Monday, January 20, 2025
Homeमुख्य समाचारबाँकेमा बुधबार राति र बिहीबार बिहान गरी ६ संक्रमितको मृत्यु

बाँकेमा बुधबार राति र बिहीबार बिहान गरी ६ संक्रमितको मृत्यु

नेपालगन्ज — बाँकेमा बुधबारयता मात्र कोरोनाले थप ६ जनाको मृत्यु भएको छ । भेरी अस्पताल, नेपालगन्ज मेडिकल कलेज र कोहलपुर मेडिकल कलेजमा बुधबार राति र बिहीबार बिहान गरी ६ जनाको मृत्यु भएको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीले बताए ।उनका अनुसार मृत्यु हुनेहरू नेपालगन्ज, कोहलपुर, बर्दियाको बढैयातालका छन् ।

नेपालगन्ज उपमहानगरपालिका–१३ की ५८ वर्षीया महिलाको बुधबार बेलुकी ८:५५ बजे मृत्यु भएको हो । वैशाख १२ गते पीसीआर जाँच गराएकी उनको भोलिपल्ट पोजिटिभ रिपोर्ट आएको थियो ।

भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेजमा राति ९ बजे एक–एक जनाको मृत्यु भएको छ । तीमध्ये एक जना नेपालगन्ज उपमहानगरपालिका–४ का ६० वर्षीय पुरुष छन् । वैशाख ६ गते पीसीआर परीक्षण गर्दा उनमा कोरोना पुष्टि भएको थियो । त्यस्तै कोहलपुर नगरपालिका–११ की ४३ वर्षीया महिलालाई वैशाख १५ गते कोरोना पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना गरिएकोमा उनको मृत्यु भएको हो ।

भेरी अस्पतालमा नेपालगन्ज उपमहानगरपालिका–९ का ४२ वर्षीय पुरुषको मृत्यु भएको छ । वैशाख १० गते बागेश्वरी ल्याबमा पीसीआर जाँच गरिएका उनी ११ गते भेरीमा भर्ना भएका थिए । उनको राति १० बजे मृत्यु भएको हो ।

भेरी अस्पतालमै बर्दिया जिल्ला बढैयाताल गाउँपालिका–८ का ३२ वर्षीय पुरुषको मृत्यु भएको छ । वैशाख ९ गते भेरीमा पीसीआर जाँच गरेका उनी १५ गते भर्ना भएका थिए । उनको राति साढे १ बजे मृत्यु भएको फोकल पर्सन ओलीले जानकारी दिए ।

त्यस्तै नेपालगन्ज मेडिकल कलेजमा उपचाररत नेपालगन्ज उपमहानगरपालिका–५ का ५५ वर्षीय पुरुषको मृत्यु भएको छ । वैशाख १० गते पीसीआर जाँच गराएका उनी १५ गते अस्पताल भर्ना भएकोमा बिहीबार बिहान साढे ५ बजे मृत्यु भएको हो ।

कान्तिपुरबाट साभार

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका