकको जीवनस्तर सुधार गर्न ठूला दलहरूबीच सहकार्य अपरिहार्य थियो,” उहाँले भन्नुभयो।

अर्थमन्त्री पौडेलले मुलुकमा चुनौतीपूर्ण अवस्थाहरूमा लामो इतिहास, अनुभव र योगदान रहेका प्रमुख दलहरूले नेतृत्वदायी भूमिका खेल्दै आएको उल्लेख गर्नुभयो। साथै, वर्तमान सरकारले स्थायित्व, विकास र नागरिक हितका लागि काम गरिरहेकाले सबैले सरकारलाई सहयोग गर्नुपर्नेमा जोड दिनुभयो।आफ्नो जन्मभूमि स्याङ्जा रहेको स्मरण गराउँदै उहाँले जिल्लाको पूर्वाधार विकासलाई प्राथमिकता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो।

भवन उद्घाटन समारोहमा नेपाली कांग्रेस स्याङ्जाका सभापति एवं प्रतिनिधिसभा सांसद राजु थापा, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केन्द्रीय सचिव एवं पूर्वमन्त्री पद्माकुमार अर्याललगायत नेताहरूले जिल्लाको समग्र विकासका विषयमा धारणा राख्नुभएको थियो।बिरुवा गाउँपालिकाको प्रशासकीय भवन ७ करोड ९९ लाख ७० हजार १८१ रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको हो। विसं २०७७ असार ३१ गते सम्झौता भई निर्माण थालिएको यो भवन २०८० मङ्सिर २९ गते सम्पन्न भएको हो। उक्त भवनमा २९ कोठा रहेका छन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका