Tuesday, May 20, 2025
Homeअपराध र घटनाबालमन्दिर जग्गा प्रकरण: तीन भारतीयसहित १७ जनाविरुद्ध मुद्दा दायर (मुद्दाको पूर्णपाठसहित)

बालमन्दिर जग्गा प्रकरण: तीन भारतीयसहित १७ जनाविरुद्ध मुद्दा दायर (मुद्दाको पूर्णपाठसहित)

काठमाडौं: काठमाडौंको नक्सालस्थित नेपाल बाल मन्दिरको २८ रोपनी ५ आना जग्गा हिनामिना प्रकरणमा १७ जनाविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले मुद्दा दर्ता गरेको छ।

सरकारी वकिल कार्यालयले बुधबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो। यसअघि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले आवश्यक अनुसन्धान पूरा गरी उक्त प्रकरणको प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको थियो। सोही प्रतिवेदनको आधारमा थप छानबिन गरी मुद्दा दर्ता गरिएको हो।

मुद्दा दायर गरिएकामध्ये उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहकी दिदी रिता सिंह वैद्य पनि परेकी छन्। यसका साथै तीन जना भारतीय नागरिकलाई समेत प्रतिवादी बनाइएको छ।

बृहस्पति विद्यासदनका सञ्चालक रहेका भारतीय नागरिक ४४ वर्षीय अभिनव सिंघानिया, ४४ वर्षीय सिद्धार्थ केडिया र ७१ वर्षीय कीर्तिप्रसाद पाण्डेयसमेत मुद्दामा प्रतिवादी बनाइएका हुन्।

सरकारी सम्पत्तिको संरक्षणमा लापरवाही र हिनामिनामा संलग्न व्यक्तिहरूलाई कानुनी कारबाही अगाडि बढाइएको सरकारी वकिल कार्यालयले जनाएको छ।
नेपाल-बाल-संगठनका-तर्फबाट-मोहन-प्रसाद-भट्टराई-विरुद्द-रीता-सिंह-समेत-१७-जना_1746616828

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका