Wednesday, June 10, 2026
Homeराजनीतिप्रचण्ड आज रुपन्देहीमा, टङ्कमणि बन्जाडेको सालिक अनावरण र पुस्तक विमोचन

प्रचण्ड आज रुपन्देहीमा, टङ्कमणि बन्जाडेको सालिक अनावरण र पुस्तक विमोचन

बुटवल । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज रुपन्देही आउने भएका छन्।

माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष सुदर्शन बरालका अनुसार प्रचण्डले आइतबार बिहान १० बजे शहीद स्मृति प्रतिष्ठानको कार्यालयमा आयोजित विशेष समारोहमा स्व. राम प्रसाद बन्जाडे ‘टङ्कमणि’को सालिक अनावरण गर्ने कार्यक्रम छ। सोही अवसरमा ‘टङ्कमणि : एक क्रान्तिविज’ नामक पुस्तकको विमोचन पनि प्रचण्डले गर्नेछन्।

माओवादीले सुरु गरेको सशस्त्र विद्रोहको सुरुवातदेखि नै भूमिगत रहेर काम गरेका बन्जाडे २०७८ साल मङ्सिर ८ गते सडक दुर्घटनामा परी ५५ वर्षको उमेरमा ज्यान गुमाएका थिए। उनी माओवादी केन्द्रका केन्द्रीय सदस्य मात्र नभई लामो समयदेखि रुपन्देही इन्चार्जको जिम्मेवारी बहन गर्दै आएका थिए।

उनको योगदानको स्मरण स्वरूप शहीद स्मृति प्रतिष्ठान रुपन्देहीमा सालिक निर्माण गरिएको हो। सालिक अनावरणसँगै उनको जीवन कथामूलक पुस्तक विमोचन गर्न लागिएको माओवादी केन्द्रले जनाएको छ।

प्रचण्डले सो अवसरमा बुटवल, बेलवासमा हुने माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी बैठकलाई समेत सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका