काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ।
बैंकका अनुसार अमेरिकी डलर १ को खरिद दर १४१ रुपैयाँ ६१ पैसा र बिक्री दर १४२ रुपैयाँ २१ पैसा तोकिएको छ। युरोपेली युरो १ को खरिद दर १६६ रुपैयाँ १९ पैसा र बिक्री दर १६६ रुपैयाँ ९० पैसा रहेको छ। त्यस्तै, बेलायती पाउण्ड स्टर्लिङ १ को खरिद दर १९० रुपैयाँ ९५ पैसा र बिक्री दर १९१ रुपैयाँ ७६ पैसा निर्धारण गरिएको छ।
स्विस फ्राङ्क १ को खरिद दर १७७ रुपैयाँ ५० पैसा र बिक्री दर १७८ रुपैयाँ २५ पैसा छ। अस्ट्रेलियन डलर १ को खरिद दर ९३ रुपैयाँ ७० पैसा र बिक्री दर ९४ रुपैयाँ ०९ पैसा, क्यानाडियन डलर १ को खरिद दर १०१ रुपैयाँ ६७ पैसा र बिक्री दर १०२ रुपैयाँ १० पैसा, सिंगापुर डलर १ को खरिद दर १०९ रुपैयाँ ८९ पैसा र बिक्री दर ११० रुपैयाँ ३६ पैसा कायम गरिएको छ।
जापानी येन १० को खरिद दर ९ रुपैयाँ ६३ पैसा र बिक्री दर ९ रुपैयाँ ६७ पैसा तोकिएको छ। चिनियाँ युआन १ को खरिद दर १९ रुपैयाँ ८९ पैसा र बिक्री दर १९ रुपैयाँ ९७ पैसा, साउदी रियाल १ को खरिद दर ३७ रुपैयाँ ७६ पैसा र बिक्री दर ३७ रुपैयाँ ९२ पैसा तोकिएको छ।
कतारी रियाल १ को खरिद दर ३८ रुपैयाँ ८५ पैसा र बिक्री दर ३९ रुपैयाँ ०२ पैसा, थाई भाट १ को खरिद दर ४ रुपैयाँ ३८ पैसा र बिक्री दर ४ रुपैयाँ ३९ पैसा, युएई दिराम १ को खरिद दर ३८ रुपैयाँ ५५ पैसा र बिक्री दर ३८ रुपैयाँ ७२ पैसा, मलेसियन रिङ्गिट १ को खरिद दर ३३ रुपैयाँ ६६ पैसा र बिक्री दर ३३ रुपैयाँ ८० पैसा रहेको छ।
दक्षिण कोरियन वोन १०० को खरिद दर १० रुपैयाँ ०८ पैसा र बिक्री दर १० रुपैयाँ १२ पैसा, स्विडिस क्रोनर १ को खरिद दर १५ रुपैयाँ ०६ पैसा र बिक्री दर १५ रुपैयाँ १३ पैसा, डेनिस क्रोनर १ को खरिद दर २२ रुपैयाँ २६ पैसा र बिक्री दर २२ रुपैयाँ ३५ पैसा कायम भएको छ।
त्यस्तै, हङकङ डलर १ को खरिद दर १८ रुपैयाँ २० पैसा र बिक्री दर १८ रुपैयाँ २७ पैसा, कुवेती दिनार १ को खरिद दर ४६३ रुपैयाँ ५० पैसा र बिक्री दर ४६५ रुपैयाँ ४७ पैसा, बहराइन दिनार १ को खरिद दर ३७५ रुपैयाँ ५२ पैसा र बिक्री दर ३७७ रुपैयाँ ११ पैसा तथा ओमानी रियाल १ को खरिद दर ३६७ रुपैयाँ ८० पैसा र बिक्री दर ३६९ रुपैयाँ ३६ पैसा निर्धारण गरिएको छ।


