Facebook
Sign in
  • News
  • Fashion
  • Gadgets
  • Lifestyle
  • Video
Sign in
Welcome!Log into your account
Forgot your password?
Password recovery
Recover your password
Search
Logo
Thursday, May 14, 2026
Facebook
Logo
  • होमपेज
  • सामाचार
  • टृब्युन स्पेसल
  • राजनीति
  • देश र प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • प्रवास
    • अमेरिका
    • क्यानाडा
    • यूरोप
    • मध्य पूर्वी
    • अस्ट्रेलिया
    • जापान
    • कोरिया
  • अर्थ र ब्यापार
  • मनोरन्जन
  • अन्य
    • अन्तरवार्ता
    • खेलकुद
    • विचित्र संसार
    • बालसंसार
    • कला/साहित्य
    • सुन्दर नेपाल
    • सुन्दर नेपाल
    • सूचना प्रविधि
    • स्वास्थ्य र जीवनशैली
  • भिडियो
  • English
Homeअर्थ र ब्यापारबालबालिकालाई सघाउन दीर्घकालीन बचतकोष

बालबालिकालाई सघाउन दीर्घकालीन बचतकोष

Himalayan Tribune
By Himalayan Tribune
June 27, 2024
0
187
Share
Facebook
Twitter
Pinterest
WhatsApp
    दमौली (तनहुँ) : जिल्लाको ऋषिङ गाउँपालिकाले आफ्नो क्षेत्रका बालबालिकालाई आर्थिक अभावबाट जोगाउन हरेक नवजात शिशुलाइ जनही रु पाँच हजार प्रदान गर्ने तथा सो रकम दीर्घकालीन बचतकोषमा जम्मा गरिदिने भएको छ । बालबालिकालाई उपचार तथा शिक्षाका निम्ति आर्थिक समस्या हुन नदिन जन्मने वित्तिकै पालिकाले बच्चाकै नाममा रु पाँच हजारको दीर्घकालिन बचतकोष खडा गर्ने निर्णय भएको गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले राससलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यो रकमले त्यस्ता बालबालिकाको अध्ययन तथा अन्य कार्यका लागि सहयोग पुग्नेछ ।
    कार्यविधि बनाएर बच्चाको नाममा खाता खोलेर रकम जम्मा गरिनेछ ।” त्यसका लागि बच्चा ऋषिङ गाउँपालिकाभित्रकै स्वास्थ्यसंस्थामा जन्मिएको हुनुपर्ने प्रावधान राखिएको छ । गाउँपालिकाभित्रका स्वास्थ्य संस्थामा गर्भवतीले जाँच गराएको र प्रसूति गराएपछि जन्मिने बच्चाको हकमा यो प्रावधान लागु हुने उहाँको भनाइ छ । गाउँपालिकाले विपन्न समुदायलाई निःशुल्क एम्बुलेन्स सेवा, संस्थागत प्रसुतीलाई बढावा, नियमित गर्भजाँच गर्नेलाई पोषण उपलब्ध गराउने अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
    बालबालिकालाई कुपोषणमुक्त बनाउन पोषण सेवा तथा सबै कार्यालयमा स्तनपानकक्ष स्थापना गरिने उहाँले जानकारी दिनुभयो । अध्यक्ष श्रेष्ठका अनुसार आगामी आर्थिक वर्षदेखि ‘उज्यालो ऋषिङ अभियान, खरको छानोमुक्त ऋषिङ, ऋषिङ फर्क अभियान, एक वडा एक उत्पादन, सासुसँगै बुहारी’ कार्यक्रमलाई सञ्चालन गरिने छ । साथै गाउँपालिकाका जनप्रतिनिधिको एक महिनाको तलब सामुदायिक विद्यालय सुधारमा खर्च गरिने छ । वार्षिक रुपमा एक महिनाको तलब अक्षयकोष स्थापना गरी त्यसमा दाखिला गरिने छ । —
    Share
    Facebook
    Twitter
    Pinterest
    WhatsApp
      सम्बन्धित समाचार
      अर्थ र ब्यापार

      आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक

      May 14, 2026
      अर्थ र ब्यापार

      आजको विनिमयदर: अमेरिकी डलर १५३ रुपैयाँ नजिक, युरो र पाउण्ड पनि महँगिए

      May 13, 2026
      अर्थ र ब्यापार

      नेपाल राष्ट्र बैंकद्वारा सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक

      May 11, 2026
      - Advertisment -spot_img

      ताजा समाचार

      अमेरिका–चीन उच्चस्तरीय वार्ता बेइजिङमा, व्यापार, ताइवान र ऊर्जा मुद्दामा निर्णायक छलफल हुने संकेत

      May 14, 2026

      केराभन्दा बढी फाइबर पाइने यी फल स्वास्थ्यका लागि लाभदायक

      May 14, 2026

      प्रतिनिधिसभा बैठक आज बस्दै, नीति तथा कार्यक्रममाथि छलफल जारी रहने

      May 14, 2026

      आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक

      May 14, 2026

      पश्चिमी प्रणालीको प्रभाव: देशका विभिन्न क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

      May 14, 2026
      Load more

      धेरै कमेन्ट गरिएका

      अमेरिका–चीन उच्चस्तरीय वार्ता बेइजिङमा, व्यापार, ताइवान र ऊर्जा मुद्दामा निर्णायक छलफल हुने संकेत

      May 14, 2026

      प्रधानमन्त्री ओली गृहजिल्ला झापा जाँदै, औद्योगिक पार्क शिलान्यास गर्ने

      February 28, 2021

      सुवास नेम्वाङको टिप्पणी : अविश्वास प्रस्तावको हरिबिजोग भयो

      February 28, 2021

      खेलबिहीन नेपाली क्रिकेट, अन्यौलमा क्यान

      February 28, 2021

      नयाँ सरकार गठनको रस्साकस्सी : ओली रोज्ने कि प्रचण्ड–नेपाल भन्नेमा जसपामा दुई धार

      February 28, 2021

      हिमालयन ट्रिब्युनको लागि

      • सौरपानी मिडिया प्रा.लि. अन्तरगत
      • प्रकाशक: साहित्यसागर श्रोत केन्द्र
      • सम्पादक: गजे घले
      • व्यवस्थापक: आशिष पोखरेल
      • CONTACT
      • Balaju 16 Kathmandu Metropolitan City, Bagmati Province, Nepal
      • Phone No: 9851239436 US Office 4725 Fall Avenue, Richmond CA 94804, USA Phone: 1-5103236802
      Copyright © 2026 Himalayan Tribune | Powered by Himalayan Tribune