Monday, February 17, 2025
Homeअन्तराष्ट्रियभारतमा नयाँ संक्रमितमा पुनः बढोत्तरी, २४ घण्टामा ३.६२ लाख बिरामी भेटिए; लगातार...

भारतमा नयाँ संक्रमितमा पुनः बढोत्तरी, २४ घण्टामा ३.६२ लाख बिरामी भेटिए; लगातार दोस्रो दिन ४ हजारभन्दा बढी मृत्यु

भारतमा कोरोना संक्रमितको संख्यामा पछिल्लो २४ घण्टामा साधारण वृद्धि देखिएको छ । बुधबार ३ लाख ६२ हजार ६३२ नयाँ बिरामीको पहिचान भयो, ३ लाख ५२ हजार ५ जना निको पनि भए । पछिल्लो दुई दिनदेखि ३.५० लाखभन्दा कम संक्रमित भेटिएका थिए र यो भन्दा धेरै बिरामी निको भइरहेका थिए । पछिल्लो २४ घण्टामा भारतमा ४,१२८ जनाको मृत्यु पनि भएको छ । कोरोनाका कारण ४ हजारभन्दा बढीको मृत्यु भएको यो दोस्रो दिन हो ।

भारतमा यो महामारीको चपेटमा हालसम्म २.३७ करोड मानिस आइसकेका छन् । यसै गरी कूल १.९७ करोड मानिस निको भइसकेका छन् । पछिल्ला केही दिनदेखि दैनिक ३ लाखभन्दा बढी मानिस दैनिक निको भइरहेका छन् । त्यसैले आज यो आँकडा २ करोड पार भएको छ । हाल कूल ३७.०६ लाख मानिसको उपचार चलिरहेको छ ।

भारतमा कोरोना महामारी आँकडामाः

पछिल्लो २४ घण्टामा कूल देखिएका नयाँ संक्रमितः ३.६२ लाख

पछिल्लो २४ घण्टा कूल मृत्युः ४,१२८

पछिल्लो २४ घण्टामा कूल निको भएका बिरामीः ३.५२ लाख

हालसम्म कूल संक्रमित भइसकेकाः २.३७ करोड

हालसम्म निको भइसकेकाः १.९७ करोड

हालसम्म कूल मृत्युः २.५७ लाख

हाल उपचार गराइरहेका बिरामीको कूल संख्याः ३७.२२ लाख रातोपाटीबाट

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका