Tuesday, June 23, 2026
Homeखेलकुदमेस्सीको दोहोरो गोलमा अर्जेन्टिना नकआउट चरणमा, विश्वकपमा नयाँ कीर्तिमान

मेस्सीको दोहोरो गोलमा अर्जेन्टिना नकआउट चरणमा, विश्वकपमा नयाँ कीर्तिमान

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत आज बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले प्रभावशाली प्रदर्शन गर्दै अष्ट्रियामाथि जित हासिल गरेको छ। कप्तान लियोनल मेस्सीको दुई गोलको मद्दतमा अर्जेन्टिनाले नकआउट चरणमा स्थान सुरक्षित गरेको हो।

खेलको ३८औँ मिनेटमा मेस्सीले पहिलो गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए। त्यसपछि दोस्रो हाफको इन्जुरी समयमा उनले व्यक्तिगत दोस्रो गोल थप्दै टोलीको जित सुनिश्चित गरे।

यस जितसँगै अर्जेन्टिना प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको छ भने कप्तान मेस्सीले व्यक्तिगत रूपमा पनि ऐतिहासिक उपलब्धि हासिल गरेका छन्। विश्वकपमा आफ्नो कुल गोल संख्या १७ पुर्‍याउँदै उनले जर्मनीका पूर्व स्ट्राइकर Miroslav Klose को नाममा रहेको १६ गोलको कीर्तिमानलाई पछि पारेका छन्।

विश्व फुटबलका महान खेलाडीमध्ये एक मानिएका Lionel Messi अब विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन्।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका