Wednesday, May 21, 2025
Homeराजनीतिराजनीतिक स्थायित्व र आर्थिक समृद्धि पहिलो आवश्यकता : मुख्यमन्त्री

राजनीतिक स्थायित्व र आर्थिक समृद्धि पहिलो आवश्यकता : मुख्यमन्त्री

काठमाडाैं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजनीतिक स्थायित्व र आर्थिक समृद्धि मुलुकको पहिलो आवश्यकता भएको बताउनुभएको छ । नववर्ष २०७८ को अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री शाहीले स्वदेश तथा विदेशमा रहेका कर्णाली तथा समस्त नेपाली आमाबुबा, दाजुभाइ, दिदीबहिनीमा सुख, शान्ति, सुस्वास्थ्य, उत्तरोत्तर प्रगति एवं समृद्धिको कामना गर्नुभएको छ । साथै कर्णालीको तीव्र विकास र आर्थिक समृद्धि हासिल गर्नु प्रदेश सरकारको मुख्यचासो रहेको उहाँले बताउनुभएको छ ।

आज मुख्यमन्त्री शाहीद्वारा हस्ताक्षरित शुभकामना सन्देशमा भनिएको छ, “नेपाली जनताको सङ्घर्ष र बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएसँगै हामी सबै नेपालको विकास र समृद्धिको महाअभियानमा छौँ । विकास र समृद्धिको यो महाअभियान पूरा गर्न सम्पूर्ण शक्तिका साथ प्रदेश सरकार लागी परेको छ । कर्णाली सरकारले भौतिक पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर सरकार गठन भएपश्चात् हालसम्म एक हजार २५० किमी सडकको नयाँ ट्र्याक निर्माण, १६७ किमी सडक ग्राभेल, २८ किमी कालोपत्रे गरेको छ ।”

त्यस्तै प्रदेश राजधानी सुर्खेतमा चक्रपथ निर्माण र सुर्खेत उपत्यका खानेपानी योजनाको विस्तृत सम्भाव्यता अध्ययन, सुर्खेत विमानस्थलको स्तरोन्नति, कर्णाली प्रदेश विद्युतीकरणका लागि नेपाल सरकारसँगको समन्वयमा आवश्यक बजेट व्यवस्था गरी राष्ट्रिय प्रसारण लाइन सबै जिल्ला सदरमुकामका साथै ग्रामीण क्षेत्रसम्म विस्तारको कार्य अघि बढाइएको र प्रसारण लाइन पहुँचविहीन क्षेत्रमा सौर्य विद्युत् प्रणालीको विकास गरी विद्युतीकरणको प्रयास थालनी गरिएको उहाँले बताउनुभएको छ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका