Friday, February 7, 2025
Homeखेलकुदभारतले जित्यो यू–१९ महिला टी–२० विश्वकपको उपाधि

भारतले जित्यो यू–१९ महिला टी–२० विश्वकपको उपाधि

काठमाडौं: आईसीसी यु–१९ टी–२० विश्वकपको फाइनल खेलमा भारतीय महिला टोलीले दक्षिण अफ्रिकालाई हराउँदै उपाधि जितेको छ ।

मलेसियाको क्वालालम्पुरमा आइतबार भएको फाइनल खेलमा भारतले दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै विश्वकपको उपाधि जितेको हो ।

पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकी टोलीले २० ओभरमा ८२ रन बनाएर भारतीय टोलीलाई ८३ रनको लक्ष्य दिएको थियो ।

त्यसपछि भारतीय टोलीले ८ दशमलव ४ ओभर बाँकी रहँदै लक्ष्य पूरा गरेको थियो ।

बलिङमा भारतका लागि त्रिशा गोंगडीले ३, पारुनिका सिसोदिया, आयुषी शुक्ला र वैष्णवी शर्माले २/२ विकेट
लिए ।

भारतीय टोलीका लागि ब्याटिङ गर्दा त्रिशा गोंगडीले सर्वाधिक ४४ रन बनाएकी छिन् ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका