Thursday, December 12, 2024
Homeअन्तराष्ट्रियफ्रान्समा भएको चुनाबको अप्रत्याशित नतिजापछि युरोको मूल्य घट्यो

फ्रान्समा भएको चुनाबको अप्रत्याशित नतिजापछि युरोको मूल्य घट्यो

काठमाडौं: फ्रान्समा सम्पन्न चुनाबबाट अप्रत्यासित नतिजा आएपछि युरोको मूल्यमा ह्रास आएको छ।

दोस्रो चरणको निर्वाचनमा दक्षिणपन्थी राष्ट्रिय र्‍यालीलाई रोक्न वामपन्थी र केन्द्रवादी पार्टीहरूबीच रणनीतिक गठबन्धन बनाउने प्रयासमा बामपन्थी नेता जीन लुक मेलेन्सनले प्रमुख भूमिका खेलेका थिए।

वाम गठबन्धन न्यु पपुलर फ्रन्ट १८२ सिटसहित पहिलो स्थानमा छ । नराम्ररी पछि परेको म्याक्रोनको केन्द्रवादी पार्टीले अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै दोस्रो स्थान हासिल गरेको छ ।

पहिलो चरणमा सबैभन्दा बढी मत प्राप्त गर्ने अति दक्षिणपन्थी राष्ट्रिय र्‍याली तेस्रो भयो। तर तीमध्ये कसैसँग पनि बहुमत नपुगेको र फ्रान्समा त्रिशंकु संसदको अवस्था सिर्जना भएको छ ।

वामपन्थी पत्रिका ‘लिबरेशन’ ले यो रातको बारेमा लेख्यो – ‘क्रेजी’ । तर, नेशनल र्याली पार्टी सत्तामा आउन नसक्दा धेरैले राहत महसुस गरेका छन् ।

नतिजा आएपछि बजारमा उथलपुथल छ । यूरोको मूल्य ०.२ प्रतिशतले घटेर अब १.०८ डलर पुगेको छ। मुलुकको राजनीतिक गतिरोधले लगानीकर्ता चिन्तित छन् ।

सबैभन्दा बढी सिट जितेको वामपन्थी न्यु पपुलर फ्रन्टको गठबन्धनले राष्ट्रपति इमानुएल म्याक्रोनको सुधारवादी एजेन्डालाई अगाडि बढाउन नसक्ने विश्लेषकहरू विश्वास गर्छन्।

 

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका