Friday, May 1, 2026
Homeविचित्र संसारपिताको शव अगाडि इन्स्टाग्राम मोडलले गरिन् फोटोसुट, तस्बिर देखेर भड्किए मानिस

पिताको शव अगाडि इन्स्टाग्राम मोडलले गरिन् फोटोसुट, तस्बिर देखेर भड्किए मानिस

अमेरिकाको फ्लोरिडामा बस्ने २० वर्षकी फिटनेस मोडल जेने रिवेरा आजकाल चर्चामा छिन् । जेनेले आफ्ना पिताको शवको अगाडि पोज दिँदै फोटो खिचाएकी छिन् र त्यसलाई इन्टाग्राममा सेयर पनि गरेकी छिन् ।

तस्बिर भाइरल भएपछि जेनमाथि मानिसले आलोचना गर्दै कमेन्ट गर्न थाले । त्यसपछि जेनले अकाउन्ट नै रिमुभ गरिन् । तर अहिले पनि मानिस सोसल मिडियाका विभिन्न प्लेटफर्ममा मोडललाई ट्रोल गर्दै तथानाम भनिरहेका छन् ।

जेनेका अकाउन्टको स्क्रिनसट नै सेयरः

जेनेले सोसल मिडियामा आलोचनात्मक कमेन्ट सहन नसकेर आफ्नो अकाउन्ट नै डिलिट गरेकी छिन् । तर जेनेको उक्त तस्बिरका स्क्रिनसट मानिसले लिन भ्याइसकेका थिए । अब यो सोसल मिडियामा व्यापक चर्चाको विषय बनेको छ । एक प्रयोगकर्ताले लेखे, ‘यी इन्स्टाग्राम मोडलको पिताको निधन भएको छ र उनले पिताको शवको अगाडि फोटोसुट गरेकी छिन् । ’

अर्का एक ट्वीटर प्रयोगकर्ताले लेखे, ‘के मैले एक संकीर्णतावादी र प्रदर्शनकारी संस्कृतिको समस्याबारे कुरा उठाएको हुँ ।’

यस्तै, अर्का एकजनाले लेखे, ‘यस्ता लाग्छ कि मानिसहरुले आफ्नो सबै भद्रता गुमाइसकेका छन् । ’

रिवेराले दिइन् स्पष्टिकरणः

जेने रिवेराले एनसीबी न्यूजसँग कुरा गर्दै यसबारे स्पष्टिकरण दिएकी छिन् । रिवेराले आफ्नो बचाउ गर्दै भनिन्, ‘ म मानिसहरुको भावनालाई बुझ्छु । तर तस्बिर सकारात्मक उद्देश्यले खिचिएको थियो । मेरा पिता हुनुभएको भए उहाँले यसको समर्थन गर्नु हुन्थ्यो ।’

यस्तै रिवेराको मिडिया समूहले भनेको छ, ‘प्रत्येक मानिसले आफ्ना प्रिय जनलाई गुमाउनुको पीडालाई आफ्नो तरिकाले सम्हाल्ने गर्छन् । केही मानिसहरु पारम्परिक तरिका अपनाउँछन् । मैले यो पललाई उत्सवको रुपमा मनाएँ किनभने मेरा पिता मसँगै छन् भन्ने मलाई लाग्छ । ’

रिवेराको पिताको निधन उनको ५६ औं जन्मदिनभन्दा दुई दिनअघि भएको थियो ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका