Saturday, April 18, 2026
Homeअपराध र घटनानागढुंगाबाट लागु औषध सहित १ जना पक्राउ

नागढुंगाबाट लागु औषध सहित १ जना पक्राउ

काठमाडौंको नागढुंगास्थित चेकप्वाइन्टबाट प्रहरीले लागुऔषध सहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको शम्भुनाथ नगरपालिका वडा नम्बर–७ घर भएका ४६ वर्षीय शिव चरण दास छन् ।

माघ १९ मा धरानबाट काठमाडौं आउँदै गरेको ना.७ ख ३२५५ नम्बरको बसमा सवार दासको साथबाट प्रहरीले ३४० एम्पुल डाइजेपाम, सोही परिमाणको नुर्फिन र फेनारगन बरामद गरेको छ ।

उनलाई लागु औषध नियन्त्रण ऐन–२०३३ अनुसारको कसुरमा थानकोट प्रहरीले अनुसन्धान गरिरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका